शीतल गिरी
भगिनी प्रेममा आधारित पर्व सामाचकवाको कथातर्फ एक दृष्टि लगाउँदै यसलाई कहिले र कसरी मनाइन्छ, त्यसबारेमा लेख्ने प्रयत्न गर्दैछु । महाभारतसँग सम्बन्ध भएको यो लोककथामा वृन्दावनको यदुवंशी राजा कृष्ण (महाभारतका नायक)की पत्नी जाम्बवती (अनार्य, भालु गोत्र भएका राजा जाम्बवतकी छोरी)को पुत्री सामा लोककथाकी नायिका हुन् र राजदरबारकी राजकुमारी सामाको बालककालदेखिको सखा (मित्र) वृन्दावनको ऋषि आश्रममा हुर्किएका चारु भन्ने वीर नायक हुन् । सामा र चारुको बाल्यकाल वृन्दावनको मुनिका आश्रममा, महलमा खेल्दै बित्यो र उमेरले दुवैमा शारीरिक परिवर्तन ल्यायो ।
सामा भनेपछि हुरुक्क हुने थुप्रै युवकहरूमध्ये भेदियाको काम गर्ने चुडक पनि एक थियो, जो कृष्णको दाहिने हात थियो र उसको राजपाठमा उसको राम्रो दखल थियो ।
मन नपरेको व्यक्तिलाई नाना तिकडम गरेर ऊ दण्ड दिलाउने गथ्र्यो । चारुसँग मायाप्रीतिका मीठा–मीठा कुराकानी गरी राति अबेला दरबारमा आउन लागेकी सामालाई चुडकले भेटयो ।
उसले सामाको अगाडि चारुको बदख्वाइँ गर्यो, राजा कृष्णलाई चुक्ली लगाउने डर देखाउँदै धम्कायो । तर सामाले चुडकको धम्की र घुर्कीलाई रत्ती नटेरी उल्टै आफ्नो इज्जतसँग खेलवाड गर्न चाहने चुडकको गालामा चड्कन लगाइन् । सामाबाट तिरस्कृत चुडकले यदुवंशी राजा कृष्णलाई भए नभएको कुरा लगायो, चारु सामाको पवित्र प्रेमलाई नुन–खुर्सानी दली विकृत बनाएर पेस गर्यो ।
यदुवंशीको परम्परागत धर्म नै थियो अविवाहित युवक–युवतीबीचको प्रेममा कुनै छेकबार नहुनु ।
सामाकी आमा जाम्बवतीले छोरीलाई कुटीमा होइन, राजदरबारमा विवाह गरिदिने प्रयास नगरेकी होइनन् । तर कृष्णले सामा र चारुको प्रेम अध्ययन गरेका हुँदा छोरीलाई राजमहलको महारानी नबनाइ चारुको हृदयश्वरी बनाउने निर्णय लिन पुगे । अन्तत: खुब धूमधामसँग सामा र चारुको विवाह भयो । सामा पहिलेझैं वृन्दावनको ऋषि आश्रममा गई ऋषिहरूका सेवा गर्थिन् । चुडक कसरी हुन्छ, सामाको घरवास उजाड्ने धुनमा लागिरह्यो ।
सामा र चारुबीचको प्रेम अति पवित्र थियो ।
सामा र चारुबाट तिरस्कृत चुडक अन्यायमा परे भन्दै झूटा कुराहरू सुनाउन थाल्यो । सामाले पहिले चारुसँग अनुचित प्रेम गरी र अहिले अनुचित प्रेम वृन्दावनका ऋषिहरूसँग गर्दैछे भनी कृष्णलाई विश्वास दिलायो ।
जबकि दरबारका अरूहरूले सामा जस्ती सद्गुणी मथुराभरिमा नभएको, साथै चुडक व्यभिचारी भएको बताए । न्याय सम्पादनमा कट्टर कृष्णले छोरीलाई चरा बन्ने शाप दिन्छन् । कृष्णलाई आफ्नो शाप फिर्ता लिन कृष्णका छोरा साम्ब, पत्नी जाम्बवती र ज्वाइँले आग्रह गरे तर उनले मानेनन् ।
चरा बनेकी सामाको खोजमा विक्षिप्त चारु चारैतिर भौंतारिरहन्थे । एक झलक हेर्नको लागि वृन्दावनको एक/एक स्थानमा घुमिरहन्थे । सामालाई खोज्दाखोज्दै दुब्लो बनेका पागल जस्ता विक्षिप्त प्रेमी चारुलाई देखी नारद ऋषिको मनमा दया पलाएर आयो । ऋषि नारदको सल्लाह अनुसार महादेवको तपस्या गरी आफ्नो प्रेमलाई सार्थकता प्रदान गर्न चारुवक्य (चारु)ले चकवा
(चरा)को जुनी पाउँछन् । सामा र चारु चरा बनेपछि त साम्ब चुडकलाई समाती मार्न तयार भएका बखतमा नारद ऋषिकै सल्लाह अनुसार बहिनी सामा र ज्वाइँ चारुलाई पुन: मनुष्य बनाउने उद्देश्यले उनी विष्णुको तपस्यामा लीन हुन्छन् । साम्बको प्रार्थनादेखि विष्णु प्रसन्न भए ।
विष्णुले स्वर्गको सिंहासनको प्रलोभन देखाए तर साम्बले स्वीकार गरेनन् ।
सामा र चकवालाई पहिलेकै रूपमा प्राप्त गर्नु नै त्रिभुवनको राज्य पाउनु बराबर हो भनी बताए ।
भगवान् विष्णु साम्बप्रति प्रसन्न भई सामा र चारुलाई पुन: मानिस बनाउने उपाय बताइदिन्छन् । परेवादेखि चुडकको हात बाँधेर अघि लगाउँदै पूर्णिमासम्म घरघरमा पुगेर सामाचकवाको प्रेमकथा सुनाउँछन् । पूर्णिमाको रात माटोको मूर्तिबाट मानवरूपमा सामा र चारु परिवर्तन भए । यो लोककथामा बहिनीलाई दु:ख पर्दा दाजुभाइले सहयोग गर्नुपर्ने भाव छ । जीवनमा सबैजसो आदर्श पक्षहरूलाई चाडपर्वसँग गाभेर राख्नु सभ्य समाजको सांस्कृतिक विशेषता हो ।
महिलाहरूले दाजुभाइ र पतिको दीर्घायुको निमित्त मनाउने सामाचकवा पर्वको सुरुआत मूलत: भाइटीकाको दिनबाट शुरू हुन्छ ।
विधिवत्रूपमा भने यो पर्व कार्तिक शुक्ल पञ्चमी अर्थात् छठीको खरनादेखि शुरू हुन्छ ।
यस दिन सामाचकवाको मूर्ति बनाउन शुरू गरी हरिबोधनी एकादशीअगावै सबै मूर्ति बनाइ सिध्याइन्छ । मूर्तिहरूमा सिरिसामा, सतभैया, भमरा, झाँभी कुकुर, पेटारो आदिका अतिरिक्त ढोलक, शहनाई आदि बाजागाजा बजाउँदै गरेकाहरूका हुन्छन् । यसबीचमा प्रत्येक दिन डालोमा राखेर ती ससाना मूर्तिहरूलाई नजिकैको खेतमा लगिन्छ । भाइबहिनीबीचको प्रेमको प्रतीक यस पर्वमा घरबाट खेतसम्म सामालाई लग्दा र ल्याउँदा महिलाहरूले गीत गाउने गर्छन् । दाजुभाइप्रति आदर, सत्कार, प्रेम दर्शाउने यस पर्वको मुख्य दिन कार्तिक पूर्णिमा हो ।
यसै दिन सामाको विसर्जन पनि गरिन्छ ।
सामाचकवा खेलमा सहभागीहरूमध्ये कुनै एकको दाजुभाइले आफ्नो घुँडामा राखी सामा फुटालेपछि सबैले पालैपालो अन्य मूर्तिहरू फुटाल्छन् । सामा फुटाल्नुभन्दा पहिले चुगलखोरको प्रतीक चुडकको जगल्टा आगोले झोस्ने गरिन्छ । यसरी झोसिएको चुडकलाई भन्टाको बारीमा गाड्दा भन्टा बढ्ता फल्दछ भन्ने जनविश्वास पाइन्छ । यसको पृष्ठभूमिमा नराम्रो कामको सार्वजनिकरूपले बेइज्जती गर्नुपर्छ भन्ने जनविश्वास पाइन्छ ।
यसको पृष्ठभूमिमा नराम्रो कामको सार्वजनिकरूपले बेइज्जती गर्नुपर्छ भन्ने मान्यता रहेको पाउँदछौं । सामा फुटालिसकेपछि दिदीबहिनीले दाजुभाइलाई च्युरा, गुँड, मिष्ठान, मखन, नरिवल, छोहरा आदि खान दिन्छन् । सामाचकवा पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामाखेल पनि भनिन्छ । कहीं कहीं त स·ी वा नन्द–भाउजूबीच एकार्कालाई कोसेलीको रूपमा पनि सामा बनाएर पठाउने चलन रहेको देखिन्छ । अचेल बजारबाट तयारी सामा किन्ने चलन बढेको छ । तर नियम, निष्ठा र
आफ्नो संस्कृतिप्रति निष्ठावान तथा जागरूकहरूले भने आफ्नै हातले बनाउने गर्दछन् । यसलाई खेल भनिए तापनि एउटा निश्चित तिथिमा पूर्ण विधि विधानपूर्वक खेलिने र पृष्ठभूमिमा एउटा धार्मिक कथा पनि भएकोले सामाचकवाले एक महत्त्वपूर्ण स्थान पाएको छ ।
यस पर्वले साँचो प्रेमको विजय हुने सन्देश दिनुका साथै बहिनीप्रति दाजुको अगाध स्नेह दर्शाउँछ । दाजु वा भाइले सामा फुटाल्नुलाई चरा जुनीबाट मुक्ति दिलाउने कार्यको रूपमा लिइन्छ । मूर्तिहरूमा बनाइने सतभैया चाहिँ साम्ब हो । यस पर्वको निचोड भनेको दिदीबहिनीलाई दु:ख पर्दा दाजुभाइले सहयोग गर्नुपर्छ भन्ने हो ।
गौर—८/रौतहट
हाल, काठमाडौं—३४