प्रस, वीरगंज, ९ असोज/
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीको नाममा जारी गरेको सन्देश ‘मेक इन इन्डिया’ अभियानको प्रत्यक्ष प्रसारण वीरगंजमा पनि गरियो ।
वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले सहजीकरण गरी होटल भिस्वाको सभाकक्षमा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था गरेको थियो ।
दिल्लीस्थित विज्ञान भवनमा मन्त्री परिषद्का सदस्यहरूको साथै पाँच सय जनाभन्दा बढी देशी तथा विदेशी ठूला उद्योगपति एवं व्यापारीहरूको उपस्थिति रहेको भेलामा प्रधानमन्त्री मोदीले भारतमा निवेश गर्न आज आह्वान गरेका थिए ।
सोही सम्बोधनको प्रत्यक्ष प्रसारण एवं छलफल तथा अन्तक्र्रियाका लागि वाणिज्य दूतावासले बिहारका पटनाका प्रतिष्ठित उद्योगी, व्यापारी, सरकारी अधिकारीसहित नेपालका उद्योगी व्यापारीहरूलाई एकै स्थानमा भेला गराउन सहजीकरण गरेको थियो ।
प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा भारतमा लगानी गर्न विश्वस्तरमा उद्योगपतिहरूलाई आह्वान गरेका थिए । प्रम मोदीले भारतमा निवेश गर्न आह्वान गर्दै सोको लागि अनुकूल वातावरण मिलाउन सरकार तत्पर रहेको बताएका थिए । अभियानलाई सार्थक बनाउन सरकार दृढ रहेको बताउँदै मोदीले सरकार दत्तचित्त भएर विदेशी तथा स्वदेशी लगानीका लागि वातावरण तयार पार्न लागिपरेको बताएका थिए ।
होटल भिस्वाको सभाकक्षबाट प्रत्यक्ष प्रसारण हेर्नेहरूमा नेपाल तथा भारतका उद्योगी, व्यापारी, सञ्चारकर्मी एवं नागरिक समाजका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।
सो अवसरमा कार्यक्रमको औचित्यबारे भारतीय महावाणिज्यदूत अञ्जु रञ्जनले प्रकाश पारेकी थिइन् भने वाणिज्यदूत एसएम अख्तरले मोदीले गरेको सम्बोधनको रुपक प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सूर्य नेपालका उमेश थापा, नेपाल उद्योग वाणिज्य महासङ्घका अरुण सुमार्गी, डाबर नेपालका कैलाश चौरसिया, मरियम लेदरका फारूख सिद्दिकीलगायत भारत बिहारका उद्योगी, व्यापारीहरूले मन्तव्य व्यक्त गरेका थिए ।