Posts

Showing posts from September, 2014

बडा दशैंको अवसरमा सरसफाइ अभियान

Image
प्रस, वीरगंज, १३ असोज÷     वीरगंज उपमहानगरपालिका कार्यालयले हिन्दूहरूको महान् पर्व विजयादशमीको अवसरमा वीरगंजमा लाग्ने मेलालाई दृष्टिगत गरेर सफाइ अभियान सञ्चालन गरेको छ । उपमहानगरपालिकाको वारुण यन्त्रले हिजो वैष्णवीदेवीको दरबार बनाइएको मेला क्षेत्रको मेनरोडमा पानी हालेर सफाइ गरेको थियो ।     वारुण यन्त्रले आज भने घण्टाघर क्षेत्रमा सफाइ ग¥यो । यसैगरी हालै आएको वर्षाका कारण वीरगंजको आदर्शनगर चोकदेखि गीतामन्दिर रोडसम्म वीरगंज उपमहानगरपालिकाले गरेको कालोपत्र उप्किएपछि सोको ढाकछोप गर्न उप्किएको स्थानमा बालुवा, ढु·ा र माटो बिछ्याउने काम भएको छ ।     वीरगंज उपमहानगरपालिकाले दशै अवधिमा आदर्शनगर, माईस्थान र गहवामाई मन्दिर क्षेत्रको सफाइमा विशेष ध्यान दिए पनि त्यसबाहेक क्ष्Fेत्रमा सफाइ हुन नसक्दा नगर क्षेत्रको थुप्रै स्थान दुर्गन्धित बनेको छ ।     अस्पताल एरिया, बिर्ता, मुर्ली, श्रीपुर, गहवालगायत स्थानमा फोहरको डुंगुर थुप्रिएको छ ।     यसैबीच परम्परागतरूपमा लाग्ने वीरगंजको मेला प्रहरीका कारण प्रभावित हुने भएको छ । घण्टाघरदेखि आदर्शनगरसम्मको पूmटपाथ, सडक अवरोध गरेर ग्रामीण भेगबाट आउने पसलेह

नेपाल टेलिकमका उपभोक्ताहरू समस्यामा

Image
प्रस, परवानीपुर, १३ असोज÷     नेपाल टेलिकमको फोन सेवामा नयाँ सिस्टम अपग्रेडि· भइरहेको कारण आम उपभोक्ताले दुःख भोग्नुपरेको छ ।     जेट नेटवर्क स्वापको ठाउँमा होवेइ सिस्टम राख्ने काम नेपाल टेलिकम मध्यमाञ्चल क्षेत्रीय कार्यालय वीरगंजले गरिरहेको छ ।     त्यसैले नेपाल टेलिकम सेवा प्रयोगकर्ता उपभोक्ताहरू विभिन्न समस्या झेलिरहेका छन् । नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले चाहेको बेला सम्पर्क नहुने, बैलेन्स रिचार्ज नहुने, छिनछिनमा टावर जाने, उपभोक्ता सेवा केन्द्रको नम्बर १४९८ मा फोन नलाग्नेलगायत समस्याले पिरोलिएको भिस्वाका चन्द्रभूषण पाण्डेको भनाइ छ ।     एनटिसीको यस्तो समस्याबाट ल·डी, भिस्वा, डोकैला बहुअरी, गादी, बसडिल्वा, बहुअर्वाभाटा, झौवागुठी, निर्मलबस्ती, ठोरी, सखुवापरसौनीलगायत गाविसका हजारौ बासिन्दा प्रभावित भएका हुन् । साथै ग्रामीण भेगका बासिन्दा एनटिसीमा नेट सेवा सुस्त भएकोले अन्य मोबाइल कम्पनीको सेवा प्रयोग गर्न बाध्य भइरहेका छन् । त्यस्तै बारा, रौतहट, मकवानपुरको ग्रामीण भेगमा पनि एनटिसी भरपर्दो नभएको उपभोक्ताहरूले गुनासो गरेका छन् ।     मध्यमाञ्चल क्षेत्रीय कार्यालय, वीरगंजक

संविधान निर्माण र राजनीतिक संवाद समितिको भूमिका

Image
- अधिवक्ता वीरेन्द्रप्रसाद यादव     संवैधानिक राजनीतिक संवाद समितिले २)७१ जेठ दोस्रो सातादेखि भदौ तेस्रो सातासम्म विवादित विषयमा सहमति जुटाउने समय सीमा पाएकोमा सानातिना कुरामा सहमति जुटाए पनि राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्यायप्रणालीजस्ता अति महŒवपूर्ण पेचिला विषयमा सहमति जुटाउन असफल भई संविधानसभामा प्रतिवेदन पठाएको थियो । जुन माघमा संविधान जारी नहुने सङ्केत हो । तर संविधानसभाले पुनः दुई साताको म्याद थप गरेको छ । म्याद थप गर्नु अस्वाभाविक होइन, तर यो म्यादमा पनि सहमति जुट्छ भन्ने सुनिश्चित छैन । यो दुई साताको समय निकै महŒवपूर्ण समय भएकोले कुनै पनि हालतमा यो समय भित्र सहमति खोज्नैपर्ने बाध्यता छ । सहमति हुन खासै अवरोध हुँदैन यदि वामपन्थी र दक्षिणपन्थी शक्तिहरूले आआप्mनो अतिवाद छोड्छन् भने । आआप्mना गुरुहरूको निर्देशन छोडी मुलुक र जनताको हितलाई केन्द्रमा राखी सहमति खोज्यो भने निश्चित नै सहमति हुन्छ ।     बा¥ह बुँदे सहमति, जनान्दोलन–२ को जनादेश तथा मधेस आन्दोलनको जनावाजको इमानदारीपूर्वक पालना गरियो भने सहमति नहुने कुरै छैन । किनभने उक्त सहमति र आन्दोलनमा तय गरि

न्यायको तिर्खा र नन्दप्रसाद

    नन्दप्रसाद न्यायको तिर्खा मेट्नै नपाई मरेर गए । ग·ा अधिकारी पनि खुशीले होइन, सरकारले उनको इच्छाविपरीत स्लाइनबाट पोषण दिएको हुँदा बाँचिरहेकी छन् । उनीहरूको माग सा¥है ठूलो पनि थिएन । सरकार आफैं चनाखो भएर उनलाई न्याय दिलाउनुको साटो न्यायका लागि लामो समयदेखि अनशन बसेका नन्द अधिकारीले ज्यान नै गुमाए । लोकतन्त्रमा सरकारले आप्mनो जवाफदेहीमा हत्याको मामिलामा आरोपित पक्षलाई कारबाई चलाई वस्तुस्थिति सार्वजनिक गरी, मुद्दा चलाएर न्याय स्थापना गर्नुपर्नेमा न्याय दिलाउन आलटाल गर्दा र आप्mनो लाचारी देखाउँदा एकजना नागरिकको ज्यान गएको छ । झन्डै तीन करोडको आबादी भएको मुलुकमा एकजनाको ज्यान जानु अस्वाभाविक होइन । ज्यान त कालगतिले, दुर्घटनामा परेर वा अन्य कुनै पनि कारणले जान सक्दछ । तर छोरा कृष्णप्रसादको ज्यान लिने ठूला पार्टीका कार्यकर्ता र हत्याको कारबाई होस् भनी अनशन बस्दा नन्दअधिकारीको ज्यान जानुलाई त्यही स्वाभाविकताको कसीमा राख्न सकिन्न ।     मानव हत्या जघन्य अपराध हो । कृष्णप्रसादको ज्यान लिने माओवादी कार्यकर्ता र नन्दप्रसादको ज्यान लिने सरकार दुवैले जघन्य अपराध गरेको ठहर्छ । किनकि, कृष्णप्रसादलाई

२०७१ असोज १३ गते सोमवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

Image
२०७१ असोज १३ गते सोमवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

थाहा पाउने दिवसमा चेतनामूलक कार्यक्रम, सूचनाको हक जनताको नैसर्गिक अधिकार

Image
प्रस, वीरगंज, १२ असोज/     १२ औं अन्तर्राष्ट्रिय थाहा पाउने अधिकार दिवस आज वीरगंजमा पनि मनाइएको छ ।     राष्ट्रिय सूचना आयोगको सहकार्यमा हेल्पिङ हयान्ड पर्सा र सजग पर्साले आज घण्टाघरमा कार्यक्रम गरी सूचनाको हक तथा थाहा पाउने अधिकार सम्बन्धमा चेतनामूलक पर्चा वितरण गरेका थिए ।     कार्यक्रममा पर्साका सूचना अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सूचना दिने कुरामा कुनै रोकावट नभएको दाबी गरे ।     उनले सरोकारवालाले सहजरूपमा सूचना पाउने वातावरण सृजना गरिएको दाबी गरे । नेपाल सरकारको सेवा प्रदायक कार्यालयहरूमा रहेको सूचनाबारे अधिकारीहरूसँग प्रत्येक महिना सञ्चारकर्मीहरूसँग अन्तक्र्रिया गराउने योजना रहेको कार्यक्रममा सप्रजिअ भण्डारीले बताए ।     सो अवसरमा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जाराले जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरूमा सूचना लुकाउने काम अहिले पनि भइरहेको आरोप लगाए । उनले पहुँच भएकाबाहेक अन्यले सहज सूचना पाउने वातावरण बनि नसकेको भन्दै सर्वसाधरणले सहज सूचना पाउने वातावरण सृजना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।     वासुदेव रिमालको अध्यक्षतामा सम

सार्वजनिक जग्गा किर्ते जालसाजी गरी किनबेच जग्गा पूर्ववत् सार्वजनिक बनाउन माग

Image
प्रस, निजगढ, १२ असोज/     निजगढ नगरपालिका–९ स्थित बकैया ड्याम नजिकैको सार्वजनिक जग्गा किर्ते गरी किनबेच भइरहेको भन्दै सो जग्गा सार्वजनिक हुनुपर्ने माग बढेको छ । आइतवार निजगढ नगरपालिकाको सभाहलमा स्थानीय नागरिकहरूको एउटा भेलाले केही सातापछि जनभेला समेत गर्ने निर्णय गरेको छ ।             फिल्डबूकमा पर्ती गौचरनसमेत लेखिएको सार्वजनिक जग्गा पूर्ववत् सार्वजनिक घोषित हुनुपर्ने भन्दै भेलाका सहभागीहरूले माग गरेका थिए । परापूर्व कालदेखि सन्धिसर्पन, मुर्दाघाट, पानीघाट, डाइभर्सन बाटोमा प्रयोग भइरहेको कित्ता नं १३० को करिब अढाई बिघा जग्गा विभिन्न व्यक्तिहरूको नाममा किर्ते जालसाजी गरी जग्गा धनी प्रमाण पूर्जा बनाई किनबेच भइरहेकोले सो जग्गा सार्वजनिक सम्पत्ति घोषित हुनुपर्ने वक्ताहरूको भनाइ छ ।     झन्डै तीन दशक अघि किर्ते जालसाजी गरी शेरबहादुर श्रेष्ठ, भवानीदेवी लम्साल, इन्द्रबहादुर बनेपालीले सम्बन्धित कार्यालयका तत्कालीन कर्मचारीसँग मिलोमतो गरी आफ्नो नाममा पारेको आरोप छ । सो जग्गा केही वर्षदेखि स्थानीय केही व्यक्तिले किनी पुन: बेचबिखन गरिरहेका छन् ।     पछिल्लोपटक हेटौडाका सन्तोष गौतम, जनकपुरका सञ्

अभिभावक, शिक्षक, विद्यार्थी सबैका लागि विजयोत्सव

Image
- अनन्तकुमार लाल दास     कवि शिरोमणि लेखनाथ पौड्यालको एउटा बडो मननीय पङ्क्तिको सम्झना यतिबेर हुन आएको छ । उनले भनेका छन्–“हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा ।” उनका यी पङ्क्ति दशैंको वर्णनभित्र आउँछ । उनले दशैंको वर्णन गर्न लाग्दा कसरी दशैंको अवधिमा सारा हिलो मैलो हराइसकेको हुन्छ, वर्षा खत्म भइसकेको हुन्छ, घर–आँगन सबैतिर सफासुग्घर बनाउने तयारी भइराखेको हुन्छ र सबै माता भवानीको पूजाका लागि तयार भएर बसेका हुन्छन् । यस कवितांशको आलोकमा कविले के भन्न खोजेका हुन् भने जहाँ सरसफाइ हुन्छ त्यहाँ पवित्रता हुन्छ र जहाँ पवित्रता हुन्छ त्यहीं देवीको वास हुन्छ । यस अवधिमा सरसफाइप्रति सामाजिक जागरुकताका लागि सन्देश प्राप्त हुन आउँछ ।     हाम्रो समाज, मनसुन आधारित प्राकृतिक संरचनामा हुर्केको छ । प्रत्येक वर्ष केही खास महिनासम्म वर्षा र आँधी–हुरी आउँछ । यस प्राकृतिक जलवर्षाले हाम्रो बाटोघाटो, घर–आँगन, खेत र करेसाबारी चारैतिर प्रभाव पार्छ । पहिले–पहिले त माटो, काठ र बाँसका घर हुन्थे, जो बर्सात्मा कमजोर हुन्थे । अहिले इँटका पक्की घरहरू बन्न थालेका छन् तर इँटको र· पनि बर्सात्ले गर्दा मलिन हुन्छ ।

सुधारको सङ्केत

    नेपाली काङ्ग्रेसले लामो समयपछि तदारुकता देखाएर पार्टीभित्र अनुशासनको कारबाई गरेको छ । यद्यपि कारबाईलाई बितेको संविधानसभा निर्वाचनको बेला भएको अन्तर्घात वा विरोधलाई केन्द्र बनाइएको छ तर नेपाली काङ्ग्रेसभित्र शुरु भएको यस कारबाईले निरन्तरता पाइरहने हो भने पार्टीभित्र शुद्धीकरण हुने र अन्तर्घातको अवस्था निर्मूल हुने वातावरण बन्न सक्दछ । नेपाली काङ्ग्रेसमा अनुशासन समिति पहिले पनि थियो । पहिले पनि पदाधिकारीहरू थिए, तर समितिको अनिच्छाले वा उजुरी नपरेकोले हो, आजसम्म अनुशासन कारबाई भएको थिएन । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेला सम्पन्न आम निर्वाचनमा उनी हारेपछि एकपटक अनुशासन कारबाई गर्ने निकै होहल्ला चलेको हो, छानबिन समिति पनि बनेको हो, तर सन्त नेता आफैंले सबैलाई दोषमुक्त गर्दै आममाफी दिएपछि कुरा त्यसै सेलाएको थियो । अनुशासन समिति हुनु, पार्टीभित्र विभिन्न विधानविपरीत क्रियाकलाप पनि हुनु, निर्वाचनमा बागी उम्मेदवार बन्नु र पछि पार्टीमा समावेश हुनु, अन्तर्घात हुनु सामान्य रहे पनि कारबाई नहुँदा पार्टी कार्यकर्ताहरूमा मनपरी गर्ने बानी विकसित हुँदै गएको देखिएको कुरा हो ।     यसपटक अनुश

२०७१ असोज १२ गते आइतवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

Image
२०७१ असोज १२ गते आइतवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

वीरगंजमा भुस्याहा कुकुर मार्ने अभियान सञ्चालन, एकै दिन पाँच सयवटा मारिए

Image
प्रस, वीरगंज, ११ असोज/     वीरगंज उपमहानगरपालिका कार्यालयले विगत लामो समयदेखि पशु अधिकारको कारण देखाउँदै मार्न नसकेको भुस्याहा कुकुर मार्ने अभियान  पुन: शुरू गरेको छ ।      जिल्ला प्रशासन कार्यालय पर्साको लिखित आदेशपछि उपमहानगर पालिकाले आज एकै दिन करिब ५ सय भुस्याहा कुकुर मारेको छ ।     उपमहानगरपालिकाका सरसफाइ अधिकृत शम्भु गुप्ताले जिल्ला प्रशासन कार्यालय पर्साले भुस्याहा कुकुर नियन्त्रण अभियान सञ्चालनका लागि लिखित पत्र दिएकोले वीरगंज उपमहानगरपालिकाले अभियान सञ्चालन गरी शनिवार एकै दिनमा करिब ५ सयवटा कुुकुर मारेको बताए ।     भुस्याहा कुकुर मार्नको लागि उपमहानगरपालिकाले चारवटा टोली बनाएर एकैपटक परिचालन गरेको  थियो । विगतमा भुस्याहा कुकुर मार्ने अभियान आवधिकरूपमा सञ्चालन गर्दै आएकोमा पशु अधिकारवादीले मन्त्रालयबाट लिखित पत्राचार गराएदेखि उक्त अभियान रोकिएको थियो ।     पशु अधिकारवादीहरूले कुकुर मार्न रोक लगाउँदै भुस्याहा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण गरी वृद्धि नियन्त्रण गर्न सुझाएको थियो । तर वीउमनपाले पशु अधिकारवादीको दुहाइ दिंदै भुस्याहा कुकुर मार्ने अभियानलाई स्थगित गरे पनि कुकुरक

गहवामाई मन्दिर क्षेत्र अँध्यारोमा

प्रस, वीरगंज, ११ असोज/     वीरगंजको मीनाबजार तथा गहवामाई मन्दिर क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ ।     त्यहाँस्थित विद्युत्को ट्रान्सफर्मर बिग्रिएको चार दिन भइसक्दा पनि मर्मतसम्भार नभएपछि उपभोक्ताहरू समस्यामा परेका छन् ।     विजयादशमीको अवसरमा नवरात्रको पूजा हुने प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरसमेत अन्धकार हुँदा पनि विद्युत् प्राधिकरणले गैरजिम्मेवारी प्रदर्शन गरिरहेको मीनाबजार क्षेत्रका बासिन्दाहरूको आरोप छ । विद्युत् अभावको कारण मन्दिरमा पूजाअर्चना गर्न आउने भक्तजनहरूको सुरक्षामा समेत चुनौती थपिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।     यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख ऋषि वर्णवालले बिग्रिएको ट्रान्सफर्मर मर्मत भइसकेको जनाउँदै उक्त ट्रान्सफर्मर आइतवार बिहानसम्म जडान हुने बताए ।

औद्योगीकरणका अवरोध

Image
- ओमप्रकाश खनाल     नेपाल सिमेन्टको बजार आपूर्तिमा बलियो हुँदै गएको छ । यसलाई उत्पादकहरूले आत्मनिर्भरताको रूपमा व्याख्या गरे पनि त्यो पूर्ण सत्य होइन । नेपालका अधिकांश सिमेन्ट उद्योग आयातित कच्चा पदार्थको भरमा चलेको अवस्थालाई कसरी आत्मनिर्भर मान्न सकिन्छ ? यदि यसो हो भने कच्चा पदार्थको उत्पादनमा भएका प्रक्रियागत प्रयास कत्तिको प्रभावकारी देखिएका छन् ? सरकार र निजी क्षेत्रले सिमेन्ट उत्पादनमा गरेका नीतिगत प्रबन्ध र प्रयासहरू कत्तिको सापेक्ष छन् ? हामीले तीव्र औद्योगीकरणको बलले द्रुत गतिको आर्थिक विकासको सपना देखिरहेका बेला यस्ता बहस र छलफलहरूको आवश्यकता किन पनि बढी देखिएको छ भने नेपालमा सिमेन्ट उत्पादन बढी सम्भावना भएको क्षेत्र हो । यति बेला लगानी आकर्षणका हिसाबले जलविद्युत्पछिको आकर्षक क्षेत्र सिमेन्ट उत्पादन नै देखिएको छ । साना ठूला ४५ ओटा उद्योगमा ४० अर्ब रुपैयाँ लगानी भइसकेको छ । निकट भविष्यमा यो परिमाण एक खर्ब नाघ्ने अनुमान गरिएको छ । सिमेन्टको उत्पादनमा केही विदेशी लगानीकर्ताको पनि चासो देखिएको छ । यस कारण पनि सिमेन्ट उत्पादनका चुनौती र समाधानका प्रयास समग्र औद्योगीकरणका लागि सा

उत्साहको महत्त्व

    उत्साह हाम्रो जीवनमा त्यो प्रेरक तत्त्व हो, जसले हामीलाई प्रत्येक काम जोश र जाँगरका साथ गर्ने प्रेरणा दिन्छ । उत्साह बडो प्रेरणादायक हुन्छ । उत्साह भएन भने ठूलोभन्दा ठूलो प्रभावशाली तर्क–वितर्कले पनि हामीलाई क्रियाशील बनाउन सक्दैन । कुनै पनि कार्यमा यदि हामी सफलता प्राप्त गर्न चाहन्छौं भने हामीले पहिले आफूलाई उत्साहसम्पन्न बनाउनुपर्छ र त्यस उत्साहलाई कार्यसिद्धि नहुन्जेल कायम राख्नुपर्छ ।     उत्साही व्यक्तिका लागि कुनै पनि कार्य कठिन छैन, जबकि अनुत्साही व्यक्तिका लागि प्रत्येक कार्य दुष्कर र दुरुह हुन्छ । उत्साही व्यक्ति सदैव प्रसन्नचित्त रहन्छ र उसको यसै उत्साहले उसलाई सदैव चिन्तामुक्त पनि राख्दछ । उत्साही व्यक्तिको समस्या सहज मेटिन्छ । कहाँसम्म भने उसको बिमारी पनि बढ्न पाउँदैन र गम्भीर बिरामी भएको छ भने पनि आश्चर्यजनक ढ·ले सुधार हुन थाल्दछ ।     संसारमा कुनै पनि यस्तो काम छैन, जुन मानिसका लागि असम्भव होस् । असम्भव कार्यलाई पनि सम्भव बनाउने प्रयास तबमात्र सफल हुन्छ, जब मानिस आशावादी भएर पूरा उत्साह र जोशका साथ जीवनमा अगाडि बढ्ने प्रयास गर्दछ । सफलता अथवा विजयको आशाले मानिसलाई विष

चाडपर्वलाई लक्षित गरी प्रहरीको विशेष सुरक्षा योजना

Image
प्रस, वीरगंज, १० असोज/     नजिकिंदो चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको पर्साका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी गराएका छन् ।     जिल्ला प्रहरी कार्यालय पर्सामा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपरीक्षक लोहनीले विशेष सुरक्षा योजना लागू गरिएको बताए ।     उनले विशेष सुरक्षा योजना तीन महिनाभित्र पर्ने दशैं, तिहार, छठ तथा बकरीद पर्वलाई लक्षित गरेर सञ्चालन गरिने र यसका लागि मध्य क्षेत्र प्रहरी कार्यालय, हेटौंडाबाट थप सयजना र अञ्चल प्रहरी कार्यालय वीरगंजबाट ४० जना सुरक्षा जनशक्ति माग गरिएको बताए ।     चाडपर्वमा हुने चोरी, डकैती, लुटपाटका घटना नियन्त्रणका लागि विशेष सुरक्षा योजना अन्तर्गत सादा पोसाक र टाइगर मोबाइल प्रहरी टोलीले २४ सैं घण्टा काम गर्ने योजना बनाएको प्रउ लोहनीले बताए ।     चाडपर्वमा भड्किलो खर्ज नगर्न आफूहरूले विभिन्न सञ्चारमाध्यमबाट सूचना प्रभावसमेत गरेको बताउँदै उपरीक्षक लोहनीले प्रहरीले शून्य सहनशीलता र मुस्कानसहितको प्रहरी सेवा आम जनसमुदायलाई उपलब्ध गराउनेतर्फ पनि विशेष ध्यान दिएको दाबी गरे ।     सो अवसरमा लोहनीले म

गढीमाई आसपासको क्षेत्रमा छाडा कुकुर नियन्त्रण अभियान सञ्चालन

सिकेन्द्र पासवान, कलैया, १० असोज/     पाँच वर्षमा लाग्ने गढीमाई मेलामा  आउने भक्तजनहरूको सुरक्षालाई ध्यान दिंदै छाडा कुकुर नियन्त्रण तथा रेबिज रोगको भ्याक्सिन र बन्ध्याकरण अभियान बारामा शुरू भएको छ ।     जिल्ला पशु सेवा कार्यालय बारा, एनिमल वेलफेयर नेटवर्क नेपाल, हिमालयन एनिमल रेस्क्यू ट्रस्ट, एनिमल नेपाल, पशु कल्याण सञ्जाल बाराको संयुक्त आयोजना एवं ह्यमन सोसाइटी इन्टरनेसनलको सहयोगमा पशु कार्यालय कलैया र इलाका पशु कार्यालय बरियारपुरमा यस अभियान  शुरू भएको जिल्ला पशु कार्यालय बाराले जनाएको छ ।     मेला भर्न आउने भक्तजनहरूलाई कुकुरले टोके पनि कुनै किसिमको सङ्क्रमण नहोस् र कुकुरको सङ्ख्यामा वृद्धि नहोस् भन्ने उद्देश्यले अभियान थालनी गरिएको वरिष्ठ पशु विकास अधिकृत नारायणबहादुर श्रेष्ठले बताए ।     हालसम्म ५७ वटा छाउरी कुकुर्नी र ८८ वटा डाँगो कुकुरलाई बन्ध्याकरण  गरिसकिएको छ । त्यसैगरी ८४ वटा छाडा कुकुरलाई रेबिज खोप दिइसकिएको छ ।     असोज ७ गतेदेखि सञ्चालन गरिएको अभियान टोलीमा डा. सुदीप कोइराला, डा. सञ्जीव पण्डित र डा. सुरेन्द्रप्रसाद कानुको सहभागिता छ । अभियान ११ गतेसम्म चल्नेछ ।     मेलास

युगको पर्खाइ – एन.पी. पटेल

पश्चातापकै अग्निमा बिस्तारै–बिस्तारै सल्किरहेछ उनको मन मन सागसागै मैन जसरी पग्लिरहेछ उनको तन ऊ आपैंmबाट बारम्बार जोगिन खोज्दा बचाउन सकिरहेको छैन आवेश मनको रोक्न खोज्दा पनि रोक्न सकिरहेको छैन शायद, यो प्रकृतिले एकपटक आफ्नो दैनिक गति फेर्नेछ कि हो, शायद यसैको आशामा निराश मनले उद्धारक प्रवृत्ति भएका सम्झी प्रकृतिको बाटो जोहिरहेको छ शायद युगको पर्खाइमा ऊ विदीर्ण मनलाई सम्हाल्दै बााचिरहेको छ पश्चात्तापको अग्निमा जब्बर तपस्वीजस्तै अघोर पश्चातापमा लीन भई तड्पिरहेको छ उसको अन्तर्आत्मा खिन्नताबोध भएर तडपिरहेछ विवशता शोध भएर खपिरहेछ उसको अन्तर्आयामिक भावनाहरु दिनरात क्लेश काटी–काटी नसा–नसामा पीडा बााडी आफ्नो जीवित भएभरका तन्तुहरुलाई ढााटिरहेको छ मानौं, उसको सुकोमल अङ्गहरु बेकाम भइरहेको छ निर्जीव कोषहरुलाई पनि उसले आशा–भरोसा दिइरहेको छ दिनरात गहबाट झरेका आासुका थोपाहरु पिइरहेको छ उसको सुस्केराहरुबाटै स्पष्ट बोध भइरहेको छ शायद धरतीकै छातीभित्र कयामत आउने पो हो कि शायद समुद्रले खप्न नसक्ने सुनामी पो आउने हो कि कुनै पत्तो ठेगान छैन हो जोसुकैको पनि आत्मालाई छुन सक्ने खालका उसका रोदनहरु तर कसैसाग पनि

देवसेनासपति–कात्र्तिकेय–३

- उमाशङ्कर द्विवेदी     ऋषिहरूले स्कन्दसित भने– देवश्रेष्ठ, तपार्ईंंको कल्याण होस्, तपार्ईंंले सम्पूर्ण लोकको म·ल गर्नुहोस् । तपाईं जन्मेको अहिले छ रात्रि बितेको छ, तैपनि तपाईंले सम्पूर्ण लोकलाई आफ्नो वशमा पारिसक्नुभएको छ तथा तपाईंले नै यिनीहरूलाई अभयदान पनि दिइसक्नु भएको छ । अत: अब तपाईंले नै इन्द्र बनेर तीनै लोकलाई अभय दिनुहोस् । कात्र्तिकेयजीले सोधे–मुनिगण, इन्द्रले त्रिलोकको के काम गर्दछन् तथा कसरी देउताहरूको रक्षा गर्दछन् ? ऋषिहरूले भने–इन्द्रले समस्त प्रणीलाई बल, तेज, प्रज्ञा तथा सुख प्रदान गर्दछन् तथा प्रसन्न भएमा सम्पूर्ण इच्छा पूर्ण गरिदिन्छन् । उनी दुराचारीहरूको नाश तथा सदाचारीहरूको रक्षा गर्दछन् । प्राणीहरूको प्रत्येक कामको अनुशासन निर्धारण गर्दछन् । सूर्यको अभाव भएमा उनी नै सूर्य, चन्द्रमाको अभाव भएमा उनी नै चन्द्र बनिदिन्छन् । यस्तै प्रकारले उनी नै भिन्नभिन्न कारणले अग्नि, वायु, पृथ्वी र जल बन्दछन् । इन्द्रले यस्ता कामहरू गरिरहनुपर्दछ, किनकि इन्द्रमा धेरै बल हुन्छ । वीरवर १ तपाईंमा पनि धेरै बल छ, त्यसैले तपाईं नै हाम्रो इन्द्र बन्नुहोस् । इन्द्रले पनि भने–महाबाहो १ तपाईं इ

पर्यटनले खुशी बाँड्छ

Image
- निर्भयकुमार कर्ण     विवाहित जोडी होस् वा मित्रहरूको समूह जब जीवनको व्यस्तता र दौडधूपपछि घरभन्दा टाढा कतै घुमफिर गर्न जान्छन्, फर्केर घर आएपछि आफूलाई तरोताजा र स्वस्थ महसुस गर्छन् । उनीहरू आफन्तभन्दा टाढा शहर, देशतर्फ यही सोचेर हिंड्छन् कि यस अवसरमा भरिपूर्ण मनोरञ्जन गर्छु । कुनै पनि पर्यटकको यो पहिलो र अन्तिम लक्ष्य हुन्छ । यस अन्तरालमा पर्यटकहरूलाई यो कुराको आभास हुन्छ कि बिरानो देश, बिरानो परिवेशको भ्रमण गरेपछि कस्तो शान्ति पाइन्छ र भ्रमण गर्दाको मजा कस्तो हुन्छ ।     यथार्थमा जब तपाईंको भरखरै विवाह भएको हुन्छ र घरभन्दा टाढा समय व्यतीत गर्न जब तपाईं हनिमूनको लागि जानुहुन्छ त्यो समय तपाईंका लागि सबैभन्दा सुनौलो र अनौठो प्रतीत हुन्छ । किनभने त्यहाँ माइती/ससुराली/बोसको कुनै किचकिच सुन्न पाइँदैन र आफ्नै तरिकाले केही दिनको जीवन बाच्छौं । यस्तै अवस्था विद्यार्थी, मित्र, नोकरी पेशा गर्ने व्यक्तिहरूको पनि हुन्छ, उनीहरू घुमफिर गर्न टाढा पुग्छन् । यस्तो बेलामा पर्यटनको सार्थकता सजिलै महसुस गर्न सकिन्छ । पर्यटनले संसारभरिमा सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक मूल्यलाई बढावा दिन्छ । य

‘आऊ, लड र लेऊ’ सूत्रजन्य सङ्कट

Image
चन्द्रकिशोर लोकतन्त्र प्राप्तोत्तरकालमा विभिन्न किसिमको उकुसमुस विस्फोट हुनु स्वाभाविक हो । उदार लोकतान्त्रिक वातावरणको उपभोग गर्दै आआफ्ना अधिकारका लागि जागरुक हुनु र सङ्घर्ष गर्नुलाई पनि लोकतान्त्रिक मूल्यभित्रकै क्रियाकलाप मानिन्छ । यस्ता क्रियाकलापहरूले लोकतन्त्रको आयतन फराकिलो पार्ने काम गरिरहेको हुन्छ । तर जब यस्ता क्रियाकलापहरूले लोकतान्त्रिक मूल्य र मान्यताहरूलाई स्खलित गर्न थाल्छ, सामाजिक सद्भावलाई तिलाञ्जली दिन थाल्छ, बृहत्तर पहिचानको भावलाई ओझेल पार्न थाल्छ त्यतिखेर चिन्ता उत्पन्न हुनु स्वाभाविक हो ।      अहिले उठिरहेका वा उठान भइरहेका जातीय, क्षेत्रीय, धार्मिक आग्रहहरूलाई सङ्क्रमणकालको स्वाभाविक नियति मानेर स्वीकार गर्नुपर्छ भनेर व्याख्या गर्ने गरिन्छ । बहुजातीय समाजको विविधता अ·िकार गरेर त्यसलाई राष्ट्र मानी सबैलाई समेटेर हिंड्ने हो भने राष्ट्रियता र लोकतन्त्र धरापमा पर्दैन, बरु सबल बनाउने प्रक्रियाको रूपमा स्वीकार गर्नुपर्दछ । तर यतिखेर जुन रूपमा टुक्राटुक्रामा अधिकारको खोजी भइराखेको छ र जसरी गोत्र र जातिको आधारमा पहिचान र अधिकारको खोजी गर्ने निहुमा अरू जातिप्रति घृणाको

दशैं लाग्यो– घरघरै क्यासिनो र बार

Image
–कुमार रुपाखेती     दशैं आयो १ दशैं खर्च पाएपछि कर्मचारीहरूको खल्ती टन्न छ । व्यापारीहरू मालामाल छन् । अर्थात् चारैतिर गहमागहमीको माहौल छ । दशैं–तिहारमा नेपालीहरूको मनपसन्द खेल ‘तास’ हो । मनपसन्द ज्युनार मासु हो र पहिरन नयाँ कपडा–लत्ता हो र पाहुनाको सेवा सत्कार गर्ने प्रमुख माध्यम दारु हो । दशैं रक्सी, मासु, तास र दारुको ऐतिहासिक मिलन गराउने चाड पनि हो ।     सरकारले ‘नखेल्नु है जुवा र तास’ घन्काइरहन्छ, नौ बजेअघि नै रक्सीपसल बन्द गराइरहन्छ । तर खाने मुखलाई जुँगाले छेक्दैन भनेभैंm पिउने–पिलाउने, खेलाउने र खेल्ने काम दशैंमा अत्यधिक हुने गर्छ । खेलप्रेमी तासका रसिकहरू घरमा रातभरि क्यासिनोभैंm तास फेटिरहन्छन् र चौबीसै घण्टा खुल्ने बार घरमै चलाइरहन्छन् । सरकारले इजाजतप्राप्त क्यासिनोहरू हाल बन्द गराए पनि घरघरै मिनी दशैं क्यासिनो धडल्लेले चलिरहन्छ । कतिपयले त दशैं खर्चमा जुवाको बजेटसमेत समावेश गरेका हुन्छन् । किनकि तासमा अचेल म्यारिज भन्ने खेल सर्वाधिक लोकप्रिय छ र एउटा सरकारी कार्यालयको तल्लोस्तरको पिएनसम्मले दश रुपियाँ काउन्ट म्यारिज खेल्ने हैसियत राख्दछ । टाउकेहरू त पचास–सय रुपियाँ काउन्

शिक्षा नीति आफैं धामी, आफैं झाँक्री

Image
वैद्यनाथ ठाकुर     असोज ७ गते म·लवारदेखि देशभरिकै सामुदायिक विद्यालयमा पठनपाठन भएन । बन्दको कारण थियो राहत तथा अस्थायी शिक्षकहरूलाई वृद्धि भएको तलब नदिने सरकारी निर्णय । ‘कहीं नभएको चलन हाँडी गाउँमा’ भन्ने उखानलाई नेपाल सरकारले चरितार्थ गरेको छ । तलब वृद्धिको सवालमा काखापाखा गरेर सरकारको सोच अझै प्रजातान्त्रिक र समतामूलक हुन नसकेको कुरा प्रमाणित गरेको छ ।     एउटै विद्यालयमा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी शिक्षकले वार्षिक बजेटमार्फत् वृद्धि भएको तलब भत्तालगायत सुविधा पाउने तर त्यही स्वीकृत दरबन्दीमा सरकारबाटै नियुक्त भई कार्यरत अस्थायी शिक्षक तथा राहत शिक्षकले सो सुविधा किन नपाउने भनी बताउन सकेको छैन । जनताप्रति जिम्मेवार बताउने नेपाली काङ्ग्रेस र एमालेको सरकारले यस्तो व्यवहार शिक्षकहरूलाई गर्ला भन्ने कल्पनासमेत शिक्षकहरूले गरेका थिएनन् । सरकारले प्रस्ट नीति बनाएर चल्न जरुरी छ । कुर्सीको खेलभन्दा अरू कुनै पनि विषयमा सरोकार नराख्ने राजनेताहरू भएपछि मुलुकवासीले दु:ख पाउनु स्वाभाविक नै हो ।     स्थायी शिक्षकले पाउने गरेको तलब जतिकै सो तहमा कार्यरत अस्थायी तथा राहत शिक्षकले पाउने शिक्ष

मनसा, वाचा, कर्मणा

    बुधवारका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कतिर लाग्नुपूर्व एउटा नयाँ अभियानलाई जन्म दिए । उनले यस नयाँ अभियानलाई ‘मेक इन इन्डिया’–भारतमा बनाऊ संज्ञा दिएका छन् । अर्थात् अब भारत कुनै पनि विदेशी वा स्वदेशी उद्योगको स्थापनाका लागि पूर्वाधार सम्पन्न मुलुक बनिसकेको छ, लगानी गर र भारतको उन्नतिमा सहयोग गरेर आफ्नो लागि मुनाफा कमाऊ । साँच्चि नै भारतमा कस्तै पनि उद्योग स्थापनाका लागि पर्याप्त पूर्वाधार निर्माण भइसकेको छ वा पूर्वाधारको विद्यमानता छ । उद्योगका लागि पूर्वाधार भनेको जग्गा, श्रम, प्रविधि, ऊर्जा मुख्य हो । प्रधानमन्त्री मोदीले पूर्वाधारको यथेष्टता भएको विश्वासमा स्वदेशी–विदेशी निवेशकर्ताहरूलाई लगानीका लागि आह्वान गरेका हुन् र उनको आह्वानमा ५०० भन्दा बढी स्वदेशी–विदेशी ठूला लगानीकर्ताहरू भेला भए । उनको मेक इन इन्डियाको अभियानको उद्घाटनमा देखिएको विश्वसनीयता अपूर्व थियो ।        नेपालमा पनि विदेशी लगानीको आवश्यकता छ । केही विदेशी लगानीकर्ता नेपाल नआएका पनि होइनन्, तर हामीले विवशतावश विषपान गरेभैंm के बुझ्

२०७१ असोज १० गते शुक्रवार

Image
२०७१ असोज १० गते शुक्रवार (पढ्न यहाँ क्लिक गर्नुहोस्)

वर्षाले दशैको चहलपहल पातलियो

Image
प्रस, वीरगंज, ९ असोज/     विजयादशमीको पहिलो दिन आज पर्साको विभिन्न शक्तिपीठहरूमा भगवतीको पूजाअर्चना गरिएको छ । वीरगंजको माईस्थान, भुटनदेवी, विन्दवासिनी, राधेमाई, बिर्ता मन्दिरलगायत स्थानमा भक्तजनले पूजाअर्चना गरेका थिए । यसैगरी दुर्गा देवीको मूर्ति स्थापना गरी पूजा आरम्भ गरेको वीरगंजको घण्टाघर, रानीघाट, बाईपासबाट ठूलो सङ्ख्यामा कन्या र महिलाहरू सहभागी कलशयात्रा निकालिएको थियो ।     रातिदेखि परेको वर्षाको कारण दशैंको पहिलो दिन आज गत वर्ष सरह भक्तजनको ठूलो सङ्ख्या देखिएन । वर्षाको कारण आजदेखि जिप्रका पर्सा अगाडि विपी उद्यानमा सञ्चालनमा आएको माँ वैष्णो देवीको प्रतीक स्वरूप बनाइएको दरबारस्थल पनि प्रभावित भयो । पानी परेर हिलो भएको कारण दर्शनार्थीहरूको सङ्ख्या एकदमै न्यून रहयो । त्यस्तै माँ वैष्णो देवी प्रतीकस्वरूप बनाइएको स्थलमा मनोरञ्जनका लागि अस्तिदेखि गरिएको तयारी पनि पूरा हुन सकेन । मनोरञ्जन सामग्री हिलोको कारण जडान हुन सकेको छैन । यता मौसमको यो प्रतिकूलताले वीरगंजको ऐतिहासिक मेला प्रभावित भएको छ भने अर्कोतर्फ प्रहरीले परम्परागतरूपमा मेनरोडको घण्टाघरदेखि आदर्शनगरसम्म सञ्चालनमा आउने फू

भारतीय प्रम मोदीको जीवन्त सम्बोधन र वीरगंजमा छलफल

Image
प्रस, वीरगंज, ९ असोज/     भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज देशवासीको नाममा जारी गरेको सन्देश ‘मेक इन इन्डिया’ अभियानको प्रत्यक्ष प्रसारण वीरगंजमा पनि गरियो ।     वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले सहजीकरण गरी होटल भिस्वाको सभाकक्षमा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था गरेको थियो ।     दिल्लीस्थित विज्ञान भवनमा मन्त्री परिषद्का सदस्यहरूको साथै पाँच सय जनाभन्दा बढी देशी तथा विदेशी ठूला उद्योगपति एवं व्यापारीहरूको उपस्थिति रहेको भेलामा प्रधानमन्त्री मोदीले भारतमा निवेश गर्न आज आह्वान गरेका थिए ।     सोही सम्बोधनको प्रत्यक्ष प्रसारण एवं छलफल तथा अन्तक्र्रियाका लागि वाणिज्य दूतावासले बिहारका पटनाका प्रतिष्ठित उद्योगी, व्यापारी, सरकारी अधिकारीसहित नेपालका उद्योगी व्यापारीहरूलाई एकै स्थानमा भेला गराउन सहजीकरण गरेको थियो ।     प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा भारतमा लगानी गर्न विश्वस्तरमा उद्योगपतिहरूलाई आह्वान गरेका थिए । प्रम मोदीले भारतमा निवेश गर्न आह्वान गर्दै सोको लागि अनुकूल वातावरण मिलाउन सरकार तत्पर रहेको बताएका थिए । अभियानलाई सार्थक बनाउन सरकार दृढ रहेको बताउँदै मोद

आयोजक जनकल्याण फाइनलमा

प्रस, पथलैया, ९ असोज/     आयोजक जनकल्याण मञ्च, डुमरवानाको रजघट्टामा जारी फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।     दोस्रो सेमिफाइनल खेलमा बिहीवार जनकल्याण युवा क्लबलाई ४–० ले पराजित गर्दै आयोजक टिम फाइनलमा प्रवेश गरेको हो ।     आयोजक जनकल्याणले अब उपाधिका लागि जनहित युवा क्लब जोर्लाहीसँग प्रतिस्पर्धा गर्नेछ । ब्लु स्टारलाई हराउँदै जनहित यस अघि नै फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल शनिवार हुनेछ ।

दशैंमा फूटबल प्रतियोगिता

प्रमोद यादव, र·पुर, ९ असोज/     दशैको अवसरमा गादी गाविसमा आजदेखि फूटबल प्रतियोगिता शुरु भएको छ । गादी गाविसको खेलमैदान र·पुरमा आजदेखि सञ्चालित फूटबल प्रतियोगिताको स्थानीय शिक्षक महेन्द्र चौधरीले उद्घाटन गरे । नवयुवा क्लब गादी–७ सुखी टोलाका अध्यक्ष इन्द्रबहादुर पुलामीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सुलेमान मियाँ, मोतीलाल चौधरीले मन्तव्य व्यक्त गरेका थिए ।     आज पहिलो दिनको खेलमा रामभौरी युवा क्लब, सखुवा परसौनी विजयी भयो । उसले वनशक्ति युवा कलब मधुवन मथवललाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको थियो ।     प्रतियोगितामा विभिन्न ९ वटा फूटबल क्लबहरूको सहभागिता छ ।

सङ्घीय संविधान र आर्थिक विकास

वीरेन्द्र यादव     बलियो सरकार भनेको त्यस्तो सरकार हो जसले राज्यको हरेक अधिकारको समुचित प्रयोग गर्दै साधन स्रोतको उपयोग गर्छ । आम नागरिकलाई चुस्त एवं दुरुस्त तरिकाले सेवा प्रदान गर्दछ । एकजना चिनियाँ विद्वान्ले साम्यवाद वा समाजवादको परिभाषा दिंदै भनेका थिए–साम्यवाद वा सामाजवाद भनेको गरिबीको समान वितरण होइन । समाजवाद भनेको हरेक गरिबलाई समृद्ध बनाउने उपाय हो । यो तब मात्र पूरा हुन्छ जब सरकारले आफ्नो अधिकार प्रयोग गर्दै साधन स्रोतको सदुपयोग गर्छ र नागरिक अधिकारप्रति गम्भीर हुन्छ । यसै हप्ता घटेको केही घटनाले बलियो सरकारको अभाव देखाउनुका साथै आम नागरिकको अधिकार संरक्षणमा ठूलो शड्ढा उब्जाएको छ । एउटा गरिब न्याय पाउन अनसन बस्दै मृत्युवरण गरे तर सरकारले न्याय दिलाउन सकेन । सिटामोलको अभावमा नागरिकले ज्यान गुमाउँछ तर एउटा नेताको उपचारमा करोडौ रुपियाँ खर्च हुन्छ । न्यायालयले ठेकेको रु आठ अर्ब २७ करोड जरिवाना र लाखौ वर्ष कैद असुल उपर हुन बाँकी छ । करोडौं रुपियाँ जानीजानी कर नतिर्ने व्यक्तिबाट कुनै आधिकारिक कर्मचारीले कानुनी प्रक्रिया अनुसार असुल गर्न अगाडि बढ्दा त्यसको सरुवा गराउने दृष्टान्त पनि