प्रस, वीरगंज, १२ भदौ/
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय, हेटौंटाले अख्तियारको एकाइको रूपमा रहेको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रभुलाल साहलाई घूस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा छापामारी गरी फाँटका कार्यालय सहायक साहलाई घूस लिएपछि पक्राउ गरेको थियो । पक्राउ परेका सहायक साहले रु २ हजार घुस लिएको अख्तियारको टोलीले सञ्चारकर्मीलाई बताए । सेवाग्रही मुर्ली–१५ निवासी सिंह थरका व्यक्तिको नागरिकतामा जन्ममिति २०४६/१०/२ रहेको र शैक्षिक प्रमाणपत्रमा २०४६/१०/२५ उल्लेख गरिएकोले जन्ममिति सच्याई शैक्षिक प्रमाणपत्र अनुसार बनाउन साहले उक्त रकम सेवाग्राहीसँग लिएका थिए ।
सेवाग्राहीले आफै अख्तियारमा सूचना दिएको स्रोतले जनाएको छ । घूस लिएको अभियोगमा पक्राउ परेका साहको अख्तियारले तलाशी लिंदा अख्तियारले चिन्ह लगाएको रु २ हजार र भारु ४ हजारसमेत जम्मा १३ हजार ५ सय स्रोत नखुलेको रकम फेला परेको थियो ।
आयोगले साहलाई थप अनुसन्धानको लागि मध्यमाञ्चल एकाइ हेटौडा लगेको छ । घटना सम्बन्धमा आयोगको एकाइ प्रमुख कायममुकायम प्रमुख जिल्ला अधिकारी योगराज पाण्डेले आफूले कार्यालयमा अनिमियतता नहोस् भनेर चेकजाँचका साथै सम्झाउने–बुझाउने गर्दै आएको बताए । उनले सबै कर्मचारीको मनमा के छ आफूलाई थाहा नहुने बताउँदै घटनाले जिल्लाको बदनामी भएको स्विकारेका थिए । उनले सबै कर्मचारीलाई नियम कानुनको परिधिमा रहेर गलत कार्य नगर्न आग्रह गरेका छन् ।