प्रस, वीरगंज, १४ भदौ/
गरिबी निवारण कोष कार्यक्रमसँग आबद्ध पर्साका अतिविपन्न महिलाहरूले एक मुठी दान सड्ढलन गरी सिन्धुपाल्चोकका पहिरोपीडितलाई सहयोग गरेका छन् ।
कोष अन्तर्गतको ११ वटा सामुदायिक संस्थामा आबद्ध ९ हजार १२५ अतिविपन्न समुदायका महिलाहरूले एक मुठी दानबाट १२ क्वीन्टल चामल, १२० किलो पीठो र १२० थान कपडा सड्ढलन गरेका थिए ।
सो सहयोग आज एक समारोहका बीच सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामनरेश यादव र राकेश यादवले रेडक्रस पर्साका सभापति फूलमहम्मद मियाँलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा सभापति मियाँले मानवीय क्षति हुने गरी भएको प्राकृतिक विपत्तिमा गरिएको सहयोगको प्रशंसा गरे । उनले सहयोग गर्ने इच्छाशक्ति मात्र हुनुपर्छ भन्ने कुरा पर्साका ग्रामीण महिलाहरूले स·ठित तवरबाट गरेको काम उदाहरणीय भएको बताए ।
राहत सड्ढलन गर्न ब्रिलियन्ट युवा क्लब, ग्रामीण समाज जिल्ला विकास केन्द्र, सूर्याेदय युवा क्लब, पुनर्जागरण समाज, न्यू जीवनज्योति, स्थानीय विकास कोष., ग्रामीण क्षेत्र तथा कृषि वन विकास केन्द्रलगायतका संस्थाहरूले सहयोग गरेका रेडक्रस पर्साका सहायक राजन श्रीवास्तवले बताए ।