- बैद्यनाथ ठाकुर
तीज भनेपछि नेपाली चेलीहरू हुरुक्कै हुने गर्छन् । हाम्रो समाजमा महिलाहरूमाथि गरिएको चरम भेदभाव, शोषण, उत्पीडन र महिलाजन्य हिंसाविरुद्ध तीजको दिन चेलीबेटीहरू एकै गाउँको एकै ठाउँमा खासगरी माइतीमा जम्मा भएर गीतको भाकामा आफ्नो पीडालाई व्यङ्ग्यात्मक भाकामा नाची–नाची भन्न पाएपछि नरमाउने कुरै भएन । भाले बासेको ठाउँमा पोथीको के काम भन्दै महत्त्वपूर्ण निर्णयहरूमा महिलाहरूको मुटु नै घोच्नेगरी बचन लगाउनु सामन्ती समाजको मूल चरित्र हो । अझै छोरीलाई चिठ्ठी लेख्न आए भइहाल्यो नि, के काम धेरै पढाउने भोलिका दिनमा भान्छामा लाग्ने त हो जस्ता प्रवृत्ति र पुरुषप्रधान समाजको सोच अझै यथावत छ । महिलाहरू भनेपछि बच्चा जन्माउने मेसिन र विज्ञापनको साधन मात्र हुन् जस्तो व्यवहार प्रदर्शन गर्दै आएको पूँजीवादी सोचले त झन् महिलाहरूको अवस्था कति नाजुक छ भन्ने सजिलै बुझ्न सकिन्छ ।
पूँजीवादी साम्राज्यको चक्रवर्ती बन्न खोजिरहेको तथाकथित महाप्रजातान्त्रिक अमेरिकामा यही हप्ता (अगस्त २४ मा) हजारौं अमेरिकी युवतीहरू न्युयोर्क शहरमा दिउँसै टपलेस डेको नाममा कमरभन्दा माथि पूर्ण नग्न भई जुलुस निकालेको देख्दा महिलाहरूलाई साँच्चै नै साम्राज्यवादीहरूले भोगविलासको साधन नै ठानेका रहेछन् भन्ने कुरा प्रमाणित नै गरेको छ । नागरिकहरूमा सच्चरित्रता र सकारात्मक सोचको विकास गराउनु राज्यको पहिलो कर्तव्य हो । प्रजातन्त्रको ठेकेदार आफूलाई ठान्ने अमेरिकी महिलाहरूमा देखिएको यौनिक स्वच्छन्दता नै आधुनिक प्रजातन्त्र हो कि ?
पश्चिमी नेपाल यतिखेर बाढी पहिरोले त्राहिमाम छ । गाउँका गाउँ पहिरोको कारण सुकुमबासीमा परिणत भएको छ । केटाकेटीदेखि बूढापाकासम्मले खानासमेत पाएका छैनन् । प्रदूषित पानी, खुला आकाशको वास, भोको पेट तथा आफन्त गुमाएको पीडा मनभरि पारेर, आँखाभरि आँसु भएको बेला हामीले तीजमा रमझम गरेर धनाढ्यता प्रदर्शन गर्ने बेला हो र ? यो नाच्ने बेला हो कि सहयोगको हातेमालो गर्ने ? राष्ट्रिय सड्ढट घोषणा भएकोमा यतिबेला तीजलाई पनि राहतको लागि सहयोगी अवसरको रूपमा प्रयोग गर्नुपर्ने होइन र ?
भन्नलाई सयौं फूलको थु·ा हामी नेपाली भन्छौं तर आपत् परेको बेला कोही जीवनको सर्वाधिक कठिन दिन गुजार्दै छ भने कोही नाँच्दै गाउँदैछ । के यही हो राष्ट्रियता ? धर्मले मानिसलाई जोड्ने काम गर्नुपर्छ । मानिसहरूको दु:ख, पीडा र मर्म बुझ्न सघाउनुपर्छ र हामी सम्पूर्ण नेपाली आआफ्नो ठाउँबाट बाढी पहिरो पीडित परिवारको जन उद्वार र राहतको लागि सक्दो सहयोगमा जुट्नुपर्छ ।
तीज हाम्रो धार्मिक पर्व हो । हिजोको दिनमा यसको महत्त्व सकारात्मक नै थियो । त्यति बेला समाजमा पत्रकारिताको विकास थिएन । महिला अधिकारको लागि बोलिदिने कोही थिएन त्यस्तो बेलामा नेपाली चेलीहरूले आफूमाथिको घरेलु हिंसालाई गीतको भाषामा बाहिर प्रवाह गर्नु महिला अधिकारको लागि कोशेढु·ा थियो । तर हिजोको तीज यति बेला धेरै विकृत भइसकेको छ । यति बेला तीज महँगा होटलहरूमा खानपिन गर्ने र आफ्नो धनाढ्यता प्रदर्शन गर्ने साथै कतिपयको लागि कमाइ गर्ने अवस्था र विकृतिको रूपमा परिचय बनाउँदैछ । महिलामाथि गरिने हिंसाको दु:खेसो आजको तीजमा गाउनुभन्दा कान नै थुन्नुपर्ने अश्लील गीतहरू महिलाहरूले गाउने गरेको देखिन्छ । यसपालिको तीजमा पोइल जान पाउँ जस्ता गीतले पाएको लोकप्रियता हेर्दा तीज संस्कृतिको भ्रष्ट बीजको रूपमा विकसित भएको कुरा नेपाल बुद्धिजीवी स·ठनकी केन्द्रीय सदस्य भागिरथीकुमारी श्रेष्ठ बताउँछिन् ।
तीज यति बेला एउटा फेसनजस्तै हुन गएको छ । यसको आफ्नो मौलिकता हराउँदै गएको छ । यसमा विकसित हुँदै गरेको विकृति समयमैं हटाइएन भने आगामी दिनमा महिलाहरूको लागि तीज गौरव गर्ने पर्वभन्दा पनि ठीक उल्टो दिशामा बुझ्नुपर्ने हुन्छ, यसतर्फ सचेत हुन जरुरी छ भन्ने कुरा जागृति विकास मञ्च पर्साको सदस्य अमृता जोशी बताउँछिन् ।
संसार परिवर्तनशील छ । यस अर्थमा तीजको स्वरूपमा आएको परिवर्तन स्वाभाविक हो । यसभित्रको नकारात्मक प्रवृत्तिलाई निरुत्साहित गर्दै सकारात्मक प्रवृत्तिलाई उत्साहित र संरक्षण गर्नुपर्ने सुझाव दिन्छिन् शान्तिटोल, वीरगंज–१४ निवासी सुनीता हमाल ।
अन्तरिम संविधानमा महिलाहरूलाई ३३ प्रतिशत स्थान प्रत्येक क्षेत्रमा स्थापित गर्नुपर्छ भन्ने लेखिए तापनि यसको कार्यान्वयन कतै भएको देखिंदैन । यसको लागि सङ्घर्ष गर्ने महिला दिदी बहिनीहरूले सडक तताउने राम्रो दिनको रूपमा तीजलाई प्रयोग गर्नुपर्छ भन्ने विचार अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी धादिङकी अध्यक्ष भगवती सिलवालको रहेको छ ।
बार्है महिना घरभित्र चुल्हो चौकामा थुनिएकी महिला दिदीबहिनी तीजलाई अराजकता र विकृतिको भण्डार होइन सुसंस्कृत महिलाहरूको पर्वमा बदल्न सक्नुपर्छ । तीजबारे आशाराम हस्पिटलकी डाइरेक्टर निभा दास बताउँछिन् ।
रूपन्देहीमा तीज मान्न गइरहेकी चेलीको आफ्नै पतिद्वारा घाँटी थिची गरिएको हत्या, दिनदिनै महिलाहरूलाई ललाइफकाई विदेशी भूमिमा वेश्यावृत्तिको लागि गरिने बेचबिखनविरुद्ध तीजको पर्वलाई विरोध गर्ने अवसरको रूपमा प्रयोग गर्नुपर्छ भन्ने विचार सिद्धार्थ माविकी शिक्षिका सीता शर्मा बताउँछिन् ।
जेहोस् तीजलाई धार्मिक अन्धविश्वास र सामाजिक आडम्बरको परिधिबाट निकाल्न जरुरी छ । यसलाई महिला हकअधिकार प्राप्त गर्ने अवसरको रूपमा प्रयोग गर्न जति जरुरी छ, त्यति नै महिलाहरूलाई तीजमा सुसंस्कृत भई विभिन्न प्रकारका विकृति तथा फजुल खर्चबाट बच्न पनि जरुरी छ । एउटा कमजोर, निरीह महिलाको रूपमा जहिले पनि जेका लागि पनि माइती गुहार्ने होइन बरु अधिकार सम्पन्न भई आत्मनिर्भर बन्न जरुरी छ । तीजको अवसरमा सम्पूर्ण दिदीबहिनीमा यही शुभकामना १