$type=ticker$count=12$cols=4$cate=0

मधेसले पहाड चिन्नुपर्‍यो

SHARE:

- चन्द्रकिशोर
मधेसले पहाड चिन्नुपर्‍यो । अहिले नै आएर यो प्रश्न किन उठाउनुपर्‍यो ? किनभने वर्तमानको डिलमा उभिएर हामी भविष्यको मार्गचित्र कोर्न जसरी तम्सिएका छौं त्यस परिप्रेक्ष्यमा मधेसले आफ्नो सामथ्र्य र समृद्धि पहिचान गर्न पनि पहाडलाई जान्नुपर्छ । नेपाली सन्दर्भमा पहाडलाई नबुझिकन तराई मधेसले आफ्नो भाग्य र भविष्यको निर्धारण गर्न हतारियो भने त्यो अधूरो र एका·ीं हुन सक्छ । मधेसले केवल आफ्नै स्वार्थका लागि पनि पहाडको अग्लाइलाई आफ्नो मनभरि तौलन सक्नुपर्छ । पहाड जान्नुको अर्थ त्यहाँको केवल राजनीतिक र सामाजिक परिवेश मात्र होइन, प्रतिकूलताका बावजुद त्यहाँ आशाको जसरी सञ्चार भएको छ, त्यो मधेसका लागि पाठ हुन सक्छ । त्यहाँको प्राकृतिक स्रोत, जनशक्ति, चेतना पनि मधेसका लागि महत्त्वपूर्ण पक्ष हो । पहाडको आवश्यकता र मधेसको पहाडमाथिको निर्भरता पहिचान गर्न पनि मधेसले पहाडलाई चिन्नुपर्छ ।
    प्रश्न उठ्न सक्छ, मधेस आफ्नो लागि आफै लड्न तत्पर छ ? उसले हिजो त्यत्रो विद्रोह गर्‍यो । उसले आफ्नै बारे जाने त पुगिहाल्यो नि । मधेसको वर्तमान र भविष्यको स्रोत, सीमा र सामथ्र्यको पहिचान गर्न र त्यसको मापन गरी आफ्नो अनुकूलताको स्थिति निर्माण गर्नका लागि पनि मधेसले पहाड नचिनी सुख छैन । मधेसी राजनीति होस् वा नागरिक क्षेत्र प्रत्येक क्षेत्रमा पहाडबारे अधूरो र पूर्वाग्रही ज्ञान छ । यो स्थिति केवल मधेसतिर मात्र होइन, पहाडतिर पनि मधेसबारे एक खालको बहुप्रचारित छवि नै प्राय:को मानसपटलमा गुँड बनाउन पुगेको छ । नेपालको अभिन्न यी दुई भूगोलका बहुसङ्ख्यक बासिन्दामाझ एकअर्कासँग पहिचान गर्न तेर्सिएको सड्ढोचले गर्दा पनि अन्तर्घुलनमा कैयौं अप्ठेरो खडा गरेको छ, जो वर्तमानको राजनीतिक यक्ष प्रश्नहरूलाई हल गर्न नाकाफी छ ।
    पहाड र मधेसको अन्तर्सम्बन्ध नागरिकस्तरमा बिनाकुनै प्रचारको गजबले हुँदै गएको छ । सुदूर पहाडका भञ्ज्याङहरूमा बजार बनाउन पुगेका वा त्यहाँको उत्पादन सोझै मधेसमा पुर्‍याउने नदीप्रणालीसँगै अन्तर्शृङ्खला बनेको छ । यसबारे प्राय: विमर्श भएको छैन । राज्यले कुनै सुविधा वा योजना नदिए पनि नागरिक तहमा यस्ता सञ्जालहरू कसरी विकसित हुँदै गयो ? धनुषाको व्यापारी सिन्धुलीको जुनार लिन होस् वा सप्तरीको व्यापारी धनकुटामा तरकारी बेच्न पुगेको होस् वा बर्दियाबाट चामल बेच्न सुर्खेत पुग्ने व्यक्ति हुन् । यी सबै आवश्यकता अनुसार आफैं परिचालित र प्रतिलाभान्वित हुँदै गएका छन् । पहाड र मधेसलाई जोड्ने पुराना मार्गहरू प्राय: ओझेलमा पर्न थालेका छन् । नयाँनयाँ राजमार्ग र बुल्डोजर मार्गले ती पुराना मार्गहरूलाई कथाको विषय बनाइदिएका छन् । तर चाखलाग्दो कुरा के छ भने बन्दै गएका नागरिक सम्बन्धका आधारमा विकसित व्यापार मार्गहरूले तराई र मधेसलाई दैनिक आवश्यकतासँग जोडिएर आउने बजारकेन्द्रित दिशा दिएको छ ।
    यो जलवायु परिवर्तनको विश्वव्यापी विमर्शको अवधि हो । मुस्ताङ वा मनाङ आफैंमा खुम्चिएर यो बहसमा भाग लिन सक्ने स्थितिमा छैन । उसले म्याग्दी र पाल्पालाई पनि जोड्नुपर्‍यो । त्यसपछि कपिलवस्तु र रूपन्देहीलाई पनि गाँस्नुपर्‍यो । त्यसैले होला पानीविज्ञ अजय दीक्षित परिवर्तनको असरबाट कुन समुदाय प्रभावित हुँदैछ त्यसको प्रणालीगत असर के पर्दैछ र त्यससँग जुध्ने विधि के हुन सक्छ भन्ने सवालमा त्रिक्षेत्रीय संवाद गर्न सक्रिय छन् । उनी भन्छन्– यी तीनै भूगोललाई एकैसाथ जोडेर नहेरेसम्म असरसँग जुध्ने ताकत निर्माण गर्न सकिंदैन ।
    सङ्घीयताको भूगोल के हुने हो र त्यसको मानक के के निर्धारण गर्ने हो त्यो बहसलाई एक छिनलाई थाति राखौं । मधेस कसरी समृद्ध हुन सक्छ त्यसका लागि पनि पहाडका सकारात्मक प्रयत्नहरूलाई उसले सिक्न जान्नुपर्छ । पहाड हेर्नमा सुन्दर देखिन्छ । तर पहाडको जीवन अत्यन्त कष्टपूर्ण छ । कष्टपूर्ण जीवन सहेर पनि सुखलाई घरदैलोमा साट्ने जुन साहस र समर्पण पहाडको गरागरामा भेटिन्छ त्यो मधेसको आलीआलीमा पुग्न जरुरी छ । पहाड भन्ने बित्तिकै त्यहाँ सबै सम्पन्न छन् वा त्यहाँ सबै शासक नै छन् भन्ने भ्रम एकातिर मधेसमा छरिएको छ भने मधेसमा हुने रोदन पनि कसैको राग हो भन्ने सन्दर्भ पहाडमा तेर्सिएको छ । यसो हुनुको पछाडि अन्तक्र्षेत्रीय संवादको कमी हो । मधेस बनाउने नाममा चन्द्रगढीदेखि चाँदनी दोधारासम्मको तेर्साे (भर्टिकल) मा धेरै छलफल गरियो तर मुस्ताङदेखि मर्चवारसम्मको ठाडो (हरिजेन्टल) मा संवाद चलाइएन । जनान्दोलनपछिका वर्षहरूमा क्षेत्रगत छलफल त निर्क भए तर अन्तर्भूगोल विमर्श भएन । यसले गर्दा पनि एउटा ठूलो रिक्तता खडा गर्‍यो । एकअर्काप्रतिको बुझाइमा सूचनाको कमी, पृष्ठभूमि र उर्लंदो नाराको उत्तेजनाले गर्दा एकअर्काप्रति तिक्तताको मोडमा ल्याएर उभ्याइदिएको छ जबकि राजनीतिबाहेकका क्षेत्रमा सामञ्जस्यता बाक्लिंदै गएको छ ।
    एउटा रोचक अनुभव वरिष्ठ कार्टुनिस्ट वात्सायनको छ । उनी निसड्ढोच भन्छन्, मेरा प्राय: कार्टुनको पृष्ठभूमिमा भिरको बाटो, पहाड, नदीका खोंचहरू बढी आउँछन् किनभने त्यही परिवेशमा हुर्कियो र पहाडी क्षेत्रमैं बढी डुलियो । तराइसँग बढी सामीप्यता हुनै पाएन । आफ्नै देशको एक अभिन्न भूगोल भएको हुँदा त्यहाँको सामाजिक र राजनीतिक परिघटनाहरूलाई लिएर पनि कार्टुनमार्फत् प्रतिविम्बित गर्छाैं । तर पनि मलाई लाग्छ अझ मधेसमा मनभरि घुम्न पाए मुटुभरि मधेसलाई सजाउन सक्थें । उनका यी भनाइले पनि एकअर्का भूगोलसँगको सामीप्यताको अभावले पनि प्रस्तुतिजन्य अप्ठ्याराहरूलाई प्रस्टयाउँछ । आज आवश्यकता बढेको छ, समाजका ती क्षेत्रहरूको जसले विचार निर्माण गर्नमा वा समाजको बग्दो दिशामा सार्थक हस्तक्षेप गर्न सामथ्र्य राख्छ उनीहरूलाई यी भूगोलजन्य रिक्तताबाट जोगाउने प्रयत्न गरौं । त्यो भनेको उद्यमीहरूबीच, पत्रकार र साहित्यकारबीच, अधिकारकर्मीबीच ठाडो संवादको प्रक्रियालाई प्रोत्साहन गरौं । यसले नयाँ नेपाललाई जीवन्तता दिन्छ ।
    हिजो द्वन्द्वबाट निकै थिलथिलो भएको र समाजमा धेरै निराशा फैलिएका बेलामा पनि पहाडमा मानिसहरूले आशाको दियो जोगाइरहेका छन् । अहिले पनि नयाँ काम, नयाँ धन्दा गर्न सुदूर गाउँहरूमा सिर्जनशील हातहरू मौन ढ·ले काम गर्दैछन् । यहाँनेर सम्झनुपर्ने कुरा के छ भने सबैलाई राज्यले संरक्षण गरेको छैन । अफ्नो उन्नतिको सबैभन्दा ठूलो तागत आफैंमा हुन्छ । पहाड आज यस कारणले आशाको पहाड भएको छ कि त्यहाँ मानिसले आफ्नै सामथ्र्य पहिचान गरी परिचालित गरे । पहाडलाई प्रकृतिले पनि दु:ख दियो । पछिल्ला वर्षहरूमा परिवर्तनका लागि भएका द्वन्द्वहरूले पनि कम्ति दु:ख दिएन । तर त्यो पहाड नै हो कि आफैंभित्र पीडाहरूलाई सुसाउँदै परिश्रमको मुस्कान छर्न सक्षम भएको छ । समकालीन दक्षिण एसियामा यस्तो परिदृश्य दुर्लभ छ ।
    पहाडमा देखिएको यो सकारात्मकता त्यहाँको सामाजिक क्षेत्रमा पनि देखिन्छ । त्यसैले, शिक्षा, स्वास्थ्यजस्ता सेवाप्रदायक क्षेत्रमा देखा परेको गुणस्तर अरू ठाउँका लागि अनुकरणीय छ । राजनीतिक ठेलमठेल कम छैन यता । समाजमा विस·तिहरू पनि टन्नै छ । तर अप्ठ्यारोपनमा पनि हुर्कने जुन जिजीविषा छ, त्यो गजबको छ । जुन समस्या मधेसले यतिखेर भोग्दैछ, पहाडले केही दशक पहिले भोगिसक्यो । ऊ हिजोका अप्ठ्याराबाट आत्तिएन । बरु पर्वतको चट्टाने बाटोजस्तै समस्यालाई भाँच्दै आफ्ना लागि जीवन सुगम बनाउँदै हिंड्यो । मधेस यतिखेर सामाजिक सङ्क्रमणको अवस्थाबाट गुज्रिराखेको छ । यस परिस्थितिमा उसले हिजोका दिनमा पहाडले गुमाएको समय र सङ्घर्षबाट पाठ पैंचो लिन सक्छ । पहाड फगत भूगोल मात्र होइन । आफैंमा प्रतीक हो ।
    मधेसले आफ्नो सामाजिक संरचना खल्बलिन नदिन र वर्तमानका अप्ठ्याराहरूलाई छोप्दै, अवसर लिंदै जानका लागि पहाडले गुमाएका अतीतबाट सिक्न सक्छ । यसो भएमा उसले आफूलाई गुमाउनबाट जोगाउन सक्छ । अर्थात् मधेसमा यतिखेर रोजगारका लागि बाहिर जाने क्रम बढेको छ, सामाजिक द्वन्द्वका ज्वालामुखीहरू फुट्दै गएका छन् । अन्तर्जातीय सम्बन्धका चुकुलहरू खुल्दैछन् । यस्तो अवस्थामा परम्परागत सामाजिक संरचनालाई ध्वस्त हुनबाट जोगाउनु र स्थिर सामाजिकतालाई कायम राखिराख्नु मधेसका लागि वर्तमानको कार्यभार हो । त्यसैले नेताजीहरू के भन्छन् त्यतातिर हेर्नुभन्दा के गर्दा राम्रो हुन्छ त्यतातिर हेर्न सके मधेसको भाग्य र भविष्यको मार्गचित्र सही दिशामा जान सक्छ । पहाड र मधेसको भाग्यरेखा फरक छैन । राजनीतिक अतीतले मात्र होइन, भूगोलले पनि एकअर्कासँग अभिन्नरूपमा जोडिदिएको छ । यस अर्थमा अनुभवहरूको साझेदारी र परिपक्व दृष्टिकोण निर्माण गर्नु जरुरी छ । यसले पहाड र मधेसलाई अझ बढी अन्तर्घुलन र अन्तरनिर्भर गराउँछ । हो, राज्य यहाँ अहिले पनि निष्क्रिय र निस्फिक्री छ । उसले नागरिक तहमा भइराखेका प्रयत्नहरूलाई टेवा नदिई राज्य पुनर्संरचनाको भगिरथ सवाललाई एक्लै हल गर्न सक्छ त ? प्रश्न पहाड जस्तै छ । तर जवाफ मधेसको फराकिलो फाँट जस्तै नखोजेसम्म वर्तमानका गाँठाहरू फुक्दैन ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मधेसले पहाड चिन्नुपर्‍यो
मधेसले पहाड चिन्नुपर्‍यो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhRKUDkFySNSUEqK-nmpvIZSq3f0SmPpU2gttWWv9yIPiqdJOswBB5eEoTmVWngXJCE5cRMfTgXLfWtT4QjDBtV-r6zh-WQ2LzyT4gSJtBhksK1ntfxS_5ykRO5EKtaabgSoNWm4KYgpF18/s1600/chandrakishore.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhRKUDkFySNSUEqK-nmpvIZSq3f0SmPpU2gttWWv9yIPiqdJOswBB5eEoTmVWngXJCE5cRMfTgXLfWtT4QjDBtV-r6zh-WQ2LzyT4gSJtBhksK1ntfxS_5ykRO5EKtaabgSoNWm4KYgpF18/s72-c/chandrakishore.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/08/blog-post_670.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/08/blog-post_670.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy