- उमाशङ्कर द्विवेदी
पूर्वकालमा देउता र असुरहरूबीच सधैं सङ्ग्राम भइरहन्थ्यो, जसमा प्राय: सधैंभरि घोर रूप भएका असुरहरूको देउताहरूमाथि विजय हुने गर्दथ्यो । जब इन्द्रले बारम्बार आफ्नो सेनाको क्षति भइरहेको पाए अनि उनी मानस पर्वतमाथि गएर एउटा श्रेष्ठ सेनापति प्राप्त गर्ने विचार गर्न थाले । यतिकैमा उनको कानमा एउटी स्त्रीको आर्तनादको शब्द पर्यो । स्त्री बारम्बार कराइरहेकी थिई– “अरे, कोही पुरुष दुगुरेर आएर मेरो रक्षा गरोस् ।” इन्द्रले उसको करुण विलाप सुनेर भने– “तिमी अब नडराऊ, अब तिम्रोलागि भयको कुनै कारण छैन ।” अनि उसको छेउमा गएर हेर्दा हातमा गदा लिएको केशी दैत्य उभिइरहेको थियो । इन्द्रले त्यस कन्याको हात समातेर भने– “नीच कर्म गर्ने राक्षस, तिमी किन यस कन्याको हरण गर्न चाहन्छौ ? हेर म वज्रधर इन्द्र हुँ । तिमीले यसलाई छाडिदिएर आफ्नो बाटो लाग ।” इन्द्रको कुरा सुनेर केशीले भन्यो– “अरे इन्द्र, तिमीले नै यसलाई छाडी देऊ, यसलाई मैले पहिले नै वरण गरिसकेको छु । तिमीले यसलाई छाडिदिएनौ भने ज्यूँदो आफ्नो पुरीमा फर्कन पाउनेछैनौ ।” यति भनेर केशी दैत्यले इन्द्रमाथि आफ्नो गदा हिर्कायो तर इन्द्रले आफ्नो वज्रद्वारा त्यसलाई बीचमैं काटिदिए । यो देखेर केशीले रिसले मुर्मुरिएर इन्द्रमाथि एउटा पहाड नै उखेलेर फालिदियो । आफूतर्फ केशीले हानेको पहाड आइरहेको देखेर इन्द्रले त्यसलाई पनि टुक्रा–टुक्रा पारी भुइँमा खसालिदिए । पहाडको टुक्रा भुइँतिर खस्दा केशीलाई गहिरो चोट लाग्यो । त्यस चोटबाट रन्थनिएर त्यस कन्यालाई छाडी केशी भाग्न थाल्यो । केशी भागिसकेपछि इन्द्रले त्यस कन्यासित सोधे– “सुन्दरी तिमी को हौ ? कसकी पुत्री हौ तथा यहाँ के गरिरहेकी छयौ ?”
कन्याले भनिन्–“इन्द्र, म प्रजापतिकी पुत्री हुँ । मेरो नाम देवसेना हो । दैत्यसेना मेरी बहिनी हो, त्यसलाई केशीले पहिले नै लगिसकेको छ । हामी दिदीबहिनीहरू प्रजापतिको आज्ञाले यस मानस पर्वतमाथि खेल्न आउँथ्यौं तथा यो केशी दैत्य हामीलाई सधैं नै आफूसँग हिंड्न भन्थ्यो । दैत्यसेना उसलाई माया गर्दथिई तर म उसलाई मन पराउँदिनथे । त्यसैले दैत्यसेनालाई उसले लिएर गयो तथा म तपाईंको बल–पराक्रमले आज बाचें । अब तपाईंले जुन दुर्जय वीरलाई निश्चित गर्नुहुनेछ, म त्यसलाई आफ्नो पति बनाउने छु ।” इन्द्रले भने– “मेरी आमा दक्षपुत्री अदिति हुन्, अत: तिमी मेरी बहिनी पर्ने नातामा छयौ । ल भन तिम्रो पति कस्तो प्रकारको हुनुपर्दछ ? म तिमीले चाहेकै जस्तो पुरुषसित विवाह गरिदिने छु । देवसेनाले भनिन्– “जो देउता, दानव, यक्ष, किन्नर, नाग, राक्षस र दुष्ट दैत्यहरूलाई जित्न सक्ने, महान्, पराक्रमी तथा अत्यन्त बलवान छ तथा जो तपाईंसित मिलेर सम्पूर्ण प्राणीलाई जित्न सक्नेछ, ब्रह्मनिष्ठ र कीर्तिको वृद्धि गर्न सक्ने खालको पुरुष नै मेरो पति हुनुपर्दछ ।
देवसेनाको कुरा सुनेर इन्द्रलाई बडो खेद भयो । उनले विचार गरे कि यसले भनेको जस्तो कुनै पुरुष फेला पर्ला जस्तो देखिंदैन । अनि उनले देवसेनालाई लिएर ब्रह्मलोकमा पितामह ब्रह्माजीकहाँ गई भने–“भगवन्, तपाईं यस कन्याको लागि कुनै योग्य सद्गुणी र शूरवीर वर देखाउनुहोस् ।(क्रमश:)