प्रस, निजगढ, १२ भदौ/
यस वर्ष हरितालिका तीजको अवसरमा निजगढका महिलाहरू छमछमी नाचे । अन्तपार्टी महिला सञ्जाल निजगढको आयोजना र निजगढ नगरपालिकाको सहयोगमा भव्यरूपमा धुमधामका साथ तीज मनाइयो ।
सो अवसरमा लोकदोहोरी गीत प्रतियोगितासमेत गरिएको छ । कार्यक्रममा राष्ट्रिय गायक गायिकाहरूले गाएका लोकदोहोरी गीतलाई साथ दिदैं स्थानीय महिलाहरूले भरपूर मनोरञ्जन लिए । सहभागी समूहले लोक दोहोरीका चर्चित भाकाहरूमा सन्देशमूलक, महिलाहरूलाई पर्ने समस्या, दु:ख, पीर, वेदना मार्मिक शब्दमा व्यक्त गरेका थिए । लोकदोहोरी प्रतियोगिताका भाकामा उपस्थित महिलाहरू स्टेज र कार्यक्रम परिसरमा गीत गाउँदै नाचेका थिए । सो अवसरमा वृद्धवृद्धाहरूलाई सम्मान गरिएको थियो ।
सो अवसरमा गीत, स·ीतमा सर्मपित निजगढलाई चिनाउन लागिपरेका स्थानीय गायक, गायिकालाई समेत सम्मान गरिएको थियो । सिटीजन बैंकलगायतले सो कार्यक्रममा सहयोग गरेका छन् । कार्यक्रमको अवसरमा बाढी पीडितका लागि राहत रकम सड्ढलन भएको रविराज दंगालले जानकारी दिए ।
स्थानीय राजनीतिक दलहरू, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीविहरूले तीज पर्वको महत्त्वमाथि प्रकाश पारेका थिए । कार्यक्रमका प्रमुख अतिथि निजगढ नगर विकास समितिका अध्यक्ष सुरेशकुमार खनाल थिए । अन्तपार्टी महिला सञ्जालका अध्यक्ष अरुणा विकको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन धनप्रसाद बजगाईले गरेका थिए ।
स्थानीय युवा तथा महिलाहरूको आयोजनामा भर्खरै ठाडो लाइनमा स्थापना गरिएको बकैयाश्वर महादेव मन्दिरमा पनि तीज पर्व मनाइयो । बागदेव, सडकटोललगायत निजगढको विभिन्न स्थानमा हरितालिका तीज धुमधामसँग मनाएको जानकारी प्राप्त भएको छ ।
जीतपुरमा लोकगीत कार्यक्रम सम्पन्न
प्रस, जीतपुर/
गढीमाई नगरपालिका जीतपुरमा आज हरितालिका तीजको अवसरमा लोकगीत कार्यक्रम सम्पन्न भयो । शिव दुर्गा मन्दिर समिति, जीतपुरद्वारा आयोजित कार्यक्रममा लोकगायक दिपेन्द्र सुनुवार र गायिका पार्वती लोहनीले तीजको लोकभाकामा विभिन्न गीत गाई सहभागी महिलाहरूलाई आनन्दित तुल्याएका थिए ।
सो कार्यक्रममा जीतपुर, सिमरा आसपासका हजारौं महिलाहरूको सहभागिता थियो । कार्यक्रमा मीरा पुरीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।
महिला शान्ति समूहको तीज मिलन समारोह
सिकेन्द्र पासवान, कलैया/
सिद्धेश्वर मन्दिर परिसर, कलैयामा बिहीवार महिला शान्ति समूहले तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले हिन्दू महिलाहरूको महान चाड तीजले हरेक नेपाली दिदीबहिनीहरूको मनोकमना पूरा गरोस् भनी कामना गरेका थिए । महिलाहरू माथि विभिन्न बहानामा हुने हिंसा निरुत्साहित गर्न आगामी दिनमा आफ्नो कडा पहल हुने उनले सो अवसरमा प्रतिबद्धता जनाए । समूहकी अध्यक्ष इन्दु आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कलैया नगरपालिकाका प्रमुख नाथु साह ,महिला अधिकारकर्मीहरूले बोलेका थिए ।
प्रमोद यादव, र·पुर/
तीज पर्वको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।
गादीको र·पुर बजारमा
तीज कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा उक्त क्षेत्रका
महिलाहरू भेला भई नाचगान
गरेका थिए ।
त्यसैगरी मधुवन मथवल–५ सिधपुरमा तीज महोत्सव सम्पन्न भएको छ । महोत्सवमा फूटबल, साइकल दौड, घैला फोडलगायत खेलहरू आयोजना गरिएको महोत्सवका संयोजक यादवप्रसाद बानियाँले बताए ।