प्रस, वीरगंज, १४ भदौ/
पर्सा ग्रामीण सूचना केन्द्रको अध्यक्षमा आरके पटेल पुन: सर्वसम्मत निर्वाचित भएका छन् ।
आज सम्पन्न अधिवेशनले पटेलको अध्यक्षतामा ११ सदस्यीय कमिटी सर्वसम्मतिबाट चयन गरेको छ ।
कमिटीको उपाध्यक्ष लालबाबू बनिया, सचिव ओमप्रकाश चौधरी, सहसचिव महेन्द्र सुमन, कोषाध्यक्ष
धमेन्द्र चौरसिया तथा सदस्यहरूमा चिरञ्जीवी यादव, प्रमोद यादव, कृष्णमोहन साह, माधुरी महतो र अस्मिता अर्याल रहेका छन् ।
अधिवेशनको प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रकिशोर झाले उद्घाटन गरेका थिए । पोखरियाको रामदेव कलवार जिल्ला उच्चा·ल उमावि भवनमा आयोजित अधिवेशनमा उद्घाटन मन्तव्य दिंदै पत्रकार झाले पत्रकारितालाई गाउँसम्म जोडिनुपर्नेमा जोड दिए । उनले गाउँको उत्पादनले गाउँको आवश्यकता पूर्ति भइरहेकोमा अहिले शहरको उत्पादनबाट गाउँको आवश्यकता पूर्ति गर्नुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं मध्याञ्चल संयोजक शीतलप्रसाद महतोले सीपमूलक तालिम लिएर पत्रकारिता गरिनुपर्ने बताए । शाखा अध्यक्ष श्याम बन्जाराले ग्रामीण क्षेत्रको पत्रकारिता जोखिमयुक्त र सङ्घर्षपूर्ण रहेको बताए ।
सभासद् सुरेन्द्रप्रसाद चौधरीले तोकिएको मितिमा त के वर्तमान संविधानसभाबाट संविधान नबन्ने ठोकुवा गरे ।
केन्द्रका अध्यक्ष आरके पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद्द्वय रामेश्वर रौनियार, प्रद्युमन चौहान, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका उपाध्यक्ष इब्राहिम देवान, पत्रकार महासङ्घ पर्साका पूर्वअध्यक्ष केसी लामिछाने, रेडक्रस पोखरियाका बद्री चौरसिया, गोवर्धन यादव,
भगवान कुर्मीलगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कृषक रामजनम महतो, अनमि धनकुमारी गुरुङ र सुकई साह माविलाई सम्मान गरिएको
थियो भने सशस्त्र प्रहरी निरीक्षक दुर्गा भट्ट, ज·बहादुर कँुवर र इप्रका पोखरियाका प्रहरी निरीक्षक
नवीन कार्कीको सरुवा भएकोमा बिदाइ गरिएको थियो ।