$type=ticker$count=12$cols=4$cate=0

लखन थापाको मूल्य

SHARE:

- शीतल गिरी
    गोर्खाको बु·कोटमा लखन थापा नामको बालकको जन्म भयो । यो शुभ वर्ष जुरेको थियो, वि.सं.१८९० लाई ।
    उनका प्रायजसो नातेदारहरू इस्ट इन्डिया कम्पनीको तेस्रो गोर्खा राइफल्समा नोकरी गरी अलमोडामा रहने गर्थे ।
    तिनी सैनिक जनजाति युद्धजीवी मगर जातिका एक सच्चा योद्धा थिए ।
    बालक लखन थापा जन्मदेखि नै बलियो र हष्टपुष्ट शरीरका थिए । लखन थापा बाल्यकालदेखि नै व्यायाम गर्ने, हतियार चलाउने अभ्यास र डाँडाकाँडा साथीहरूसँग घुम्न मन पराउँथे । तरवार, खुँडा, खुकुरी चलाउन, धनुषकाँड हान्न र भरुवा बन्दुक चलाउन बाल्यकालमैं सिकिसकेका थिए ।
     खेतीको काममा पनि मन लगाएर परिश्रम गर्थे । यस किसिमबाट लखन थापा एउटा निपुण, परिश्रमी, चरित्रवान, सुन्दर र बलिया युवकको रूपमा वरिपरिको गाउँमा चिनिन्थे । आफ्ना नातेदार अलमोडामा हुनाले त्यहाँ गई प्रारम्भिक शिक्षा लिएका थिए । त्यस समय नेपालमा आम जनतालाई शिक्षा हासिल गर्ने सुविधा थिएन ।
    एक दिन लखन थापा साथीहरूसँग मिलेर ज·लमा शिकार खेल्न गए । केहीपर उनले चित्तलको बथान देखे ।
    चित्तल शिकारीहरू आइरहेको देखेर भाग्न थाल्यो । तर एउटी गर्भिणी चित्तल भने भाग्न सकिन ।
    लखन थापाले त्यसलाई काणले हाने । चित्तलनजिक जब लखन थापा पुगे, तब त्यो पीडाले छटपटाइरहेकी थिई । चित्तलले आफ्नो पीडा, स्थिति र विवशता सबै कुरा लखन थापालाई मूक भाषामा बताई । मर्दामर्दै चित्तलले दुईटा बच्चा पनि जन्माई । ती बच्चाहरूको पीडाले लखन थापा द्रवित बने ।
    ती मासुम बच्चाहरू जसले आँखा पनि खोल्न पाएका थिएनन्, आफ्नो तडपले सैनिक युद्धजीवी मगरलाई पश्चाताप र ग्लानिको साथसाथै पाप, पुण्य, धर्म, अधर्म सब कुराको मूक उपदेश दियो । लखन थापाले त्यही नै धनुष काण फालेर साथीहरूलाई घर फर्काइ आफू भने पापमुक्तिको उपाय खोज्न १७ वर्षको उमेरमा हिडे । मात्र १७ वर्षको आयुका युवा विषादयुक्त हृदय लिएर यस्तो गुरुको खोजीमा निस्के, जसले उनको जीवनलाई सार्थक बनाउन सकोस् । जोसमनी सम्प्रदायबाट उनी दीक्षित भए ।
    निर्गुण उपासना र जातिपाति नमान्ने, जोसमनी सम्प्रदायको मूल दर्शन हो । वि.सं. १९१० मा विजयराज पाण्डे लिखित मुलुकी ऐन बन्नुभन्दा पहिला सैनिक जनजातिले आफूलाई युद्धजीवी वर्ग र क्षत्रीय जातिको समकक्ष ठान्दै आएका थिए । व्यापारी जानजाति नेवारले वैश्य हुँ भन्ने गर्दथे । उक्त मुलुकी ऐन बनेपछि सबै जातजातिलाई पानी चल्ने शूद्र वर्गमा समावेश गराइयो ।
    उच्च पदमा नियुक्त पाउन तागाधारी हुनुपर्ने बाध्यताले गर्दा जनै पहिरिएका मगर र अन्य जनजातिहरू “तागाधारी” वर्गमा परे भने जुन जनजातिले जनै पहिरिन चाहेनन्, उनीहरूलाई मतवाली ‘शूद्र’ वर्गमा राखियो । जोसमनी सम्प्रदायमा सिद्धि प्राप्त गरेपछि लखन थापा १९ वर्षको उमेरमा घर फर्किए । ४ मार्च सन् १८१६ को सुगौली सन्धिपछि लखन थापाका पुर्खाहरूमध्ये आधा आफ्ना ‘पुरानो गोरखा पल्टन’सित काठमाडौं फर्केका थिए भने बाँकी आधा भने इस्ट इन्डिया कम्पनीको तेस्रो राइफल्समा नोकरी गरी भारतमा नै बस्न थालेका थिए ।
    उनको खानदानका धेरैजसो सदस्यहरूको तेस्रो राइफल्स (कुमाउ बटालियन)मा सेवा गर्ने परम्परा बसिसकेको थियो । उनलाई सोही पल्टनमा भर्ती हुनको निम्ति उनका नातेदारहरूले बराबर बोलाइरहन्थे । जति आग्रह गर्दा पनि लखन थापाको अन्तरहृदयले भने विदेशी सेनामा जागिर खान मानेन र भर्ती हुन काठमाडौं पुगे । वि.सं. १९१० मा २० वर्षको उमेरमा उनी आफ्नै पुख्र्यौली पल्टन “पुरानो गोरख गण” मगर पल्टनमा भर्ना भएका थिए । सेनामा उनी लक्ष्मण थापामगर (शाही नेपाली सेनाको इतिहास, टेकबहादुर खत्री, २०४१) नामबाट भर्ना भएका थिए । सन् १८५७ मा भारतमा भएको प्रथम स्वतन्त्रता आन्दोलनमा त्यहाँका सैनिकहरूले ब्रिटिश शासनविरुद्ध ठूलो विद्रोह गरेका थिए ।
    त्यो आन्दोलन दबाउन ज·बहादुर आपैंm २५ नेपाली पल्टन लिएर ब्रिटिशको हिमायती भएर लखनउ पुगेका थिए । “पुरानो गोरख गणमा बहाल रहेका लखन थापा र जयसिंह चुमीराना साथै श्रीपत गुरुङ, ‘कालीबहादुर गण’सँग लखनउ पुगेका थिए ।” (शाही नेपाली सेनाको इतिहास, टेकबहादुर खत्री, २०४१) उनीहरूले नवाब बजीद अली शाहको दरबारको लुट र साथै स्थानीय जनतासँग गरेको अन्याय अत्याचारका दृश्य देखेका थिए । लखनउ लुटमा सहभागी भएका धेरै सिपाहीहरूले व्यक्तिगतरूपमा पछिसम्म पछुताउ गरेका थिए । उनीहरूले भारतलाई अङ्ग्रेजको दासताबाट मुक्त गराउन बलिदान हुने सयौं शहीदहरूको सङ्घर्ष पनि देखेका थिए । लखन थापाले सोही बखत उद्घोष गरे— “आज देश, धर्ममा घोर विपति आएको छ । यस्तो स्थितिमा मैले जागिर खाएर ज·ेको सेवा गरेर समय र शक्तिको दुरुपयोग गर्दा ज·ेको अन्याय अत्याचारबाट जनताले मुक्ति पाउन सक्दैन । हतियार उठाएर म्लेच्छको सहयोगी ज·ेलाई खतम पार्नै पर्छ ।”
    घोर निराशाजनक एवं अन्योलको वातावरणबाट गुज्रिरहेको तत्कालीन नेपालमा स्थापित एकतन्त्रीय जहानियाँ राणाशासनमा घटित कोतपर्व, भण्डारखाल पर्व र अरू डरलाग्दा पर्वहरूका घटनाबाट भयभीत जनतामा नेपालको तानाशाहीविरुद्ध आवाज उठाउन कोही पनि साहस गर्दैनथे । ज·ेको अन्याय र असमान व्यवहारबाट क्षुब्ध भई वि.सं. १९१७ मा क्याप्टेनद्वय लखन थापा र जयसिंह चुमीरानाले पल्टन छोडी गोर्खाको बु·कोटमा आई ज·बहादुरको विरुद्धमा जनसेना बनाउनतिर लागे । ज·बहादुरले अङ्ग्रेजलाई विश्वासमा लिई राज्यसत्ता खोसी आपैंm राजा बन्ने ठूलो योजना बनाएका थिए । यसै कारण ज·बहादुरका खलकबाहेक योग्यभन्दा योग्य व्यक्ति पनि कर्णेलसम्म हुन नपाउने भए ।  सनातन हिन्दू धर्ममा ल्याइएका अन्धविश्वास, कुरीति र रुढीवादी प्रवृत्तिको विरुद्धमा जनतालाई सचेत पार्न लखन थापा लागे । त्यतिखेर जनता पूर्णरूपमा अशिक्षित थिए । जनतामा मानसिक चेतना फैलाइ जागृत बनाउनको लागि समय धेरै लाग्थ्यो । उपयुक्त समयको निम्ति लामो पर्खाइ गरेर बस्ने हो भने राणाशासनले जरो गाडी सक्ने स्थिति भएको हुँदा लखन थापाले धर्म र देवीको शक्तिको नाममा जनचेतना जगाउने जमर्को गरे । “लखन थापा सन्तको भेषमा जनचेतना जगाउन हिंडेको बेलामा उनलाई पक्रेर ज·ेसमक्ष पुर्‍याइएको थियो । उनीमा सन्त सुलभ गुण पाएपछि ज·ेले छाडिदिन विवश भएका थिए ।” ९एबमबm व्गलव च्बलब, ‘ीषभ या :ब्ज्ब्च्ब्व् क्ष्च व्बलन द्यबजबमगच या ल्भउब’ि ९ज्ञढण्ढ क्ष्लमष्ब० लखन थापाले अँगालेको जोसमनी सम्प्रदायको सिद्धान्त अनुसार राजा र प्रजा दुवैले नियमको पालन गर्नुपथ्र्यो । क्षत्रीय, बाहुन, मगर, गुरुङ आदि योद्धाहरू उनको फौजमा थिए । त्यो समयमा लखन थापाको प्रयास ठूलो कुरा थियो । तर समाजका सबै मानिसको सोच भने एकै किसिमको हुँदैन । त्यस समयमा प्रदायले नेपालीहरूलाई एक सूत्रमा बाँध्न निकै ठूलो काम गरेको थियो । तर त्यो समानता, जातजातिबीच भेदभाव नगर्ने धर्म जोसमनी आज खै ? आज नेपाली मन विखण्डित छ धर्म र जातिको दृष्टिमा ।
    ठाउँ ठाउँमा गाउँले जनतालाई जम्मा गराएर उनी भन्ने गर्दथे । “ज·ेले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राही त्राही पारिरहेको छ । जातपात, छुवाछूत झन् चर्काएको छ । ज·ेलाई हटाएर नेपाल आमालाई पापको बोझबाट हल्का पार्नुपर्छ, नेपालमा सत्ययुग फिराऊ, मनकामनामाईले वरदान दिएकी छिन् । भाइ हो तैयार होऔं ।” (भीम भक्तमान सिंह, ‘नेपाल’ २००५)
    उनी जनजागरण फैलाउँदै २००० जति युवकहरूको फौज बनाउन सफल भए । साथै बु·कोट गोर्खामा तीन तले दरबार पनि निर्माण गर्न सफल भए ।
    बु·कोट दरबारको ठीक सय मिटर तलतिर सिपाहीको परेड खेल्ने र युद्ध कौशलको निम्ति तालिम प्राप्त गर्ने टुँडीखेल बनाएका थिए । दरबारको चारैतिर कम्पाउन्डले घेरिएको थियो । धेरथोर अस्त्रशस्त्र पनि जम्मा गरेका थिए । एकतन्त्रीय राणाशासनको विरोधमा नेपाली जनताले सशस्त्र विद्रोह गरे । विद्रोहीहरूको प्रधानमन्त्री
(मुख्तियार) लखन थापा, सेनापति जयसिंह चुमीराना मगर, जनरलद्वय लमजुङका शुकदेव गुरुङ, सुमती गुरुङ र मन्त्रीहरूमा रुम्जाटारका ज्ञानदिलदास ब्राह्मण र कानु लम्साल आदि थिए । मुख्तियार लखन थापाले नियमहरू पनि बनाएका थिए । विद्रोहको नेतृत्व गरेका लखन थापाले सबैको हितका लागि जनतामा निर्भर रहेर नियम बनाएका बुझिन्छ ।
    “शाही खजाना राजाले पनि आफूखुशी गर्न पाउने छैन । मेरो दर्जा ठूलो छ भनी प्रधानमन्त्रीले पनि अनरीत गर्न पाउने छैन । अनरीत गर्नेलाई पार्लियामेन्ट काउन्सिलबाट सजाय हुन्छ ।”
    लखन थापाले बेलायतको जस्तो संसदीय प्रणाली नेपालमा ल्याउन चाहेका थिए । यिनै उद्देश्य बोकी उनले सन् १८७६ अप्रैलमा विद्रोह गरेका थिए । ज·बहादुर सन् १८७६ फ्रेब्रुअरीमा नेपालको तराई सुदूरपश्चिम नयाँ मुलुकमा बेलायतका तत्कालीन युवराज एडवर्ड प्रिन्सको स्वागतमा पुगेका थिए । उनको स्वागतमा ८ सय हात्तीको लस्कर ज·बहादुरले निकालेका थिए । शिकारको दौरान सयौं जनावरहरू मारिए, साथै जिउँदा चराहरू र जनावरहरू उपहार दिएका थिए । निरङ्कुश ज·बहादुरले जे गरे पनि सो समयमा रोक्न सक्ने कसैको तागत थिएन ।
    ज·बहादुर काठमाडौं फर्किने बेलामा अवसर छोपी चन्द्रागिरिको भञ्ज्याङमा घात लगाएर ज·ेलाई मारी लखन थापाले आफ्नो उद्देश्य पूरा गर्न चाहन्थे । तर टीकादत्त भुसालले ज·बहादुरलाई पोल लगायो ।
    ४०–५० दिनको शिकार कार्यक्रमलाई १६ दिनमा नै छोडी तुरुन्त काठमाडौं फर्की त्यहाँबाट ज·बहादुरले ‘देवीदत्त गण’ बटालियनलाई गोर्खा पठाए ।
    जनविद्रोह दबाउन जनरल धीरशम्शेरले नेतृत्व सम्हालेका थिए । लखन थापाको विद्रोह दबाउन देवीदत्त गणलाई पठाउँदा ज·बहादुरले गर्जिंदै हुकुम दिएका थिए– “लखनलाई मनकामना बराही देवीले ज·लाई मार्ने वरदान दिएको छ भने त्यसै ठाउँमा झुन्डयाई मार्नू ।” ज·बहादुरले पठाएको देवीदत्त गणले बु·कोटको किल्लालाई पूर्णरूपले नाकाबन्दी गर्‍यो । लगभग १० महिनाको लडाइँमा खाद्यान्न सकियो, इन्धन सकियो । किल्लामा रहेका सैनिकहरू जनावरको काँचै मासु खान बाध्य भए । गोलीबारुद पनि सकियो । लखन थापा र उनका सहयोगी सजिलै भाग्न सक्थे तर त्यसो गरेनन् ।
    किल्लामा घेरिएका वीरहरू धर्मयुद्धबाट हट्न तयार भएनन् । अन्तमा देवीदत्त गण बटालियनले किल्लामा कब्जा जमायो । सयकडौं मानिसहरूका शिर गिडिए । लखन थापा, जयसिंह चुमीराना मगरसहित ५८ जनालाई बाँसको पिंजडामा बन्द गरियो । पिंजडामा बन्द गरिएका विद्रोही वीरहरूलाई बाँसको सुइरोले घोचेर यातना दिइयो । एक दिन त मर्नै छ, इमान किन छाड्थे, जबसम्म निरङ्कुशता रहन्छ, तबसम्म विद्रोही वीरहरू जन्मिरहन्छन् । यातना सहन बाध्य भएपनि आखिर महिमा त यिनीहरूकै गाइँदै आएको छ । मृत्युपछिको कमाइ भनेकै महिमा हो । यसै महिमाले वीरोचित कार्य गर्न प्रोत्साहित गरिरहेको हुन्छ । पहिले उत्साहित भएर विरोध गर्छन्, पछि यथार्थ बुझेर लागिरहन्छन् ।
    उनीहरूलाई भोकै प्यासै राखियो । यस किसिमको क्रूर उत्पीडन र अपमानबाट पनि कोही विचलित भएनन् । सबैलाई जेलमा हालियो । प्रत्येक दिन बन्दीहरूलाई मनकामना मन्दिरमा लगी यातना दिने गरिन्थ्यो ।
    माफी मागेमा जीवनदान दिने प्रलोभन कसैले स्वीकारेनन् । लखन थापाको अगाडि एकजना युवा विद्रोहीको वध गरियो । ती विद्रोहीको कलेजो बलजफ्ती लखन थापाको मुखमा कोचियो । वध गर्नुभन्दा पहिले ती विद्रोही युवाको एउटा आँखा झिकिएको थियो ।
    अनि बायाँ खुट्टा, त्यसपछि हात काटिदिएका थिए । तातो सनासोले मासु तानेका थिए । त्यति यातना दिंदा पनि न त विद्रोही युवक, न त लखन थापा नै गलेका थिए । केही नलागेपछि अन्तमा वि.सं. १९३३ फागुन २ गतेका दिन बु·कोट दरबारअगाडि खिरीको रूखमा लखन थापा, जयसिंह चुमीराना र अन्य ५ जनालाई झुन्डाएर मारियो ।
    बु·कोटमा बन्दी बनाइएका विद्रोहीहरूमा एकजना १६ वर्षीय किशोरलाई पनि बाँसको पिंजडामा बन्द गरी काठमाडौं ल्याइएको थियो । उसको कम उमेर र सुन्दरतामा मोहित भएर ज·बहादुरले पनि छाडिदिने विचार बनाएका थिए । उसकी विधवा आमा पनि उसलाई छुटाउन ज·बहादुरकहाँ बिन्ती बिसाउन पुगेकी थिइन् । ज·बहादुरले भने— “ए केटा तेरी आमाले भन्दैछे त लखनको साथी होइनस् । तँ क्षेत्रीको छोरा होस् । मगरको साथी कसरी बन्न सक्छस् । यस कारण म तँलाई छाड्दै छु, तँ आफ्नी आमासँग घर जा ।”
    आमा पनि कल्पिई– “छोरा, तँबाहेक मेरो अरू को छ र ?”
    केटाले भन्यो— “न कुनै मेरी आमा छ, न त घर नै छ । जे थियो त्यो मुख्तियार लखन थापा नै थियो, म त मनकामनामाइको भक्त हुँ ।” आमाले पुन: भनी— “छोरा मलाई हेर त, म नै तेरी आमा हुँ । मेरो जीवनको सहारा भनेको तँ नै होस् । वंश चलाउने त नै होस् ।”
    केटाले भन्यो– “को आमा ? कसको आमा ? म त अब तिमीलाई देख्नै सक्दिनँ । मेरो आमा त मनकामनामाई नै हुन् ।”
    यति भनेर ज·बहादुरलाई भन्यो— “छिटो काट् ।” ज·बहादुर पनि एकछिन ट्वाल्ल परे । उनको तरवार चल्यो र केटाको टाउको टुँडीखेलमा खस्यो ।
    धार्मिक लडाइँमा सहभागी भएकाहरूमध्ये लखन थापाका सहयोगी कानु लम्साल र ज्ञान दिलदास बाहुन भएको हुँदा मृत्युदण्ड दिइएन । अरूहरूलाई टँुडीखेलको रूखमा झुन्डाउन लाग्दा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै लखन थापाले भनेका थिए— “म मरेको सात दिनभित्र त्यो ज·े पनि मर्नेछ । मलाई झुन्डयाइएको बेला कोही पनि नरुनू र पीर पनि नगर्नू ।” सोही बेलादेखि अहिलेसम्म पनि विश्वास गरिन्छ कि लखन थापालाई झुन्डाइ मारेको सात दिनकै दिन शिकार खेल्नेक्रममा पत्थर घट्टामा ज·बहादुरको रहस्यमय ढ·बाट मृत्यु भयो । नेपालका अग्रज ऐतिहासिक पुरुष अमर शहीद लखन थापामगरको विद्रोहले गर्दा नै ज·बहादुरको राज्यसत्ता खोसी राजा बन्ने योजनाले मूर्त रूप लिन पाएन । लखन थापाको विद्रोहको कारणले नै राणाहरूले केही मात्रामा भएपनि जनहित कार्य गर्नुपर्‍यो । लखन थापाको विद्रोहको कारणले राणाहरूलाई युद्धजीवी सैनिक जनजातिप्रति विश्वास नभएको हुँदा पहिलो र दोस्रो विश्वयुद्धमा मगर, गुरुङ, राई, लिम्बुलाई मात्र प्रयोग गरी सुनियोजित तरिकाबाट समाप्त पारियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लखन थापाको मूल्य
लखन थापाको मूल्य
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/08/blog-post_303.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/08/blog-post_303.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy