- ई. गोपाल श्रेष्ठ
वर्षायाम आए पछि हामी तर्सिन्छौं । कारण, वर्षायामले वर्षाको साथसाथै त्रास र दु:खपीडा पनि बोकेर ल्याउँछ । गत साल भारतको केदारनाथ क्षेत्रमा ७० हजारभन्दा बढी तीर्थयात्रु अलपत्र परे, जसलाई भारत सरकारले ३६ वटा जहाज प्रयोग गरी उद्धार गर्नुपरेको थियो । साथै यता हाम्रो महाकाली नदीले पनि दार्चुलाको खल·ामा ५३ वटा घर बगाएको थियो भने सुदूरपश्चिमको ६ जिल्लाहरू क्रमश: दार्चुला, डडेलधुरा, कैलाली कञ्चनपुर, बझाङ र बैतडीमा ७०० परिवार विस्थापित भएको थियो । २०६९ साल वैशाख महिनामा कास्की जिल्लाको सेती नदीमा पनि त्रासद बाढी आएको थियो । यसले खारापानी बजार पूरै बगाएर लग्यो । यस पालि सिन्धुपाल्चोक, माङ्खा गाविसमा जुरेको पहिरोको त्रासदी त झन् कुरा गरेर साध्य छैन । हालसम्म १५६ जना मृत घोषित गरिएका छन् भने ४३६ जना विस्थापित भएका छन् । ७३ घर पुरिएको छ । पहिरोले सुनकोशी नदी थुनिएपछि ७ जलविद्युत् आयोजना अवरुद्ध भएका छन् र ६७ मेगावट विद्युत् उत्पादनमा असर परेको छ । श्रावण अन्तिम साताको बाढीपहिरो बाट विभिन्न जिल्लामा ११९ जनाको मृत्यु भएको छ, १३३ जना बेपत्ता भएका छन् भने मध्यपश्चिममा मात्र २० हजार २४५ परिवार विस्थापित भएको छ ।
यस्तो बाढीपहिरो नआओस् भनेर हामीले पहाडमा कुनै ठूलो विकास योजना ल्याउनुपूर्व वातावरण प्रभाव अध्ययन गराउनुपर्छ । वातावरण प्रभाव अध्ययनले योजना कार्यान्वयन गर्न उपयुक्त देखिएपछि मात्र कार्यान्वयन गर्नु/गराउनुपर्छ । जलविद्युत् योजना, सडक निर्माण योजना, सुरुङमार्ग योजना त कार्यान्वयन
गरियो, जलाधार संरक्षणमा पटक्कै ध्यान दिएन भने यस्तो त्रासद घटना पटकपटक घट्छ । खानी उत्खनन योजनाको लागि त वातावरण प्रभाव अध्ययन झन् जरुरी छ । विकासको नाममा, उद्योगीकरणको नाममा हामीले हाम्रो देशमा वातावरणको प्रभाव अध्ययनलाई खासै महत्त्व दिएका छैनौं । अब महत्त्व दिनुपर्छ, जसले गर्दा यस्तो त्रासदी खेप्नु नपरोस् । अहिले भारत र चीनमा तीव्र उद्योगीकरण भइरहेको छ । चीनको उद्योगले उत्सर्जन गरेको हरितगृह ग्याँसको प्रभावले चीनको त कुरै छाडौं, अन्य टाढाटाढाका देश अमेरिकासम्म असर पुर्याएको छ भने चीनको छिमेकी हामीलाई कति प्रभाव पारेको होला ? सोचनीय छ । यसै कारणले अहिले चीनले सन् २०२० सम्म उद्योगमा कोइलाको प्रयोग निरुत्साहित गर्ने जनाएको छ । भारतमा पनि कोइलाको प्रयोग व्यापक हुँदै आएको छ भने हाम्रै देशमा पनि छिमेकी देशहरूबाट आयात गरेर भए पनि उद्योगहरूमा कोयलाको प्रयोग बढ्दै गएको छ । हरितगृह ग्याँसले प्रदूषण उच्च बनाउन भूमिका खेल्छ । यसले हिमालको हिउँ पगाल्छ । हिउँ पग्लेपछि पानी हुन्छ र यो पानी हिमतालमा जम्मा भई हिमताल नै फुटाउँछ । यसरी हिमताल फुट्नु भनेको नै पहाडमा अकस्मात र अप्रत्याशित बाढी, पहिरो आउनु हो । गत सालको वैशाख महिनामा सेती नदीमा आएको बाढीको रूप पनि यही थियो । चीन र भारतले उत्सर्जन गर्ने हरितगृह ग्याँसको प्रत्यक्ष असर हामीले भोगिरहेका छौं । तसर्थ हाम्रो यो विपत्मा सहयोग गर्नु भारत र चीनको नैतिक दायित्व हुन आउँछ ।
भारतमा जलविद्युत्बाट प्राप्त बिजुली धेरै कम प्रतिशत छ । जलविद्युत्बाहेक अन्य स्रोतबाट बिजुली उत्पादन गर्दा वायुमण्डलीय प्रदूषण प्रशस्त हुन्छ । यो प्रदूषणले बाढी, पहिरोजस्तो प्राकृतिक प्रकोप र विपद् मात्र निम्त्याउँदैन, मानव तथा पशु स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध रहेको अक्सिजन प्रदूषित गरी संवेदनशील अ·हरू जस्तो फोक्सो, मुटु, आँखा, टाउकोलाई प्रत्यक्ष र अप्रत्यक्ष असर गरी स्वासप्रश्वास समस्या उत्पन्न
गराउँछ । प्रदूषित वायुको कारण प्रतिवर्ष चीनमा मात्र १२ लाख चिनियाँ मर्ने गरेको तथ्याड्ढले देखाएको छ । बेइजिङको वायु मापनले १६ प्रतिशतभन्दा बढी वायु प्रदूषण कोयलाको कारणले हुने जनाएको छ । अहिले विश्वमा नै कोयला प्रयोगलाई निरुत्साहित गर्ने लहर चलेको छ । यस तथ्यलाई सबैले मनन गर्न जरुरी छ । हामीले हरितगृह ग्याँस उत्पादनमा पूर्ण प्रतिबन्ध लगाउन सक्दैनौं । तसर्थ हामीले हिमतालको सङ्ख्या, हिमतालको अवस्था अनुगमन गर्नुपर्छ । हाम्रो पहाडको बनोट, चट्टान ढु·ा तथा माटोको प्रकार तथा अवस्थाको पनि अनुगमन गर्नुपर्छ । वन ज·ल कम गर्ने होइन बढाउनुपर्छ, भिरालो जग्गामा गरा/टेरेस बनाएर मात्र खेती गर्नुपर्छ, विकास निर्माण तथा उद्योग स्थापनाको काम वातावरण प्रभाव अध्ययन गराएपछि मात्र गर्न दिनुपर्छ, वर्षायाम आउनुपूर्व बाढी–पहिरो नियन्त्रण तथा उद्धार राहत सम्बन्धी योजना तयार गर्नुपर्छ । तयारी जति सशक्त हुन्छ, बाढी–पहिरो नियन्त्रण व्यवस्थापन पनि त्यत्तिकै प्रभावकारी हुन्छ ।