- शीतल गिरी
आज फेरि लोग्नेले उनलाई पिटयो, नीलडाम बस्ने गरी । आखिर यी लोग्नेमान्छे किन यस्ता हुन्छन् ? स्वास्नीलाई मनपरी गालीगरी पशुलाई भन्दा पनि नराम्ररी पिट्छन् । प्रत्येक फोहर शब्दको साथ एक थप्पड, प्रत्येक गालीका साथ एक लात । कति नराम्रो लाग्दछ, गाली र पिटाइ— मानसिक र शारीरिक यातना । अम्बिका आफैसँग प्रश्न गर्छिन्— “कमसेकम यिनले आफ्नो फुलेको कपालको ख्याल गरेको भए पनि हुन्थ्यो । आफ्नो उमेरको ख्याल गरेको भए पनि हुन्थ्यो । छोराछोरी छन्, नातिनातिना छन् । मुखमा एउटा पनि दाँत सद्दे छैन ।”
अम्बिकालाई आजको पिटाइले सारै चिन्तित तुल्यायो । संयोगको कुरा आज घरमा कोही छैन, मौका पाएर लोग्नेले रुवो फट्कारे झै उनलाई पिटीपिटी लोथ बनायो । आखिर अम्बिकाको दोष नै के छ र ? कान्छी छोरी आरती क्याम्पसको पढाइ बीचमैं छोडेर निरङ्कुश पञ्चायती व्यवस्था अन्त गर्न र नौलो जनवाद ल्याउन घर छोडेर भूमिगत भई । यसमा आमाको के दोष ? आरतीलाई खोज्न आज बिहान घरमा पुलिस आयो । घर खानतलासी गर्यो र उनको लोग्ने
(आरतीको बुबा) लाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा लग्यो ।
राजाको सिंदूर लगाएको सरकारी कर्मचारीकी छोरी सत्ता परिवत्र्तन गर्न समर्पित क्रान्तिकारी बनेको कारण जागिर आज हो कि भोलिको अवस्थामा छ । प्रजिअबाट नराम्ररी हप्कीदप्की पाएको निरीह कर्मचारी ।
ह्ृदयमा भरिएको भय र त्रासको ज्वालामुखी स्वास्नी सम्मुख विस्फोटित हुने गथ्र्यो । आज त सीमा नै नाघ्यो । एकदम नराम्ररी अम्बिकालाई पिट्यो । अम्बिकाको प्रत्येक जोर्नी, प्रत्येक अङ्ग दु:खिरहेछ । सिटरोल फरम भर्दा आफ्नो वास्तविक उमेरमा १० वर्ष उसले कम गराएथ्यो । यसै क्रममा उसको झगडा धेरै पहिले फाँटवालासँग हुँदा हाकिमले साथ दिएथ्यो उसलाई— “घाँस खाएर यिनले उमेर ढाँटेका छन् । घाँस खान दिनुस् सुब्बासाहेब ।” प्रजिअबाट पाएको हप्कीदप्की स्वास्नी चुट्नकै लागि हो त ? आजको घटनाले अम्बिकालाई पुरानो कुरा सोच्न बाध्य बनायो । हो, अम्बिकाको विवाह भएको केही महिना मात्र भएको थियो । आफ्नो घरको गाई, बाख्रा चराउने १३ वर्षकी चरुवाकेटीलाई ललाइफकाई बलात्कार गरेछ । बयरको सानोतिनो बुटा भएको काँसघारीमा बालिकाको चित्कार सुनेर बटुवाहरूबाट कामुक पशुले उचित सजाय पाएथ्यो । गाउँले वातावरण त्यो पनि आफैंकहाँ काम गर्ने हलीकी छोरी साथै बाख्रा चराउने केटी भएको कारण पुलिसको कानमा पुग्न पाएन । तर गाउँलेहरूले सामाजिक दण्ड भने दिन चुकेनन् । उसको नाम ‘पशु’ राखे ।
जति तिरस्कार उसले पायो, त्यति मात्रामा स्वास्नी पिट्न थाल्यो । यसो भनौं पशुले आफ्नो जात जनाउँथ्यो । आफ्नै घरका दाजुभाइबाट पनि ‘पशु’ सम्बोधन पाउँदा एक दिन कसैलाई केही नबताई ऊ घरबाट अल्पियो । सात वर्ष पछि मात्र देखा पर्यो । एकजना बाबुसाहेबको कृपाले अदालतमा बहिदार बनेछ । सात वर्ष अम्बिकाले लोग्नेको सम्झनामा बिताइन् । त्यसअघि र पछिका वर्षहरू लोग्नेको यातनामा बिताउन वाध्य भइन्, पाल्तु पशु मानिसको सङ्गतले परिवर्तन हुन्छ तर मानवको रूपमा जन्मिए पनि पशु बुद्धि भएका भने राम्रो सङ्गतले पनि परिवर्तन हुँदा रहेनछन् ।
यसको प्रत्यक्ष उदाहरण हो— अम्बिकाको पति । पति परमेश्वर मान्न लगाउने धार्मिक संस्कार भएको हाम्रो समाजमा अम्बिका जस्ताको जीवन पशुले गर्दा नरक नै बनेको छ । आज २०७१ सालको बुद्ध जयन्ती । हो ठयाकै १२ वर्ष बितिसकेछ चुरा, पोते र सिन्दूर फालिएको । बैठक कोठामा झुन्डाइएको फ्रेममा सजाइएको फोटोमा नजाने कसरी आँखा पर्दा ती वृद्धाको आँखा रसिलो भयो । पति घरबाट अल्पिएको ७ वर्ष र यताको १२ वर्ष त हो, अम्बिकाले शारीरिक–मानसिक यातनाबाट मुक्त भएको ।
–गौर– ८/रौतहट
हाल, काडमाडौं– ३४