– सपना सिंह
मानिसले चाहयो भने के गर्न सक्दैन ? यस उक्तिलाई चरितार्थ गरेको छ गुरुदेवको नजफगढ, बक्करवाला रोड दिल्लीस्थित आनन्दधामले । प्रकृतिको अनुपम सौन्दर्य यस धामको आँगनमा ओर्लिएको छ । हरियालीले भरिपूर्ण साना–ठूला उद्यान, वसन्तमालती, बेला, जुही, चमेलीजस्ता सुगन्धित लताहरूले वेष्ठित उपवन, अनेक बोट–बिरुवालाई काटीछाँटी बडो मनोरम आकार दिइएको छ । उद्यानको बीचबीचमा अग्ला रूखहरूलाई बेगनबेलियाका र·ीच·ी लताहरूले ढाकेर बडो राम्रो रूप दिइएको छ । निर्माणाधीन कैलाश पर्वत यस्तो बुझिन्छ मानौं साक्षात् कैलाशको शिवपरिवारलाई धामको आँगनमा प्रतिष्ठित गरिएको होस् । कृत्रिम बर्फले आवेष्ठित अग्ला शिखर जहाँ ग·ा उभिएकी छन् र तल बाघम्बरमाथि उभिएका धुर्जटी महादेव, पाश्र्वमा माता पार्वती र विशालकाय नन्दी, अर्कोतिर करबद्ध मुनिजन, ठाउँठाउँमा घस्रिंदै गरेको भान हुने अजिंगरहरू, फणा फैलाएका विशाल सर्पराज पर्वतको कन्दराहरूबाट नियालिरहेका छन् । आधा पर्वत ज·ली लताहरूले वेष्ठित प्रकृतिको अवर्णनीय छटा देखाइरहेका छन् । यस कृत्रिम कैलाशको मुनि पाश्र्वमा एउटा सानो पानीको नहर बगिरहेको छ जसलाई ठूला–ठूला ढु·ाहरूले सजाइएको छ । यस्तो बुझिन्छ मानौं कुनै पहाडी नदी ढु·ाहरूसँग जिस्किंदै बगिरहेको होस् । यस प्रवाहमय पानीमाथि बडो सुन्दर सानो गोलो पुल बनाइएको छ । हेर्दा यो बाँसले बनाएको जस्तो लाग्छ तर मैले छोएर हेरें– यो बाँस पनि कृत्रिम रहेछ । पुलमुनिबाट बगेर यो पानीको धारा अलि पर गएर एउटा बेमेल तलाउको रूपमा परिवर्तित हुन्छ । यो तलाउले पनि अनुपम सौन्दर्य समेटेको छ । तलाउको किनारमा साना–साना उद्यान, बाँस, बेंतको झ्याङ र पानीतिर निहुरिएका पुष्पमय झा·िएका लताहरू आफ्नो सुगन्ध फैलाउँदै प्रकृति र मानवलाई मुग्ध पारिरहन्छन् । यस तलाउको मध्यमा एउटा अर्को पुल छ । यस पुलको नजिक कृत्रिम बाँस र काठ निर्मित दुईटा कुटिया छन् जसको एउटा विशेषता त्यहीं अक्षराड्ढित छ–तुलसीको बगैंचा र फूल तथा लताहरूले आच्छादित यस कुटियामा एकपटक ॐ को उच्चारण गर्दा दसपटक त्यसको प्रतिध्वनि सुनिन्छ । वसन्तमालतीका लताहरूले ढाकिएको यस पुलको तल पानीमा जलक्रीडा गरिरहेका सेता हाँसहरूको झुन्डले दृश्यलाई स्वर्गतुल्य बनाइदिन्छ । मैले एउटा आश्चर्य के पाएँ भने हाँसहरू पुलपारि जाँदैनन् । पारिपिट्ट मैले के देखें भने पानीमा एउटा लाम्चो घाँटी भएको अति सुन्दर कालो पक्षी कहिलेकाहीं पानीमाथि देखिन्छ र फेरि डुबुल्की मार्छ । तलाउको किनारमा एउटा निकै सानो उद्यान छ, जहाँ बसेर कृत्रिम कैलाशको अनुपम सौन्दर्य हेर्न सकिन्छ । पर्वतको एकातिर निर्मित गुफाहरूमाथि एउटा विशाल शङ्ख बनाइएको छ, जुन आफैंमा अनौठो छ ।
हिन्दी साहित्यको एउटा चर्चित उपन्यास ‘चन्द्रकान्ता सन्तति’को तिलस्मी संसारको मनोरम सौन्दर्यको सम्झना यहाँको मनोहारी दृश्यले गराउँछ ।
यस्ता अनेकौं सुन्दर दृश्यहरूले यो धाम भरिएको छ । म घण्टौं बसेर यो अलौकिक दृश्यमा रमाउँदै ती मजदुर कलाकर्मीहरूलाई हेरिरहन्थें, जो हातमा औजार र रङका भाँडा बोकेर बाँसको सिँढीको सहायताले आफ्नो ज्यानको परवाह नगरी अग्लो स्थानमा पुगेर साजसज्जा गरिरहेका थिए । यस्ता अनुपम दृश्य निर्माण गर्ने कलाकर्मी मजदुरहरूलाई, जसको हातमा ईश्वरले यति शिल्प दिएका छन्, पछि कसैले सम्झना पनि राख्नेछ ?
धामको यस भागमा निकै सफासुग्घर दुईतीन मन्दिर देखिन्छन् । एउटामा निकै राम्रा गहना–वस्त्रले सुसज्जित देवीदेवताहरूका ठूला–ठूला मूर्तिहरू छन् भने दोस्रोमा नवग्रह स्थापित छन् । ग्रहशान्ति गराउने वेदी पनि देखिन्छ । मन्दिरको सामुन्ने बडो सफासुग्घर सानासाना सडक, सडकको दुवैतिर फूलले भरिएका उद्यान, एउटा अरू मन्दिर निर्माणाधीन छ । मन्दिर परिसरमा निकै दानपेटी राखेको देखिन्छ । यहाँभन्दा केही पर एउटा बडो कलात्मक द्वार छ । यस द्वारको भित्र सडकको दुवैतिर मनोरम उद्यान र एउटा मन्दिरजस्तो भवन छ । जहाँ सखारै उच्च स्वरमा वेदपाठ गरेको सुनिन्छ । केही बालबालिका सेतो वस्त्रमा र केही गेरुवा वस्त्रमा घुमिरहेका देखिन्छन् । सामुन्ने एउटा वेद पाठशाला पनि छ । साथै एउटा ठूलो भवन पनि जसमा लेखिएको छ–वृद्ध आश्रम, वानप्रस्थ आश्रम । एक दिन साँझपख यस वृद्धाश्रम बाहिर बडो मार्मिक दृश्य देखियो । झन्डै ९० वर्षकी एउटी अशक्त महिला छडीको सहायताले आफ्नी समवयस्का साथी, जसको घुँडाको तलसम्म पट्टी देखिन्थ्यो, एक अर्कालाई सहारा दिंदै हिंडिरहेका थिए र एकजना वयोवृद्ध व्यक्ति रूखहरूको आडबाट उनीहरूलाई हेरिरहेका थिए ।
यस वृद्धाश्रमको छेउमा एउटा सफासुग्घर सेतो भवन छ, जसको नाम हो–ध्जष्तभ ीयतगक क्ष्लतचभनबतष्खभ ज्भबतिजअबचभ म्भकतष्लबतष्यल । आफ्नो नाउँ ध्जष्तभ ीयतगक (श्वेतकमल) लाई सार्थक बनाउने यस भवनमा प्रयोग हुने वस्तुमा सेतो रङलाई वरियता दिइएको छ, जसले मनलाई अत्यन्त शान्ति प्रदान गर्छ ।
यस स्थानमा मलाई स्वास्थ्यलाभका लागि मेरो छोरो मोनुले पुर्याएको थियो । बाल्यकालमा मैले उसलाई होस्टलमा छाडेर आएकी थिएँ, आज उसले मलाई यहाँ छाडेर गयो । आठ दिनको यहाँको प्रवास मेरो जीवनको एक्लै बस्ने पहिलो अनुभव हो । यस ‘सेतो कमल’को शान्त वातावरणमा मेरा सन्तानका उमेरका निकै विनम्र र असल स्वभावका डा कृष्णा र डा वन्दना बुजर्गले झैं जब मलाई सम्झाउँथे, लाग्दथ्यो म साँच्चिकै बालिका नै पो हुँ कि १ अत्यन्त सरल स्वभावका योग–शिक्षक धर्मवीर सिंह उमेरमा मभन्दा निकै साना, तर गुरु त गुरु हो । उनले योगध्यान आदिको शिक्षा दिए जुन मलाई जीवनभरि काम लाग्नेछ । परिचारिका अनु र हेमलता अति मिलनसार एवं हँसिला, जसले मलाई थेरापी दिंदा अपनत्व र लगनशीलता देखाए, उनीहरूप्रति म सदैव आभारी रहने छु । स्वादिष्ट र स्वास्थ्यवद्र्धक भोजन बनाएर ख्वाउने रावत बन्धुद्वय पनि सम्झनाबाट ओझेल हुने छैनन् । एकजना साना कर्मचारी थिए, ओमप्रकाश थापा, मलाई ‘दिदी’ भन्दथे र बडो अपनत्व देखाउँथे, शायद स्वभाषी हुनाले होला ।
गुरुदेव सुधांशुजी महाराजलाई वर्षौंदेखि दूरदर्शनमा हेर्ने र सुन्ने गरेकी थिएँ । उनको सरल सारगर्भित प्रवचन प्राय: सुन्ने गर्दथें । प्रवचनको क्रममा उनीबाट सुनेको एउटा कथा ‘आफ्नो एउटा आँखा फुटे छिमेकीको दुवै फुटोस्’ आज पनि मलाई अति प्रिय छ र आफ्ना परिचितजनलाई प्राय: सुनाइरहन्छु । गुरुदेवका लाखौं प्रशंसकहरूमध्ये एक म, कहिले सोचेकी पनि थिइनँ, अचानक मलाई उनको धाम पुग्ने अवसर प्राप्त हुनेछ ।
स्वास्थ्यलाभका लागि चिकित्सकहरूसँग परामर्श गरेर जब मेरो कान्छो छोरोले मलाई ध्जष्तभ ीयतगक ल्यायो र मैले रिसेप्सनमा गुरुदेवको ठूलो फोटो झुन्डिएको देखें, अचम्भित भएँ । शायद उनको कृपारूपी अदृश्य शक्ति प्राप्त भएर होला, म यस अनिवर्चनीय आनन्द धामसम्म आउन पाएँ ।
यहाँ मन्दिरहरूमा सायंकालीन आरतीमा हुने भजनको सुमधुर स्वर सुनेर म पनि तानिंदै पुगें । त्यहाँ केही पाको उमेरकी महिलाहरू र केही युवतीहरू बडो भक्तिभावले ढोलमजिरा बजाउँदै गाउँदै गुरु–गोविन्दको आराधनामा लीन थिए । बढो भक्तिमय वातावरण थियो र यसमा सामेल भएर जीवनको केही पल सार्थक पारेको अनुभूति भयो ।
अनुपम सौन्दर्य,, सौहार्द, धार्मिक एवं सात्त्विक भावना समेटेको गुरुजीको यो धाम आफैंमा अलौकिक छ । अनन्तकालसम्म आफ्नो सौन्दर्य फिजाइरहोस् मेरो शुभकामना १
सेतो कमलको स्निग्ध वातावरण
शीतल पार्दैछ मनलाई हर क्षण
निर्मल हृदयका छन् सब परिजन
छरोस् हरदम आफ्नो सुवास
सम्झना रहनेछ मलाई हमेशा
आठ दिनको यो प्रवास
उपचारको क्रममा यहाँ दिइने आयुर्वेदिक थेरापी मलाई निकै लाभप्रद लाग्यो । कार्यकर्ताहरुको कार्यशैली आत्मीयताले परिपूर्ण र प्रभावशाली छ ।
– वीरगंज