Posts

Showing posts from August, 2014

ग्रामीण सूचना केन्द्रमा पटेल पुन: सर्वसम्मत, पत्रकारितालाई गाउँसम्म जोडिनुपर्छ –चन्द्रकिशोर

Image
प्रस, वीरगंज, १४ भदौ/     पर्सा ग्रामीण सूचना केन्द्रको अध्यक्षमा आरके पटेल पुन: सर्वसम्मत निर्वाचित भएका छन् ।     आज सम्पन्न अधिवेशनले पटेलको अध्यक्षतामा ११ सदस्यीय कमिटी सर्वसम्मतिबाट चयन गरेको छ ।     कमिटीको उपाध्यक्ष लालबाबू बनिया, सचिव ओमप्रकाश चौधरी, सहसचिव महेन्द्र सुमन, कोषाध्यक्ष धमेन्द्र चौरसिया तथा सदस्यहरूमा चिरञ्जीवी यादव, प्रमोद यादव, कृष्णमोहन साह, माधुरी महतो र अस्मिता अर्याल रहेका छन् ।     अधिवेशनको प्रेस काउन्सिल नेपालका सदस्य चन्द्रकिशोर झाले उद्घाटन गरेका थिए । पोखरियाको रामदेव कलवार जिल्ला उच्चा·ल उमावि भवनमा आयोजित अधिवेशनमा उद्घाटन मन्तव्य दिंदै पत्रकार झाले पत्रकारितालाई गाउँसम्म जोडिनुपर्नेमा जोड दिए । उनले गाउँको उत्पादनले गाउँको आवश्यकता पूर्ति भइरहेकोमा अहिले शहरको उत्पादनबाट गाउँको आवश्यकता पूर्ति गर्नुपर्ने अवस्था आएकोमा चिन्ता व्यक्त गरे ।     नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं मध्याञ्चल संयोजक शीतलप्रसाद महतोले सीपमूलक तालिम लिएर पत्रकारिता गरिनुपर्ने बताए । शाखा अध्यक्ष श्याम बन्जाराले ग्रामीण क्षेत्रको पत्रकारिता जोखिमयुक्त र सङ्घर्षपूर्ण

गरिब महिलाद्वारा पहिरोपीडितलाई सहयोग

प्रस, वीरगंज, १४ भदौ/     गरिबी निवारण कोष कार्यक्रमसँग आबद्ध पर्साका अतिविपन्न महिलाहरूले एक मुठी दान सड्ढलन गरी सिन्धुपाल्चोकका पहिरोपीडितलाई सहयोग गरेका छन् ।     कोष अन्तर्गतको ११ वटा सामुदायिक संस्थामा आबद्ध ९ हजार १२५ अतिविपन्न समुदायका महिलाहरूले एक मुठी दानबाट १२ क्वीन्टल चामल, १२० किलो पीठो र १२० थान कपडा सड्ढलन गरेका थिए ।     सो सहयोग आज एक समारोहका बीच सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष रामनरेश यादव र राकेश यादवले रेडक्रस पर्साका सभापति फूलमहम्मद मियाँलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा सभापति मियाँले मानवीय क्षति हुने गरी भएको प्राकृतिक विपत्तिमा गरिएको सहयोगको प्रशंसा गरे । उनले सहयोग गर्ने इच्छाशक्ति मात्र हुनुपर्छ भन्ने कुरा पर्साका ग्रामीण महिलाहरूले स·ठित तवरबाट गरेको काम उदाहरणीय भएको बताए ।     राहत सड्ढलन गर्न ब्रिलियन्ट युवा क्लब, ग्रामीण समाज जिल्ला विकास केन्द्र, सूर्याेदय युवा क्लब, पुनर्जागरण समाज, न्यू जीवनज्योति, स्थानीय विकास कोष., ग्रामीण क्षेत्र तथा कृषि वन विकास केन्द्रलगायतका संस्थाहरूले सहयोग गरेका रेडक्रस पर्साका सहायक राजन श्रीवास्तव

विजयी खेलाडीद्वयको भव्य स्वागत

Image
प्रस, वीरगंज, १४ भदौ/     वीरगंजमा करिब तीन दशकपछि आयोजित नेपाल–भारत महिला फूटबलमा भारतीय महिला टिम विजयी भएको छ । नारायणी र·शालामा वीरगंज युवा एकेडेमीले आयोजना गरेको मैत्रीपूर्ण नेपाल–भारत महिला फूटबलमा भारतीय टिमले शून्यका विरुद्ध ८ गोलअन्तरले जीत हासिल गरेको छ ।     भारतको तर्फबाट नरकटियागंजको टिम र नेपालको तर्फबाट मकवानपुरको महिला फूटबल सहभागी थिए । भारतीय महिला फूटबल टिम नेपाली महिला फूटबल टिमलाई मध्याह्नअघि ४ र मध्याह्नपछि ४ गरी ८ गोल गरेका थिए । यसअघि करिब ३ दशक पूर्व आदर्शनगर र·शालामा नेपाल–भारत महिला मैत्रीपूर्ण फूटबल प्रतियोगिता भएको थियो ।

तीखो धारको प्रहार

    ११ गतेको प्रतीकमा गोपाल ठाकुरले आफ्नो लेख “संविधान बनाउने सन्त मनको प्रदर्शन”मा गोर्खाली साम्राज्यवादी र आन्तरिक उपनिवेशवादीमाथि तीखो प्रहार गरेका छन् । भोजपुरीमा एउटा कहावत छ– ‘बिलाई के भाग से सिकहर टुटे ।’ आज यिनीहरूको भागमा मोदीले सिकहर तोडेर गये । अब यिनीहरू पश्चगमनको माखन खाँदैछन् । विभिन्न कुरामा शोषण कायम गर्ने प्रयासमा लागेका छन् । तर यिनीहरूलाई थाहा छैन कि बीचमा घरमालिक आइपुग्छ र आफ्नो डन्डाले शिर फुटाइदिन्छ । न करण सिहंको सिकहर, न मोदीको मोदक काम लाग्नेछ ।     पृथ्वीनारायण शाहको दिव्योपदेशमा के थियो थाहा छैन । खोजतलाश गर्दा पत्ता लाग्छ । शासक वर्ग सदैव प्यासा हुन्छन्, उनले भनेका होलान् । तर यिनीहरूको उपचार गर्न र तीतो औषधि खुवाउन जनता पछि पर्ने छैन । पुष्यगुच्छा र सयौं फूलका थु·ाको नकली प्रलापले जनतालाई आश्वस्त पार्न सकेको छैन । यस अवस्थामा पारपाचुके हुने निश्चित छ । संविधानसँग नै उपद्रव हुने निश्चित छ ।                                डा. शिवशङ्कर यादव छपकैया, वीरगंज कजष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm

नेपालीलाई एक थान संविधान

Image
- ओमप्रकाश खनाल     संविधानका अन्तर्वस्तुमा सहमतिको समयसीमा सीमित छ । अबको मोटामोटी एक साताभित्र विमतिको गाँठो फुकाउने दलीय प्रतिबद्धता हो । सहमतिका सवालमा अनेकन विरोधाभाष छन् । आशावादिता नेपालीको बाध्यात्मक दैनिकी बनेको छ, विकल्प पनि छैन । सङ्घीयता, शासकीय स्वरूप र निर्वाचन प्रणालीका सुरुआती सकस आजपर्यन्त उस्तै छन् । पहिलो संविधानसभाको ४ र वर्तमान सभाको ८ महिनामा विवाद समाधानमा दलहरूको कसरत कर्मकाण्ड मात्र भएको छ । यो हाम्रो राजनीतिको धरातलीय यथार्थ हो । संविधान निर्माणको घोषित कार्यतालिका अनुसार यही भदौ २१ गतेभित्र सहमति नभए समाधानका निम्ति प्रक्रियामा जानुपर्ने छ ।     जनआन्दोलन २०६२/६३ को उपलब्धि संस्थागत गर्ने सवालमा राजनीतिक असफलता नै सङ्क्रमणको निरन्तरता हो । संस्थागत लोकतान्त्रिक गणतन्त्र, शान्ति र स्थायित्वमा दलीय गैरजिम्मेवारीको फेहरिस्त कम्तीमा अब नयाँ विषय होइन । अघिल्लो संविधानसभा निर्वाचनयताको करिब साढे ६ वर्षे राजनीतिक यात्राको सारको समीक्षा भएकै छ । यस आधारमा निर्धारित उद्देश्यमा पुग्न अझै पनि राजनीतिमा पर्याप्त इमानदारिता र उदारताको खाँचो छ । सत्ताकेन्द्रित किचलोकै क

यश र लाभ दुवै कसरी प्राप्त गर्ने

    आफ्नो जिम्मारहेको कामलाई समग्र तत्परता एवं तन्मयताका साथ गर्नु यस्तो विधि हो, जसबाट काममा रस प्राप्त हुन थाल्दछ । झर्को र थकाइ नजिक आउनै सक्दैन । कार्य प्रतिष्ठाको प्रश्न बन्न पुग्दछ । त्यसलाई कर्मयोगको साधना ठानेर निष्ठापूर्वक गर्ने मनोयोग प्राप्त हुन्छ । यस्तो स्वभावले काम राम्ररी हुन थाल्दछस छिटो पनि हुन्छ, राम्रो पनि र उत्तम पनि । तन्मयता जोडिंदा काम मात्र परिश्रम रहँदैन त्यो एक प्रकारको कलाकृति बन्न पुग्छ ।  यस्तो कलाकृति जसको मूल्याड्ढन पनि हुन्छ र सम्मान पनि । कुनै पनि प्रामाणिकताको सुनिश्चित चिह्न के हो भने उसले आफ्नो कामलाई कति महत्त्वपूर्ण ठान्यो र कति उत्तरदायित्वपूर्ण ढ·ले त्यसको निर्वाह गर्‍यो ? कर्तृत्वले नै व्यक्तिको व्यक्तित्वलाई संरक्षण दिन्छ र यशस्वी बनाउँछ ।     आउँदो दिनमा के गर्ने ? कुन दिशामा जाने ? यसको निर्णय विचारपूर्वक गर्नुपर्दछ, जसमा इमानदारीको  गहिरो छाप होस् । यसो त आफ्नो हितसाधनका लागि मानिसहरू विभिन्न काम गर्दछन् । परिस्थिति अनुसार जुन साधन अगाडि छ, तिनैमध्ये कुनैलाई छान्नुपर्छ, तर के हेर्नुपर्छ भने त्यो काम गर्दा इमानदारीको निर्वाह हुन सक्छ कि सक्दै

वीउमनपाद्वारा फोहर सङ्कलन उपभोक्ता समितिलाई हस्तान्तरण, सेवा शुल्कको नाममा फोहरबाट कर उठाउने तयारी

प्रस, वीरगंज, १३ भदौ/     वीरगंज उपमहानगरपालिका कार्यालयले शहरको सरसफाइ कार्यबाट आफ्नो जिम्मेवारी बिस्तारै पन्छाउँदैछ । यस वर्षदेखि निजी सार्वजनिक साझेदारी कार्यक्रम (थ्रीपी) अन्तर्गत सरसफाइ कार्यलाई उपभोक्ता समितिमा हस्तान्तरण गरेर फोहरमा सेवा शुल्क लिने योजनाअनुरूप कार्यको थालनी गरेको छ ।     वीरगंज उपमहानगरपालिका कार्यालयले हालको जनशक्तिबाट नगर क्षेत्रबाट सड्ढलित हुने फोहर बढ्दो जनसङ्ख्या र घरधुरीका कारण सड्ढलन गर्ने कार्य दुष्कर भएको भनी सरसफाइ कार्यलाई निजी सार्वजनिक साझेदारी कार्यक्रम अन्तर्गत उपभोक्ता समितिलाई हस्तान्तरण गर्न लागेको हो ।     अहिले नगरको १ देखि १९ वटा वडामा उपभोक्ता समिति गठन भइसकेको छ । उपभोक्ता समितिले नगरपालिकाको साथै आफ्नो जनशक्ति परिचालन गरी सबै वडाका फोहरहरू सड्ढलन गर्ने र नगरपालिकाले सो फोहरलाई गन्तव्यमा पुर्‍याउने सम्झौता एक महिना पहिले सम्पन्न भएर केही वडामा सोको अभ्यास पनि शुरू भइसकेको छ ।     उपभोक्ता समितिले घरघरमा गएर फोहर सड्ढलन गर्ने र निर्धारित समयमा तोकिएको ठाउँमा फोहर राख्नको लागि नगरवासीलाई सचेत गराउने कार्य गर्छ । उपभोक्ता समितिले शुरूको तीन म

गणेश चतुर्थी महोत्सव शुरू

प्रस, वीरगंज, १३ भदौ/     वीरगंजको घडीअर्वा पोखरीको मुख्य गेटअगाडि आजदेखि गणेश महोत्सव शुरू भएको छ ।     जय गणेश झड्ढार मण्डलले आयोजना गरेको गणेश चतुर्थी महोत्सवमा भगवान् गणेशको लागि २ सय ५१ किलोको लड्डु बनाइएको छ । भव्य पण्डालमा करिब १५ फिट अग्लो मूर्ति तल राखिएको दुई सय ५१ किलोको लड्डु श्रद्धालु भक्तजनहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।     आजदेखि शुरू भएको महोत्सव पाँच दिनसम्म चल्ने आयोजक जय गणेश झड्ढार मण्डलका अध्यक्ष मदनप्रसाद कलवारले बताए । प्रस, परवानीपुर/     परवानीपुरमा गणेश चतुर्थी महोत्सव शुरू भएको छ । गणेश पूजा समिति लिपनी–परवानीपुरद्वारा आयोजित  महोत्सव ५ दिनसम्म चल्नेछ । प्रत्येक वर्षझैं यसपालि पनि परवानीपुर बजारमा भव्य पण्डाल निर्माण गरी भगवान् गणेशको मूर्ति स्थापित गरी पूजा आराधना शुरू गरिएको आयोजक समितिले जनाएको छ ।     यसैबीच आज जलयात्रा सम्पन्न भएको छ । बाजागाजाका साथ निस्केको महिलाहरू सम्मिलित र्‍याली ताजपुरस्थित श्रीसिया खोलाको ड्यामबाट जल भरेर पुन: पूजास्थलमा आएर सम्पन्न भएको थियो । जलयात्रामा लिपनी, परवानीपुर, ताजपुर, चैनपुर, रामपुर मुसहरी, कोइरिया टोलालगायतका

गुरुदेव सुधांशुजी महाराजको आनन्दधाममा आठ दिन

Image
– सपना  सिंह     मानिसले चाहयो भने के गर्न सक्दैन ? यस उक्तिलाई चरितार्थ गरेको छ गुरुदेवको नजफगढ, बक्करवाला रोड दिल्लीस्थित आनन्दधामले । प्रकृतिको अनुपम सौन्दर्य यस धामको आँगनमा ओर्लिएको छ । हरियालीले भरिपूर्ण साना–ठूला उद्यान, वसन्तमालती, बेला, जुही, चमेलीजस्ता सुगन्धित लताहरूले वेष्ठित उपवन, अनेक बोट–बिरुवालाई काटीछाँटी बडो मनोरम आकार दिइएको छ । उद्यानको बीचबीचमा अग्ला रूखहरूलाई बेगनबेलियाका र·ीच·ी लताहरूले ढाकेर बडो राम्रो रूप दिइएको छ । निर्माणाधीन कैलाश पर्वत यस्तो बुझिन्छ मानौं साक्षात् कैलाशको शिवपरिवारलाई धामको आँगनमा प्रतिष्ठित गरिएको होस् । कृत्रिम बर्फले आवेष्ठित अग्ला शिखर जहाँ ग·ा उभिएकी छन् र तल बाघम्बरमाथि उभिएका धुर्जटी महादेव, पाश्र्वमा माता पार्वती र विशालकाय नन्दी, अर्कोतिर करबद्ध मुनिजन, ठाउँठाउँमा घस्रिंदै गरेको भान हुने अजिंगरहरू, फणा फैलाएका विशाल सर्पराज पर्वतको कन्दराहरूबाट नियालिरहेका छन् । आधा पर्वत ज·ली लताहरूले वेष्ठित प्रकृतिको अवर्णनीय छटा देखाइरहेका छन् । यस कृत्रिम कैलाशको मुनि पाश्र्वमा एउटा सानो पानीको नहर बगिरहेको छ जसलाई ठूला–ठूला ढु·ाहरूले सजाइएक

देवसेनापति–कात्र्तिकेय

- उमाशङ्कर द्विवेदी पूर्वकालमा देउता र असुरहरूबीच सधैं सङ्ग्राम भइरहन्थ्यो, जसमा प्राय: सधैंभरि घोर रूप भएका असुरहरूको देउताहरूमाथि विजय हुने गर्दथ्यो । जब इन्द्रले बारम्बार आफ्नो सेनाको क्षति भइरहेको पाए अनि उनी मानस पर्वतमाथि गएर एउटा श्रेष्ठ सेनापति प्राप्त गर्ने विचार गर्न थाले । यतिकैमा उनको कानमा एउटी स्त्रीको आर्तनादको शब्द पर्‍यो । स्त्री बारम्बार कराइरहेकी थिई– “अरे, कोही पुरुष दुगुरेर आएर मेरो रक्षा गरोस् ।” इन्द्रले उसको करुण विलाप सुनेर भने– “तिमी अब नडराऊ, अब तिम्रोलागि भयको कुनै कारण छैन ।” अनि उसको छेउमा गएर हेर्दा हातमा गदा लिएको केशी दैत्य उभिइरहेको थियो । इन्द्रले त्यस कन्याको हात समातेर भने– “नीच कर्म गर्ने राक्षस, तिमी किन यस कन्याको हरण गर्न चाहन्छौ ? हेर म वज्रधर इन्द्र हुँ । तिमीले यसलाई छाडिदिएर आफ्नो बाटो लाग ।” इन्द्रको कुरा सुनेर केशीले भन्यो– “अरे इन्द्र, तिमीले नै यसलाई छाडी देऊ, यसलाई मैले पहिले नै वरण गरिसकेको छु । तिमीले यसलाई छाडिदिएनौ भने ज्यूँदो आफ्नो पुरीमा फर्कन पाउनेछैनौ ।” यति भनेर केशी दैत्यले इन्द्रमाथि आफ्नो गदा हिर्कायो तर इन्द्रले आफ्नो वज्रद

अम्लपित्त र आयुर्वेद उपचार

Image
- डा. रमेश मिश्र     आधुनिक रहनसहन र खानपानले व्यक्तिको जीवनस्तर एकातिर राम्रो भइरहेको छ भने अर्कोतिर यस्ता रहनसहन र खानपानले विभिन्न रोगहरू उत्पन्न भई प्रभावित रहेको छ । तीमध्ये आजभोलि व्यापकरूपमा दु:ख दिने रोग हो अम्लपित्त । अम्लपित्तलाई हाइपर एसिडिटी, एसिड डिस्पेप्सिया, गैस्ट्रोविया आदि नामहरूले बुझिन्छ । आयुर्वेद अनुसार जब विदाही जाति पदार्थहरूको सेवनबाट पित्तमा अम्लगुणको वृद्धि हुन्छ तब उसलाई अम्लपित्त भनिन्छ ।     बढी चिल्लो, पिरो, बासी, विरुद्ध आहार, पित्त प्रकोपक आहार, वर्षा ऋतु, आनुपदेय जलार्द वातावरणमा वास, वेगावरोध आदि यस रोगका कारण हुन् ।     खाना राम्रोसँग नपच्नु, परिश्रमबिना नै थकावट, वान्ता हुने, अमिलो डकार, शरीरमा भारीपन, हृदय प्रदेश र गलामा जलन, अरुचि, अध्यामान, अन्नकुजन, कुक्षिशूल, टाउको दुख्नु आदि अम्लपित्तका लक्षण हुन् ।     अम्लपित्त लक्षण र कारणको आधारमा विभिन्न प्रकारका हुन्छन् । जुन एउटा कुशल चिकित्सकले छुट्याउन सक्छ । आयुर्वेद अनुसार अम्लपित्त नयाँ छ भने अर्थात् तुरुन्त पत्ता लागेछ र त्यसको औषधि समयमा भएछ भने त्यो साध्य हुन्छ अर्थात् औषधि समयानुसार सेवन गरे ठ

अम्बिकाको सुदिन कहिले आउँला ?

- शीतल गिरी     आज फेरि लोग्नेले उनलाई पिटयो, नीलडाम बस्ने गरी । आखिर यी लोग्नेमान्छे किन यस्ता हुन्छन् ? स्वास्नीलाई मनपरी गालीगरी पशुलाई भन्दा पनि नराम्ररी पिट्छन् । प्रत्येक फोहर शब्दको साथ एक थप्पड, प्रत्येक गालीका साथ एक लात । कति नराम्रो लाग्दछ, गाली र पिटाइ— मानसिक र शारीरिक यातना । अम्बिका आफैसँग प्रश्न गर्छिन्— “कमसेकम यिनले आफ्नो फुलेको कपालको ख्याल गरेको भए पनि हुन्थ्यो । आफ्नो उमेरको ख्याल गरेको भए पनि हुन्थ्यो । छोराछोरी छन्, नातिनातिना छन् । मुखमा एउटा पनि दाँत सद्दे छैन ।”     अम्बिकालाई आजको पिटाइले सारै चिन्तित तुल्यायो । संयोगको कुरा आज घरमा कोही छैन, मौका पाएर लोग्नेले रुवो फट्कारे झै उनलाई पिटीपिटी लोथ बनायो । आखिर अम्बिकाको दोष नै के छ र ? कान्छी छोरी आरती क्याम्पसको पढाइ बीचमैं छोडेर निरङ्कुश पञ्चायती व्यवस्था अन्त गर्न र नौलो जनवाद ल्याउन घर छोडेर भूमिगत भई । यसमा आमाको के दोष ? आरतीलाई खोज्न आज बिहान घरमा पुलिस आयो । घर खानतलासी गर्‍यो र उनको लोग्ने (आरतीको बुबा) लाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा लग्यो ।     राजाको सिंदूर लगाएको सरकारी कर्मचारीकी छोरी सत्ता

मधेसले पहाड चिन्नुपर्‍यो

Image
- चन्द्रकिशोर मधेसले पहाड चिन्नुपर्‍यो । अहिले नै आएर यो प्रश्न किन उठाउनुपर्‍यो ? किनभने वर्तमानको डिलमा उभिएर हामी भविष्यको मार्गचित्र कोर्न जसरी तम्सिएका छौं त्यस परिप्रेक्ष्यमा मधेसले आफ्नो सामथ्र्य र समृद्धि पहिचान गर्न पनि पहाडलाई जान्नुपर्छ । नेपाली सन्दर्भमा पहाडलाई नबुझिकन तराई मधेसले आफ्नो भाग्य र भविष्यको निर्धारण गर्न हतारियो भने त्यो अधूरो र एका·ीं हुन सक्छ । मधेसले केवल आफ्नै स्वार्थका लागि पनि पहाडको अग्लाइलाई आफ्नो मनभरि तौलन सक्नुपर्छ । पहाड जान्नुको अर्थ त्यहाँको केवल राजनीतिक र सामाजिक परिवेश मात्र होइन, प्रतिकूलताका बावजुद त्यहाँ आशाको जसरी सञ्चार भएको छ, त्यो मधेसका लागि पाठ हुन सक्छ । त्यहाँको प्राकृतिक स्रोत, जनशक्ति, चेतना पनि मधेसका लागि महत्त्वपूर्ण पक्ष हो । पहाडको आवश्यकता र मधेसको पहाडमाथिको निर्भरता पहिचान गर्न पनि मधेसले पहाडलाई चिन्नुपर्छ ।     प्रश्न उठ्न सक्छ, मधेस आफ्नो लागि आफै लड्न तत्पर छ ? उसले हिजो त्यत्रो विद्रोह गर्‍यो । उसले आफ्नै बारे जाने त पुगिहाल्यो नि । मधेसको वर्तमान र भविष्यको स्रोत, सीमा र सामथ्र्यको पहिचान गर्न र त्यसको मापन गरी आफ्

‘तीजकी छोरी माइतीको आशा’– कहिलेसम्म ?

Image
- बैद्यनाथ ठाकुर     तीज भनेपछि नेपाली चेलीहरू हुरुक्कै हुने गर्छन् । हाम्रो समाजमा महिलाहरूमाथि गरिएको चरम भेदभाव, शोषण, उत्पीडन र महिलाजन्य हिंसाविरुद्ध तीजको दिन चेलीबेटीहरू एकै गाउँको एकै ठाउँमा खासगरी माइतीमा जम्मा भएर गीतको भाकामा आफ्नो पीडालाई व्यङ्ग्यात्मक भाकामा नाची–नाची भन्न पाएपछि नरमाउने कुरै भएन । भाले बासेको ठाउँमा पोथीको के काम भन्दै महत्त्वपूर्ण निर्णयहरूमा महिलाहरूको मुटु नै घोच्नेगरी बचन लगाउनु सामन्ती समाजको मूल चरित्र हो । अझै छोरीलाई चिठ्ठी लेख्न आए भइहाल्यो नि, के काम धेरै पढाउने भोलिका दिनमा भान्छामा लाग्ने त हो जस्ता प्रवृत्ति र पुरुषप्रधान समाजको सोच अझै यथावत छ । महिलाहरू भनेपछि बच्चा जन्माउने मेसिन र विज्ञापनको साधन मात्र हुन् जस्तो व्यवहार प्रदर्शन गर्दै आएको पूँजीवादी सोचले त झन् महिलाहरूको अवस्था कति नाजुक छ भन्ने सजिलै बुझ्न सकिन्छ ।     पूँजीवादी साम्राज्यको चक्रवर्ती बन्न खोजिरहेको तथाकथित महाप्रजातान्त्रिक अमेरिकामा यही हप्ता (अगस्त २४ मा) हजारौं अमेरिकी युवतीहरू न्युयोर्क शहरमा दिउँसै टपलेस डेको नाममा कमरभन्दा माथि पूर्ण नग्न भई जुलुस निकालेको देख्

क्रसर आन्दोलन

    शहरबजारमा साँढेलाई खुला छोडेभैंm खुला छोडिएका क्रसर उद्योगलाई यस वर्षदेखि सरकारले नियन्त्रणमा राख्ने प्रयास गरेको छ । ‘पैसा भए जे पनि गर्न सकिन्छ’ भन्ने मनोरोगले ग्रस्त केही नाफाखोर उद्योगीहरू दाम्लो चुँडाल्न अहिले न्वारनदेखिको बल लगाएर लागिपरेका छन् । ‘सरकारको निर्णयलाई मान्दैनौं, सर्वोच्चको आदेशलाई टेर्दैनौं’ भन्दै ट्रिपर, एक्साभेटर, ट्याक्टरलगायतका सवारीसाधनहरूको जुलुस निकालेर सडक अवरुद्ध पार्ने एवं  जनजीवन असहज बनाउने कार्यमा उनीहरू उद्धत देखिएका छन् । उद्योगमा भण्डार रहेको निर्माण सामग्री बजारमा नपठाइ कृत्रिम अभाव सृजना गरिएको छ । सरकारले बितेको साउन १ गतेदेखि ढु·ा, गिटी, बालुवा विदेश निकासीमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी क्रसर उद्योग सञ्चालन तथा उत्खनन र सड्ढलनसम्बन्धी पनि सरकारले वैज्ञानिक मापदण्ड तय गरेको छ ।        निर्धारित मापदण्ड अनुसार चुरे क्षेत्रबाट एक किलोमिटरसम्म रोडा, ढु·ा, बालुवा उत्खनन गर्न पाइँदैन । त्यसैगरी तालतलैया, पोखरी र जलाशयको दुई सय मिटर क्षेत्र आसपासबाट ढु·ा, गिटी, बालुवा उत्खनन तथा सड्ढलन गर्न निषेध गरिएको छ । क्रस उद्योग सञ्चालन गर्दा खोलाकिनारा, रा

जिल्ला प्रशासन कार्यालय पर्सामा अख्तियारको छापा, घुस लिएको अभियोगमा सहायक साह पक्राउ

Image
प्रस, वीरगंज, १२ भदौ/     अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालय, हेटौंटाले अख्तियारको एकाइको रूपमा रहेको जिल्ला प्रशासन कार्यालय, पर्साका सहायक प्रभुलाल साहलाई घूस लिएको आरोपमा पक्राउ गरेको छ । आयोगका सदस्यहरूले जिल्ला प्रशासन कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा छापामारी गरी फाँटका कार्यालय सहायक साहलाई घूस लिएपछि पक्राउ गरेको थियो ।         पक्राउ परेका सहायक साहले रु २ हजार घुस लिएको अख्तियारको टोलीले सञ्चारकर्मीलाई बताए । सेवाग्रही मुर्ली–१५ निवासी सिंह थरका व्यक्तिको नागरिकतामा जन्ममिति २०४६/१०/२ रहेको र शैक्षिक प्रमाणपत्रमा २०४६/१०/२५ उल्लेख गरिएकोले जन्ममिति सच्याई शैक्षिक प्रमाणपत्र अनुसार बनाउन साहले उक्त रकम सेवाग्राहीसँग लिएका थिए ।     सेवाग्राहीले आफै अख्तियारमा सूचना दिएको स्रोतले जनाएको छ । घूस लिएको अभियोगमा पक्राउ परेका साहको अख्तियारले तलाशी लिंदा अख्तियारले चिन्ह लगाएको रु २ हजार र भारु ४ हजारसमेत जम्मा १३ हजार ५ सय स्रोत नखुलेको रकम फेला परेको थियो ।     आयोगले साहलाई थप अनुसन्धानको लागि मध्यमाञ्चल एकाइ हेटौडा लगेको छ । घटना सम्बन्धमा आयोग

हरितालिका तीजमा विभिन्न कार्यक्रम

Image
प्रस, निजगढ, १२ भदौ/     यस वर्ष हरितालिका तीजको अवसरमा निजगढका महिलाहरू छमछमी नाचे । अन्तपार्टी महिला सञ्जाल निजगढको आयोजना र निजगढ नगरपालिकाको सहयोगमा भव्यरूपमा धुमधामका साथ तीज मनाइयो ।     सो अवसरमा लोकदोहोरी गीत प्रतियोगितासमेत गरिएको छ । कार्यक्रममा राष्ट्रिय गायक गायिकाहरूले गाएका लोकदोहोरी गीतलाई साथ दिदैं स्थानीय महिलाहरूले भरपूर मनोरञ्जन लिए । सहभागी समूहले लोक दोहोरीका चर्चित भाकाहरूमा सन्देशमूलक, महिलाहरूलाई पर्ने समस्या, दु:ख, पीर, वेदना मार्मिक शब्दमा व्यक्त गरेका थिए । लोकदोहोरी प्रतियोगिताका भाकामा उपस्थित महिलाहरू स्टेज र कार्यक्रम परिसरमा गीत गाउँदै नाचेका थिए । सो अवसरमा वृद्धवृद्धाहरूलाई सम्मान गरिएको थियो  ।     सो अवसरमा गीत, स·ीतमा सर्मपित निजगढलाई चिनाउन लागिपरेका स्थानीय गायक, गायिकालाई समेत सम्मान गरिएको थियो । सिटीजन बैंकलगायतले सो कार्यक्रममा सहयोग गरेका छन् । कार्यक्रमको अवसरमा बाढी पीडितका लागि राहत रकम सड्ढलन भएको रविराज दंगालले जानकारी दिए ।     स्थानीय राजनीतिक दलहरू, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीविहरूले तीज पर्वको महत्त्वमाथि प

आर्थिक समृद्धि र अदृश्य तत्त्वहरू

Image
- विश्वराज अधिकारी     आर्थिक समृद्धिलाई हामी केवल धन सम्पत्तिसँग मात्र जोडेर हेर्छौं । तर आर्थिक समृद्धिको आधार धन–सम्पत्ति मात्र होइन । धन सम्पत्तिलाई मात्र आर्थिक समृद्धिको आधार मान्ने हो भने हामी परम्परागत मान्यताको पछाडि लागेको ठहर्ने छौं । हाम्रो विश्लेषण सतही हुनेछ । तर यसको अर्थ यो होइन कि धन सम्पत्तिको कुनै अर्थ छैन । धन–सम्पत्तिको आर्थिक समृद्धिसँग गहिरो सम्बन्ध छ तर केही हदसम्म मात्र ।     धन–सम्पत्तिले व्यक्ति र समाजलाई आर्थिक समृद्धि प्रदान गर्दछ, यो सत्य हो, तर यो सतहमा देखिने सत्य वा तत्त्व मात्र हो । सतहमुनि पनि यस्ता धेरै तत्त्वहरू छन्, जसले व्यक्ति र समाजलाई आर्थिकरूपमा समृद्ध पार्न ठोस योगदान पुर्‍याएको हुन्छ । ती तत्त्वहरूको सम्बन्ध धन–सम्पत्तिसँग हुँदैन तर यी तत्त्वहरूले व्यक्ति एवं परिवारलाई धनी वा गरिब बनाउन महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । धन सम्पत्तिको सट्टा यी तत्त्वहरूको सम्बन्ध भावना, विचार, प्रथा, चलन आदि कुरासँग हुन्छ । व्यक्ति एवं परिवारलाई आर्थिकरूपमा समृद्ध वा गरिब पार्ने तर सतह मुनि रहेर कार्य गर्ने त्यस्ता तत्त्वहरूमध्ये एउटा तत्त्व हो जातिप्रथा ।

कमजोर आर्थिक विकासको नियति

Image
- शीतल महतो     अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २०१४ को अप्रिलमा सार्वजनिक गरेको विश्वका आर्थिक परिदृश्यले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियाली क्षेत्रीय सहयोग स·ठन (सार्क) सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा कमजोर अवस्थामा रहेको देखाएको छ । जस अनुसार सन् २०१३ मा नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ६ प्रतिशत मात्र रहेको देखिन्छ । यसले नेपालको आर्थिक वृद्धि र विकास मुलुकले लिएको लक्ष्य अनुसार प्राप्त हुन नसकेको स्पष्ट हुन्छ । विश्वमा आर्थिक मन्दीको प्रभाव न्यून हुँदै गए पनि नेपालमा मुलुकभित्रकै राजनीतिक, सामाजिक, आर्थिक र भौतिक संरचनागत समस्याका कारण आर्थिक वृद्धिदर प्रभावित भएको देखिन्छ । यसका साथै राजनीतिक सङ्क्रमणका कारण लामो समयदेखि मुलुकको विकास बजेटको अर्बौ रुपियाँ समयमा खर्च हुन नसकेर राज्यको ढुकुटीमा त्यतिकै थन्किएको छ । जसका कारण विकासका लागि अति आवश्यक भौतिक पूर्वाधारको निर्माण अपेक्षितरूपमा हुन सकेन ।     नेपालको योजनाबद्ध विकासको शुरुआतसँगै नेपालको चौथो योजनाबाट आर्थिक वृद्धिदरको लक्ष्य तोकिएकोमा बार्‍हौं योजना समाप्त भई अहिले तेर्‍हौं योजनाको पहिलो वर्ष गुज्रिरहेको अवस्था छ । बा

सीमावर्ती क्षेत्रमा घरजगाको महँगी र समस्या

Image
- अधिवक्ता वीरेन्द्रप्रसाद यादव     वीरगंजजस्ता सीमावर्ती शहरमा २०६२–६३ तिर घरजगाको बजार मूल्य एकदमै न्यून थियो । मेनरोडमा पर्ने घडेरी जगाहरू बढीमा आठ दश लाख प्रतिकठ्ठाको मूल्यमा बिक्री हुन्थ्यो । बजार नजिकको खेतहरूको मूल्य बढीमा प्रतिकठ्ठा ३०–३५ हजार रुपियाँ हुन्थ्यो । तर २०६४–२०६५ सालदेखि घरजगाको मूल्यले ह्वातै अकाश छोयो । प्रतिकठ्ठा आठ दश लाख मूल्य पर्ने जग्गा घटीमा प्रतिधुर चार–पाँच लाखको दरले बिक्री हुन थाल्यो । खेतीका जग्गाहरू गाउँतिर पनि घटीमा एकलाख भन्दा कम देखिदैन । घरजगाको परिवर्तित मूल्यमा लगभग दुईचार महिना मात्र खरीदबिक्री कार्यले निरन्तरता पायो । त्यसपछि ठप्प भयो । २०६६–२०६७ सालदेखि ठप्प रहेको घरजग्गा खरीद–बिक्रीले अद्यापि गति पाएको छैन ।     विक्री हुने घरजग्गा पनि छन् र क्रेता पनि छन् तर खरिद–बिक्री कार्य ठप्प छ । यसको पछाडि ठूलो द्विविधा छ । केही समय ह्वातै बढेको मूल्यमा यतिखेर खरीदकर्ता खरिद गर्न तयार छैन, भने कम मूल्यमा जग्गाधनी बिक्री गर्न तयार छैन । एकाधबाहेक अधिकांश बिक्रीमा राखिएको घरजग्गा ज्यूँका त्यूँ छ । बजारमा अत्यधिक भाउको प्रचारबाजी गरिएकोले जग्गाधनीहरू अन

बाढी पहिरोको समस्या र व्यवस्थापन

Image
- ई. गोपाल श्रेष्ठ     वर्षायाम आए पछि हामी तर्सिन्छौं । कारण, वर्षायामले वर्षाको साथसाथै त्रास र दु:खपीडा पनि बोकेर ल्याउँछ । गत साल भारतको केदारनाथ क्षेत्रमा ७० हजारभन्दा बढी तीर्थयात्रु अलपत्र परे, जसलाई भारत सरकारले ३६ वटा जहाज प्रयोग गरी उद्धार गर्नुपरेको थियो । साथै यता हाम्रो महाकाली नदीले पनि दार्चुलाको खल·ामा ५३ वटा घर बगाएको थियो भने सुदूरपश्चिमको ६ जिल्लाहरू क्रमश: दार्चुला, डडेलधुरा, कैलाली कञ्चनपुर, बझाङ र बैतडीमा ७०० परिवार विस्थापित भएको थियो । २०६९ साल वैशाख महिनामा कास्की जिल्लाको सेती नदीमा पनि त्रासद बाढी आएको थियो । यसले खारापानी बजार पूरै बगाएर लग्यो । यस पालि सिन्धुपाल्चोक, माङ्खा गाविसमा जुरेको पहिरोको त्रासदी त झन् कुरा गरेर साध्य छैन । हालसम्म १५६ जना मृत घोषित गरिएका छन् भने ४३६ जना विस्थापित भएका छन् । ७३ घर पुरिएको छ । पहिरोले सुनकोशी नदी थुनिएपछि ७ जलविद्युत् आयोजना अवरुद्ध भएका छन् र ६७ मेगावट विद्युत् उत्पादनमा असर परेको छ । श्रावण अन्तिम साताको बाढीपहिरो बाट विभिन्न जिल्लामा ११९ जनाको मृत्यु भएको छ, १३३ जना बेपत्ता भएका छन् भने मध्यपश्चिममा मात्र २० हज

सन् १९५० को सन्धिको सान्दर्भिकता

Image
- श्रीमन्नारायण मिश्र     भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को गत महिना सम्पन्न नेपाल भ्रमण का बेला सन् १९५० को सन्धिलगायत अन्य सन्धिका विषयमा समेत संशोधन र परिमार्जन गर्ने सहमति भएको छ । नेपालका वामपन्थीहरूले यो माग लामो समयदेखि उठाउँदै आएका छन् । सत्ता बाहिर हुँदा र चुनावको समयमा यस मुद्दालाई चर्कोरूपमा उठाउने गरिन्छ तर तिनै दलका नेता सरकारमा पुग्दा यसको चर्चासमेत हुँदैन । सन् १९५० को सन्धिको सम्पूर्ण पक्षको सूक्ष्म विश्लेषण नगरी खारेजीको माग गर्नु भनेको भारतमा रहँदै आएका वा विभिन्न पेशामा संलग्न हजारौं नेपाली परिवारमा भोकमरीको समस्या उत्पन्न गराउनु हो । अब नेपालभन्दा बढी भारतमा नै यस सन्धिको समीक्षा हुनुपर्ने चर्चा चल्दैछ । क्षणिक राजनीतिक लाभका निम्ति दूरगामी महत्त्वको विषय उठाउनु दुर्भाग्यपूर्ण हो । सन् १९५० को सन्धि भारत होइन, नेपालको हितमा छ । सन्धि खारेजी, पुनरावलोकन वा संशोधनको मागमा गम्भीर छलफल आवश्यक छ ।      सन्धिको धारा १० मा भनिएको छ– कुनै मुलुकले एक वर्षको सूचना दिई खारेज नगरेसम्म यो सन्धिको औचित्य कायम रहिरहनेछ । यसको मतलब हो– नेपाल सरकारले चाहेको भए एक वर्षको सूचना

युगधर्म बदलिरहन्छ

    अहिले तीजको मौसम छ । तीजको विभिन्न पक्षसहित यसका विशेषता र विकृतिबारे तमाम तर्कवितर्क चलि नै रहेका छन् । एकथरी तीजलाई पुरातन किसिमले चलाइराख्नु अभीष्ट र आजको तडकभडक र लामो तीज परम्पराको विरोध गर्दछन् भने अर्काथरी समय परिवर्तनसँग तीज मनाउने क्रममा आएको परिवर्तनलाई ग्राहय ठान्दछन् । यस परिप्रेक्ष्यमा विवेकशील महिला–पुरुषले भने दुवैथरीको अतिवादको विरोध गर्दै संस्कृतिको संरक्षण परिवर्तित युग सुहाउँदो र सबै तहतप्काले धान्ने किसिमले गर्न सक्ने वातावरण बनाउन सुझाव दिन्छन् । हिजोको सामाजिक परिपाटीमा, आज अर्थ–राजनीतिमा आएको परिवर्तनसँगै थुप्रै फेरबदल भइसकेको छ । हिजो महिला अधिकार शून्य थियो भने अहिले महिलाहरू अधिकारसम्पन्न र आर्थिक गतिविधिमा सहभागी बन्दै गएका छन् । कम्तिमा महिला अधिकारको लिखित दस्तावेज तयार भएको छ र अधिकार हननको मामिला सरकारको चासोको विषय बनेको छ । हो, सबै ठाउँमा यो अधिकार कार्यान्वयन हुन सकेको छैन, यत्ति मात्र । आज घरमा सासूले दिएको दु:खको रोदन गर्न माइत पुग्नुपर्ने बाध्यता छैन । अनि किन सासू र नन्दको खैरो खन्नेगरी तीजको गीत घन्काउनु । आजको तीजको गीत र परिवर्तित परिवेशमैं

नाउक्षेको विवाद ९ बुँदे सहमतिमा सुल्झियो

Image
प्रस, वीरगंज, ११ भदौ/     लामो समयदेखि चल्दै आएको नारायणी उपक्षेत्रीय अस्पतालको विवाद आज सुल्झिएको छ ।     जिल्ला प्रहरी कार्यालय, पर्सामा आज कर्मचारी युनियन, अस्पताल विकास समितिबीच ९ बुँदे सहमति भएपछि विवाद साम्य भएको हो । १३ बुँदे माग राखेर अस्पताल विकास समिति कर्मचारी युनियनले दुई सातादेखि जारी राखेको आन्दोलन आज प्रहरी हस्तक्षेपपछि वार्ताद्वारा सहमतिमा टु·िएको हो । कर्मचारी युनियनले आज आन्दोलन गर्दै माग पूरा गर्न दबाब दिंदा अस्पतालका मेसु र अर्को कर्मचारी पक्षसँग विवाद भएको थियो । प्रहरीले विवादित तीनै पक्षलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा वार्ता गराएको थियो ।     वार्तामा ९ बुँदे सहमति भएको मेसु डा. रामशड्ढर ठाकुरले बताए । करारमा रहेका कर्मचारीहरूको म्याद सकिएपछि प्रतिस्पर्धाबाट छनोट गर्ने, स्थायी कर्मचारीहरूलाई तालिम प्रदान गर्ने, दरबन्दी कायम गर्नको लागि मन्त्रालयमा पत्राचार गर्ने, अनुदान कोषमा आम्दानी बढे अनुसार रकम जम्मा गर्ने, आर्थिक ऐन अनुसार सामान खरिद गर्ने, साना दर्जाका कर्मचारीको तलब वृद्धिमा आयव्ययले धान्ने गरी वृद्धि गर्ने, कर्मचारीहरूको तलबबाट कट्टा

पर्सा जिल्लाका मधेसवादी दलहरूमा पुन: मतान्तर, केन्द्रीय नेताविरुद्ध जिल्ला नेताहरू एकमत

Image
प्रस, वीरगंज, ११ भदौ/     पर्सा जिल्लामा कार्यरत मधेसवादी दलका नेताहरू पुन: दुई चिरामा विभाजित भएका छन् ।     समग्र जिल्लाको विकासमा एकताबद्ध रूपले अगाडि बढ्नेगरी भदौ ९ गते जिल्लाका केन्द्रीय तहका नेताहरूले सहमति गरेको विपरीत आज जिल्ला तहका मधेसवादी दलका नेताहरूले एकता देखाउँदै केन्द्रीय नेताहरूको विरोध गरेका छन् ।     फोरम नेपाल पर्साको कार्यालयमा भएको ६ दलीय भेलाले केन्द्रीय स्तरका नेताहरूले जिल्ला कमिटीलाई बाइपास गरेर जिल्लामा आफ्नो वर्चस्व देखाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । केन्द्रीय नेताहरूले केन्द्रीय तहको मुद्दामा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने र जिल्लाको हकमा जिल्ला कमिटीलाई सो कार्य गर्न प्रेरित गर्नुपर्नेमा हस्तक्षेपकारी भूमिका अपनाएको र जिल्ला कमिटीलाई बाइपास गर्न खोजेको भन्दै भेलामा सहभागी ६ दलका नेताहरूले जिल्लाका मुद्दाहरूमा जिल्ला कमिटी अग्रसर हुने निर्णय गरेका छन् ।     फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले केन्द्रीय नेताहरूको हस्तक्षेपकारी भूमिकाको विरोधमा जिल्ला कमिटी एकताबद्ध भएको बताए । उनले जिल्लामा हुने सबै खाले विकास निर्माणका कार्यहरूमा जिल्ला कमिटीले न

किशोरीमाथि आक्रमण गर्ने युवक पक्राउ

Image
प्रस, निजगढ, ११ भदौ/     अनौठो किसिमले किशोरीमाथि ज्यानै लिने जस्ता घटना घटाउने कार्यमा संलग्न एकजना युवकलाई पक्राउ गरेको निजगढ प्रहरीको दाबी छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका–४ का २१ वर्षीय रवि धामी रहेको जनाइएको छ ।     यही साउन ७ गते राति निजगढ नगरपालिका–९ मा ग·ाधर उप्रेतीकी १८ वर्षीया छोरी एशिला उप्रेती र एक महिना अघि निजगढ–७ का कृष्णबहादुर शाहीकी १४ वर्षीया छोरी विशेषता शाहीलाई आक्रमण गरी घाइते बनाएको धामीले प्रहरी समक्ष स्विकारेको छ । शाहीलाई घरमा सुतिरहेको बेला आक्रमण गरी अचेत बनाई घरनजिकै मकैंबारीमा फालेको र उप्रेतीलाई पनि टाउकोमा मुड्कीले हानी हातमा ब्लेडले काटिदिएको पक्राउ परेका धामीले बताएको छ ।     बाटोघाटो, चोकचौतारा, सडकछेउ असहय हुने शब्द बोलेको कारण शाही र उप्रेती निशानामा परेका पक्राउ परेका रवि धामीले बताए । धामीको ५ वर्षदेखि मानसिक सन्तुलन गुमेको र विभिन्न अस्पतालमा औषधोपचार गराएको धामीका अभिभावक गोपालचन्द धामीले बताए । रविको मानसिक सन्तुलन ठीक नभएपछि हेटौडा, काठमाडौं लगनखेल स्थित मानसिक अस्पतालमा समेत उपचार गराई औषधि सेवन गरिरहेको धामीका अभिभावक गोपालचन्दले अस्पताल