- फजिल मियाँ
नेपालको सि·ो तारा वीपी कोइराला समाजवादका प्रवर्तक महामानव हुन् । आज हामी विश्वासको दियो बाली महामानव वीपीको शतवार्षिकी मनाइरहेका छौं । नेपाली इतिहासका प्रखर पुरुष २००७ सालको जनान्दोलनका नायक विपी कोइराला दूरदर्शी र असल व्यक्ति हुनुहुन्थ्यो । उहाँको व्यक्तित्वको व्याख्यान उनकै नाम वीपी अर्थात् बी पोजेटिभबाट स्पष्ट हुन्छ । उहाँले नेपाललाई सुन्दर, शान्त, समृद्ध र समुन्नत देश बनाउने सपना बोक्नुभएको थियो । उहाँको सपना प्रजातान्त्रिक समाजवादी नेपाल थियो । नेपालको चौतर्फी विकासका लागि गाउँले किसानको विकास हुनुपर्दछ । गाउँले किसानले कपडा, खाना, घर तथा आधारभूत आवश्यकता सहज र सुलभ पाउनुपर्दछ । दुई छाक टार्न मुश्किल हुनुहुँदैन । यसो भयो भने देश सबल, सक्षम र विकसित हुन सक्दैन । सबै गाउँलाई आधुनिक सुख–सुविधा पुर्याएर सबल र सक्षम बनाउनुपर्दछ । त्यो किसान जसले धर्तीको छाती चिरी, निधारको पसिना चुहाई नेपाल र नेपालीको भविष्य कोर्ने काम गर्दछ त्यसको चौतर्फी विकास हुनुपर्दछ ।
तर अफसोस, विभिन्न घटना र परिघटनाले गर्दा सामाजिक सुरक्षा, सामाजिक न्याय, सुरक्षा, सुशासन आदिबाट गाउँले जनता पीडित र वञ्चित भयो । परिणामस्वरूप २०४६ सालमा जनान्दोलन भयो । त्यसले ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था फाली त्यसले उब्जाएको असमानता, कुरीति, विकृति, विभेद केही हदसम्म न्यूनीकरण गर्यो । प्रजातन्त्रको पुनर्बहाली भयो तर बिजुली बत्ती, शिक्षा, स्वास्थ्य, सञ्चार, मानव हक, अधिकार, सामाजिक न्यायको प्रत्याभूति दिन सकेन । धनी र गरिबवर्ग बीच खाडल बढ्दै गयो । देशको छहरा, पहरा, कुनाकाप्चा तथा गाउँहरू स्वावलम्बी भएनन् । फलस्वरूप केन्द्रीकृत एकदलीय अधिनायकवाद चाहने वामपन्थी कम्युनिस्टहरू प्रजातान्त्रिक विधि छोडी जनताको नामले दश वर्ष युद्ध चलाए । देशमा विकासको गति अवरुद्ध भयो । देश हत्या, हिंसा, लुटपाट र द्वन्द्वमा होमियो अनि देशलाई नचाहिने, असुहाउँदो मूल्य चुकाउनुपर्यो । अन्त्यमा २०६२ सालको १२ बुँदे सम्झौताबाट प्रजातान्त्रिक प्रतिस्पर्धा स्वीकार गरी बुलेट त्यागी बैलेटको मूलधारमा आए । यो अवस्थामा देशले थोरै थोक गुमाइसकेको थियो । १० वर्षे द्वन्द्वको पीडा र घाउ सहन नसकेको अवस्था थियो भने अर्कोतिर गरिबीको चपेटामा मुलुक फस्नुको साथै विभेदकारी नीति, दमन, अन्याय, अत्याचार र भ्रष्टाचार उग्र थियो । बहुभाषिक, बहुधार्मिक, बहुपहिचानको मुद्दा राज्यको पहुँचबाट टाढा थियो । तसर्थ नेपालमा बहुपहिचान, बहुजातीय, बहुसांस्कृतिक, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडावर्गको प्रतिनिधित्व तथा अस्मिता राज्यको सत्ता र शक्तिमा हुने गरी २०६३ सालको मधेस आन्दोलन भयो । यो आन्दोलनले नेपालको कुनाकाप्चा तथा गाउँमा फुल्ने सयौं जातजाति, वर्ग, लि·, भाषाभाषी, धार्मिक, सांस्कृतिक फूलको पहिचान गर्यो तर ती फूलहरूको सम्मान समतामूलक ढ·ले नभएको आभास अझ पनि जनमानसमा छ्याप्छ्याप्ती देखियो ।
आज सयौं थुँगा फूलका हामी एउटै माला नेपाली भएका छौं । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेको छ त्यसैले बेलैमा २०६३ सालको मधेस आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गरी बहुपहिचान तथा सामथ्र्यमा आधारित सङ्घीयतासहितको संविधान जारी गर्ने नेतृत्ववर्गलाई ईश्वरले सद्बुद्धि दिऊन् । जसबाट फेरि आम नेपाली अर्को जनान्दोलनमा होमिन नपरोस् ।
पहिलो संविधानसभामा भए गरेका कमी कमजोरीको समीक्षा गर्दै दोस्रो संविधानसभाबाट तोकिएको मितिभित्रै सङ्घीयतासहितको समावेशी चरित्र बोकेको सम्पूर्ण नेपालीको अनुहार देखिने तथा सत्ता र शक्तिमा पहुँच हुने संविधान आओस् भन्ने सम्पूर्ण नेपालीको चाहना र कामना छ ।
संविधानसभा–२ बाट नै सभा बाहिर वा भित्र भएका दलहरूले एउटा सहमतिको बिन्दु खोजी व्यक्तिगत तथा पार्टीगत स्वार्थबाट माथि उठी संविधान मिलन समारोहको माध्यमबाट मुलुकलाई संविधान दिऊन् । अनि मात्र महामानव वीपी कोइरालाको आदर्श र जन्म शताब्दी सार्थक हुन्छ ।
राज्यले अन्याय र दमनको प्रतिकार गर्दै देशको पुनर्निर्माण र संविधानको महायज्ञमा होमिनुपर्छ । जननायक विपीको मेलमिलाप नीति तथा संविधान मिलन समारोहद्वारा संविधान दिनुपर्दछ । संविधान न्याय र समावेशीकरणमा आधारित हुनुपर्छ । समावेशीकरण विषम तथा विविध भूगोलको प्रतिनिधित्व मात्र होइन, कानुनको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस् भन्ने पनि हो ।
सबै दलका नेतृत्ववर्गले राजनीतिको नाममा सर्वसाधारण जनतासँग खेलवाड नगरी मानवीय आत्मसम्मान तथा मर्यादाको रक्षा गर्नुपर्दछ । नेतृत्ववर्ग राम्रा नीति तथा कार्यक्रम र संविधानमा तल्लीन हुनुपर्दछ मात्र आफ्ना र पार्टी हितलाई सर्वोपरि ठानी भत्ता र सुख सुविधामा व्यस्त हुनुहुँदैन । सारा नेपाली विश्वासको दियो बाली पर्खी बस्याछौं । विपी तथा संविधान मिलन समारोहको आदर्श तथा पदचिह्नले राष्ट्रिय हित तथा मुलुकका लागि नेतृत्ववर्गमा त्याग र परिवर्तनको पक्ष बलियो हुन्छ । मुलुकले संविधान पाउँछ र नेपालीले रोजेको नयाँ र समतामूलक समृद्ध नेपालको परिकल्पना पूरा हुन्छ ।
– वीपी चिन्तन प्रतिष्ठान, पर्सा