गताङ्कको बाँकी
- शीतल गिरी
जातीय सौहार्द, भाषिक सौहार्द र सांस्कृतिक सौहार्द यहाँको विशेषता हो । नेपालमा बस्ने प्रत्येक जाति नेपाली हो र उसको संस्कृति, भाषा, परम्परा र पहिचान नेपालको हो । समस्त नेपालीका पुर्खाहरूले सिर्जना गरेका संरचना र जीवनका उपलब्धि तथा उच्चताको लागि अनुसरण गरेका सांस्कृतिक धरोहरको महत्ताको ज्ञान नयाँ पुस्तालाई हुनु जति आवश्यक छ, त्यति नै त्यस्ता तत्त्वको संरक्षण संवद्र्धनप्रति संवेदनशील हुनु आवश्यक छ । त्यसो नभएमा जातीय तथा राष्ट्रिय गौरवका आधारभूत तत्त्व हराउने र पहिचान लोप हुने डर रहन्छ । यस क्रममा परम्परागत जातीय विरासत तथा सांस्कृतिक सम्पदाको र्हास हुन सक्ने सम्भावना व्यापकरूपमा देखिएको छ । नयाँनयाँ विधि र प्रविधिको विकास हुनु र जीवन पद्धति सरल एवं आकर्षक बन्नु त राम्रो कुरा हो तर त्यही प्रविधिगत प्रयोगबाट जीवनका बहुमूल्य मान्यताको लोप हुन थाल्यो भने समाज र सांस्कृतिक विशाल वटवृक्षको जरामा आवश्यक मलजल पुग्न नसक्ने खतरा बढ्दछ । समयको गतिमा हिंड्न नसक्ने जीवनको उच्चतामा बाधक बन्ने चालचलन तथा संस्कृतिका नाममा चल्दै आएका आडम्बर रूढि, अन्धविश्वास र पछौटेपनका आधारहरू त समाप्त हुनै पर्दछ तर व्यावहारिक स्वच्छता, चारित्रिक उच्चता, सामाजिक सद्भाव र जातीय गौरवका विशिष्ट पहिचान भने हराउनु हुँदैन । जगेर्ना गर्नुपर्ने, पुस्तान्तरण गर्नुपर्ने, संरक्षण तथा संवद्र्धन गर्नुपर्ने सांस्कृतिक वैभव भनेका पनि यिनै कुरा हुन् । जुन जाति, समाज र राष्ट्रले यसको पहिचान गरी संरक्षण गर्न सक्तैन त्यो दु:खी हुनै पर्नेछ । आफ्नोपनलाई नबुझेर दु:ख पाउनु भनेको पूर्णरूपले विखण्डित हुनु हो । आफ्नोपनको व्यथा बुझेकाहरू मरिमेटेर सड्ढलन र संरक्षण गर्न लाग्छन् । निस्स्वार्थ रूपले लाग्दा पाइने दु:खमा पनि आफ्नै किसिमको आनन्द हुन्छ, जुन आनन्द प्रेमीको प्रतीक्षा गर्दा प्राप्त हुन्छ ।
पुर्खाहरूले काम लाग्ने ठानेर जोगाएका सामाजिक, सांस्कृतिक मूल्य र मान्यताका कुरा पनि जोगाउनुपर्दछ । परम्परादेखि चल्दै आएका सबै चालचलन, व्यवहार, क्रियाकलाप, चाडबाड, विधि प्रविधि अन्धविश्वास मात्र हुँदैन । तिनको गहिरो अध्ययन भयो भने अनेकौं लोककल्याणकारी तत्त्व तिनमा पाइन सक्तछ । ओखतीमुलो इन्जिनियरिङका विविध पक्ष, कृषि प्रविधि, वन संरक्षणका उपाय, जलाधारका स्रोतहरूको दीर्घकालिक उपयोग, सांस्कृतिक सम्पदाको ज्ञान, सामाजिक मूल्यको चिनारीसमेत थुप्रै पक्षमा आज गम्भीर वैचारिक मन्थन गर्नुपर्ने बेला आएको छ । बज्रयानी सिद्ध सरहपा, गयाधर, दीपड्ढर श्री आदिको भाषा जनभाषा थियो । ब·ला, असमिया, उडिया, मगही, मैथिली र भोजपुरीको झैं बज्जिका पनि मागधी अपभ्रंशबाट बनेको हो । बज्रयानी सिद्धहरूका समय आठौंदेखि बार्हौं–तेह्रौं शताब्दी मानिएको छ । क्रमश: विकसित हुँदै गएर जनभाषा हिन्दी भाषाको सहगामी बन्न पुग्यो । बज्जिका भाषामा रामसुन्दर श्रेष्ठ, सञ्जय साह ‘मित्र’, सञ्जय सुदामा, हरिकृष्ण काफ्ले, मेश सर्मनलगायत साहित्यकारले रचना गर्ने गरेका छन् । बलचनमा (नागार्जुन), मैला आँचल (रेणु) आदिमा मिथिलाको जनजीवन पाइएझैं ‘माटी की मूरतें (बेनीपुरी), अम्बपाली (राजेश्वरप्रसाद नारायण सिंह) आदिमा बज्जिकाको जनपदीय सौन्दर्य अभिव्यञ्जित छ । गोरखापत्रको नयाँ नेपालमा प्रकाशित रचनाहरूलाई केलाउँदा यो स्पष्ट हुन्छ कि बज्जिका भाषाको स्वरूप अनेकौं क्षेत्रीय शैलीमा वनफूलझैं विकसित हुँदैछ । सञ्जय साह ‘मित्र’ गोरखापत्रको नयाँ नेपालको बज्जिका पातोको माध्यमबाट यसको मानकीकरण गर्ने सत्प्रयास गर्दैछन्, अझ मेहनतको आवश्यकता छ ।
आधुनिक बज्जिका साहित्यको लेखन, नेपालमा भर्खरै प्रारम्भ हुन थालेको छ । केही थान पुस्तक मात्र प्रकाशित हुन सकेको छ । केही राम्रा प्रतिभाहरू मेरो नजरमा छन् । जसले भाषाको महत्त्व बुझेको हुँदैन, त्यस्तो व्यक्ति लेखपढमा रमाउँदैन । त्यस्ता व्यक्तिलाई भाषा बाँचोस् कि मरोस् केही वास्ता हुँदैन । त्यस्तैलाई हामी जड भन्ने गर्दछौं । आफ्नो भाषा छ, संस्कृति छ । आफ्नो भनेको आफ्नै हो किन यसप्रति चिन्तित हुने ? यस्तो सोचाइ राख्नेहरू पनि छन् । थाहा छैन, उनीहरू कसको ताबेदारी गर्दैछन् । जसलाई थाहा छ, उसले आफ्नो भाषालाई माया गर्छ, संस्कार पालन गर्छ । ऊ समयको ढुकढुकीसँगै संस्कृति टिकाउँछ । लोकको बीचबाट सम्मुनत संस्कृति बाहिर ल्याउँछ । यस्तै व्यक्तिलाई लोकनायक भनिन्छ । आज समयले बज्जिको पहिचान गराउने, संस्कार टिकाउने, भाषा उच्च बनाउन चाहेको छ । यो कार्य भनेजति सजिलो पनि छैन । संस्कार–संस्कृतिहरू आपसमा मिसिएका छन्, जेलिएका छन् । जीवन जसरी गतिशील हुँदै जाँदैछ, त्यसैगरी बज्जि संस्कृति–संस्कार पनि स्वत: पहिचान बनाउँदै छ । जीवन आरम्भ हो, सम्बन्ध हो, जसले भिन्नलाई मिलाएर अभिन्न भएको छ । नर र नारीको मायाले गुमाएको होइन, नयाँ प्राप्ति गरेको छ । समय भनेको सिर्जना गर्नको लागि हो । सिर्जना गर्न चुक्यो कि समय सकिन्छ । यसैलाई हामी आयु भन्दछौं ।
जीवनमा अवलम्बन गर्नुपर्ने परम्परागत आचारविचारका कुरा वैज्ञानिक आधार र प्रामाणिकरूपमा सिद्ध गरेर समय सापेक्ष ध्यान पुर्याउनु अतिकै जरुरी छ । जान्नेलाई चन्दन न जान्नेलाई खुर्पाको बिँड भनेजस्तै चन्दन र खुर्पाको बिँडबीच अन्तर खुटयाउनु पनि आज आवश्यक भएको छ । यिनै कुराप्रति विचार गर्दा इतिहासमा गौरवपूर्ण स्थान रहेको तर हराएको बज्जिलाई वर्तमानमा खोज्ने प्रयास मात्र हो यो । यो त्यो प्रयासको दस्तावेज हो । यस पवित्र कार्यमा संलग्न सबैजनालाई धन्यवाद भन्न चाहन्छु । विशेषगरी बज्जिका भाषी र गैरबज्जिका भाषी बौद्धिक जमात, जागरुक युवा, यसको महत्त्व बुझ्ने जनसमुदाय तथा अनुभवी लेखकहरूप्रति आभार व्यक्त गर्नु जरुरी छ । यो लेखन थालनी मात्र हो । बज्जिको जीवनसित सम्बद्ध संस्कृति, भाषा, कला, विश्वास, चालचलन, साहित्य, रहनसहन, खानपान, साजसज्जा, चित्रकला, बाजागाजा, चाडबाडजस्ता विविध कुराको खोजी गरी अगाडि ल्याउने काम बाँकी नै छ । बज्जिका साहित्यको ऐतिहासिकता रेखाड्ढित गर्ने काम सबभन्दा पहिले डा.अजितनारायण सिंह तोमर (बज्जिका भाषा और साहित्य, १९६४) ले गरे । डा. सियाराम तिवारीले भक्तकवि हलधर दासको काव्यकृति ‘सुदामा चरित्र’ को सम्पादितरूप प्रकाशित (१९६६ ई.मा) गरेर यस प्राचीन साहित्यको उद्धार प्रारम्भ गरे । बज्जिकाको भक्ति साहित्यको सर्वेक्षणको क्रममा सन्त बुनियनद दास एवं उनका निर्गुण भक्तिमूलक काव्य ‘राम जग उत्पत्ति’, योगेश्वरानन्द, कर्ताराम, धवलराम, शिवनारायण, जीवनराम रघुनाथ, अक्षय कुमार, नन्दुराम, मुरलीधर तिवारी, जीवनराम, टेकमनराम, रामरूप दास, भैरव राय, महेश राउत, रामलखन पण्डित आदिको भाषा–साहित्यको जानकारी पाइएको छ । नेपालमा बज्जिका–साहित्यको इतिहास लेखनको कार्य प्रारम्भ मात्र भएको छ । प्रारम्भ भएको जानकारी गराउने काम मात्र यसले गरेको छ ।
गौर—८/रौतहट, हाल काठमाडौं—३४