- शीतल गिरी
संसारभरका बौद्धहरूका लागि लुम्बिनी त्यति नै महत्त्व र श्रद्धाको स्थल हो, जति इसाई धर्मावलम्बीलाई बेथेलहम, जेरुसलेम र भेटिकनसिटी, इस्लामलाई मक्का मदिना तथा हिन्दूहरूका लागि केदारनाथ, बद्रीनाथ, पशुपतिनाथ, मुक्तिनाथ आदि । विक्रमपूर्व ४६६ मा लुम्बिनी वनको शाल वृक्षमुनि कपिलवस्तु गणराज्यका राजा शुद्धोधनका प्रथम पुत्रको रूपमा रानी कामादेवीले एक शिशुलाई जन्म दिएकी थिइन् र उनै शिशु पैतीस वर्षको उमेरमा बुद्धत्व प्राप्त गरी गौतम बुद्धको रूपमा प्रख्यात भए ।
बुद्ध जन्मिएको, ज्ञानप्राप्त गरेको, प्रथम ज्ञान प्रसारण गरेको र महापरिनिर्वाण प्राप्त गरेको यी चार स्थानलाई बौद्ध चार संवेजनीय स्थल मानिन्छन् । आफ्ना धर्मगुरु उपगुप्तसँग मौर्य सम्राट अशोक विक्रमपूर्व १९२ मा लुम्बिनी आउँदा यहाँ मानव बस्ती बसिसकेको देखिन्छ ।
आफ्ना धर्मगुरुले जहाँ बुद्ध जन्मेको ठाउँ भनेर देखाएका थिए, त्यहाँ राखिएको बुद्ध जन्मस्थल सङ्केतक शिलाप्रति मान्छेहरूमा श्रद्धा बसिसकेको थियो । सम्राट अशोकले जन्मशिलालाई सुरक्षित गरी ठडयाएको विशाल स्तम्भमा संक्षिप्त तर स्पष्टसँग “यही लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भएको हो” भन्ने कुरा अड्ढित छ । बाह्रौं शताब्दीसम्म समयसमयमा चिनियाँ यात्री फाहियान, हुयनसाङ, कणौली प्रदेशका राजा रिपु मल्ल, सङ्ग्राम मल्ललगायतले यस क्षेत्रको भ्रमण गरेको अभिलेख पाइन्छ । पूर्वको सभ्यता, संस्कृति र पुरातत्व निकै धनी छ भन्ने कुरा तत्काल भारतलाई उपनिवेश बनाइ राज्य सञ्चालन गरेका पाश्चात्य विद्वानहरूले पनि थाहा पाएर यहाँको सभ्यता, संस्कृति र पुरातत्वका बारेमा जान्न, बुझ्न र खोजीनीतितिर तिनीहरू सम्मिलित ‘एसियाटिक सोसाइटी’ ले प्राचीन स्थलहरू विशेषत: बोद्ध सभ्यतासँग सम्बन्धित स्थलहरूको खोजी गर्ने क्रममा नेपालतिर पनि आँखा नलगाएका होइनन् । तर नेपाल भूमिमा पुरातात्विक सर्वेक्षण गर्न नपाएपछि लुम्बिनी, कपिलवस्तु र रामग्रामजस्ता ठाउँहरू भारतको गोरखपुर र बस्तीतिर हुनुपर्ने अनुमान गर्दै त्यतैतिर अलमलिरहेका थिए । यता राणा शासकहरू पाश्चात्य विद्वानहरूको अनुरोधका साथसाथै भारतमा तिनीहरूको उत्साह तथा रुचि देखेर प्रभावित हुन पुगे होलान् तर यसैका लागि भनेर कुनै कार्यक्रम भने बनाइएको पाइँदैन ।
तत्कालीन रुम्मिनदेई वा वर्तमानको लुम्बिनीमा भारतमा रेलको लिक बिछाउन काठको निकासी गर्न रूख कटान गर्दै जाँदा कामदारहरूले जङ्गलको बीचमा शिलास्तम्भ देखे । समयसमयमा डा. फुहरर, सिल्भान लेभी, डा. होय, पी.सी. मुखर्जी, पर्सीभल ल्यान्डन, डा.राधाकुमुद मुखर्जी, देवाला मित्रा, बाबुकृष्ण रिजाल, तारानन्द मिश्रलगायत थुप्रै विद्वानहरूबाट लुम्बिनीको अध्ययन भयो । पुरातत्वविद् पी.सी. मुखर्जीले लुम्बिनीमा पहिलोपटक उत्खनन्को काम गरेका थिए । उनले अशोक स्तम्भभन्दा पूर्वको ढिस्को खनेकोलाई उत्खनन् नभनी अन्वेषण भनिएको छ । जनरल केशरशमशेर जबराले सन् १९३३–३९ मा गरेको उत्खनन् तथा निर्माणको काम गराइ वैज्ञानिक ढ·ले गरिने पुरातात्विक उत्खनन् जस्तो थियो वा थिएन भन्ने प्रश्नको जवाफ आजभोलि पाउन सकिन्न ।
जनरल केशरशमशेरले पुरातात्विक माउन्डलाई राम्रोसँग छोपेका थिए । माउन्डलाई प्राकृतिक आकारमा छोप्दै जाँदा त्यहाँ नजानिंदोरूपमा एउटा अर्को नयाँ संरचना तयार हुन पुग्यो । उक्त संरचना साधारण रोमन शैलीको थियो । तत्कालीन राणा शासकहरूले काठमाडौं मात्र नभई काठमाडौंबाहिर पनि उक्त वास्तुशैलीमा धेरै निर्माण गराएका छन् । पुरातत्व विभाग, लुम्बिनी विकास कोष र जापान बुद्धिस्ट फाउन्डेसनको संयुक्त संयोजनमा ई.सं. १९२२–१९९६ सम्म उत्खनन् कार्य गर्दै जाँदा पुरातात्विक महत्त्वका धेरै वस्तुहरू प्राप्त भयो ।
सबैभन्दा महत्त्वपूर्ण र अहम् वस्तुको रूपमा लिइएको बुद्ध जन्मेको ठाउँ भनी चिनाउन राखिएको शिला फेला पर्यो । यही शिलाका बारेमा अशोक स्तम्भमा रहेको अभिलेखको तेस्रो पङ्क्तिको ‘शिलाभीगडभीचा कालापित’ वाक्यांशले सङ्केत गरिरहेको थियो ।
लुम्बिनी क्षेत्र बुद्धको बेलामा नै मानवीय गतिविधिहरू भएको स्थल र पछि बौद्धहरूको तीर्थस्थलको रूपमा विकास भएको बुझिन्छ । लुम्बिनीको पुरातत्वका सम्बन्धमा धेरैले काम गरिसकेका छन् । लुम्बिनीको पुरातत्व सम्बन्धमा सर्वप्रथम लेखन कार्य डा. ए. फुहररले गरेका थिए । त्यस उप्रान्त लुम्बिनीको पुरातात्विक अध्ययनका क्षेत्रमा थुप्रै काम भएका पाइन्छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनी कालान्तरमा सामाजिक विस्मृतिको गर्भमा पुगेको थियो । पछि उन्नाइसौं शताब्दीतिर लुम्बिनीको खोजीमा अलेक्जेन्डर कनिङ्घमलगायतका विद्वानहरू भारतको गोरखपुर र बस्ती जिल्ला वरिपरि अड्किरहेका बेला सन् १८९६ को नोभेम्बरको अन्तिम सातातिर पाल्पाका बडा हाकिम खड्गशमशेर रूम्मिनदेई मन्दिर क्षेत्रमा रूख कटानको बेलामा देखिएको एउटा शिलास्तम्भ उखेल्न लगाउँदै थिए ।
लुम्बिनी र निग्लिहवास्थित अशोक स्तम्भ पत्ता लागेको प्रचार डा. ए. फुहररले नै गरेका थिए । लुम्बिनी पत्ता लागेको दुई वर्ष नबित्दै डा. ए. फुहरर सर्भे अफ इन्डियाको सेवाबाट बर्खास्त गरिएको हुँदा लुम्बिनी पत्ता लागेको प्रचार गर्नेबाहेक यस सम्बन्धमा अरू काम गरेको पाइँदैन । बौद्ध वाङ्मयहरूमा वर्णित बुद्ध जीवनी र चिनियाँ यात्रीद्वय फाहियान र व्हेनसाङले पनि बुद्ध जन्मस्थल लुम्बिनीबारे लेखेका छन् । लुम्बिनी र कपिलवस्तुको जानकारी दिने क्रममा विभिन्न लेखकहरूले पुस्तक तथा लेखहरू प्रकाशित गरेका पाइन्छन् । विजय श्रीवास्तवको ‘कपिलवस्तु–लुम्बिनी–दिग्दर्शन’ पुस्तिका लुम्बिनी र कपिलवस्तुको भ्रमण गर्न चाहने तीर्थयात्रीहरूका लागि ध्यानमा राखेर लेखिएको ‘गाइड बूक’ प्रकाशित छ । हिन्दी भाषाका पाठकहरूलाई ध्यानमा राखेर तयार पारिएको यो पुस्तिका सानो भएर पनि गहन र ठोसपूर्ण भएको देखिन्छ । स्पष्ट शब्दमा ‘लुमिनिगामे’ र ‘हिंदबुधेजात सक्यमुनीति’ जस्ता शब्दहरू रहेको अभिलेखसहित अशोक स्तम्भ पत्ता लागेपछि त्यसकै आधारमा प्राचीन कपिलबस्तुको पनि खोजी गर्न सन् १८९९ मा आर्कियोलोजिकल सर्भे अफ इन्डियाको तर्फबाट पुरातत्वविद् पी.सी. मुखर्जी यस क्षेत्रमा आए । उनले यसै बेला कपिलवस्तु र लुम्बिनीमा काम गरेका थिए । आफूले काम गरी बुझाएको प्रतिवेदन ब् च्भउयचत यल ब त्यगच या
भ्हउयिचबतष्यल या तजभ ब्लतष्त्रगष्तष्भक ष्ल तजभ त्बचबष्, ल्भउब िपुस्तकको रूपमा सन् १९०१ मा प्रकाशित गराए ।
मुखर्जी लुम्बिनीमा आइपुग्दा अशोक स्तम्भभन्दा पूर्वतिर एउटा ढिस्को थियो र ढिस्कोमाथि स्थानीय जनता वनदेवीको रूपमा एउटा शिरविहीन मूर्ति पुज्थे । उनले ढिस्कोबाहिर भेटाएका एउटा स्त्रीमूर्तिको शीर्ष भाग ढिस्कोमाथि रहेको मन्दिरको शिरविहीन मूर्तिमा राखेर हेर्दा ठयाक्य मिलेपछि सो मायादेवीकै मूर्ति हो भन्ने यकिन भयो । मुखर्जीले पुस्तकमा मायादेवीको मूर्ति, साना स्तूपहरू र अशोक स्तम्भको बारेमा वर्णन गरिए तापनि स्तूपहरूको कालनिर्धारण भने गरिएको छैन । सो पुस्तकको भूमिकामा पुरातत्वविद् भी.ए. स्थिमले तत्कालीन बौद्ध विषयमा भएको अनुसन्धानको सिलसिला उल्लेख गरी मुखर्जी र भविष्यका पुरातत्वविद्हरूलाई स्पष्ट नीतिनिर्देशन दिइएको छ । भारतका पुरातत्वविद् देवाला मित्राले सन् १९७१ मा प्रकाशित पुस्तक द्यगममजष्कत :यलगmभलतक मा लुम्बिनीको बारेमा संक्षिप्त तर महत्त्वपूर्ण जानकारी दिएका छन् । नेपालको बौद्ध स्मारकहरूको मात्र छुट्टै पुस्तक भ्हअबखबतष्यल ब्त त्ष्बिगचबपयत बलम प्यमबल बलम भ्हउष्यचबतष्यलक ष्ल तजभ ल्भउबभिकभ त्बचबष् पनि प्रकाशित भएको छ । देवाला मित्राले कपिलवस्तु, कुदान, सगरहवालगायतका ठाउँहरूको अध्ययन गर्ने क्रममा लुम्बिनीको अध्ययनलाई यस पुस्तकमा समावेश गरेकी छिन् । पुस्तक यतिमा मात्र सीमित नभई आफू त्यस क्षेत्रमा आउनुभन्दा अघि नै विभिन्न समयमा पाइएको तर अध्ययन भइनसकेको मूर्तिलगायतका पुरातात्विक सामग्रीहरूको पनि तस्बिरसहित विवरणहरू दिएकी छिन् ।
लुम्बिनी वर्ष १९७९ को सन्दर्भमा प्रकाशित भिक्षु सुदर्शन महास्थवीरको पुस्तक ‘लुम्बिनी : छगू ऐतिहासिक विवेचना’ नेपाल भाषामा प्रकाशित भएको छ । पुस्तकमा लुम्बिनी पत्ता लागेपछि विभिन्न विद्वानहरू तथा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उथान्तको भ्रमण, लुम्बिनीको विकासका लागि मास्टरप्लानको तयारीलगायत विकास निर्माणका साना घटनाहरूसमेत उल्लेख गरिएको छ । उनकै अर्को महत्त्वपूर्ण पुस्तक ‘लुम्बिनीया किचलय’ मूलत: अठ्ठाइसवटा स्वतन्त्र लेखरचनाहरूको सङ्ग्रह हो । पुस्तक लुम्बिनी उत्खनन्मा कहिले के के भेटाएको, अशोक स्तम्भ, फाहियान र व्हेनसाङको यात्रा वृतान्तमा लुम्बिनी आदि विषयवस्तुहरूमा लेखहरू केन्द्रित छन् । मूलत: नेपाल भाषामा स्वतन्त्र रचनाको रूपमा लेखी विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित रचनाहरूको सड्ढलन र अनुवाद भिक्षु सुदर्शन महास्थवीरको ‘लुम्बिनीको काखमा’ भएको बुझिन्छ । लुम्बिनीको उत्खनन् र विकासका सम्बन्धमा लेखिएका केही रचनासमेत गरी पुस्तकमा १८ वटा लेख समावेश गरिएका छन् । भिक्षु सुदर्शनद्वारा लुम्बिनीसम्बन्धी लिखित थुप्रै लेखरचनामा ध्ष्तअज कजयगमि दभ ऋयलकभचखभम, तजभ भ्हअबखबतभम द्यष्चतज :यगलmभलत या क्ष्ममजबचतजब या तजभ :बथबमभखष् क्जचष्लभ रु बढी गहन र सारपूर्ण देखिन्छ । मायादेवी मन्दिरको उत्खनन्पछि र पुनर्निर्माण गर्नुअघि मन्दिर कुन ढाँचामा बनाउने भन्ने सन्दर्भमा भइरहेको लामो विवादको बीच उनको यो लेख प्रकाशित भएको थियो । बौद्ध वाङ्मय वा अन्यत्र कतै मायादेवी मन्दिरको निर्माण भएको उल्लेख कतै पाइँदैन । मायादेवीले बुद्धलाई जन्म दिइरहेको मूर्ति भेटाएपछि सो ठाउँलाई मायादेवी मन्दिर भन्न थालिएको र यो नाउँ एक सय वर्षमात्र पुरानो भएको वास्तवमा सही पनि हो । पुरातात्विक विकासको सन्दर्भमा मायादेवी मन्दिर पनि उल्लेख हुनुपर्ने भएकोले भिक्षु सुदर्शनको लेख अध्ययनका लागि महत्त्व राख्दछ । पूर्वप्रकाशित लेख, पुस्तक तथा रिपोर्टहरूको अध्ययनपछि भुवनलाल प्रधानले आफ्नो विद्वतापूर्ण तर्कहरू दिंदै कतिपय कुराहरूको अर्थ लगाउने प्रयास ीगmदष्लष्, प्बउष्धिबकतग(म्भधबमबजब मा गरेका छन् । यसमा लुम्बिनी, कपिलवस्तु र देवदहको इतिहास, यसको अवस्थिति, खोजी, प्राप्त पुरातात्विक अवशेषहरू आदिका वर्णन गरिएको छ । लुम्बिनी, कपिलवस्तु र देवदहको पुरातात्विक विकासका गतिविधिहरू एउटै कालमा भएको हुनाले तिनीहरूको कुरा पनि लुम्बिनीको अध्ययनमा सहायक हुने भएकोले पुस्तक महत्त्वपूर्ण छ ।
बाबुकृष्ण रिजालद्वारा लिखित ब्चअजबभयनिष्अब िच्झबष्लक या प्बउष्बिखबकतग, ीगmदष्लष् बलम म्भखबमबजबजब पुस्तक लुम्बिनी, कपिलवस्तु र देवदहको पुरातत्वसम्बन्धी जानकारीका लागि एक महत्त्वपूर्ण सामग्री हो । उत्खनन्का क्रममा भेटाइएका सामग्रीहरूको कालनिर्धारण गर्ने प्रयास पनि यसमा भएको छ । पुस्तकमा लुम्बिनी र देवदहभन्दा कपिलवस्तुको पुरातात्विक गतिविधिहरूमा नै बढी शब्द खर्चिएको छ । पुरातत्वविद् रिजालका पुस्तक ज्ञण्ण् थभबचक या ब्चअजबभययिनष्अब िच्भकभबचअज ष्ल ीगmदष्लष्, प्बउष्धिबकतग ७ म्भखबमबजब हो । गौतम बुद्धको जन्मस्थल लुम्बिनी पत्ता लागेपछि विभिन्न समयमा विभिन्न विद्वानहरूबाट विभिन्न उद्देश्यले काम गरिएको थियो ।
पुरातत्वविद् बाबुकृष्ण रिजालले आफ्नो कामको अलावा पूर्ववर्ती विद्वानहरूले गरेका कामहरूलाई पनि समेटेर एक सय वर्षभित्रमा पुरातत्वसम्बन्धी के कस्ता गतिविधिहरू त्यहाँ भएका रहेछन् भन्ने इतिहास यस पुस्तकमा दिएका छन् । प्रथम खण्ड, गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी हो भने दोस्रो खण्ड, उनले आफ्नो राजा शुद्धोधनको राजधानी कपिलवस्तु राजप्रसाद क्षेत्रको पुरातात्विक उत्खनन् तथा अध्ययनसम्बन्धी । पुस्तकमा लुम्बिनीमा बुद्धको जन्मपूर्वको केही चर्चादेखि बुद्धको जन्म, बुद्धसँग सम्बन्धित स्थलहरूको भ्रमण गर्ने क्रममा मौर्य सम्राट आफ्ना धर्मगुरु उपगुप्तसँग लुम्बिनी पुगेको र अशोक स्तम्भ ठडयाउनाका साथै उनले गरेका अन्य गतिविधिहरू, चिनियाँ यात्रीद्वय फाहियान र व्हेनसाङ तथा कर्णाली प्रदेशका रिपु मल्ल आदिको भ्रमण तथा तत्पश्चात् लुम्बिनी विस्मृतिको गर्भमा विलीन हुन पुगेको कुरा वर्णन छ । अशोक स्तम्भलगायत त्यहाँस्थित केही पुरातात्विक सामग्रीहरूको वर्णनका साथै आफ्नै र विभिन्न स्रोतबाट सड्ढलित तस्बिर तथा नक्साहरू पनि समावेश गरिएका छन् । त्यहाँको पुरातात्विक गतिविधिहरूको रेकर्डलाई अद्यावधि गर्ने उद्देश्यमात्र भएको मान्नुपर्दछ ।
पुरातत्वविद् रिजालका लुम्बिनीसम्बन्धी थुप्रै लेखरचनाहरू पनि प्रकाशित छन् । तिनीहरूमध्ये मायादेवी मन्दिरको उत्खनन्मा भेटिएको सिद्धार्थ गौतम र यशोधरासँगको मृण्मय मूर्ति तथा पन्ध्रवटा च्याम्बरका साथै बुद्धजन्म सङ्केत शिलाका बारेमा लेखिएको ब् न्चभबत म्ष्कअयखभचथ बत :बथबमभखष् त्झउभि ष्ल ीगmदष्लष् लेख पुरातात्विक अध्ययनमा निकै महत्त्व राख्दछ । लुम्बिनीको ऐतिहासिक विवेचनाका साथै हाल उपलब्ध पुरातात्विक स्थल एवं सामग्रीहरूका बारेमा बसन्त बिडारीको पुस्तक ीगmदष्लष् स् ब् ज्बखभल या
कबअचभम च्भागनभष् मा उल्लेख गरिएको छ । साथै लुम्बिनीको उत्खनन्का विवरणहरू पनि त्यसमा दिइएकोले यससम्बन्धी जानकारी राख्न चाहनेलाई फाइदाजनक भएको छ । लेखकको स्वीकारोक्ति अनुसार पुस्तक अरू दृष्टिले भन्दा लुम्बिनी घुम्न आउने सर्वसाधारणको जिज्ञासा शान्त गर्न लेखिएको पाइन्छ । लुम्बिनीको कला र वास्तुकलाको विषयमा गीतु गिरीले विद्यावारिधि नै गरेका छन् । उनको पुस्तक ब्चच बलम ब्चअजष्तभअतगचभ च्झबष्लक ष्ल तजभ धभकतभचल तभचबष् च्भवष्यल या ल्भउब िगौतम बुद्धको जन्मस्थल लुम्बिनीको पुरातात्विक सामग्रीहरूमा मात्र सीमित नभई कपिलवस्तु, रामग्राम, देवदह, कुदान आदि गरी उक्त सम्पूर्ण क्षेत्रलाई समेट्ने प्रयास गरेको छ । यो पुस्तक पनि लुम्बिनीसम्बन्धी सम्पूर्णता होइन । ीगmदष्लष्स् ब्ल ब्चऋजबभययिनष्अब िबलम ज्ष्कतयचष्अब िएचभकभलतबतष्यल शीर्षकको लेखमा प्रा.डा.मुकुन्दराज अर्यालले मौर्य सम्राट अशोकपछि लुम्बिनीको भ्रमण गर्ने विभिन्न तीर्थयात्रीहरूको विवरणका साथै यो ठाउँ विस्मृतिको गर्भमा पुरिंदा पुरातात्विक खोजीको परिणामस्वरूप पत्ता लागेको कुरालाई पनि संक्षिप्तरूपमा उल्लेख गरेका छन् । लुम्बिनीमा विद्यमान पुरातात्विक संरचनाको कालक्रम निर्धारण सहज कुरा होइन । सम्बन्धित विशेषज्ञहरूद्वारा लेखिएका लुम्बिनीको पुरातत्वसम्बन्धी लेखरचनामा पनि कालक्रम निर्धारणलाई आवश्यकता अनुसार शब्द खर्चने गरेका छैनन् । यसलाई पुरातत्वको अध्ययनमा धोखा भन्न सकिन्छ । लुम्बिनी पत्ता लागेपछि त्यस ठाउँले विश्वको ध्यानाकर्षण गर्यो । नेपालको इतिहास लेखाउन झिकाइएका विद्वान पर्सिभल ल्यान्डन अध्ययन अनुसन्धानको क्रममा लुम्बिनी पनि पुगेका थिए ।
इन्टरनेसनल बुद्धिस्ट सोसाइटीको जर्नल लुम्बिनीमा साभार प्रकाशित पर्सिभल ल्यान्डनको पुस्तक ल्भ्एब्ी (दोस्रो भाग)मा रहेको लेखमा आफ्नो भ्रमणको क्रममा देखेको र आफूलाई लागेका कुराहरू समावेश गरिएका छन् । लुम्बिनीसम्बन्धी विद्वान लेखकहरूबाट थुप्रै अध्ययन अनुसन्धान तथा लेखन कार्य सम्पन्न भइसकेका छन् । धार्मिक प्रवृत्तिका मान्छेहरू यसलाई धार्मिक क्षेत्रको रूपमा लिन्छन् त पर्यटन विकास गर्न चाहने वा पर्यटन व्यवसायीहरू यसलाई पर्यटकीय दृष्टिले मात्र हेर्छन् । अध्ययन अनुसन्धान भनेको अनवरत्रूपमा चलिरहने एउटा प्रक्रिया हो । प्रत्येकपटकको अध्ययनले थप अध्ययनको लागि बाटो खोलिदिने गरेको र सोही अनुसार काम हुँदै जाँदा ज्ञानको क्षेत्र विस्तृत हुन गएको छ । कुनै केवल विवरणात्मक छन् त कुनै विश्लेषणात्मक । कसैले समयावधिभित्रको कार्यलाई मात्र अध्ययनको केन्द्रबिन्दु बनाएका छन् भने कसैले सम्पूर्ण पक्षलाई समेट्न खोजेर पनि विस्तृतरूपमा जान नसकेको देखिन्छ ।