- हलीम अन्सारी
रोजा (व्रत)लाई अरबी भाषामा शौम र उर्दू भाषामा रोजा र संस्कृत तथा नेपालीमा उपवास, व्रत भनिन्छ । यो धु्रवसत्य हो, रोजा अल्लाहको आदेश
(हुकुम) हो । इस्लाम धर्म मान्नेहरूले रोजालाई अनिवार्यरूपले गर्छन् । इस्लाम धर्म ५ बुँदामा आधारित छ– (क) इमान (ख) नेमाज (ग) रोजा (घ) हज (ङ) जकात ।
यी बुँदामध्ये एक बुँदा रोजा पनि हो । रोजालाई रहमतको महिना भन्ने गरिन्छ । यो ईश्वरबाट प्राप्त भएको उपहार, इनाम वा सौगात हो ।
यो रोजा हामीलाई मात्र पाएको होइन । रोजा सबैभन्दा पहिले आएको पुरुष आदम (मनु) माथि पनि अनिवार्य थियो । त्यस्तै अरु नबी र रसुलका उम्मतहरूमाथि पनि अनिवार्य थियो । जस्तै:– नुं एलै. इब्राहिम एलै. मुसा एलै. अर्थात् एक लाख चौबीस हजार कमोबेस नबी र नबीका उमत (भक्तजन)माथि अनिवार्य थियो।
रोजा यस्तो इबादत (पूजा) हो, जुन अल्लाह (ईश्वर)लाई सबैभन्दा प्यारो छ । अरू पूजाको फल फरिश्ता अर्थात् देवदूतहरूले दिन्छन् तर रोजाको फल स्वयम् ईश्वर (अल्लाह)ले दिन्छन् ।
रोजाका विशेषताहरू:–
१) हजुर मोहम्मद स.अ.व.स.ले भन्नुभएको छ– “साबान (सोबरातवाला महिना) मेरो महिना हो र रमजान ईश्वर
(अल्लाह)को महिना हो ।
२) रोजा यानी रमजान महिनाको फल स्वयम् अल्लाहले दिन्छन् ।
३) यो महिना पुण्य (रहमत)को महिना हो ।
४) यो महिना पापमुक्ति (मगेफेरत)को महिना हो ।
५) यो महिनामा शैतानहरूलाई कैद गरिन्छ ।
६) यो महिनामा मर्ने व्यक्तिमाथि नर्क
(जहन्नम)को आगो हराम मानिन्छ ।
७) ईश्वर (अल्लाह)ले भन्छन्– “ए इमान राख्ने व्यक्तिहरू, तिमीमाथि रोजा फर्ज तथा अनिवार्य गरिएको छ, तिमीभन्दा पहिले आएका मानिसहरूमाथि पनि अनिवार्य गरिएको थियो, तिमी पनि परहेजगार बन ।”
८) रोजा प्रत्येक बालिग व्यक्तिका साथै बढी उमेरका बूढाबूढी सबैमाथि अनिवार्य गरिएको छ ।
९) रमजान महिनाको एउटा खास विशेषता यो छ कि अरू महिनामा सानोभन्दा सानो पुण्यको बदला दशवटा पुण्य पाइन्छ भने यसमा त्यही पुण्य ७० गुना बढी पाइन्छ अर्थात् पुण्यको महत्त्व बढ्न जान्छ । कुनै कुनै किताबमा त के पनि दाबी गरिएको छ भने एउटा पुण्यको बदला ईश्वर (खुदा)ले बेहिसाब
(धेरै–धेरै) फल दिन्छन् ।
१०) यस महिनाको खास विशेषता यो छ कि नर्क (जहन्नम)को ढोका बन्द गरी स्वर्ग (जन्नत)को आठौं ढोका खोलिन्छ ।
११) यस महिनामा नै मुसलमानहरूको पवित्र किताब कुरआन नाजील
(अवतरित) भएको थियो ।
१२) यस महिनामा शबेकदर पर्छ, शबेकदर भनेको यस्तो रात हो, जसले सबैभन्दा बढी पुण्य दिन्छ । यस रातमा गरेको पुण्य एक हजार महिनाभन्दा बढी पुण्यको रात हो । यस रातमा नै कुरआन शरीफ अवतरित भयो ।
१३) यस रातमा ईश्वरका दूत जिब्रील आफ्नो दाहिने हातमा झन्डा लिएर आएर काबाको छतमा झन्डा गाड्छन् र आफ्नो समूहलाई लिएर पूरा पृथ्वीमा घुम्छन् र पुण्य गर्ने व्यक्तिहरूसँग हात पनि मिलाउँछन् ।
१४) ईश्वर भन्छन्: निस्सन्देह यो कुरआनलाई शबेकद्रको रातमा अवतरित गरेको हुँ । शबेकद्रको रात तिमीलाई के थाहा यो रात १,००० महिना भन्दा अफजल (राम्रो र ठूलो) रात हो ।
१५) यस महिनामा श्रद्धालु अर्थात् भक्तले २० रेकात तराबी पढ्छन् । कोही कसैले १२ रेकाअत तेरावीह (नेमाज) पढ्ने गर्छन् । यस महिनामा अर्को धर्म मान्ने यहुदीले पनि स्वर्ग पाएका छन् । एकजना यहुदीले आफ्ना छोराहरूलाई भन्छन्– “हेर यो महिना रमजानको महिना हो । मुसलमान तथा उनका बच्चाहरू रोजा (व्रत) बस्छन्, तिमीहरू उनीहरूको सामुने खाना नखाऊ, नत्र पाप लाग्छ ।” एकपटक ती यहुदीले आफ्नो छोरालाई मुस्लिम बच्चाहरूको सामुने केरा खाएको पाए । ती यहुदीले रिसाएर आफ्नो छोरालाई एक थप्पड हिर्काए । केही दिनपछि त्यस यहुदीको मृत्यु भयो । नबीले उनलाई स्वर्गमा देखे र नबीले उनीसँग सोधे– “तिमीले कुन पुण्य गर्यो, जसले गर्दा स्वर्ग पायौं ?”
यहुदीले भने– “मैले रमजान महिनाको इज्जत गरें र आफ्नो छोरा र बच्चाहरूलाई रमजान महिनामा मुसलमानहरूको सामुने केही नखान मनाही गरें । यो कुरा ईश्वरलाई राम्रो लाग्यो र ईश्वरले मलाई स्वर्ग दिए ।”
दोआ
१) नियते रोजा
क) बिसौमि गदीन नवयतू
मिन शहरि रमजान– हाजा ।
२) अफतारी (इफतार) रोजा खोल्ने दोआ:–
ख) अल्लाहुम्म लका सुमतो व विका आमन्तु व अलैका तोवकलतू व अला रिजकिका अफतरतू ।
३) पापबाट मुक्ति दिलाउने दोआ:
ग) अल्लाहूम्म इन्न अफुवून तोहिब्बूल अफव फाफो अन्नी ।
४) तरावीहको दोआ:
घ) सूबहानक जिल मुल्की बल मलकूती–सुबहान जिल इज्जती वल अजमती बलहैबती, वल कूदरती, वल किब्रीयाई वल जबरुती, सुबहानल मलेकिल हैयील्लजी. ला यानोमा वला यमूती, सूबहून कुदुसून रब्बोना व रब्बूल मलाएकतीर्रूह, अल्लाहूम्म अजिरना मिनन्नार–बे रहमतिक या मुजीरो, या मूजीरो, या मूजीरो ।
नोट: यो महिना जस्तो पवित्र कुनै महिना छैन यो रहम्मत (पुण्य)ले भरिएको महिना हो । यो पापमुक्तिको महिना हो । यो महिना ७० गुणा बढी पुण्य पाउने महिना हो । यो महिना स्वर्गप्राप्तिको महिना हो । यो महिनाको इज्जत जसले गर्दैन, त्यो संसारको सबैभन्दा मूर्ख र पापी व्यक्ति साबित हुनेछ ।
यो महिनामा पहिलो १० दिन बरकतको महिना हो । त्यसपछिको १० दिन रहमतको महिना हो । त्यसपछिको १० दिन मगफिरतको महिना हो ।
त्यसैले यस महिनामा ईश्वरको सच्चा भक्त बनौं । आफू र आफ्नो छोराछोरीका साथै नातेदारलाई नर्क (जहन्नम) जानबाट रोकौं ।