$type=ticker$count=12$cols=4$cate=0

देखेको–सुनेको–भेटेको तथ्यगत सत्य लेख्नैपर्छ

SHARE:

- शीतल गिरी
–    “नेपालमा सबभन्दा धेरै दु:खकष्ट झेलेको साहित्यकार को होला ?”
–    “कुन दृष्टिकोणले ?”
–    “सब दृष्टिकोणले खास गरेर पारिवारिक दृष्टिकोणले ।”
    जसले पनि एउटै जवाफ दिने गरेको छ— महाकवि लक्ष्मीप्रसाद देवकोटा । आधा शताब्दीअघि जगत् छाडिसक्नुभएका देवकोटा र उनको परिवारको बारेमा न त अन्वेषक, न त साहित्यकार, न त जिज्ञासु नै प्रस्ट छन् । यथार्थ कुरा कसैले पनि अगाडि ल्याउन चाहेनन् किन ?
–    महाकविले के के लेख्नुभयो ?
–    कति लेख्नुभयो यसको पूर्ण जानकारी कसले दिन सक्छ ?
    महाकविलाई गरिबको रूपमा कसबाट कुन उद्देश्यपूर्ति गर्न चित्रण गरियो ? यसको छानबिन गरिनुपर्छ । अभिव्यक्तिका नगेन्द्रराज शर्माले देवकोटा गरिब थिएनन् भनेपछि मात्र महाकविका छोराछोरी, नातेदारहरूले यथार्थ ओकले । कुन मनसायले करिब आधा शताब्दी चुप लागेर बसे यसतर्फ पनि ध्यान दिनै पर्छ । झिगटीको छाना भएको तीनतले घर र ठूलो कम्पाउन्ड त समकालीनको नजरबाट पक्कै पनि नलुक्नुपर्ने हो । भान्से बाहुनी, घरमा काम गर्ने सहयोगी राखेका देवकोटा परिवार किन गरिबको रूपमा चित्रण गरियो । अङ्ग्रेजी भाषामा निपुणता हासिल गरेका देवकोटाले एक महिनामा जति कमाउँथे, त्यो रकम भनेको तत्कालीन मीर सुब्बा हाकिमको वर्ष दिनको तलबभन्दा पनि बढी थियो । हुनेखाने देवकोटालाई अभावै अभावमा जिन्दगी काटेको गरिब भन्ने जुन मानसिकता छ, सबभन्दा पहिले त्यो फालेमा मात्र तथ्यगत सत्य पाउन सकिन्छ ।
    देवकोटाले उधारो जति पनि पाउनु, राम्रो कमाइ भएको प्रस्ट पार्ने तथ्यगत सत्य हो । राम्रो कमाइ भएको हुँदा साथीभाइहरूलाई पनि खुवाउँथे । राम्रो कमाइ भएकै हुँदा दीनदु:खीहरूलाई पनि दिन्थे । साथीभाइ, छरछिमेकको गारोसारोमा गर्जो टारिदिन्थे । यथार्थमा लक्ष्मी र सरस्वतीलाई दायाँ–बायाँ राखी सम्पन्न जीवन व्यतीत गरे देवकोटाले । यो यथार्थ हो कि सो समयमा देवकोटा जति कमाउने र खर्च गर्नेमा अर्को कोही थिएनन् । तब पारिवारिक दृष्टिकोणले सबभन्दा धेरै दु:खकष्ट झेलेको साहित्यकार देवकोटा कसरी भए ?
    यो यथार्थ हो कि उनले परिवारबाट पाउनुपर्ने सम्मान भने पाएनन् ।
    देवकोटाको बारेमा जसले जे मनलागे लेखे, केहीले देवकोटाको मृत्युपछि कति रचना आफ्नो बनाए— यो चर्चा चलेकै हो । महाकविको सरस·तका कति भए— उनलाई देखे, भेटे, पढेकाले जति लेखे, त्योभन्दा धेरै लेखिन अझै बाँकी छ— लेखिनुपर्ने कुरा अझसम्म लेखिएकै छैन । देवकोटालाई पशु भनेर घाँस ख्वाउन प्रयत्न गर्ने महाशय र देवकोटामा को पशु ? यसबारेमा चिन्तनमनन गर्नै पर्छ ।
    ब्रह्मनालमा देवकोटालाई ओठमा चुरोट च्याप्न लगाएर फोटो खिच्नुको मनसाय के ? यसबारेमा चर्चा चलाउनै पर्छ । एकेडेमीबाट दिइने तलब, सुबिधा रोकेर महाकविलाई निराश र हतोत्साहित बनाउने दौतरीहरूको एक/एक करतुत बाहिर ल्याउनै पर्छ ।
    असामान्य, असीमित, अद्भुत प्रतिभाका खानी देवकोटासँग समकालीनहरू त्राहिमाम, त्रसित थिए– यो सत्य हो । उहाँको सम्मुखमा समकक्षीहरू छायामा परेर किनारा लागेका थिए । जतिखेर पनि चिन्तन र धाराप्रवाह काव्यमा रमाइरहने देवकोटालाई ईष्यालु साथीभाइले धोका दिनु सजिलो थियो र दिए, मरेपछि पनि यो क्रम रोकिएन, दिंदैरहे । भावनामा डुबिरहने भावनामयी देवकोटालाई ककसले कसरी धोका दिंदैछन्, कपट गर्दैछन्– यसतर्फ सोच्ने फुर्सत पनि थिएन र थाहा पाउँदा पनि गम्भीररूपमा लिएनन् । “फूलको आँखामा फूलै संसार” भनेभैंm अहित चिताउनेलाई पनि आफन्त देख्नुभयो । आज जुनरूपमा हामीमाझ महाकवि हुनुहुन्छ, यथार्थमा त्योभन्दा कता हो कता माथि हुनुहुन्छ— समग्र रचनाको सही मूल्याङ्कन गरिने हो भने देवकोटा– ‘एक जुगमा एकपटक’ पाइने कोहीनुर हीरा हुन्— हामीले पाएर पनि चिन्न सकेनौं ।
    हरेक वर्ष महाकविको जन्मजयन्ती धूमधामसित मनाइन्छ । लेखहरू छापिन्छन्, अन्तर्वार्ता, प्रवचनहरू पढ्न र सुन्न पाइन्छन् । प्रत्येक वर्ष देवकोटाको सत्यमा आधारित कुरा देवकोटाले के कारणले दु:खकष्ट झेल्नुपर्‍यो ? यसको भित्री तहसम्म पुग्न कोही चाहँदैनन् । परिवारको कोही चाहिँ आक्रोशमात्र पोख्छन्— यसरी सत्यको नजिक पुग्न कोही चाहँदैनन्, पुग्न चाहनेलाई पनि दिंदैनन् । स्वस्फूर्तरूपमा श्रद्धावश देवकोटाको नाममा जति कार्यक्रम हुने गर्छ, त्यति अन्य कुनै साहित्यकारको नाममा हुँदैन, देशभरिमा जति देवकोटाको प्रतिमा सुशोभीत छ, त्यति अन्य साहित्यकारको छैन । यो सत्य हो कि देवकोटाको परिकल्पना र लगनको कारण प्रज्ञा प्रतिष्ठान स्थापना भयो, सोको परिसरमा देवकोटाको प्रतिमाले ठाउँ पाएन । देवकोटाका समकक्षीले ईष्र्यावश प्रतिमा राखेनन्, पछिकाले गुट र उपगुटको कारण, पारिवारिक पहल गर्नेको मात्र राखियो र महाकविलाई कसैले सम्झेनन्— उनको पुस्तकको रोयल्टी हसुर्ने पनि छन् भन्ने सुनिन्छ, त्यस्तालाई के चासो ?
    देवकोटा जीवनभर त पीडित भए नै, शतवार्षिकीको अवसरमा पनि तथ्य कुरा बाकिर ल्याउन कसैले चाहेनन्, बरु अरण्यरोदनको साथमा पीडकलाई उन्मुक्ति दिने प्रयास गरियो । देवकोटाका रचनाहरू अध्ययन गर्दा उनी कस्ता जीवनका हिमायती थिए, त्यो थाहा पाइन्छ— साथै आफ्नो भोगाइलाई झल्काउनका लागि रचनाहरू वियोगान्त बनाउने गर्दथे— यसतर्फ विद्वानहरूको ध्यान पुग्नुपर्छ भन्ने मलाई लाग्दछ ।
    मेरो आँखाको अगाडि जवान छोरा प्रकाशको निधनले मर्माहत् भएका देवकोटा छन् भने उपचार गराउन कलकत्ता जाँदा धर्मपत्नी मनदेवीको व्यवहार पनि छ । सबै प्रस्ट छ । सत्य नरुचाउनेको अगाडि सबै अस्पष्ट । पति परमेश्वर मान्ने हिन्दू धर्मका पहाडी ब्राह्मण संस्कारका महिला रासलीला रचिने कविकुञ्जमा आकर्षित किन ? यो अध्ययनको पाटो हो र धर्मलाई नै सबथोक मानेर अध्ययन गर्ने हो भने यथार्थ पहिलेजस्तै ‘पवित्र’ हात पर्छ । यतिमात्र होइन, कविकुञ्जका कविप्रसाद गौतमको पाउमा कमाइ पुर्‍याउनुको वास्तविकता देवकोटा सम्मुख प्रस्ट भएरमात्र पुग्दो रहेनछ— जब यथार्थ महाकविलाई आदर गर्नेको सम्मुखमा प्रस्टिन्छ, त्यो दिन रासलीलामा मन दिने देवीको सही मूल्याङ्कन हुनेछ । मनदेवीले सामान्य नेपाली गृहणीले झैं घरव्यवहार धानिदिएकी भए, फेर्नको लागि एउटा सुकिलो सद्धे धोती नभएर ‘म मरिसकें घाटमा लैजाओ,’ भनेर पुरानो धोती ओढेर हाम्रा महाकविले त्यसरी पक्कै असन्तुष्टि जाहेर गर्न सुत्नुपर्ने थिएन ।
    छोराछोरी जन्माउनु मात्र पूर्णता होइन, दायित्व भनेको घरव्यवहार धान्नु हो— कविकुञ्जमा समय दिनेबाट घरपरिवारको लागि कति समय बच्छ, वर्तमानमा पनि त्यस्ता देवीहरू नपाइने होइनन्— तटस्थरूपमा अध्ययन गरिएमा यथार्थ थाहा पाउन गाह्रो पर्दैन ।
    बौद्धिक समाजको मनदेवीसँग कुनै रीस, राग छैन । यो सत्य हो कि मनदेवीको मन रासलीलामा लिप्त नहुँदो हो त अवश्य नै अकुत धनसम्पत्ति हैन, मनले सुखी हुन्थे— सुखको प्रमुख कारण धनसम्पत्तिमात्रै होइन । घर, पति र पत्नीको व्यवहारबाट चल्छ । यता देवकोटा मनमौजी जस्ता थिए, उता मनदेवी कविकुञ्ज नगै रहनै नसक्ने । यहाँ विचार गर्नुपर्ने कुरा मनमौजी देवकोटाले घर चलाउन पुग्ने खर्च जुटाएर बजै (मनदेवी)लाई दिने गरेकै थिए, दायित्व बुझेर । यहाँ चर्चा गर्नै पर्छ घर चलाउने पैसा कविकुञ्ज पुग्न थालेपछि घरमा सह रहँदैन । घरको सन्तुलन डामाडोल पार्ने मनदेवीलाई नारीको विवशता, पीडा र अवस्था भनेर उम्काउन मिल्दैन । तलब बुझेपछि, ट्युसन फी पाएपछि पसलेको खातामा टिपिएको रकम दिने गर्थे र वर्तमानमा पनि धेरैजसो महिनावारी खाने नेपालीले त्यसै गर्दै घरपरिवार चलाउँदै आएका छन् । पसलबाट उधारो लिएपछि तिर्नुपर्छ— देवकोटा पनि तिर्थे । हो, यसैलाई मूल समस्या फिजुल खर्च हो भनेर कसैले भन्छ र मनदेवीलाई चोख्याउन खोज्छ भने ‘महाशय, हत्केलाले सूर्य छेक्न सकिन्न ।’ देवकोटा बढी संवेदनशील थिए, पैसाको जहाँ आवश्यकता देख्थे, त्यही खर्च गर्थे, भोकालाई भोजन गराउँथे, ना·ालाई लाउन वस्त्र दिन्थे, बिरामीलाई पैसा दिन्थे । यथार्थमा देवकोटा समर्थवान् थिए, पुर्‍याउन सकेका थिए र त पूर्ण मानवको परिचय दिन्थे— यस व्यवहारलाई स्वार्थी आँखाले हेर्दा हेर्नेहरूले भिन्न प्रकृतिका देवकोटालाई विचित्रको प्राणी ठान्न पुगे । देवकोटाले अरूलाई जस्तो स्नेह गर्थे, आफ्नी धर्मपत्नीबाट त्यस्तो स्नेह पाउन नसक्नुको कारण उनका रचनाहरू वियोगान्त बन्न गएको हो । उनी धर्मपत्नीलाई कुन रूपमा लिन बाध्य थिए, सो कुरा उनको अङ्ग्रेजीमा लेखिएको एउटा निबन्धमा प्रस्ट छ । कविप्रसाद गौतमको कविकुञ्जमा कृष्णलीला हुने गर्दथ्यो र त्यस्तो लीला समयसमयमा अहिले पनि हुने गरेकै छ । कृष्णको नाममा लीला गर्ने, खाने, पिउने, रमाउने, नाच्ने, गाउने, एकले अर्कालाई खुवाउने, खाने, दही दलिदिने र रास रचाएर बसन्तोत्सव मनाइन्छ— विश्वास नलागे भक्त बनेर त्यस समूहको मन जित्न सकेमा अहिले पनि मेवा खान पाइन्छ । बराबर भइरहने रासलीलामा सहभागी हुन बजैले महाकविको गाढा कमाइको असर्फी घरपरिवारको नजरबाट बचाएर लाने गरेको सत्यलाई त कसैले पनि पक्कै नकार्न सक्दैन ।
    ‘रासलीलामा सहभागी हुने भक्तजनहरू दहीभित्र मोहर राखेर कविकुञ्जमा पठाउँथे’ भनेर ढाट कुरा गर्नेहरूको पनि कमी छैन किनभने विभिन्न स्वार्थका मानिसहरू त हुन्छन् नै समाजमा । ‘दहीको कतारोको पिँधमा कति नै मोहर राख्न सकिन्छ ?’ भन्नेहरू पनि छन्— एक/दुई चोटिको कुरो त हैन ? जब नियत नै कविकुञ्ज...... छ भने विभिन्न बाटोबाट गाढा कमाइ जान्थ्यो र गयो । यो यथार्थ हो कि देवकोटाले भान्सामा जाँदा फेर्ने धोतीसम्म नपाएको घटनाले पुष्टि गर्छ— जुन देवकोटा सो समयमा नेपालका ठूला दर्जाका जागिरेभन्दा निकै धेरै कमाउँथे, घरमा मासु कहिल्यै टुट्दैनथ्यो, मरमसला र मिठाइको भोग लागिरहन्थ्यो– त्यो घरमा फेर्ने धोती किन्न नसक्नु— यसतर्फ गहिरिएर ध्यान दिनैपर्छ । घरको व्यवहार रखनधरनमा लहडी देवकोटाको रुचि थिएन— घर चलाउने गृहणीले किन जिम्मेवारी वहन गर्न सकिन/चाहिन यस घटनाले बोल्दैछ ।
    हाम्रो धर्मभीरू समाजले दान दिने कार्यलाई असामान्य भन्दैन— सोझो बाटोबाट दान नगरेर कसैले छलको बाटो अपनाउँछ भने त्यहाँ पक्कै दालमा कालो भएको बुझ्नुपर्छ । देवकोटा मनमौजी थिए— हरहिसाब कसैसँग कहिल्यै खोजेनन्, अनि दानको नाममा छल किन ? छल गर्नुको अर्थ धेरै लाग्छ, त्यतातिर नजाऊ, यतिमात्र बुझे पुग्छ— देवकोटाको वैवाहिक जीवन सुखद रहेन ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : देखेको–सुनेको–भेटेको तथ्यगत सत्य लेख्नैपर्छ
देखेको–सुनेको–भेटेको तथ्यगत सत्य लेख्नैपर्छ
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/07/blog-post_1310.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/07/blog-post_1310.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy