$type=ticker$count=12$cols=4$cate=0

नेपाली भावनाका उद्बोधक आदिकवि भानुभक्त

SHARE:

भानुभक्तको जन्म
    वि.सं. १८७१ मा तनहुँको रम्घा भन्ने गाउँमा जन्मिने र १९२६ मा परलोक भएका आदिकवि भानुभक्तका श्लोक सम्पूर्ण नेपालीको कण्ठलहरी–कण्ठहार बनेको छ । नेपाली साहित्यका अध्येताहरू आजसम्म भानुभक्तको स्तुतिगान गर्दै आएका छन् । बालकृष्ण समले उनलाई ‘नेपाली भाषाका परमात्मा’ भने, तारानाथ शर्माले ‘युग अनुसार प्रगतिशील’, सूर्यविक्रम ज्ञवालीले लेखे ‘नेपाली जातित्वरूपी घरघरमा थप्थप्प राखिएका इँट अब भानुभक्तका साहित्यका बज्रलेपनले जोरिन आए ।’ देवकोटाको भनाइ अनुसार ‘नेपाली आकाशका शुक्रतारा प्रथम ध्वनि हे ’
भानुभक्तका प्रसिद्ध कृतिहरू:
१) भानुभक्तीय रामायण, २. प्रश्नोत्तर माला, ३) भक्तमाला, ४) वधू शिक्षा । यस अतिरिक्त उनका केही फुटकर कविताहरू पनि छन् ।
भानुभक्तका साहित्यिक प्रवृत्ति र विशेषताहरू: –
१.    मौलिकता:
    भानुभक्तीय रामायणमा अनेकानेक मौलिक उद्भावनाहरू छन् । सि·ै काव्य नेपाली रङमा र·मगिएको छ । उदाहरणका लागि ‘अध्यात्म रामायण’ मा रामको राज्याभिषेकको जानकारी प्रजाहरूले दशरथ र वशिष्ठको वार्तालाप सुनेर पाएका थिए र प्रजाबीच धुइरो–धुइरो कुरा चल्दा कौशल्याले समेत थाहा पाएकी थिइन् । भानुभक्तलाई यो अस्वाभाविक लाग्यो । उनका रामले लक्ष्मणलाई आज्ञा दिएका छन् –“कौशल्या सुनि खुश् हुनिन भनि त जो सम्चार बनाउँदै गया ।’ बाल्मीकिकी कौशल्याभैंmं भानुभक्तकी कौशल्या पतिलाई ‘कामुक’ भन्दिनन्, उनका दशरथ स्वास्नी कैकेयीको खुट्टा ढोगेर उनलाई फकाउँदैनन् ।
२.    मर्यादित भावना:
    भानुभक्त कट्टर मर्यादावादी भएकैले अध्यात्म रामायणले ‘दुकूलपरिसवीता वस्त्रान्तव्र्यञ्जनस्तनी’ भनेर
सीताको स्तन झल्किएको वर्णन चटक्कै छाडेका छन् । अध्यात्म रामायणकी शूर्पणखाले ना·ो भाषामा रामसित गुफामा गई सम्भोग गर्ने अनुरोध गरेकी छ –‘एहि राम, मया सार्धरमस्व गिरिकानने ।’ तर उनकी शूर्पणखा शिष्ट भाषामा बोल्छे– ‘... मकन पत्नि बनाइलेऊ ।’ सुग्रीवले आफ्नी स्वास्नी रूमालाई ह्वाप्लाक्क अँगालो हालेर उत्तानो पारेको वर्णन पनि भानुभक्तले छाडेका छन् ।
३.    नेपालीपन:
    मूल रायायणमा निस्सन्तान दशरथले सन्तान पाउन यज्ञ गर्दा पाएको पायस कैकेयी र कौशल्याले आधा–आधी गरी खान लाग्दा सुमित्रा आइपुग्छिन् र कैकेयीले प्रीतिसँग आफ्नो भागको आधा दिन्छिन् तर नेपाली समाजमा सौतासँग यस्तो मायाप्रीति अस्वाभाविक देखेर नै होला भानुभक्तले लेखेका छन्– ‘खानू बाँकि थियो तसैबखतमा आइन् सुमित्रा पनि ।’
    कौशल्या र ति कैकेयीसित भनिन् ख्वै भाग मेरो ? भनी ।।’ रामको अभिषेकमा महादेव आएको मनोरञ्जन वर्णन हेर्नुहोस् –“डिम्डिम् शब्द भयो तहाँ डमरूको बन्दी र शृ·ी पनि ।
ताल्–बेताल्हरू नाच्न लागि त गया आया सदाशिव् भनी ।’
४.    मार्मिकता:
    रावणसितको युद्धमा विजयी भएर राम अयोध्या फर्कंदा हनुमान भरतलाई सूचना दिन अघि नै हिंड्छन् । अयोध्याका नागरिकहरूको दशा हेर्नुहोस्:–
‘वैलाईरहँदा जउन् तरहले फुल् सुक्छ फुस्रो भई ।
त्यस्तै रैयतिको दशा नजर भो साह्रै करूणा भई ।।”
    अशोकवाटिकाकी सीताको अवस्था कति हृदयविदारक छ–
भोकी मैलि निन्याउरी न त कपाल कोर्‍याकि सब् केश उसै ।
राम्–राम्–राम् यति मात्र बोलिरहँदी खाली भुमीमा यसै ।।
५. दार्शनिकता:
    मूल अध्यात्म रामायणको राम–गीतामा बासठ्ठी श्लोकहरू छन् । भानुभक्तको उत्तरकाण्डमा १२० देखि १४८ सम्मका २८२ श्लोक भानुभक्तको दार्शनिक गहनताका परिचायक छन् –
जीव् ता मुक्त छ स्वच्छ निर्मल फटिक् जस्तो उपाधी गरी ।
सो निर्मल् पनि हुन्छ संग–गुणले उस्तै उपाधीसरी ।।
    भानुभक्तको प्रश्नोत्तरमा शड्ढराचार्यका वेदान्तिक ग्रन्थहरूको प्रभाव छ भनेर आलोचक इन्द्रबहादुर राईले देखाएका छन् ।
६. सामाजिक चेतना
    उनको सामाजिक चेतना तीक्ष्ण व्यङ्ग्यको रूपमा अभिव्यञ्जित हुन्छ –
रोज्–रोज् दर्शन पाउँछु चरणको, ताप् छैन मन्मा कछु ।
रातभर नाच पनि हेर्छु, खर्च नगरी ठूलो चयन्मा म छु ।।
लाम्खुट्टे उपिञा, उडुस इ सँगि छन्, इन्कै लहडमा बसी
लामखुट्टेहरू गाउँछन्, इ उपिञा नाच्छन् म हेर्छु बसी ।।
–––––––––––––
‘बिन्ती डिठ्ठा विचारीसित म कति गरूँ
    चूप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्‍या भैंm, अनि, दिनदिन
    भन्दछन् भोलि–भोलि ।’
७. प्रकृतिप्रेम:
    उत्कट प्रकृति–प्रेमको आधारमा समीक्षक डा. ईश्वर बरालले भानुभक्तलाई प्रथम ‘रोमान्टिक कवि’ भनेका छन् । बालाजू पुगेर कविका वाणी मुखर हुन्छन्–
‘याहाँ बसेर कविता याद गर्न पाउँm ।
यस्देखि सोख अरू थोक म के चिताउँm ?
यस्माथि झन् अझ म सुन्दरि एक् नचाउँm ।
खैँचेर इन्द्रकन स्वर्ग यहीँ बनाउँm ।।’
    यहाँनिर फारसीका महाकवि उमर खयामको सम्झना हुन्छ–
ूब् दययप या खभचकभ गलमभचलभबतज तजभ दयगनज,
ब् वगन या धष्लभ, ब यिबा या दचभबम बलम तजयग
द्यभकष्मभ mभ कष्लनष्लन ष्ल तजभ धष्मिलभकक,
इज १ ध्ष्मिभचलभकक धभचभ उबचबमष्कभ लयध १ू
    आधुनिक आलोचकहरूले भानुभक्तको ‘बालाजू–दर्शन’ कवितालाई मोतीरामको भनी ठहर गरेका छन् :
    ‘अलकापुरि कान्तिपुरि नगरी’ भन्ने कविता भानुभक्तको बहुश्रुत प्रकृतिपरक कविता हो ।
८. शौर्यस्तुति:
    ‘तरवार, कटार, खुँडा, कुखुरी ।
    पिसतोल र बन्दुक सम्म भिरी ।।
    अति शूर र वीर भरी नगरी
    छ त कुन् सरि कान्तिपुरी नगरी ।।’
९. शृ·ार भावना
    महिलाले हाँसेको समेत मन नपराउने बूढा कवि भानुभक्तको शृ·ार भावनाको प्रमाणमा एउटा अधूरो कवितालाई तेस्र्याइन्छ–
‘बिन्ती गर्दछु हे प्रिये सुन तिमी प्रीती निरन्तर रहोस् ।
तिम्रो त्यो मनपिंजरा–बिच म हूँ यै चाल सदाकाल् रहोस् ।’
    यस कवितामा आएकी ‘प्रिया’ उनकी कान्छी पत्नी हुन्, कुनै ‘प्रेयसी’ होइनन् ।
१०. सरल, सरस र प्रवाहपूर्ण भाषाशैली:
    नेपाली भाषाको क्षेत्रमा भानुक्तको देनलाई सम्मानपूर्वक सम्झँदै सूर्य विक्रम ज्ञवालीले लेखेका छन्– “भानुभक्त नेपाली भाषाका जनक हुन् । पृथ्वीनारायण शाहको नाम तपाईंहरूले सुन्नुभएको छ । उनको कार्यले गर्दा नेपाली एउटा जाति भयो, तर त्यो जाति मूक रह्यो । त्यो जातिसित भाषा थिएन, बोल्ने साधन थिएन । त्यो साधन भानुभक्तले सृष्टि गरे ।” रामायणका अनेकानेक प्रस·मा नेपाली उखान टुक्का र अभिव्यक्ति प्रणालीको मीठो प्रयोग भएको छ । रावणसित भेटेर आएका हनुमानले रामलाई प्रतिवेदन सुनाउँछन्–
‘गथ्र्यो बक्बक बात् अनेक तरहका मैले भुसूनै गनी ११’
    सिंहिका राक्षसी हनुमान्को लात खाएर ‘........ सहजै घुसुक्क ताहीं मरी ।’
भानुभक्तबारे देवकोटाको टिप्पणी
    अन्त्यमा भानुभक्तबारे महाकवि लक्ष्मीप्रसाद देवकोटाका पङ्क्तिहरू उद्धृत गर्न सकिन्छ– ‘हामी भानुभक्त पढेर शिक्षा शुरु गर्दछौं र उनलाई हेलाँ गरेर समाप्त गर्ने गर्दछौं तर बुझ्नेहरू आफ्नो घरको बत्तीमा अर्कै मोहिनी देख्तछन् । उनको भविष्यलाई सन्देश यही छ– सत्यको श्रद्धा र नेपाली हृदयको समीपवर्तित्व नै कविको पहिलो पानी हो ।’
    भानुभक्तीय रामायण अध्यात्म रामायण (ब्रह्माण्ड पुराणको एक अध्याय) को अनुवाद भए पनि यसका आफ्नै केही वैशिष्टयबाट आँखा चिम्लिन सकिन्न । रामकथा सरस–सरल भाषामा भन्ने अभीष्ट राखेर भानुभक्तले मूलका धेरै इतिवृत्तलाई छोडे वा छोट्याएका छन् । मूल रामायणझैं भानुभक्तीय रामायण शड्ढर–पार्वती संवादको रूपमा प्रस्तुत गरिएको छैन । संस्कृतकाव्यमा पाइने म·लाचरण पद्धति पनि अँगालेको पाइँदैन । मूलको राममा पाइने देवत्वको ठाउँमा भानुभक्तीय राममा मानवीय सहजता छ । यसरी अध्यात्म रामायणको अनुवाद भए पनि यसमा केही निजी विशेषता छन् जसलाई निम्नानुसार रेखाड्ढित गर्न सकिन्छ:
१. सहजता:
    भानुभक्तीय रामायणमा सहजता र सरलता छ । रामकथा सहज प्रवाहमा, सरल शब्दावलीमा सलल्ल बगेको छ–
‘आया राम बिहा गरेर पुरिमा जस्सै उठथ्यो खबर
सारा रैयतको प्रसन्न मन भो हुन्थ्यो खुशी क्या अबर ।।’
२.    मर्यादा भावना:
    भानुभक्तीय रामायणमा नेपाली–हिन्दू आदर्श अनुकूल मर्यादाको परिपालन गरिएको छ । मूल (अध्यात्म रामायण) की कौशल्या सोच्दछिन्– सत्यवादी दशरथले वचनको निर्वाह गर्न खोजे पनि कैकेयीको वशमा परेका कामुक दशरथले के गर्ला ?– “कैकेयीवशग: किन्तु कामूक कि करिष्यति ?’ तर भानुभक्तकी कौशल्याका शब्दमा–
    “राजाले त खतम् गर्‍या दिनु भनी
    क्या गर्दछिन् कैकेयी ।
    यसमा विघ्न कदापि पर्न नदिउन्
    लक्ष्मी र दुर्गा भई ।।”
नेपालीपन
    भानुभक्तीय रामायणको सम्पूर्ण परिवेश नेपाली भएर आएको छ । नेपाली विवाह पद्धति अनुसार रामको विवाह हुँदा “.... रात्मा चिराक् खुप् बल्या ।” राम वनवास गएपछि मृग मारी “पकुवा तारेर खाया तहाँ” ।
४.    मौलिकता:
    भानुभक्तीय रामायण आदिदेखि अन्त्यसम्म मौलिकताले परिपूर्ण छ । लड्ढाको चित्रणमा मूल रामायणमा जहाँ “....नाना फलदु्रमम्स नाना पछि–मृगाकीर्ण नाना पुष्पलतावृतम्” मात्र लेखिएको छ, भानुभक्तमा नितान्त मौलिक उद्भावनाहरू छन्:–
“वरिपरि तहिं तीरैमा पनी वृक्ष फल् फुल्
भरि छ जउन वन्मा गर्दछन् पक्षिले गुल् ।
भ्रमरहरू लताका फूलमा हल्लि हल्ली
घुनुनु–घुनुनु गर्दै हिंडदछन् वल्लि वल्ली
५. दार्शनिकता:
    भानुभक्तीय रामायणमा जताततै प्रस·ानुकूल दार्शनिक विचारधाराहरूको प्रतिपादन भएको छ:
“आत्मामा छ उपाधि केही न फटिकमा क्यै छ रातो कतै ।
झुट्टै मात्र छ त्यो झलक् यहि विचार खुप् राख्नु जताततै ।।”
–––––––––––
“जाग्रत स्वप्न सुषप्ति वृत्ति तिन छन् यस बुद्धिका ई पनी
झुट्टै देखि लिइन्छ नित्य सुखरूप यस् ब्रह्मरूपमा भनी ।।”
६. मार्मिकता:
    आफ्नो मौलिक प्रतिभाको टुनाले भानुभक्तले बाह्य एवं आन्तरिक स्थितिको वर्णनलाई अतिमार्मिक तुल्याइदिएका छन् ।
    युद्धमा विजयी भएर राम अयोध्या फर्कंदा भरतलाई सूचना दिन भनी हनुमान अगाडि जान्छन् । सरयूभन्दा दुई कोस पर भरत जटा पालेर बसेका छन् । सामान्य जनताको अवस्थाको वर्णन गर्दै भानुभक्त लेख्दछन्:–
‘वैलाइ रहँदा जउन तरहले फुल सुक्छ फुस्रो भई ।
तस्तै रैयतको दशा नजर भो साह्रै करूणा गई ।।”
    भानुभक्तको वर्णनमा चित्रात्मकता एवं नाटकीयता छ । रामको अभिषेकमा अरू देवताहरूसँग शिवजी आउँदाको चित्र कति सजीव भएर उपस्थित भएको छ:
“डिमडिम शब्द भयो तहाँ डमरूको नन्दी र भृ·ी पनी
ताल् बेताल्हरू नाच्न लागि त गया आया सदाशिव् भनी ।”
७ झर्रो नेपाली शैली:
    भानुभक्तको अभिव्यक्ति शैलीको प्रस·मा लेख्दै विद्वान् समालोचक कुमार प्रधानले लेखेका छन्– “कथाको रोचकता बढाउने मसिना थप वाक्यांशहरू अनगन्ती छन् । मूलको ‘युद्ध गर्नु’ मात्रलाई अझ ज्वलन्त बनाउन ‘लड्न्याछु घँुडा धसी, लड्ढाको सुरक्षाको निम्ति गरिएका निर्माणहरूको वर्णनपछि ‘सहजसित कसैको केहि लाग्दैन दाउ’ भन्नु, रावणको छोरा मर्दा ऊ ‘नूर गिर्याको’ हुनु, बाँदरहरू लड्ढा जाँदा फलफूल खाँदै गएको वर्णनमा ‘चाहीदैन रसद्’ थप्नु अथवा मूलको लड्ढाको रक्षाको लागि स्वच्छ जलले भरिएका खावाहरूको मात्र उल्लेख नगरी–
एक खावा त समुद्र भो अरू नजिक अर्को खन्याको पनि ।
पर्खालका निजकै छ बेस् वरिपरि बैरी नआउन् भनी ।।
भन्नु हनुमानले रामलाई समुद्रको तटतिर जानुपर्छ (प्रस्थान कुरू देवेश) मात्र नभनी –
यहिँ ढिल किन ख्वामित । जाउँ सागर छ जाहाँ ।।
कछु ढिल तहिँ होला तुर्नपन्र्या छ ताहाँ ।।
पनि जोड्नुमा भानुभक्तको रामायण केवल शाब्दिक अनुवाद होइन भन्ने प्रमाण देखिन्छ । यसबाट कविको वर्णन रोचक बनाउने क्षमताको परिचय पनि पाइन्छ ।
– पृथ्वीराज पाण्डे
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेपाली भावनाका उद्बोधक आदिकवि भानुभक्त
नेपाली भावनाका उद्बोधक आदिकवि भानुभक्त
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/07/blog-post_1089.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/07/blog-post_1089.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy