Posts

Showing posts from July, 2014

पर्सा एमाओवादी तीन चिरामा

प्रस, वीरगंज, १३ साउन/     एकीकृत नेकपा माओवादी पर्सा तीन चिरा भएको छ ।     गत वैशाख १६ गते दुई चिरामा अधिवेशन गरी समानान्तर कमिटी गठन गरेको एमाओवादी जिल्ला कमिटी पर्सा आज बाबुराम कौशिकको अध्यक्षतामा ५१ सदस्यीय पर्सा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेपछि विधिवत् तीन चिरा भएको हो ।     पछिल्लोपटक समानान्तर कमिटीका अध्यक्ष जालिम मियाँ, विजय महतो अध्यक्ष रहेको जिल्ला कमिटीमा समाहित भएपछि साउन ७ गते बलिराम साहको अध्यक्षतामा पुन: समानान्तर कमिटी गठन भएको थियो । सो कमिटीलाई हिजो महतो पक्षधरले कारबाई गरेपछि आज साह पक्षले पनि महतो पक्षधरलाई कारबाई गर्नुका साथै गम्भीर आरोप लगाएको छ ।     साहद्वारा जारी विज्ञप्तिमा एमाओवादीमा प्रवेश गरेकी उर्मिला अर्यालको नेतृत्वमा गठित विजय महतोलगायत व्यक्तिहरू युद्धकालमा प्रतिक्रियावादीहरूको डिजाइनमा सुराकी गर्ने, योद्धाहरूको हत्या गर्ने, प्रतिकार कमिटी बनाई जनतालाई दु:ख दिने गरेका आरोप लगाइएको छ ।     एमाओवादीमा प्रवेश गरेपछि पनि पुरानो चरित्रमा सुधार नगरेको र पार्टीलाई ध्वस्त गर्ने गुरु योजनामा लागेको आरोपसहित महतोलाई पार्टीबाट निष्कासन गरेको र महतो पक्षमा र

मुस्लिम समुदायको महानपर्व इदऊल फित्र धुमधामका साथ मनाइयो

Image
प्रस, वीरगंज, १३ साउन/     वीरगंजका मुस्लिम समुदायले आज इद ऊल फित्र धुमधामका साथ मनाएका छन् ।     एक महिनाको उपवासपछि आज इदउल फित्र वीरगंजको एक दर्जनभन्दा बढी मस्जिदहरूमा नेवाज पढी मुस्लिम समुदायले एकआपसमा शुभकामना साटासाट गरी पर्व मनाएका थिए । वीरगंजको पुराना मस्जिदहरू मदर्सा बरकतुल उलम छपकैया, जामे मस्जिद लाठ गल्ली, श्रीपुरको कास्मिया मस्जिदलगायत एक दर्जनभन्दा बढी मस्जिदमा हजारौंको सङ्ख्यामा मुस्लिमहरू जमा भएर बिहान ९ बजे इदउल फित्रको नमाज पढेका थिए ।     वीरगंजमा करिब २५ हजारको सङ्ख्यामा मुस्लिम समुदायका व्यक्ति छन् । कारागारमा इद–उल–फित्रको छुट्टै रौनक वीरगंज कारागारमा इदउलफित्रको छुट्टै रौनक देखियो । मुस्लिम धर्मावलम्बीहरूको महान् चाड इद म·लवार परेकोले सरकारले सार्वजनिक बिदा दिएको छ ।     कारागारमा इद मनाउने शैली फरक लाग्यो । बिदाको दिन आफन्त भेट्ने प्रावधान नरहे तापनि इदको दिन घरपरिवारलाई सौहार्दपूर्ण वातावरण उपलब्ध गराइएको निमित्त जेलर तिलक नेपालीले बताए । जेलभित्र सजाय भुक्तान गरिरहेका कैदीबन्दीहरूको परिवारले घरबाट बनाएर ल्याएको सेवई, मिठाई, मासु, बिरयानी तथा अन्य मीठा परिकार

सिउँडीको बोटमा आँप फल्ला त ?

Image
- गोपाल ठाकुर     संसारमा वनस्पति र जनावरका असङख्य जाति–प्रजातिहरू छन् । तिनीहरूको गुण–धर्मको निर्धारण सम्बन्धित ठाउँको प्राकृतिक परिवेशले गर्दछ । त्यसैले हरेक जाति–प्रजातिका जीवहरूलाई जहाँसुकै सपार्न सकिंदैन । उदाहरणको लागि आँपलाई नै लिऔँ । हाम्रो मधेसी भूभागलगायत ग·ातटीय मैदानी क्षेत्र त्यसका लागि अनुकूल छ । त्यसभन्दा केही वरपरसम्म पनि त्यसलाई लग्ने प्रयास नगरिएको होइन । तर नतिजा कस्तो हुन्छ भने कि त फल नै लाग्दैन, फल लागे पनि स्वाभाविक गुणस्तरको हुँदैन । ठीक त्यसैगरी मरुभूमिमा पाइने केही वनस्पतिमा सिउँडी पनि एउटा हो । त्यसको हकमा पनि अनुकूलनको केही प्रबन्ध मिलाउँदा अन्यत्र पनि कताकतै त्यसको उपस्थिति पाउन सकिन्छ । तर त्यसको प्राकृतिक परिवेश मरुभूमि क्षेत्र नै हो । जनावरबारे नै कुरा गर्ने हो भने क·ारूको बथान अहिलेसम्म अस्ट्रेलियाबाहेक संसारको अन्य भूभागमा फस्टाएको पाइँदैन । यस प्रकार उही जाति–प्रजातिका जीवजन्तु वा बोटबिरुवा पनि फरक परिवेशमा फस्टाउन नसक्ने प्राकृतिक यथार्थ हो । मुश्किलले उसको उपस्थिति देखिए पनि वंशानुगत वृद्धि प्राय: असम्भव नै हुन्छ । तर हामीकहाँ अलि फरक परिवेशको कृत

महामानवलाई शतवार्षिकीमा सम्झँदा

Image
- विनोद गुप्ता     साउन ९ गतेदेखि शुरु भएको भारतीय विदेशमन्त्री सुषमा स्वराजको नेपाल भ्रमणपश्चात् भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण हुने करिब निश्चित नै भइसकेको छ । यो भ्रमण करिब १७ वर्षपछि भइरहेको छ । नेपाल–भारत सम्बन्ध अत्यन्त मधुर छ र हामीबीच सानातिना छलफलका मुद्दाबाहेक कुनै ठूलो समस्या छैन भन्ने ढिपीका बीच राजनैतिक स्तरको भेटघाटमा यत्रो लामो समय लाग्नु आफैंमा कौतुहल एवं गम्भीर सोचको विषय हो । प्रधानमन्त्रीको हैसियतमा भारतीय पूर्व प्रधानमन्त्री स्व. इन्द्रकुमार गुजराल र त्यसपछि सार्क सम्मेलनमा भाग लिन अटल बिहारी वाजपेयी आउनु पछि यो नै उच्चस्तरीय भ्रमण हो । यसबाहेक पनि परराष्ट्रमन्त्रीस्तरीय बैठक पनि २३ वर्षपछि हुन लागेको कुराहरू छापामा आएको छ । यी सबै कुराहरूले नेपाल–भारत सम्बन्ध जनस्तरमा जतिसुकै राम्रो भए पनि कूटनीतिस्तरमा संवेदनहीनताको स्थिति कायम रहेको देखिन्छ । यो नै नेपाल–भारत सम्बन्धको सबभन्दा ठूलो समस्या हो ।     नेपाली काङ्ग्रेस सरकारको तर्फबाट स्व. गिरिजाप्रसाद कोइरालाको कार्यकालमा सम्पन्न भएको टनकपुर सम्झौताको वितण्डा र विरोध गर्दागर्दै एमाले नेतृत्वको सरकारबाट महा

बढ्दो महिला हिंसा

    मुलुकमा व्याप्त लामो सङ्क्रमणकाल विस्तारै व्यवस्थापन हुँदै गइरहेको अवस्थामा पर्सा जिल्लामा एक महिनाको हाराहारीमा दुईजना महिलाको विषसेवन तथा पासो लगाई हत्या/आत्महत्या भएको छ । हत्या हो वा आत्महत्या अनुसन्धान गर्ने काम प्रहरीको हो र फैसला दिने काम अदालतको हो । यस विषयमा मन्थन गर्नुभन्दा जसरी भए पनि दुई ज्यान अकालमा गुमेको छ र कलकलाउँदो उमेरमा गुमेको छ, चिन्ता र सरोकार त्यस विषयमा छ । यो आत्महत्या हो भने मानिसको सबैभन्दा ऊर्जाशील उमेरमा किन भयो, जब मानिसमा इच्छा, आकाङ्क्षाको बाढी नै आउने गर्छ, जस्तो पनि दु:ख–तकलिफ सहने प्राकृतिक शक्ति विद्यमान रहन्छ । हत्या हो भने किन गरियो ? एउटा सानो कमिलालाई मार्दा त मानिसलाई अपशोच हुन्छ भने आफ्नो परिवारको सदस्य भइसकेकी महिलालाई, जोसँग धार्मिक, सामाजिक तथा कानुनी नाता गाँसिएको छ, जसको सहयोगबिना पुरुषको कुनै काम चल्दैन, उसलाई मार्नुपछाडि के उद्देश्य हुन सक्दछ ? कुरा सबैले बुझेका हुन्छन्, असाध्यै विपरीत परिस्थितिबाहेक । तर समाज मौन छ, कानुन फितलो छ र न्याय दीर्घसूत्री छ ।     यस मामिलामा शड्ढाको घेरा परिवारमाथि नै जान्छ । आत्महत्या भएको हो भने परिवार

वीरगंजमा महिला हिंसाको घटनामा बढोत्तरी एक महिना नबित्दै दुई महिलाको मृत्यु

प्रस, वीरगंज, १२ साउन/     वीउमनपा–१७, पिपरा निवासी अनितादेवी पटेलले हिजो पासो लगाएर आत्महत्या गरेको घटनामा पनि माइती पक्षले हत्या भएको आरोप लगाएको छ ।     अनिता पटेलका पिता मदनप्रसाद कुर्मीले छोरीको नियोजित हत्या गरिएको आरोप लगाएका छन्। उनले एक वर्ष अघि पनि छोरीलाई विष खान बाध्य पारिएको र गुपचुप भारतको डङकन अस्पतालमा उपचार गरिएकोमा पछिल्लोपटक ज्वाईंको नोकरी लगाउने अथवा रु ३ लाख दिनुपर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराएर छोरीलाई तनाव दिएको बताएका छन्।     उनले छोरीको शव घरको पलङमा फेला पर्नु र शरीरमा नील डाम देखिनुले परिवारले पासो लगाएर अनिताले आत्महत्या गरेको कुराको बर्खिलाप देखिएको बताएका छन्।     प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले अनिताले पासो लगाएर आत्महत्या गरेको र निजलाई उद्धार गर्ने क्रममा पासोबाट हटाएको भन्ने घर परिवारको दाबीमाथि अनुसन्धान भइरहेको बताएका छन्।     हिजो बिहान १० बजे अनिताले घर परिवारका सदस्य भएकै बखत आफ्नो कोठामा पासो लगाएको उनका परिवारजनले बताए पनि माइती पक्षले भने नियोजित हत्या भएको आरोप लगाएको छ।     प्रहरी उपरीक्षक सिंहले पोस्टमार्टमको रिपोर्टपछि अनुसन्धान

विषयगत शिक्षक अभावमा एसएलसी नतिजा निल

प्रस, परवानीपुर, १२ साउन/     २०७० सालको एसएलसी परीक्षामा पर्साको महानन्दप्रसाद उपाध्याय उमावि बगहीका एकजना पनि विद्यार्थी एसएलसी परीक्षामा उतीर्ण भएन। एसएलसी परीक्षामा सो विद्यालयबाट ३५ जना विद्यार्थी सहभागी थिए।     विद्यालयमा पढाउने शिक्षकशिक्षिकाहरूको लापरवाहीका कारण विद्यालयको नतिजा निल भएको अभिभावकहरूले दाबी गरेका छन्। स्कूल निल भएर उमाविको सम्बन्धन पनि गुम्ने निश्चित हुँदै गइरहेको अभिभावकले बताएका छन्। कक्षा ११ मा एकजना पनि विद्यार्थी पनि भर्ना भएको छैन। कक्षा १२ मा पनि ८ जना विद्यार्थी मात्र अध्ययनरत छन्, जसमा ४ जना नियमित छन्। कहिलेकाही उमावि तहमा पढाउने शिक्षकहरू मन नलागेर कक्षा छोडेर हिड्ने गरेको कक्षा १२ का विद्यार्थी विकासकुमार साहले बताए।     विद्यालयका प्राचार्य अरविन्दलाल कर्णले विगत २ वर्ष देखि निमावि र मावि तहमा ४ जना विषयगत शिक्षक नभएर पठनपाठन तथा स्कूलको नतिजा बिग्रेको बताए। नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्छेलाल ठाकुरले विद्यालयको सामाजिक, आर्थिक, शैक्षिक गतिविधि सुदृढ गर्न आउँदो समयमा लागिपर्ने प्रतिक्रिया दिए।     जिल्ला शिक्षा कार्यालय, पर्सामा निम

तीनजना अपहृत भारतीय युवक फेला

प्रस, वीरगंज, १२ साउन/     लेनदेनको विषयमा तीनजना भारतीय युवकलाई बन्धक बनाई लागू औषधको अभियोगमा पक्राउ गराउने मुर्ली गाविसका एक युवकलाई प्रहरीले खोजी गरिरहेको छ।     मूर्लीका ती युवकले पश्चिम चम्पारण, बेतिया, गोपालपुर थाना, लोहियरिया निवासी मन्टु महतो, अमितकुमार ठाकुर, विवेककुमार शुक्लालाई बन्धक बनाएको प्रहरीको आरोप छ।     प्राप्त समाचार अनुसार बन्धक बनाइएका ती युवकहरूमध्ये गएराति मन्टु र अमित भागेर मिर्जापुर गाविस–१ भलुवहियामा पुगी अपहरणमा परेको बताएपछि गाउँहरूले दुवैजनालाई प्रहरीको जिम्मा लगाएको थियो। मिर्जापुर–१, भलुवहिया निवासी रामबाबू यादवले आफू घर बाहिर सुतिरहेको बेला युवकहरू आफ्नो शरणमा आएको बताएका छन् ।     स्थानीय बासिन्दासँग ती भारतीय युवकहरूले आफ्नो एकजना मित्र अझै पनि मुर्ली गाविसमा नियन्त्रणमा रहेको बताएपछि प्रहरी उद्धार गर्न मुर्ली पुग्ने क्रममा मुर्लीबाट एकजनालाई चरेससहित पक्राउ गरेको सूचना प्राप्त भएको एकजना प्रहरी अधिकृतले बताए।      यता मुर्ली गाविसको उत्तरपट्टी एक घरमा बन्धक रहेका तीनजनामध्ये विवेक कुमारलाई ६ किलो चरेससहित ती युवकले इलाका प्रहरी कार्यालय, पोखरियालाई

१४ महिनापछि चालक अनुमतिपत्रको आवेदन खुला हुँदा एकैपटक ६ हजार आवेदन दर्ता

प्रस, वीरगंज, १२ साउन/     यातायात व्यवस्था कार्यालय, नारायणी वीरगंजमा यसपटक सवारी चालक अनुमतिपत्रको लागि ६ हजार ६८ वटा आवेदन दर्ता भएको छ।     १४ महिनापछि मोटरसाइकल र स्कुटरको मात्र सवारी चालक अनुमतिपत्रको लागि साउन ४ गतेदेखि ११ गतेसम्म आवेदन माग गरेको सो कार्यालयमा ६ हजार ६८ वटा आवेदन दर्ता भएको कार्यालय प्रमुख राजेन्द्र घिमिरेले बताए। उनले मोटरसाइकल, जीप, कार, भ्यान र ट्रक लहरीको लागि यसअघि आवेदन माग गर्दा परेका निवेदनभन्दा यसपटक मोटरसाइकल र स्कुटीको लागि मात्र माग गरिएको आवेदन दोब्बरी भएको बताएका छन्।     यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रको लागि आवेदन माग गरेपछि विगत एक सातादेखि सो कार्यालयको काम प्रभावित भएको छ। कार्यालयमा हुने सबैजसो शुल्क बैंकिङ कारोबारमार्फत् गरिने र सोको लागि कार्यालय नजिकमा ग्लोबल बैंकलाई जिम्मा दिएकोमा सवारी चालक अनुमतिपत्रको कारण कार्यालयमा अन्य प्रयोजनको लागि पुगेका सेवाग्राहीहरूलाई समस्या भएको थियो।     यातायात व्यवस्था कार्यालयबाट नामसारी, नयाँ सवारी दर्ता, नवीकरण, वार्षिक सवारी शुल्क र दाखिल खारेजजस्ता कामको लागि आउने सेवाग्राहीहरू लामो

कहिले माथै माथ कहिले पुर्पुरोमा हात

    नेपाल विचित्रको देश हो। यहाँ बीस किलोमिटर पर जलवायुमा विभिन्नता पाइन्छ। यहाँका मानिसमा छिनछिनमा विचार विचलन हुन्छ। आज कसैको समर्थन गरिरहेका हुन्छन् भने भोलि त्यै बेला विरोध गर्दैनन् भनेर पत्याउन सकिन्न। कहिले जङगलदेखि सीमान्त क्षेत्रसम्म सडकको दुवैतिर असरल्ल बालुवा–गिट्टीको थुप्रो लागेको हुन्छ, कहिले देशले नै निर्माण गर्न लागेको सडकजस्ता भौतिक संरचनाका लागि गिट्टी–ढुङगाको अनिकाल लाग्छ। नागरिकको त कुरै के १ हो आजभोलि बालुवा, गिट्टी, ढुङगा ओसार्ने सवारी साधनहरूको धरपकड शुरु भएको छ। कारण नेपालको भएभरको ढुङगा–गिट्टी, बालुवा निकासी भएर भारत पुगिसकेको छ। अब नेपाल र नेपालीलाई नै भारतबाट तस्करी गरेर ढुङगागिट्टी नेपाल ल्याउने अवस्था आइलागेको छ। क्रसर उद्योगहरूले खोलानाला मात्र होइन, चुरे र राजमार्गको पिलर तथा बाँधसमेत खोस्रेर ढुङगा–गिट्टी–बालुवा ओसारिसकेपछि सरकारको घैंटोमा घाम लागेको छ। अब आफ्नै जनताले पनि नपाउनेगरी यी सामग्रीमा रोक लागेको छ। यसैलाई भन्छन्–कहिले माथैमाथ कहिले पुर्पुरोमा हात।     सरकार पनि के गरोस्, आजभन्दा तीन वर्ष पहिले क्रसर उद्योगहरूलाई अप्राकृतिकरूपमा ढुङगा–गिट्टी उत्ख

संविधानवाद र नेताको भूमिका

Image
अधिवक्ता वीरेन्द्रप्रसाद यादव     भारतीय विदेशमन्त्रीको विचारले दुईवटा महत्त्वपुर्ण सन्देश दिएको छ, जुन नेपाली नेताहरूले अनुसरण गर्न सक्नुपर्छ। पहिलो त उनीसँग भारतलाई हिन्दू राष्ट्र बनाउन भएको मागको सम्बन्धमा दिएको विचार, दोस्रो मधेसवादी नेताहरूको मागमा दिएको  जवाफ। भारतलाई हिन्दू राज्य बनाउने मागकर्तालाई बोल्दाबोल्दै रोकेको समाचार आएको छन् भने वक्तालाई रोक्दै म धर्मनिरपेक्ष भारतको संविधान अन्तर्गत शपथ खाएर भारतलाई प्रतिनिधित्व गर्दै आएकी हुँ, तपाईंको सो कुरा मलाई स्वीकार छैन। यो अभिव्यक्ति वास्तवमा देशभक्ति एवं संविधानप्रति पूर्ण समर्पित नेताले भन्नै पर्ने कुरा हो। कुनै पनि नेता वा पार्टीको विचार देशको संविधानभन्दा माथि छैन र कसैले संविधानको मर्म र भावनाभन्दा माथि हुने सोच राख्नुहुँदैन। वास्तवमा संविधानवाद यस्तै आचरण र व्यवहारबाट पूरा हुन्छ। संविधान र जनभावनाको यस्तै कदर गरेको कारण भारत महान् बन्दै गएको छ भने दिन दुगुना रात चौगुणा प्रगति गर्दैछ। कुनै पनि नेताको राजनीतिक धर्म र विधिको शासनप्रति प्रतिबद्धता यस्तैबाट पुष्टि हुन्छ । यसले नेपालका हरेक सभासद्ले लिनुपर्ने सन्देश के हो भने

जिप्रका पर्साद्वारा पोखरियामा सुरक्षा सम्बन्धी अन्तक्र्रिया, जनमैत्री बन्न प्रहरीलाई उपरीक्षक सिंहको निर्देशन

Image
प्रस, वीरगंज, ११ साउन/     पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले ग्रामीण क्षेत्रको प्रहरी चौकीहरूमा अहिले पनि ठूलाठालुहरूको मात्र पहुँच कायम रहेको गुनासो आएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।                 जिल्ला प्रहरी कार्यालय, पर्साले पोखरियामा आयोजना गरेको शान्ति सुरक्षा सम्बन्धी अन्तक्र्रियामा बोल्दै प्रहरी उपरीक्षक सिंहले मातहतका प्रहरीलाई गाउँका ठूलाठालुहरूको पहुँचभन्दा बाहिर रहेर आम नागरिकसम्म पुग्न र जनमैत्री बन्न निर्देशन दिए ।             उनले ठूलाठालुहरूले आफ्नो रवाफ देखाउन प्रहरीलाई गुमराह गर्न सक्ने र आम जनताको धारणा प्रहरीप्रति नकारात्मक बन्ने हुँदा त्यसतर्फ विशेष ध्यान दिन निर्देशन दिए । प्रहरी उपरीक्षक सिंहले जिल्लाको शान्ति सुरक्षा समग्रमा राम्रो भएको दाबी गरे ।     उनले लागू औषध गाँजा २३ क्विन्टल, चरेस ८ क्विन्टल आफ्नो पालामा पक्राउ परेको र हतियार र फरार अभियुक्त पक्राउ गरी कानुनको कठघरामा खडा गरेको बताए । उनले प्रहरी सचेतना कार्यक्रमको कारण पर्सा जिल्लामा महिला हिंसाको घटना सार्वजनिक हुन थालेको बताए ।     प्रहरीले विभिन्न स्थानमा महिला हिंसा सम्बन्धी जागरण ल्य

ढुङ्गा–गिट्टीसहित ७ वटा टयाक्टर पक्राउ

Image
प्रस, जीतपुर, ११ साउन/     चुरे क्षेत्रबाट ढु·ा गिट्टी लोड गरी वीरगंजतर्फ आइरहेको अवस्थामा प्रहरीले ७ वटा ट्याक्टर पक्राउ गरेको छ ।     प्रहरी चौकी पथलैयाले नियन्त्रणमा लिएको टयाक्टर जिल्ला वन कार्यालय, बारालाई बुझाएको छ ।     साउन १ गतेदेखि नेपाल सरकारले बारा जिल्लासहित चुरे क्षेत्रबाट वन पैदावार निकासी गर्न प्रतिबन्ध लगाएको छ । सोही क्रममा बारा चुरे क्षेत्रबाट अवैध वन पैदावार निकासी भइरहेको अवस्थामा पक्राउ गरी बुझाइएको प्रहरी चौकी पथलैयाले जनाएको छ ।     प्रारम्भिक अनुसन्धान बमोजिम यी ट्याक्टरमा रहेका वन पैदावार विदेश निकासीका लागि नभई आन्तरिक तथा घरायसी परियोजनको लागि भएको वरिष्ठ वन अधिकृत मुहम्मद वजीरले बताएका छन् ।     वन पैदावार विदेश निकासीमा पूर्ण रोक लगाइएको छ तर अन्तरिक खपतको लागि कुन प्रक्रियाबाट निकासी हुने कुनै प्रावधान प्रकाशमा आएको छैन ।पक्राउ गरिएका ट्याकटर सम्बन्धमा जिल्ला प्रशासन कार्यालय, बारा र जिल्ला विकास समिति बारासँग समन्वय गरी समस्या समाधान गरिने जिल्ला वन कार्यालय बाराका प्रमुख जिल्ला वन अधिकृत मनबहादुर खड्काले आज प्रतीकलाई बताए ।

कक्षामा समाचारपत्रको प्रयोग

Image
- अनन्तकुमार लाल दास     आजको सन्दर्भमा पत्रपत्रिकालाई विद्यार्थीहरूको बहुउद्देशीय प्रयोजनमा प्रयोग गरिन्छ । पत्रपत्रिकालाई स्रोत सामग्रीको रूपमा प्रयोग गरी विद्यार्थीहरूको ज्ञानवृद्धिका लागि उपयोग गर्ने चलन बढेको छ तर हामीकहाँ पत्रपत्रिका वा समाचारपत्रलाई विद्यार्थीको व्यक्तित्व विकासमा प्रयोग गर्ने सोचाइको विकास भएको छैन । एउटा अध्ययनले के देखाएको छ भने मध्य तराईका पर्सा, बारा, रौतहटका अधिकांश शिक्षकहरू पत्रपत्रिका पढ्दैनन् । अन्य अनुत्पादक वस्तु खरिदमा पैसा खर्च गर्ने शिक्षकहरू पत्रपत्रिका किन्न खर्च गर्न चाहँदैनन् । विद्यालयमा रहेको शैक्षिक कोषबाट किनिने केही पत्रिका पनि प्रधानाध्यापकको निजी विलासिताको सामग्री रहेको पाइन्छ । कतिपय ठाउँमा केही गैरसरकारी संस्थाहरूले विद्यालयहरूमा पत्रपत्रिका पढ्ने संस्कृति विकासको लागि पत्रपत्रिका निश्शुल्क उपलब्ध गराउँदा महमाथि माहुरी झुम्मिएजस्तै झुम्मिने शिक्षकहरू जब सहयोगमा पाउने पत्रिका वितरण बन्द हुन्छ, पढ्न छाडिदिन्छन् । नियमित आम्दानी र बौद्धिक व्यसन भएका शिक्षकहरू नियमित पत्रपत्रिका पढ्दैनन्, पत्रपत्रिका किन्ने जाँगर देखाउँदैनन् । यस्तो पर

सफाइप्रति जागरुकता

    अहिले वीरगंज सफाइप्रति निकै जागरुक देखिएको छ । मुख्य सचिव लीलामणि पौडेल वीरगंज आउँदा यहाँको फोहर र मुख्य सडक नै डम्पिङ स्थल बनेको देखेर प्रशासनलाई घच्घच्याएका थिए । सोही क्रममा प्रशासन तातेको र जनपद प्रहरी, सशस्त्र प्रहरी तथा सेनाका जवान, अधिकृत, नगरपालिका तथा नागरिक समाज सरसफाइ अभियानमा अग्रसर भएको थियो । नारायणीका एसएसपी सर्वेन्द्र खनालले सरसफाइ कार्यक्रमलाई अभियानकै रूपमा हाँकेर लग्ने सक्रियता देखाएपछि अहिले विस्तारै नागरिक समाज आआफ्नो क्षेत्रलाई स्वच्छ बनाउन अघि सरेको छ । वीरगंज उपमहानगरपालिकाको मुटु बनेको वडा नं १३ को आदर्शनगर क्षेत्रमा शनिवार बिहानै बाजागाजासहित नगरका सबै लायन्स क्लबहरू, सुरक्षा निकायहरू, नगरपालिका तथा नागरिक समाज सम्मिलित जनचेतना र्‍याली निकालिएको थियो । र्‍याली सरसफाइ सम्बन्धी पर्चा, पोस्टर वितरणका साथै सडक–नालीको सफाइसमेत गर्दै अघि बढेको थियो । त्यसै क्रममा शनिवार नै वडा नं १४ को कृषि सामग्री कम्पनीदेखि फूलबारी  टोलसम्मको सरसफाइ सम्बन्धी अव्यवस्था पन्छाउँदै सुरक्षा बल, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली र सम्बद्ध टोलका बासिन्दाको पहलमा टोललाई खुला दिसा–प

५४ महिलासहित १९५ जनाद्वारा रक्तदान

Image
प्रस, वीरगंज, १० साउन/     वीरगंज युवा समाजले वार्षिकोत्सवको अवसरमा गहवामाई मन्दिरअगाडि आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जना महिलासहित १९५ जनाले रक्तदान गरेका छन् ।     नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य श्यामकुमार पोखरेलले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।     समाजका अध्यक्ष कमल चौगाईंको अध्यक्षता र प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा आरती अग्रवाल, पुष्पा देवी, श्रद्धा आचार्य, राजमणि महतो, विजय चौधरी, नवराज भण्डारी, मार्टिन मोक्तान, प्रेमा श्रेष्ठ, कृष्णा नेपाल, डा. श्यामसुन्दर दास, डा. नीरज सिंह, प्रकाश नेपाल, मल्लिका नेपाल, सञ्जोग मानन्धर, सुरज मानन्धर, राजकुमार गुप्ता, प्रियड्ढा कर्ण, निष्मा घिमिरे, करिश्मा गुरुङ, जया प्रधाना·लगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रिय सहभागिता रहेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।     कार्यक्रममा नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, ब्लड डोनर्स एसोसिएसन पर्साका अध्यक्ष शत्रुघ्न नेपाल, उपाध्यक्ष अमित श्रेष्ठ, सदस्य अरबिन्

सुबोध स्मृति पुरस्कारको मूल्याङ्कन समिति गठन

प्रस, वीरगंज, १० साउन/     सुबोध स्मृति पुरस्कार–२०७१ को लागि तीन सदस्यीय मूल्याङ्कन तथा सिफारिस उपसमिति गठन भएको छ । सुबोध स्मृति पुरस्कार प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा प्रतीक दैनिकको कार्यालयमा आज बसेको बैठकले उपसमिति गठन गरेको हो ।     प्रतिष्ठानका सदस्य एवं राष्ट्रिय फोटो पत्रकार समूह पर्साका अध्यक्ष पङ्कज श्रेष्ठको संयोजकत्वमा गठित उपसमितिमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं मध्यमाञ्चल संयोजक शीतलप्रसाद महतो र पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा सदस्य रहेका छन् ।     २०७१ भदौ १ गते प्रतीक दैनिकको वार्षिकोत्सवको अवसरमा प्रदान गरिने सुबोध स्मृति पुरस्कारका लागि इच्छुक फोटो पत्रकारहरूले साउन २१ गतेसम्म प्रतिष्ठानको कार्यालयमा आवेदन बुझाउनुपर्ने निर्णय भएको छ । पुरस्कारका लागि पर्सा जिल्लाबाट प्रकाशित पत्रपत्रिकाका फोटो पत्रकारले मात्र आवेदन दिन सक्ने र उक्त आवेदनमा समाचारपत्रमा छापिएका फोटाहरूको कटिङ समावेश हुनुपर्ने, सो कटिङमा प्रकाशित मिति, नाम र क्याप्सन लेखिएको हुनपर्ने प्रतिष्ठानले जनाएको छ ।     आवेदक फोटो पत्रकारहरूले २०७० भदौ महिनादेखि २०७१ असा

वीपीका अनुदार अनुयायी

Image
- ओमप्रकाश खनाल     समकालीन राजनीतिमा योगदान स्मरणको कर्मकाण्डी चरित्र नौलो होइन । राजनीतिक खेतीपातीमा लागेकाहरूको नाटकीय मञ्चनले यसका न्यूनतम आधार र आचरणहरूमा खिया परेको भान हुन्छ । आडम्बर, कुण्ठा र असन्तुष्टि ओकल्न राजनीतिक इतिहासका महत्त्वपूर्ण आयाम र योगदानहरूको दोहनका शृङ्खलालाई निरन्तरता दिइएको छ । राजनीतिक उद्देश्य, सिद्धान्त, निष्ठा र समर्पणहरू स्वार्थको घानमा पिसिएका छन् । यही राजनीतिक परिदृश्यमा नेपाली काङ्ग्रेस यतिबेला संस्थापक नेता वीपी कोइरालाको शतवार्षिकी अभियानमा छ । काङ्ग्रेसका मौजुदा शीर्षस्थदेखि कार्यकर्ताहरूले वीपीलाई महामानवको रूपमा स्मरण गर्ने उपक्रम २ महिनासम्म चल्ने देखिएको छ । काङ्ग्रेसले विराटनगरबाट थालेको शतवार्षिकी सन्दर्भको पदयात्रा भदौ २४ गते विधिवत्रूपमा समापन गर्ने योजना छ । काङ्ग्रेसले यसलाई वीपीको विचारयात्रा अथ्र्याएको छ । राणाहरूले वीपीलाई विराटनगरमा पक्राउ गरी पूर्वी पहाडका विभिन्न जिल्ला हुँदै काठमाडौंको सुन्दरीजल जेल पुर्‍याएका थिए । त्यस बेला वीपीलाई हिंडाएर लगिएको बाटोमा काङ्ग्रेसले वैचारिक बहस गर्नेछ । यो यात्रा वीपी स्मृति सङ्ग्रहालय (तत्काली

आरोग्यको मूल्य र महत्त्व बुझौं

    जीवनक्रमलाई सुव्यवस्थित तरिकाले चलाउनका लागि आवश्यक साधनहरूमा आरोग्यको स्थान सर्वप्रथम छ । सुख, शान्ति र प्रगतिका साधनहरू जोड्नका लागि स्वस्थ शरीर नै समर्थ हुन सक्छ । जब शरीरका शक्तिहरू क्षीण हुन थाल्छन्, बुढयौलीले घेर्न थाल्छ अथवा रोगहरूको पञ्जामा कसिन थाल्छ अनि मानिसको अवस्था दीन–हीन एवं आर्तकातर जस्तो हुन पुग्छ । युवावस्थामा जो सिंहजस्तो गर्जना गर्दछ, हरिनजस्तो  उफ्रिन्छ, उही वृद्धावस्थामा शक्तिहरू क्षीण भएपछि असहाय एवं गलेको असमर्थ प्राणीजस्तो सानो–सानो कुराका लागि पनि अरूको सहायता कुर्न थाल्छ । हुन त वृद्धावस्था शान्तिको अवस्था हो । यदि युवावस्थामा शक्तिहरूको दुरुपयोग गरेर शरीरको जीवनतत्त्वलाई क्षत–विक्षत पारेको छैन भने सामान्य वृद्धावस्थामा पनि काम गर्नेलायक शक्ति बाँकी रहिरहन्छ । थोरै मानिस यस्ता छन् जो वृद्ध भनिने उमेरका भएर पनि तरुणहरूजस्तो क्षमतावान् हुन्छन् । यसको विपरीत ५० वर्षको आयुका मानिसहरूको यस्तो ठूलो सङ्ख्या छ जसका लागि जीवन भार बन्न पुगेको हुन्छ । शक्तिको भण्डार सकिएर खोक्रो बनेको शरीर कुनै आयुको किन नहोस् असहाय अवस्थामा पुग्दछ ।     रोगहरूले जसलाई घेर्‍यो, उनको

रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको १२ औं पदस्थापना समारोह सम्पन्न

Image
प्रस, वीरगंज, ९ साउन/     रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिसको १२ औं स्थापना दिवस  आज सम्पन्न भयो ।     होटल भिस्वामा आयोजित समारोहमा निवर्तमान अध्यक्ष सन्दीप मोहताले नवनिर्वाचित अध्यक्ष जगदीशप्रसाद शर्मालाई अध्यक्षको पिन हस्तान्तरण गर्दै पदभार प्रदान गरेका थिए ।     सो अवसरमा निवर्तमान अध्यक्ष मोहताले आफ्नो कार्यकालमा रोटरीका सबै सदस्यसँगको समधुर सम्बन्ध र सहयोगात्मक भावनाको कारण आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न हुन सकेको बताए ।     कार्यक्रममा जोन १२ का असिस्टेन्ट गभर्नर रन्जेश श्रेष्ठले नयाँ अध्यक्ष शर्मालाई शपथग्रहण गराएका थिए।     पदस्थापन समारोहका मुख्य अतिथि सभासद् राजेन्द्रबहादुर अमात्यले रोटरी एउटा विश्वव्यापी संस्था भए तापनि यसले आफ्ना क्लब रहेका मुलुकको राष्ट्रिय समस्यालाई पनि सम्बोधन गर्नुपर्ने विचार व्यक्त गरे ।     सभासद् अमात्यले अहिले हाम्रो मुलुक नयाँ संविधान बनाउने मोडमा रहेकोले संविधानमा समावेश गर्नुपर्ने कुराहरू पनि सुझावको रूपमा रोटरीले संविधानसभालाई उपलब्ध गराउन सुझाए ।     समारोहका विशिष्ट अतिथि मदन अधिकारीले रोटरीले विगतमा मुलुकबाट पोलियो रोग उन्मूलनको क्षेत्र

चुरे संरक्षणमा सहभागी होऔं –अध्यक्ष खनाल

Image
प्रस, निजगढ, ९ साउन/     मापदण्डविपरीतका सवै क्रसर उद्योग सधैंका लागि बन्द गरिने राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिका अध्यक्ष रामेश्वर खनालले बताएका छन् । चुरेबाट बग्ने खोलानाला, बगरबाट उद्योगका नाममा क्रसरले जथाभावी ढु·ा, ग्रेभल उत्खनन र सड्ढलन गरेकै कारण चुरे तराई मधेस उच्च जोखिममा पर्दै गएको अध्यक्ष खनालले बताए ।     “राज्यले ढिलै भएपनि चुरे तराई मधेस संरक्षणका लागि समिति गठन गरेको छ । विज्ञ, जानकार, प्राविधिक, सचेत स्थानीयहरूको परामर्श, सल्लाह, सुझाव लिंदै संरक्षणका लागि समिति क्रियाशील भएर लागिसकेको छ,” खनालको कथन थियो ।     क्रसरबारे सरकारले गरेको निर्णय नउल्टिने ठोकुवा गर्दै उक्त निर्णयप्रति व्यापक जनमत रहेको खनालले दाबी गरे  । “मापदण्डविपरीत सञ्चालन हुने क्रसरले पारेका असरका बारे आम जनताले बुझिसकेका छन्,” उनको भनाइ थियो ।     अब पनि चुरे संरक्षण नगर्ने हो भने चुरेसँगै तराईमा ठूलो प्राकृतिक विपत्ति निम्तने अध्यक्ष खनालले चेतावनी दिए ।     क्रसर प्रभावित स्थानहरूको अवलोकन गर्न बारा आएका खनालले बकैया खोला किनारास्थित नदी उकास जमिनको पनि अवलोकन गरेका थिए । सो अवसरमा उनले वृक

नामको प्रभाव

– अभिषेक सुवेदी     एक गाउँमा गणिका नामक वेश्या बस्थिन् । उनले आफ्नो जीवनकालमा कुनै धर्म गरेकी थिइनन् । उनको एकमात्र आश्रय देहव्यापार थियो । यसैक्रममा उनको अजामिल नामक व्यक्तिसित विवाह भयो । गणिकाले आफ्नो गर्भबाट पुत्र जन्माइन् ।     एक दिन देवर्षि नारद घुम्दै जाँदा गणिकाले छोराको नाम राखिदिन आग्रह गरिन् । नारदले विचार गरे, यिनीहरूले आफ्नो जीवनकालमा कुनै पुण्य गरेका छैनन्, दुवै पतिपत्नी एकसमान परे । आखिर के गर्दा यिनले पुण्य कमाउन सक्छन् भनी दिव्यदृष्टिले विचार गर्दा भगवान्को नाम लिएर पनि पुण्य हुन्छ भनेर उनले बालकको नाम नारायण राखिदिए । बालकले आफ्नो पिताको उद्धार गर्नेछ र यो एउटा धर्मको साधन हुनेछ जस्तो गुणकारी भविष्यवाणी गरेर नारद अन्तध्र्यान भए ।     समय बित्दै गएपछि मातापिता वृद्ध र बालक युवा अवस्थामा पुग्यो । अजामिललाई गणिकाले छाडेर गइसकेकी थिइन् भने उसको पनि मृत्युको दिन आइसकेको थियो । अजामिलले आफ्नो जीवनकालमा कुनै पुण्य नगरेको कारण उसलाई यमराजले आफ्नो दूत र पार्षद्लाई नर्कमा ल्याउनु भनी पठाए । यमदूतलाई अजामिलले देखेपछि ऊ धेरै डरायो । ‘हुने हार दैव नटार’ भनेभैंm छोराप्रतिको अगाध

भीमसेन र हनुमान–४

- उमाशङ्कर द्विवेदी     भीमसेनले भने– “राक्षसहरू, मेरो नाम भीमसेन हो । म धर्मराजभन्दा कान्छो, महाराज पाण्डुको पुत्र हँु । म आफ्ना भाइहरूका साथमा विशालामा बसिरहेको छु । यहाँबाट वायुमा उडेर एउटा सुन्दर सौगन्धिक पुष्प हामीहरू बसिरहेको ठाउँमा आइपुगेको थियो । त्यसलाई देखेर द्रौपदीले त्यस्तै अरू पनि फूल पाउने इच्छा गरिन् । म उनको इच्छा पूर्ण गर्नको लागि यहाँ आएको छु ।”     राक्षसहरूले भने– “पुरुषप्रवर, यो ठाउँ यक्षराज कुबेरको प्रिय क्रिडास्थान हो । यहाँ मरणधर्मा मानिसले विहार गर्न पाउँदैन । यहाँ देवर्षि, यक्ष र देउताहरूले यक्षराजसित आज्ञा लिएर मात्र जलपान तथा जलविहार गर्न पाउँछन् । यस्तो अवस्थामा तपाईंले उनको निरादर गरेर बलात् कमल पुष्प किन लिन खोजिरहनुभएको छ ? यस्तो अन्याय गरेर तपाईंले आफूलाई धर्मराजको भाइ भन्न सुहाउँछ त ? तपाईं पहिला यक्षराज कुबेरसित आज्ञा लिएर आउनुस् अनि मात्र तपाईंले यस सरोवरको जलपान गर्न पाउनुहुन्छ तथा कमलपुष्प पनि टिप्न सक्नुहुने छ, अन्यथा तपाईंले बलात् कमलपुष्पतिर हेर्न पनि पाउनुहुन्न ।”     भीमसेनले भने– “राक्षसहरू, राजाहरूले केही कुरा माग्दैनन्, यो नै सनातन धर्म हो

अतिक्रमण

- समीर पाख्रिन     दृश्य– जङ्गलबीचको खुल्ला मैदान । मैदान सुनसान छ । एकाएक नेपथ्यमा मानिसहरूले रित्तो टिन, थाल, कसैले मादल जस्ता आवाज आउने वस्तुहरू बजाएको सुनिन्छ । क्षणभरमा नै जङ्गलको वातावरण कोलाहलमय हुन्छ । आवाज बिस्तारै हराउँदै गएपछि  खुल्ला मैदानमा एउटा हात्ती लामो लामो श्वास फेर्दै प्रवेश गर्छ । हात्तीले चारैतिर सरसर्ती हेर्छ ।     हात्ती : यता जाऊ मानवबस्ती, उता जाऊ मानवबस्ती । यता गयो भने पनि लखेट्छन्, उता गयो भने पनि लखेट्छन् । अब हामी वन्यजन्तु कता जाने ? के यो पृथ्वीमा अब मान्छेले मात्र बाँच्न पाउने हो त ?  हामी वन्यजन्तुले जङ्गलमा पनि स्वतन्त्र भई डुल्न र घुम्न नपाइने ? (हात्ती कराएको सुनेर गैंडा मैदानमा आइपुग्छ ।) गैंडा : के भयो गजराज दाइ ? किन यति साह्रो रिसाउनुभएको ? हात्ती : के हुनु नि, यी मान्छेका जातले हामी वन्यजन्तुलाई देखी नसक्ने भए । गैंडा : खोई, मैले त कुरै बुझिनँ । हात्ती : तिमीलाई त थाहा नै छ । हामीलाई हाम्रो बुबा, मुमा, हजुरबा, हजुरआमाले सानैदेखि जुन बाटो हिंड्न सिकाए, हामी त्यही बाटो हिंड्ने होइन र ? गैंडा : त्यो त ठीक छ । तर अहिले चाहिँ के भो त्यो बताउनोस् न

सिम्रौनगढको सांस्कृतिक सम्पदाको चुनौती

- शीतल गिरी     नेपालमा आफ्नै विशेष संस्कृति भएका विभिन्न जातिहरू छन् ।     यही नै नेपालको विशेषता हो । यसैमा नै सुन्दरता रहेको हुन्छ ।     नेपालको तराई क्षेत्रमा अवस्थित सिम्रौनगढ सन् १०९७ देखि १३२६ अर्थात् २२९ वर्षसम्म तत्कालीन कर्णाटवंशी देव नामधारी डोयको राजधानी थियो । तत्कालीन डोय राज्य पूर्वमा कोशी, दक्षिणमा ग·ा, पश्चिममा नारायणी (गण्डकी) र उत्तरमा चुरेसम्म फैलिएको थियो ।     कर्णाट वंशले राज्य गरेको डोय राज्यको राजधानी सिम्रौनगढ अहिले नेपालमा छ र दक्षिणी भाग अहिलेको भारतमा परेको छ । भारतीय इतिहासकारहरूले पनि तत्कालीन कर्णाट वंशको इतिहासलाई भारतको इतिहासको एक अर्काको रूपमा प्रस्तुत गर्दै आएका छन् । कर्णाट वंशले सिम्रौनगढबाट शासन गरेको भनी नेपालको इतिहासमा लेखिंदै आएको छ । सन् १८१६ को सुगौली सन्धिपछि मात्र वर्तमानको सीमा कायम भएको हो । त्यसभन्दा पहिले सीमाङ्कन भएको थिएन ।     भाषा, संस्कृति र धर्मको निश्चित सीमा हुँदैन ।     दक्षिण भारत कर्णाटकका राजा विक्रमादित्यको उत्तरतर्फ साम्राज्य विस्तार गर्ने योजनाको मूर्त रूप डोय राज्य हो । उनको मृत्युपछि विशाल कर्णाटक राज्यबाट ई.सं.१० जुल

आम मानिसको मिडियाप्रतिको भरोसा

Image
- चन्द्रकिशोर जनताको स्वरूपलाई विविधतासहित जनप्रतिनिधिमार्फत् प्रस्तुत गर्ने संरचना राजनीतिक दलहरू हुन् । दलहरूको स्वतन्त्र सक्रियताबाट मात्र राष्ट्रियता, लोकतन्त्र तथा विकास सम्भव हुन्छ । “जनता” को जतिसुकै “दुहाइ” दिइए पनि जनइच्छालाई स·ठित राजनीतिक शक्तिका रूपमा परिचालन गर्ने संरचना बहुदलीय व्यवस्था अन्तर्गत कार्यरत दलहरू नै हुन् । जनताको आवाजलाई जनप्रतिनिधिहरूले मुखर गर्ने भए तापनि सोच र अभिव्यक्तिको स्वतन्त्रतालाई संस्थागत गर्ने संरचना स्वाधीन र स्वतन्त्र मिडिया हो ।     मिडियाले समाजका उकुसमुकुसलाई सार्थक अभिव्यक्ति दिने कार्य गर्दछ । त्यसैले लोकतान्त्रिक समाजमा ऊ जनजनमा प्रिय हुन्छ । जब कुनै गैरलोकतान्त्रिक शक्ति प्रकट हुन खोजिरहेको हुन्छ, उसको पहिलो प्रहार मिडिया संयन्त्रमाथि नै हुन्छ । खुला राजनीतिक परिवेशमा पनि आफ्नो निहित स्वार्थलाई सहयोग नपुगाएको भनेर मिडियामाथि दबाब दिने कार्य विभिन्न रूप र आवरणमा भइरहेका पाइन्छन् । राजनीतिक प्रतिस्पर्धालाई स्वीकार गरेका दलहरूले पनि आफ्नो अनुकूलको परिस्थिति नपाउँदा सञ्चारकर्मीहरूमाथि आक्रमण गरिरहेका हुन्छन्, पत्रकारहरूलाई निर्देशित गर्न खो