प्रस, निजगढ, १४ असार/
दुई वर्षअघि जग्गाधनी पुर्जा वितरण गरे पनि अहिलेसम्म उक्त पुर्जा चलनचल्तीमा नआएको भन्दै जग्गाधनीहरूले सङ्घर्षमा उत्रने चेतावनी दिएका छन्।
सुकुमबासी समस्या समाधान आयोगले वितरण गरेको पुर्जा हालसम्म चलनचल्तीमा नआएपछि सङ्घर्ष समितिले निजगढमा शनिवार वृहत् भेला आयोजना गरेको थियो।
जिल्ला मालपोत कार्यालय बाराले पुर्जा तत्काल चलनचल्तीमा नल्याएर जनतालाई अल्मल्याइरहेको सङ्घर्ष समितिको आरोप छ।
सबै प्रक्रिया पूरा गरेर आयोगले वितरण गरेको पुर्जा जिल्ला मालपोत कार्यालयका कर्मचारीहरूको बेवास्ताका कारण चलनचल्तीमा आउन नसकेको भन्दै भेलाका सहभागीहरूले आक्रोश पोखेका थिए। वक्ताहरूले जग्गाधनी पुर्जा चलनचल्तीमा ल्याउन अब आफूहरूसँग आन्दोलनको विकल्प नरहेको बताए।
आयोगले वितरण गरेको करिब ४ सय जग्गाधनी पुर्जा चलनचल्तीमा आउन सकेको छैन। चलनचल्तीमा ल्याउने सम्बन्धमा भूमिसुधार मन्त्रालयबाट पत्र प्राप्त हुँदासमेत मालपोत कार्यालय बाराले ढिलाइ गरिरहेको सङ्घर्ष समितिकी अध्यक्ष सावित्री भारतीले बताइन्।
पुर्जा चलनचल्तीमा ल्याइ राज्यले जनताको हकअधिकार सुरक्षित गर्नुपर्ने सुकुमबासी आयोग बाराका तत्कालीन अध्यक्ष नारायणबहादुर क्षत्रीले बताए। भेलामा सङ्घर्ष समितिका सदस्यहरू तुलसी न्यौपाने, सिद्धिलाल तामाङ, विदुरलाल श्रेष्ठ, रविराज द·ाल, केदार खरेल, सूर्यबहादुर पहरी र सञ्चारकर्मी गोकुल घोरसाइनेले मन्तव्य व्यक्त गरेका थिए।
भेला निजगढ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा सम्पन्न भएको थियो।