मुलुकको चारवटा निर्वाचन क्षेत्रमा हालै सम्पन्न उपनिर्वाचनको परिणाम मुख्य दलहरूको अपेक्षाविपरीत आएको छ। चारवटा क्षेत्रमध्ये यसपटक नेपाली काङ्ग्रेसले तीन स्थानमा विजय हासिल गरेको छ भने एमालेले एक सीट मात्र सुरक्षित राख्न सक्यो। सात महिना पहिले अर्थात् बितेको मङ्सिर ४ गते भएको चुनावमा उक्त क्षेत्रमध्ये दुई क्षेत्र एमाले र दुइ क्षेत्र नेपाली काङ्ग्रेसको थियो। दुवै पार्टीका शीर्ष नेताहरूलाई बितेको चुनावमा उक्त क्षेत्रका मतदाताले जिताएका थिए। नेपाली काङ्ग्रेस र एमाले दुवै यति बेला सत्तामा छन्। मङ्सिर ४ को चुनाव धाँधलीपूर्ण भयो भनेर तेस्रो ठूलो राजनीतिक दल एमाओवादीले आवाज उठाइरहेको छ। सत्ता काङ्ग्रेसको नेतृत्वमा रहेकोले सत्ताको प्रभाव पर्छ र अघिल्लो चुनावभन्दा उपचुनावमा राम्रो मत पाइन्छ भन्ने अपेक्षा नेका पक्षको थियो। गृह मन्त्रालयलगायत महत्त्वपूर्ण मन्त्रालय सम्हालेको एमाले नेका प्रधानमन्त्रीले खासै चर्चायोग्य काम गर्न नसकेकाले जनमत आफ्नो पक्षमा आउँछ भन्ने विश्वासमा थियो। मुख्य प्रतिपक्षको भूमिकामा रहेको एमाओवादी उपनिर्वाचन नजिते पनि मङ्सिर ४ भन्दा सम्मानजनक मत आउनेमा ढुक्क थियो। किनभने यसपालि नेकपा–माओवादीले चुनाब बहिष्कार गरेको थिएन र सरकारको सफलता असफलताले प्रतिपक्षलाई लाभ हुने प्रतीक्षामा थियो।
ठूला राजनीतिक दलहरूको आकलनविपरीत उप निर्वाचनमा तीनवटै पार्टीको मत घटेको छ। नेकाले प्रविधिकरूपमा जिते पनि अघिल्लो निर्वाचनको मत र यस पटक प्राप्त मतलाई दाँज्ने हो भने उसले सोच्नुपर्ने अवस्था आइसकेको छ। मङ्सिर ४ को चुनावमा नेकाले बागी उम्मेदवार छँदाछँदै चितवन क्षेत्र नं ४ बाट २०७६० मत प्राप्त गरेको थियो। यसपटक एक मात्र उम्मेदवारले २०३१८ मत मात्र प्राप्त गरेका छन्। त्यसैगरी कैलाली क्षेत्र नं ६ बाट १६४८९ मत प्राप्त गरी नेका विजयी भएकोमा यस पटक १४७८४ मत मात्र पाउन सक्यो। अर्कोतर्फ एमालेले बर्दिया क्षेत्र नं १ मा १८३४७ मत ल्याएर गत चुनाव जितेको थियो। उपचुनावमा १६९९६ मत ल्याएर उसले जितेको छ। काठमण्डौं–२ मा २१७४८ मत पाएर जितेको एमाले यसपटक १३४२१ मतमा खुम्चिएर पराजित भएको छ। एमाओवादीको सबै क्षेत्रमा मत घटेको छ। बर्दियामा ६ सय मत घट्यो भने अन्यत्र पनि ३० देखि ७५ प्रतिशतसम्म मत घटेको छ।
अमूल्य मत दिएर जिताएको नेताले चटक्क छोडेर पुन: अर्को चुनावमा जानुपरेपछि जनता रिसाएको छ। जहाँ एमालेले जितेर छोडयो, त्यहाँ एमालेको घटेको छ भने काङ्ग्रेसको मत बढेको छ । जहाँ काङ्ग्रेसले जितेर छोडयो, त्यहाँ काङ्ग्रेसको मत घटेको र एमालेको बढेको छ। काठमाडौंमा एमालेप्रति जनता अन्यत्रभन्दा बढी रिसाउनुमा एमाले भित्रको झगडाले मतदात दिक्क भएर पनि हो। गुटउपगुट र पार्टीफुटलाई त जनताले कत्ति
मन पराउन्न। एमाले महाधिवेशनको छाडा झगडालाई काठमाडौंले नजिकबाट हेरिरहेको छ। एमाओवादीले संविधानसभाको जनमतलाई स्विकार्न सकेन। गल्ती सुधारेर अगाडि बढ्नुपर्नेमा उसले झन् ठूलो गल्ती गर्यो। जनमतलाई धाँधलीको संज्ञा दियो। लौ त अब केको संज्ञा
दिन्छौ ? जनता रिसाएर उसलाई पनि आफ्नो हैसियतमा थन्क्याइदियो।