श्रीमन्नारायण मिश्र
नेपालको आन्तरिक राजनीतिमा भारतले हस्तक्षेप गर्दै आएको आरोप लगाउने काम विगत लामो समयदेखि हुँदै आएको छ। पञ्चायतको तीस वर्षमा भारतको विरोध नै नेपाली राष्ट्रवादको आधार बनेको थियो। पञ्चायती शासनको अवसानपश्चात् भारत विरोधी राष्ट्रवादको मान्यतालाई मूल राजनीतिक नारा बनाउने काम गरे देशका वामपन्थीहरूले। भारतको विरोध गर्नु नै नेपाली राष्ट्रवाद हो भन्ने मान्यतामा विश्वास राख्ने देशका वामपन्थी र पूर्व पञ्च राजावादीहरू यथार्थमा देश र जनतालाई अन्योलमा राख्न चाहन्छन्। नेपालप्रति भारतको हेपाहा प्रवृत्ति रहेको मानसिकताले ग्रसित यस्ता कथित राष्ट्रवादीहरूकै कारण देशले आर्थिक प्रगति गर्न सकेको छैन। यथार्थमा दक्षिण छिमेकी राष्ट्र भारत नेपालको सहयोगी, शुभेच्छु र घनिष्ठ मित्र राष्ट्र हो तथा नेपालप्रति सधैं उसको सदाशयता एवं सहयोगात्मक दृष्टिकोण रहिआएको छ । यस कुराको पुष्टि गर्दछ, चार दशक अघिको एउटा घटनाले।
कुरा वि.सं. २०२० साल तिरको हो । त्रिभुवन विश्वविद्यालय राजनीतिशास्त्र विभागको आयोजनामा विश्वविद्यालयकै सभाकक्षमा एउटा विचारगोष्ठीको आयोजना गरिएको थियो र त्यस कार्यक्रमका प्रमुख अतिथि थिए नेपालको राजनीतिका जानिफकार विशेषज्ञ अमेरिकी प्रोफेसर ई.लियो रोज । त्यो युग थियो नेपालमा स्थापित बहुदलीय संसदीय प्रजातन्त्रका हत्यारा राजा महेन्द्रको। त्यति बेला राजनीतिक दलहरू माथि प्रतिबन्ध लगाइएको थियो र अहिलेका कम्युनिस्टहरू पनि त्यति बेला राजाकै जयजयकार गरिरहेका थिए। राजा र पञ्चायती शासनको विरोध गर्नेहरूलाई तत्कालीन सत्ताले अराष्ट्रिय तत्त्व घोषित गरेको थियो। हजारौं प्रजातन्त्रवादीहरू भारतमा शरण लिएका थिए। साथै राजा र तिनका दरबारिया भारदारहरूले नेपालका कथित ती अराष्ट्रिय तत्त्वहरूलाई शरण दिएको आरोप लगाउँदै भारतलाई पनि अघोषित रूपमा आफ्नो सबैभन्दा ठूलो शत्रु घोषित गरेका थिए जसरी कि अहिलेका माओवादीले भारतलाई शत्रु ठानिरहेका छन्। त्यति बेला विश्वविद्यालयमा पनि अनेकौ प्रोफेसर, विद्वान् र छात्रहरू यस्ता थिए, जो राजा महेन्द्र जिन्दाबाद तथा भारतीय विस्तारवाद मुर्दाबादको नारा लगाउने गर्दथे। त्यस्तो वातावरणमा आयोजित उक्त सेमिनारको प्रारम्भमैं दरबारका अनेकौं भारदार र राजावादी विद्वान्हरूले प्रोफेसर रोज सामु अनेकौ प्रश्न राखे।
त्यस सेमिनारमा सहभागी एक विद्वान्का अनुसार राजावादीहरूले सोधेका प्रश्नहरूमध्ये एउटा महत्त्वपूर्ण प्रश्न थियो । नेपालप्रति भारतको सधैं दुराशयपूर्ण नियत रहिआएको छ र ऊ येनकेन प्रकारेण नेपालमाथि कब्जा जमाउन चाहन्छ, नेपाललाई आफ्नो नियन्त्रणमा लिन चाहन्छ यसबारे तपाईंको के धारणा छ ?
यस प्रश्नले एक क्षणका लागि प्रोफेसर रोजलाई स्तब्ध बनाइदियो तर तत्कालै उनले राजाका वफादार भारदार र तिनका विद्वान्हरू सामु प्रतिप्रश्न तेस्याए । उसो भए यस कार्यमा भारतसामु बाधा कहाँ थियो ? व्यवधान कहाँ थियो ? यदि भारतको नियत नै खराब थियो भने यसमा उसलाई अप्ठ्यारो, असुविधा वा अवरोध के कुराको थियो ?
जवाफ सुनेपछि प्रश्न सोध्नेहरू किंकर्तव्यविमूढ भए। कसैले एक शब्द बोल्न सकेन। त्यसपछि प्रोफेसर रोजले सविस्तार बताउन शुरु गरे–यदि भारतको नियत खराब थियो भने सन् १९५०
(२००७ सालमा) पूरै परिवार सहित नयाँ दिल्लीमा शरण लिन पुगेका नेपाली राजा त्रिभुवनसँग कुनै पनि किसिमको सम्झौता गर्न गराउन सक्दथ्यो। राणा शासकहरूलाई पनि केही लिए दिएर कुनै अनुकूल सन्धि गर्न गराउन सक्दथ्यो। तर भारतले त्यस्तो केही गरेन, तसर्थ तपाईंहरूले यस्तो सोच्नु वा भन्नु उचित होइन। त्यसपछि प्रोफेसर रोजले बताउन थाले कि स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री तथा शान्तिदूतका नामले विश्वविख्यात पण्डित जवाहरलाल नेहरू प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाललाई एउटा समृद्ध, बलियो छिमेकी राष्ट्रको रूपमा हेर्न चाहन्थे। त्यस्तो नभएको भए उनले नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्यता दिलाउन भगिरथ प्रयत्न गर्ने नै थिएनन्। यसपछि प्रोफेसरले बताए–कसरी पण्डित नेहरूले नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्यता दिलाउन मदत गरे। पण्डित नेहरूले जब पहिलोपटक संयुक्त राष्ट्र सङ्घको सदस्य बनाउनका लागि नेपालको आवेदन संयुक्त राष्ट्र सङ्घको सभामा प्रस्तुत गरे तत्कालीन सोभियत सङ्घले यो भन्दै त्यसलाई अस्वीकार गरिदियो कि नेपाल त भारतकै अविभाज्य हिस्सा हो, तसर्थ नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्यता दिन सकिंदैन। सोभियत सङ्घले यस्तो भन्दै विशेषाधिकार (भिटो) प्रयोग गर्यो। यति मात्र होइन पण्डित नेहरूले जब केही दिनपश्चात् पुन: नेपाललाई युएनको सदस्यता दिलाउने प्रस्ताव प्रस्तुत गरे, सोभियत सङ्घले फेरि भिटो प्रयोग गर्यो । जसले गर्दा संयुक्त राष्ट्र सङ्घमा नेपालले सदस्यता पाउनु त टाढा को कुरा, नेपालको आवेदनमाथि नै विचार गर्न (छलफल गर्न) प्रतिबन्ध लगाइयो। पण्डित नेहरूलाई त्यति बेला सफलता हात लाग्यो, जब उनले सोभियत सङ्घका तत्कालीन नेताहरू बुल्गानिन र खु्रश्चभेभलाई तेस्रोपटक भिटो नलगाउन सहमत गराए। यति कसरत र भारतको प्रयासका कारण नै नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्यता प्राप्त हुन सक्यो । यस तथ्यलाई प्रोफेसर रोजले आफ्नो पुस्तक डेमोक्रेटिक इनोभेसन्स इन नेपाल मा लेखेका छन्। पञ्चायती व्यवस्थामा मात्र होइन, त्यसपश्चात् पनि नेपालमा कटु सत्य सुन्ने र सहन गर्ने क्षमता धेरैमा छैन। यथार्थ कुरा कोही बोल्न वा लेख्न चाहँदैन। भारतमाथि विस्तारवादी, साम्राज्यवादीको आरोप लगाउने नेपालका वामपन्थीहरूले भारतको सदाशयताको पनि चर्चा गर्न सक्नुपर्दछ।
नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा सहयोगी साबित हुँदै आएको दक्षिणी छिमेकी भारतको सहयोग र सदाशयतामा पनि मीनमेख निकाल्नेहरू नेपालमा धेरै सङ्ख्यामा छन्। भारतले कुनै कलाकार वा लेखकले केही बोल्दा त्यसमा पनि हस्तक्षेप अर्थात् भारतको नाम सुन्ने बित्तिकै हस्तक्षेपको सम्भावना देख्नेहरू यथार्थमा नेपाल र भारतबीच सुमधुर सम्बन्ध रहेको देख्न चाहँदैनन। नेपालको प्रत्येक राजनीतिक परिवर्तनमा भारतको सहयोगात्मक एवं सकारात्मक भूमिका रहिआएको छ। कतिपयले नेपाल एवं भारतबीच भएको सन्धि एवं सम्झौताको खारेजीको माग पनि गर्दै आएका छन् तर यस्तो मााग गर्ने दल, नेता र विद्वान् यो कुरा सम्बन्धित व्यक्ति स्थान र उपयुक्त समयमा उठाउँदैनन्। भारतमा नेपालका प्राय: सबैजसो आन्दोलनकारीहरूले शरण लिएर अथवा लुकेर बसेका छन्। दक्षिणी छिमेकी भारतमा लोकतान्त्रिक शासन नभएको भए अथवा नेपालप्रति सदाशयता नभएको भए नेपालमा आजसम्म जे जस्ता परिवर्तनहरू सम्भव भएका छन ती सबै सजिलै सम्भव हुने थिएन। कि त सरकारको विरोध गर्ने आन्दोलनकारी जेलमा हालिन्थे। ठूलो सङ्ख्यामा
मारिन्थे अथवा युरोपेली मुलुकमा गएर लुकेर बस्नुपर्दथ्यो। नेपालका लोकतन्त्रवादी मात्रै होइन, वामपन्थी नेताहरूले पनि आन्दोलनका समयमा भारतमा शरण लिएका थिए। खुला सिमानायुक्त नेपालमा प्रजातन्त्रको
स्थापना भएपछि विगत साढे छ दशकदेखि नेपालको चतुर्दिक विकासमा भारतले सहयोग गर्दै आएको छ। भारतको सहयोग स्वार्थरहित छ,
यसमा शङका गर्ने ठाउँ छैन। भारत नेपालको निम्ति त्यस्तो छिमेकी मित्र राष्ट्र हो, जसले प्रत्येक सङकटमा साथ दिंदै आएको छ।