प्रस, वीरगंज, १४ असार/
वीरगंज र बाराको जीतपुरमा गरी तीन स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा ७ जना महिलासहित १४२ जनाले रक्तदान गरेका छन्।
जीतपुर युवा क्लबले प्रतीक दैनिक राष्ट्रियस्तरको ‘क’ वर्गमा वर्गीकरण भएको अवसरमा जीतपुरमा आयोजना गरेको रक्तदान कार्यक्रममा तीन महिलासहित ४७ जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रम क्लबका अध्यक्ष मनोज साहको अध्यक्षता र गढीमाई नगरपालिका कार्यालयका सामाजिक विकास प्रमुख वीरेन्द्र वाइवाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। रक्तदान गर्ने ४७ जनालाई एक महिनासम्म निश्शुल्क प्रतीक दैनिक उपलब्ध गराउने बारा समाचार संयोजक गम्भीरा सहनीले घोषणा गरेका थिए। सो अवसरमा पत्रकार सहनीलाई कार्यक्रमका प्रमुख अतिथि वाइवाले दोसल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा जुना मगर, गाँधीदेवी यादव, टीका कुमारी, महम्मद कलाम आजाद, अनिल साह, मोहन आचार्य, अजीत कुशवाहा, रामकिशोर प्रसाद, अनिल हारा, प्रभु साह कलवार, चन्देश्वर साह कानु, भानु पासवान, दिलीप गुप्तालगायतले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए।
यसैगरी वीरगंजबाट प्रसारित तराई एफएमको सातौं वार्षिकोत्सवको अवसरमा आज आयोजित रक्तदान कार्यक्रममा तीन महिलासहित ४१ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजकी प्राविधिक डिल्लीमाया घिमिरेले बताइन्।
कार्यक्रम एफएमका कार्यकारी निर्देशक अजय यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
रक्तदान गर्नेहरूमा एफएमका स्टेशन म्यानेजर राजेन्द्र सिंह नेपाली, राम श्रेष्ठ, हरेन्द्र यादव, कौशलकिशोर सर्राफ, मुन्ना कुमार, सन्दीप साह, राकेश कुमार, शेख रिजवान आलम, बिक्की यादव, हेमराज यादव, निशा श्रेष्ठ, सुनीता कार्की, प्रियङका मल्लिकलगायत थिए ।
त्यस्तै रक्त सञ्चार केन्द्र वीरगंजमा रगत अभाव भएपछि आज सामुदायिक सेवा केन्द्र इनर्वासमेत स्थानीय नयाँ जनसेवा युवा क्लब र जनसेवा महावीर युवा क्लबको संयुक्त आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा एक महिलासहित ५४ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जीतेन्द्र कुशवाहाले बताए।
सामुदायिक सेवा केन्द्र इनर्वाका लालदेवप्रसाद यादवले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए।
कार्यक्रम वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजन मैनालीको प्रमुख आतिथ्यमा भएको थियो। रक्तदान गर्नेहरूमा चन्द्रावतीदेवी यादव, भिखारी यादव, लालदेव यादव, विशाल राई, घनश्याम रौनियार, विवेक लामा, बनारसी पण्डित, विनोद दास, सुकेश पटेल, सागिर हवारीलगायत थिए।
रक्तदान कार्यक्रममा सामुदायिक सेवा केन्द्रका ग्यासुद्दिन ठकुराई, ब्लड डोनर्स एसोसिएसनका सचिव सरोज खड्कालगायतको उपस्थिति थियो।