- अनन्तकुमार लाल दास
हाम्रो देश नेपाल समान र गुणस्तरीय शिक्षाको लागि प्रतिबद्ध छ । यस कुरामा शड्ढा–उपशड्ढा गरे पनि कागजमा यो कुरो स्पष्ट लेखिएको छ । यस राष्ट्रिय प्रतिबद्धतामाथि सन्तोष व्यक्त गर्ने केही आधारहरू पनि छन् तर यस सम्बन्धमा धेरै बहस गर्न अझ पनि बाँकी छ । जस्तै के संस्थागत विद्यालयहरूले सरकारद्वारा घोषित १० प्रतिशत छात्रवृत्ति दिइरहेका छन् ? के यस्ता छात्रवृत्तिका लागि सम्बन्धित निकायले विशेष तयारी गरेको छ ? गुणस्तरीयतालाई कसरी निर्धारित गर्ने ? के परीक्षा नलिनु वा फेल नगर्नु राम्रो नीति हो ? तर यस आलेखमार्फत् नेपालजस्तो विकासशील राष्ट्रमा शिक्षा किन अनिवार्य हुनुपर्ने हो भन्ने कुरामाथि मात्र छलफल गर्न खोजिएको हो । सबैसँग यस प्रश्नको जवाफ छ तर के हामी यसलाई अक्षरश: लागू गर्न प्रतिबद्ध छौंं ?
जुन बेला हामी स्वयंसँग सोध्छौ– “यो कुरा मेरो लागि किन अनिवार्य छ” अनि यस प्रश्नको जवाफ पाइन्छ । हामी आफ्ना सन्तानलाई किन राम्रो शिक्षा दिन चाहन्छौं भन्ने कुरा एउटा समाजको रूपमा सोच्दा त्यहाँ पनि जवाफ शिक्षाको उद्देश्यमा लुकिएको छ । यस कारण सबैभन्दा पहिले शिक्षाको उद्देश्य बुझ्नु आवश्यक छ । यसबारे सङ्क्षेपमा के भन्न सकिन्छ भने लोकतान्त्रिक पहिचानलाई पोषित गर्नु, लोकतान्त्रिक प्रक्रियामा सक्रिय हुने योग्य बनाउनु, समाजमा योगदान दिनु, लोकतन्त्र, न्याय र प्रजातान्त्रिक मूल्यप्रति प्रतिबद्ध हुनु, स्वतन्त्ररूपले आफ्नो र राष्ट्रको विकास गर्नु, केटाकेटीहरूलाई आफ्नो समाजप्रति सजग र संवेदनशील बनाउनु, एउटा यस्तो वातावरण तयार गर्नु जहाँ केटाकेटीहरू थरीथरीको संस्कृति अपनाऊन र त्यसप्रति सवेदनशील बन्न सकून् हो । यसबाहेक नेपालजस्तो बहुसांस्कृतिक समाज शान्तिपूर्वक सहअस्तित्वका साथ बाँच्न र आर्थिक प्रगति गर्न सकोस् ।
हामी शिक्षाको यस्तो व्यापक उद्देश्यसँग सहमत छौं किनभने यो समाजको विकाससँग जोडिएको छ । अब यहाँ के प्रश्न उठ्छ भने के यी सबै उद्देश्यहरू विद्यालय शिक्षाबाट मात्र प्राप्त सम्भव छ ? वास्तवमा यीमध्ये धेरै वा सबै उद्देश्य समाज र परिवारको विभिन्न माध्यमबाट हासिल गर्न सकिन्छ तर शिक्षा किन अनिवार्य हुनुपर्छ भन्ने कुरालाई अझ प्रस्ट पार्नका लागि केही थप प्रश्नहरूको जवाफ खोज्नुपर्छ । जस्तै शिक्षा के हो ? शिक्षासँग कुनै समाजको आशय के हो ? व्यक्ति र समाजका लागि यो किन आवश्यक छ ? हाम्रो जस्तो सामाजिक र राजनीतिक विविधता भएको देशमा औपचारिक शिक्षा कसरी दिने ? यी प्रश्नहरूको जवाफ खोतल्दा हामी के पाउँछौं भने शिक्षा लोकहितसँग जोडिएको हुनाले यसमा सबैको पहुँच हुनुपर्छ । सरकार शिक्षाको यस उद्देश्यलाई विद्यालयको सङ्ख्या बढाएर, हरेक वर्ष शिक्षाको नारामा फेरबदल गरेर, विद्यालयमा केटाकेटीहरूको भर्ना सजिलो बनाएर र उनीहरूका लागि विद्यालयमैं खाजा उपलब्ध गराएर वा अन्य प्रबन्ध मिलाएर हासिल गर्न चाहन्छ ।
यसबाट के प्रस्ट हुन्छ भने हाम्रो देशको सामाजिक र राजनीतिक व्यवस्थालाई के थाहा छ भने केटाकेटीहरूलाई उनीहरूको घरबाट बाहिर निकालेर विद्यालय भन्ने ठाउँसम्म लग्नुछ तर चुनौती कहाँ देखा पर्छ भने ती केटाकेटीहरूलाई यस्ता कुरामा समर्थ बनाइन्छ जुन उनीहरूको प्रतिदिनको जीवनसँग जोडिएको हुँदैन । जस्तै कुनै पाठ पढ्नु, लेख्नु, गणना गर्नु आदि । यो त प्रारम्भिक शिक्षाको अति सरलीकृत बुझाइ हो । हुनत शिक्षाको गुणस्तरीयतामा सुधार ल्याउने धेरै प्रयासहरू पनि न भएका होइनन् तर त्यस्ता कुराहरू लागू गर्न शिक्षक, प्रशिक्षक, शैक्षिक संस्थाको तथा प्रशासक र विद्यालयको सोचमा धेरै विस·ति पाइन्छ । यी विकृति न्यून गर्न कानुनीरूपले केही न्यूनतम दिशानिर्देशको खाँचो छ । यदि शिक्षाले समाजको भलाई गर्छ भने यो अति आवश्यक हो । यसका लागि शिक्षाको उद्देश्यमाथि पुनर्विचार गर्नुपर्ने आवश्यकता छ ।
हाम्रोजस्तो मुलुकमा शिक्षा अनिवार्य भनेको विद्यार्थीहरूलाई भविष्यका लागि तयार गर्नु र सामाजिक दक्षता प्रदान गर्नु हो । आफ्नो कमजोरी पहिचान गरी त्यसलाई ताकतमा परिवर्तन गर्नु हो । यसबाट उनीहरूले अन्य नागरिकका साथ कसरी व्यवहार गर्ने भन्ने कुरा सिक्छन् र यी कुराहरू अनिवार्य शिक्षाबेगर सम्भव छैन । यसका साथै हाम्रो देशमा जुन छाडापन विकसित भइरहेको छ त्यसबाट युवाहरूलाई जोगाउन र दिशा प्रदान गर्नका लागि पनि शिक्षा अनिवार्य छ ।
एउटा वैश्विक नागरीको रूपमा शिक्षा सहस्त्राब्दी विकास लक्ष्यलाई हासिल गर्न अनिवार्य हुनुपर्ने हो । नेपाल जस्तो गरीब मुलुकको उत्थानका लागि शिक्षा अनिवार्य हुनुपर्ने हो । समाजको सदस्य भएको नाताले समुदायको प्रत्येक सदस्यले संवैधानिक मूल्य बुझ्न र तदनुरूप व्यवहार गर्न शिक्षा अनिवार्य हुनुपर्छ । एउटा परिवारको प्रत्येक सदस्यले संविधानको मर्म र भावना बुझोस् र त्यसको अभ्यास गरोस् भन्ने जानकारी प्राप्त गर्नका लागि शिक्षा अनिवार्य हुनुपर्छ । एउटा मानिस भएको नाताले यस्तो उत्पादन र प्रक्रिया विकसित गर्नुपर्छ जसबाट विश्वको रक्षा सम्भव होस् भन्न्े बुझाइका लागि शिक्षा अनिवार्य हुनुपर्छ । अर्थात् लोकतान्त्रिक समाजका प्रत्येक युवालाई आत्मनिर्भर र आन्तरिकरूपले सशक्त बनाउन शिक्षा अनिवार्य हुनुपर्छ । कुनै पनि मानिसको जीवनयापनका लागि ज्ञान आवश्यक भएको हुनाले पनि शिक्षा अनिवार्य हुनुपर्छ ।
अर्को शब्दमा भन्ने हो भने अनिवार्य शिक्षाले प्रत्येक अभिभावकलाई आफ्नो सन्तानलाई विद्यालय पठाउन बाध्य बनाउँछ । यस प्रकार विस्तारै समाजिक विकास र दक्ष जनशक्तिको उत्पादन हुन्छ । दक्ष जनशक्तिले परिवार, समाज र राष्ट्रको भविष्य आर्थिकरूपले सबल बनाउँछ । यदि शिक्षा अनिवार्य भएन भने गरीब सधैं गरीब नै रहन्छन् र धनीहरूको सेवा मात्र गर्दै रहन्छन् । शिक्षाको अनिवार्यताले विभिन्न समुदायका मानिसको जीवनलाई एउटा स्पष्ट ‘अर्थ’ प्रदान गर्न सक्छ अन्यथा यो कागजी दस्तावेन मात्र भएर बस्छ र यसबाट कुनै पनि समुदायको सोचमा परिवर्तन हुँदैन र उनीहरूको विकास पनि हुँदैन ।
१८ वर्ष उमेरका सम्पूर्ण बालबालिकाहरूलाई शिक्षा लिन बाध्य बनाउनुपर्ने मेरो धारणा रहेको छ किनभने यसबाट उनीहरूले सामाजिक मूल्य र मान्यता सम्बन्धमा, अपराध गरेपछि दण्ड भोग्नुपर्छ भन्नेबारे, आधारभूत आवश्यकताको परपूर्ति कसरी गर्नेजस्ता सवालहरूको जवाफ सजिलै पाउँछन् र यसरी उनीहरू एउटा लक्ष्य लिएर अगाडि बढ्छन् । यसबाट उनीहरूलाई श्रमको महत्त्वबारे पनि थाहा हुन्छ । शिक्षाले उनीहरूलाई शोषित हुनबाट जोगाउँछ । यदि शिक्षा अनिवार्य भएन भने हामी शोषित हुन बाध्य भइरहन्छौं । शिक्षाले धर्मको नाउँमा, जातिको नाउँमा हुने अकाल मृत्युबाट पनि हामीलाई जोगाउँछ । यस कारण पनि शिक्षा अनिवार्य हुनुपर्छ । शिक्षा अनिवार्य भयो भने स्वयं विद्यार्थीद्वारा विभिन्न कारणवश विद्यालय छाड्ने प्रवृत्तिमा कमी आउँछ भने अभिभावकद्वारा पनि विभिन्न कारण देखाई विद्यालय छोडाउने प्रवृत्तिमा कमी आउँछ । जुन समाजमा हामी बस्छौं त्यस समाजको उत्थानका लागि शिक्षा वास्तवमा खाँचो हो ।
यदि हामी लोकतन्त्रलाई एउटा जीवन दर्शनको रूपमा ग्रहण गर्न चाहन्छौं भने हाम्रो देशको शिक्षामा व्याप्त विकृति र विस·तिलाई जरोदेखि उखेलेर फाल्नुपर्छ । यसको लागि दृढ प्रतिज्ञा, प्रतिबद्धता र साहसको खाँचो छ । नेपाली समाजमा विद्यमान असमानता मेटाउन धेरै आवश्यक छ । यसका लागि एउटा ठोस रणनीति तयार गर्नुपर्छ । जटिल मुद्दाहरूमा पुनर्विचार गर्नुपर्छ किनभने नेल्सन मण्डेलाको शब्दमा ‘शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो, जसलाई विश्व परिवर्तन गर्ने औजारको रूपमा प्रयोग गर्न सकिन्छ ।