मानिस आफ्नो भाग्यको निर्माता हो। आफ्नो उत्थान–पतन उसको वशको कुरा हो। यो तथ्य जति साँचो छ, त्यति नै साँचो के पनि हो भने वातावरणको प्रभाव मानिसमाथि पनि पर्दछ र उसको व्यक्तित्वबाट परिवार एवं समाजको वातावरण पनि प्रभावित हुन्छ। नराम्रो वातावरणमा रहेर कदाचित कसैले आफ्नो विशिष्टता साँच्न सक्छ, साथै यो सत्य हो कि वातावरणको प्रभाव पनि नपरी रहन सक्दैन।
धेरै मानिसको–समर्थ मानिसको क्रियाकलापले नै वातावरणको निर्माण हुन्छ। बहुसङ्ख्यक भएर एकैनासको गतिविधिहरू अँगाल्दा दुर्बल स्थितिका व्यक्तिहरूले पनि आफ्नो एउटा विशेष प्रकारको अवस्था सिर्जना गर्दछन्। व्यसनी, अनाचारीहरूको समुदायले पनि यस्तो प्रभाव उत्पन्न गर्दछ, जसबाट सामान्यस्तरका मानिसहरू प्रभावित हुन्छन् । यस कारण राम्रो वातावरणमा रहनु र नराम्रो वातावरणबाट जोगिनु त्यति नै आवश्यक छ, जति स्वच्छ हावामा रहने र फोहर–दुर्गन्धबाट जोगिने प्रयास गरिन्छ। त्यो प्रसिद्ध कथा जसमा एउटा गुँडबाट झिकिएका सुगाका दुई चल्लालाई दुई भिन्न ठाउँमा पालिएको थियो। त्यहाँको परिवेश अनुसार तिनीहरू पालिए । सन्तकहाँ पालिएको सुगाले ‘सीताराम–राधेश्याम’ भन्न सिक्यो भने चोरको घरमा पालिएको सुगाले ‘लुट–मारकाट’ भन्न मात्र सिक्यो। दोष सुगाको होइन, उनीहरू जुन वातावरणमा पालिए, जे सुने त्यही बोल्न सिके। मानिसको सम्बन्धमा पनि यही कुरा सत्य हो। ऊ जस्तो मानिसको स·तमा रहन्छ, जस्तो परिस्थिति भोग्दछ, जुन कुरा समीपवर्ती व्यक्तिहरूले गरेको देख्दछ, त्यसै अनुसार आफ्नो स्वभावको निर्माण गर्दछ। मानिसको स्वभाव बाँदरजस्तै अनुकरणप्रिय हुन्छ।
यस्तो पनि देखिएको छ कि मनस्वीहरू आफ्नो आदर्शवादितामा अडिग रहेर अनेकौं मानिसको ध्यान आफूतिर आकर्षित पार्न सफल हुन्छन् । कैयौंलाई अनुकरण गर्ने प्रेरणा दिन्छन् । आफ्नो औचित्यले गर्दा त्यस मार्गमा हिंड्न अरूलाई आकर्षित गर्छन्। आवश्यक छैन त्यो मार्ग सरल अथवा परम्परागत नै होस्, नवीन विचार पनि आफ्नो औचित्यका कारण प्रतिभाशाली व्यक्तिहरूले अँगालेपछि एउटा मार्गको रूप धारण गर्दछन्। सर्वसाधारणलाई त परम्पराहरू नै सबैथोक प्रतीत हुन्छ, तर विचारवान् मानिस औचित्यलाई हेर्छन्, कसीमा घोट्छन् र त्यसको चुनाव गर्छन्, अँगाल्छन्। शीशाको मोती गरीबले पनि किन्छन् र लाउँछन्, तर असल बहुमूल्य मोतीको पारखी हुँदैन भन्ने कुरा होइन । बुद्धको गाँधीको मार्ग सर्वथा नयाँ थियो, तर तिनको प्रामाणिक व्यक्तित्व र औचित्यपूर्ण प्रतिपादनले गर्दा असङ्ख्य व्यक्ति उनका अनुयायी बने र एउटा नयाँ वातावरण निर्माण गर्न सफल भए । तर यो तब मात्र सम्भव हुन्छ, जब कोही प्रतिभावान् व्यक्ति अग्रगामी बनेर कुनै उपयुक्त मार्ग अँगालोस् र आफ्नो कुरा तर्क, तथ्य, प्रमाण, उदाहरणसमेत सम्झाओस्। स्वयम् आफू त्यस मार्गमा सुदृढ भएर अन्यान्यमा मनोबल उत्पन्न गरोस्।
यो सत्य हो कि मानिस बुद्धिमान् प्राणी हो। ऊसँग सोच्ने–विचार गर्ने शक्ति छ। यति हुँदा पनि ऊ परोक्षरूपमा प्रथा–परम्पराहरूअनुरूप आफूलाई त्यसै रुढि अनुसार ढाल्दछ, जसमा समीपवर्ती मानिसहरू हिंड्छन्। त्यसैलाई वातावरण भनिन्छ। यो नराम्रो पनि हुन्छ र राम्रो पनि। जुन पनि प्रवाहमा बग्न थालिन्छ, मानिसको व्यक्तित्व अथवा स्तर पनि प्राय: त्यही ढाँचाको बन्न पुग्छ। वातावरण बनाउने मानिस त बिरलै हुन्छन्। अधिकांश त्यस्ता हुन्छन्, जो प्रवाहमा बग्छन्, जे भइरहेको छ त्यसैको अनुगमन गर्न थाल्छन्। परिणति त क्रिया अनुरूप नै हुन्छ। मूढ–मान्यता र अवाञ्छनीयताको प्रवाहमा बगेर मानिस यस्तो अवस्थामा पुग्दछ, जहाँ रल्लिनु उसको पूर्व निश्चय नै थिएन। त्यसैले जहाँसम्म आफ्नो भविष्य निर्माणको सम्बन्ध छ, त्यहाँ आफ्नो पुरुषार्थ र दिशा निर्धारणको महत्त्व देखिन जान्छ । त्यहाँ यो पनि कम महत्त्वपूर्ण तथ्य होइन कि कुन समुदायसँग हिंड्ने अवसर जुर्यो, कस्ता मानिसको गतिविधिले उसलाई कुन सीमासम्म प्रभावित पारिरहयो।
मानव समाज यस्ता मानिसहरूले भरिएको छ, जहाँ असल मानिस पनि छन्, नराम्रा पनि छन्। यहाँ आदर्शवादिता र सेवाका अनेकौं उदाहरण देखिन्छन् भने बहुदुव्र्यसनी, अपराधी र अबुझस्तरका व्यक्तिहरूको पनि कमी छैन। दुई प्रवृत्ति सँगसँगै हुन्छन् र मिसिएका पनि हुन्छन् । त्यस्तो वातावरणमा पनि दूरदर्शी, विवेकवान् व्यक्तिले आफ्नो रुचिअनुरूप विवेक चयन गर्दछ। जसको मनोबल अथवा स्वतन्त्र चिन्तन छैन, ती हावाको वेगसँग उड्ने सुकेका पातभैंm हुन्छन्। सामान्यजनलाई वातावरणले नै घिसार्दै र त्यस प्रभावबाट प्रभावित भएर उनीहरू अनिश्चित भवितव्यताको जालोमा फस्न पुग्छन्। त्यसैले वातावरणको प्रबलतालाई स्वीकार गर्दागर्दै पनि के निश्चित छ भने मानवी विवेक र मनोबल सर्वोपरि हुन्छ । त्यसले वातावरणको प्रभावलाई ग्रहण त गर्छ नै तर यो पनि सम्भव छ कि ऊ त्यो प्रभावलाई अस्वीकार गरिदेओस् र जे उचित त्यही गरोस्। यो स्वतन्त्र चिन्तन नै वस्तुत: भाग्यनिर्माता हो, अन्यथा जुन नियति सामान्यजनद्वारा अँगालिन्छ, त्यही उसको खप्परमा पनि टाँसिन्छ।
सामान्यतया मानिस परम्परागत प्रवाहमा नै बग्दछ र त्यसै परिणामलाई भोग्दछ, जो परम्परावादीहरू भोग्छन् । चिर पुरातनकालदेखि सामयिक परिस्थिति अनुसार प्रचलनहरूमा ठूलो परिवर्तन भइरहेको छ। त्यसको ध्वंसावशेष अहिले पनि विद्यमान
छ। यद्यपि ती खण्हर भएका कारण उपयोगी रहेनन्। व्यर्थ पृथ्वीको हिस्सा ओगटेका छन्। तिनलाई हेर्न र नमन गर्न त जान सकिन्छ तर त्यहाँ बस्न सकिंदैन। रहन–बस्नका लागि यस्तो घर चाहिन्छ, जुन आजको परिस्थितिअनुकूल आफ्नो काम गर्ने स्थानको निकट होस्।