सिकेन्द्र पासवान, कलैया, १२ असार/
भारत सरकारको आर्थिक सहयोगमा तराईमा सडक परियोजना अन्तर्गत निर्माणाधीन सडक समयमैं नबन्न सक्दा कलैया नगरपालिकाका बासिन्दालाई आवतजावत गर्न कठिनाई भइरहेको स्थानीयहरूको भनाइ रहेको छ।
मानमत–मटिअर्वा सडकखण्ड अन्तर्गत पर्ने सो सडकमा ठाउँठाउँमा एक–एक गहिरो खाल्टो भएको र सो खाल्टोमा पानी जमी पोखरी बन्दासमेत कलैया नगरपालिका कार्यालयले मरम्मत समेत नगरेकोले निकै समस्या भोग्नुपरेको अखिलका जिल्ला अध्यक्ष इमरान आलम बताउँछन्।
सदरमुकाम कलैयाको मुख्य भरतचोकसँगै जोडिएको सो सडकको ठाउँठाउँमा पोखरीजस्तै खाल्डो तथा फोहोरको डुङ्गुर जमेको हुँदा त्यसको व्यवस्थापन नगरपालिकाले गर्न नसक्दा लाजमर्दो अवस्था सृजना भएको स्थानीय रविन पासवानले बताए ।
वर्षायाम शुरु भएपछि यी खाल्डोमा वर्षाको पानीसँगै नालाबाट निस्कने दुर्गन्धित पानी जम्मा हुँदा सदरमुकाम कलैया आउने र जाने गाडीका साथै सर्वसाधारणलाई पैदल हिंड्नसमेत अप्ठयारो हुने गरेको युवा सङ्घ नेपाल बाराका प्रचार विभाग प्रमुख अनिता साहले बताइन्।
नेपाल सरकारले यो सडक बनाउन विगत चार वर्षको अन्तरालमा मुआब्जा, विद्युत् मरम्मत गरी झन्डै २१ करोड भन्दा बढी खर्च गरिसक्दा पनि नगरवासीले अझै समस्या भोग्नुपर्ने देखिएको छ। जिल्लाको मुख्य राजमार्ग सँग भारतीय सिमाना जोड्ने यस सडक खण्डको समयमैं निर्माण हुन नसक्दा जिल्लाको विकासले गति लिन नसकेको बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी बताउँछन्।
त्यति मात्र होइन, कलैयादेखि सिम्रौनगढसम्म चल्ने नहरको सडकखण्डको दर्जनौ ठाउँमा खाल्डो भई पानी जमेको हुँदा चालकहरू ज्यान जोखिममा राखेर सवारी साधन चलाउने गरेको चालक प्रकाश साहले बताए।
जिल्ला विकास समिति बाराले सडक मरम्मतका लागि पटकपटक लाखौं रुपियाँ निकासा गरे पनि मरम्मत कार्य कागजमा मात्र हुने गरेको अखिल क्रान्तिकारीका सचिवालय सदस्य मुकेश साहले भने ।
आर्थिक वर्ष सकिन लाग्दा र वर्षायाम शुरुसँगै जिल्ला विकास समिति बाराले कलैयादेखि सिम्रौनगढ सडकखण्ड र सदरमुकाम कलैयादेखि ग्रामीण भेग जोड्ने सम्पूर्ण सडकखण्ड मरम्मतका लागि लाखौं रुपिपयाँ निकासा गरेको भए पनि काम शुरु नभएको स्थानीयले बताएका छन्।