- वैद्यनाथ ठाकुर
मानवीय गुणहरूले नै एक्काइसौं शताब्दीमा मानवलाई महान् बनाएको छ । मानिस प्रकृतिमा जीव विकासको क्रममा विकसित स्तनधारी जनावर नै हो । तर जनावरबाट मानिसलाई छुट्याएको स्वभाव भनेकै मानवीयता हो । धर्तीमा एक मात्र यस्तो प्राणी हो जसले मानव मात्रको लागि मात्र होइन, सम्पूर्ण धरतीकै लागि सकारात्मक चिन्तन राख्ने गर्दछ । इतिहासमा भएको कमी कमजोरीबाट शिक्षा लिने र सो अनुसार वर्तमानलाई परिमार्जन गर्ने तथा सुदूर भविष्यको गोरेटो–यात्रालाई सहज र सुखमय बनाउन योजना निर्माण गर्ने क्षमता केवल मानिसभित्र मात्र रहेको छ । यस अर्थमा एउटा मानिस जब आम मानिसको नैतिकताभन्दा माथि उठ्छ अनि त्यसले मानिसहरूबाट अपार स्नेह प्राप्त गर्दछ । त्यसैले कतिपय सन्दर्भमा भन्ने गरिन्छ मानिस नै भगवान् हो ।
प्रत्येक वस्तु, गुण वा स्वभावको विपरीत हुनु पनि स्वाभाविक हो । राम्रो मानिस भएपछि नराम्रो मानिसको पनि दुनियाँमा अस्तित्व हुन्छ नै । मानवीयता शून्य मानिस पनि मानवकै बीच छ । आफ्नो व्यक्तिगत उन्नति, प्रगतिको लागि अन्य मानिसलाई दु:ख दिने, शोषण गर्ने, उस्तै पर्यो भने घाँटीसमेत काट्न अघि सर्ने मानिसहरू नै वास्तवमा मानवीयता शून्य मानिसहरूको श्रेणीमा पर्दछन् । यस श्रेणीमा समाज वा घर परिवारको कुनै व्यक्तिविशेषदेखि राजसत्ताको माथिल्लो संरचनासम्म बस्ने व्यक्तिसमेत पर्न सक्दछ । मानवीयताको न्यूनतम नैतिकताबाट तल झरेका व्यक्तिहरू नै शैतान वा राक्षस हुन् जसको परिकल्पना विभिन्न धार्मिक, सामाजिक ग्रन्थ वा कक्षाहरूमा भेटिन्छ ।
यतिबेला हाम्रो समाज रूपान्तरण प्रक्रियाको एउटा अति संवेदनशील मोडमा आइपुगेको छ । धर्तीका अन्य भागका मानिसहरू यहाँसम्म कि आफ्नै छिमेकी मुलुकहरूका जनताले सम्पन्न गरेका ईसं १९४९ को चिनियाँ जनवादी गणतन्त्र स्थापनाको झन्डै आठ दशक बित्न लागिसक्दा पनि हामी अभैंm त्यो ठाउँमा पुगिसकेका छैनौं । हामीले परिवर्तनलाई सम्बोधन गर्न सक्ने संविधान लेख्ने कार्य पूरा गर्नै बाँकी छ । कुनै पनि समाजको परिवर्तन फगत व्यक्तिको इच्छामा भर पर्ने कुरा होइन । वास्तवमा वस्तुगत आवश्यकताले नै समाजलाई एउटा निश्चित बाटोमा डोर्याएको हुन्छ । सामाजिक अन्तर्विरोधहरूको आन्तरिक सङ्घर्षले गर्दा समाजलाई गतिशील बनाएको हुन्छ । यही अन्तर्विरोध एउटा निश्चित बिन्दुमा पुगेपछि कसैले चाहे पनि नचाहे पनि ठूल्ठूला सामाजिक परिवर्तनको पूर्वाधारलाई दरिलो ढ·ले प्रस्तुत गर्दछ जसलाई इतिहासमा ‘दस दिन जब संसार हल्लियो’ वा ‘आधी रातमा धरती हल्लियो’ जस्ता नामाकरणबाट जान्ने वा स्मरण गर्ने कार्य गरिन्छ ।
विकासको हिसाबले पनि नेपाली समाज निकै पछि परेको समाज हो । लामो समयसम्म सामन्तवाद, त्यसमा पनि राजतन्त्र हावी रहँदै आएकोले राजनीतिक, आर्थिक, सांस्कृतिक तथा सामाजिक फड्को मार्न अत्यन्तै चुनौतीपूर्ण अवस्था रहेको छ । यति भए पनि परिवर्तन प्रकृतिको स्वभाव भएको हुनाले यसलाई जति धेरै बाधा–व्यवधानले रोक्न, थुन्न खोजे तापनि यो नदीको वेगजस्तै हो, जसले हजारौं–लाखौं बाधा व्यवधानहरूलाई पन्छाउँदै अगाडि बढिरहन्छ, निरन्तर अगाडि बढिरहन्छ ।
यति बेलासम्म मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसक्नुपर्ने हो । तर १४/१५ हजार शहीदहरूको रगतसँग साटेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिकता र धर्म निरपेक्षतालगायत उपलब्धिहरूसमेत गुम्ने खतरा अझै टरिसकेको छैन । हिजोको दिनसम्म अग्रगामी परिवर्तनविरुद्ध चट्टान बनेर उभिएको शक्ति, जसले क्रान्तिकारी विद्रोहीहरूको टाउकोको मूल्य तोक्यो, आज तिनीहरूकै पूर्ण पकडमा राज्य सत्ता आइपुगेको छ । जसरी हिजोको दिनमा दरबार हत्याकाण्डपछि राजाको रूपमा ज्ञानेन्द्र छविका व्यक्ति देखिए जसको क्रियाकलापले गर्दा हजारौं वर्षको राजतन्त्र तथा झन्डै अढाई सय वर्षको शाही राजतन्त्र समाप्त गर्न सहजता र अनुकूलता प्रदान गर्यो । यति बेला ठीक त्यस्तै अवस्थाको सिर्जना हुन पुगेको छ ।
नेपाली राजनीतिमा भ्रष्टाचार अहिलेसम्मको मुख्य समस्या देखिएको छ । चाहे त्यो राजनीतिक पार्टीहरूको आन्तरिक जीवनमा होस् वा मुलुकको राजकोषमाथि कुनै पार्टीको कुन नेता भ्रष्ट छैन भनेर सोधिएको प्रश्नको उत्तर दिन यति बेला जोकोहीलाई निकै गार्हो अवस्था छ । पार्टी र नेताहरू नै आर्थिक भ्रष्टाचारको शिकार भएपछि राज्यको अरू निकाय स्वच्छ होस् भन्ने अपेक्षा राख्नु कल्पना मात्रै हो । खासगरी दोस्रो जनान्दोलनपछिका नौ वर्षमा बनेका सबै सरकार, पार्टी र नेताहरूको चरित्र जनतासामु छर्ल· भइसकेको छ । केवल मन्त्री पद पाउनकै लागि पटक–पटक टुक्राटुक्रामा विभाजित भएको मधेसवादी दलहरू र मन्त्री बन्नकै लागि पार्टीको आन्तरिक जीवनमा गुट, उपगुट निर्माण गरी राजनीतिक चर्चा तथा षड्यन्त्रमा अगाडि रहेको नेपाली काङ्ग्रेस, नेकपा एमाले, ए नेकपा माओवादी, राप्रपालगायत सबै पार्टीभित्र भ्रष्टाचार रोग मात्रामा घटी वा बढी जे देखिए तापनि यसबाट अछुतो रहेको देखिएन । यसो हुनु पनि स्वाभाविक नै हो । पोखरीको पानी फोहर भएपछि यो घाट वा त्यो घाट मात्रै फोहर बाँकी सफा हुन सक्दैन । किनभने पोखरीको पानी कि सम्पूर्ण फोहर हुन्छ कि सम्पूर्ण सफा ।
नेपाली राजनीतिमा जनताप्रति जवाफदेहिता राजनीतिक पार्टीहरूमा क्रमश: कम हुँदै गएको छ । पद र पैसाप्रतिको आकर्षण ह्वात्तै बढेर गएको छ । यस्तो प्रवृत्ति क्रान्ति, परिवर्तन वा रूपान्तरणको लागि घातक हुन्छ । यति बेला संविधान घोषणा गरेर आर्थिक क्रान्तिको माध्यमबाट देशलाई समृद्ध बनाउने इमानदार नेता र पार्टीको आवश्यकता छ न कि बेइमान र भ्रष्टहरूको ।