आज पनि हाम्रो समाजमा पानी नपर्दा भ्यागुतोको बिहे गर्ने चलन विद्यमान छ । पानी किन पर्दैन भन्ने कुरा विज्ञानको कसीमा राखेर हेर्ने जमर्को कोही गर्दैन । किनकि यस्तो प्रयास गर्दा काम गर्नुपर्छ । भ्यागुतोको बिहे गर्नु सजिलो छ, समयमा पानी परोस् भनेर आवश्यक वैज्ञानिक क्रियाशीलता दुरुह । हामीले वन–ज·लको विनाश गरेका छौं, त्यसैले पानी पर्दैन । हामीले जलाशयहरू मासेका छौं, त्यसैले पानी पर्दैन । हामीले आफ्नो सुविधाका लागि यति मात्रामा हानिकारक ग्याँसहरू यस धरतीको वायुमण्डलमा थुपारेका छौं कि विश्ववातावरणको तापमान निरन्तर बढिरहेको छ, त्यसैले पानी पर्दैन । यसमा हामी रोक लगाउन सक्दैनौं, किनकि यी यावत् परिघटना हाम्रो स्वार्थ र सुविधाजन्य मानसिकताबाट उत्पन्न हुने गर्दछ । हामी ज·ल लगाउन सक्दैनौं, हामी सुख त्याग गर्न सक्दैनौं । भ्यागुतोको बिहे गर्नु सजिलो छ, त्यही गर्दछौं । शिक्षाको प्रचार भए पनि हामी साक्षर मात्र छौं, अन्धविश्वासले हामीलाई गाँजेको मात्र होइन, यसैलाई आफ्नो स्वार्थ साधनको माध्यम बनाउन हामीलाई शर्म लाग्दैन । शिक्षित भएर पनि हामी विश्लेषक हुन सकेका छैनौं ।
बोक्सी हुँदैन । यो अन्ध विश्वास हो भन्ने सबैलाई थाहा छ । बोक्सी हुँदो हो त गरीबभन्दा धनी बढी हुन्थे होलान् । तर धनी समर्थ र शक्तिशाली हुने हुँदा उसमाथि बोक्सीको आरोप लगाइएको आजसम्म सुनिएको छैन । तर गरीब, त्यो पनि परिवारबाट परित्यक्त छ भने तत्काल बोक्सीको आरोप लगाइहालिन्छ । यो एउटा परम्परागत अन्धविश्वास हो, अहिले हाम्रो समाजमा आधुनिक अन्धविश्वास फैलिरहेको छ । जहाँ कहीं दुई पक्षबीच झगडा हुन्छ, एउटा पक्षले बोक्सीको आरोप लगाएर कुटपिट भयो भन्ने अत्तो थापिहाल्छ । कारण यस आरोपमा कसैसँग दुव्र्यवहार भएको छ भने सरकार तुरुन्त सजग भएर कारबाई गरिहाल्छ । अहिले हाम्रो समाजमा पचास वर्षभन्दा माथिकी महिला कुटिए बोक्सी र तरुनी महिला कुटिए बलात्कारको आरोप लगाउनु सामान्य भएको छ । सरकार यी मामिलामा सजग भएको हुँदा विपक्षीलाई सजिलै तह लगाउन सकिने हुनाले यस्तो गरिन्छ । बूढा–थोत्रा काम नलाग्ने भइसकेका आमा–बाबुलाई मारेर बैरीमाथि बात लगाउने मानसिकता भएको ठाउँमा अरूमाथि दोष थोपरिदिनु के गार्हो ?
सुविधाभोगी मानसिकता भएको समाजमा यस्ता कुराहरू सामान्य हुन् । भएभरको रूख मास्ने र एउटा पिपलको रूखलाई पानी चढाएर धर्म कमाएको ठान्ने, परलोक सप्रेको ठान्ने प्रवृत्ति नहटेसम्म यस समाजको कल्याण सम्भव छैन । आजको आधुनिकताले त पिपलसम्मलाई काट्न पनि हच्किंदैन, तर आधुनिकताको आग्रह बनेको वृक्षरोपण गर्न कोही अघि सर्दैन । आज नेपालमा नारायणको अवतारलाई सत्ताच्युत गरी जनताको सत्ता कायम भएको छ । कुनै वर्ग–जातिविशेषले आफ्नो सुविधाका लागि रचेको ग्रन्थ अस्वीकार्य भइसकेको छ । तर त्यही हदसम्म जहाँ हाम्रो स्वार्थको सीमा शुरु हुन्छ । हाम्रो स्वार्थको सीमाभित्र कुनै तर्क प्रवेश गर्न सक्दैन । यसले समाजलाई अधोगतितिर लगिरहेको छ । विश्व समुदायबीच हामी मानव हुनुको अर्थ गुमाइरहेका छौं । किनकि हामी बोक्सीको आरोपमा एउटी महिलालाई प्रताडित गरिरहेका छौं, पानी परेन भनेर भ्यागुगोको बिहे गरिरहेका छौं । यस्तैले गर्जो टर्ने हो भने देशमा सिंचाइ इन्जिनियरको साटो विधिपूर्वक बिहे गराउने पण्डित खोजे भइहाल्यो ।