ओमप्रकाश खनाल
केही दिनअघि एमाले नेता रघुजी पन्तले एउटा अनलाइन संस्करणमा नेता माधव नेपालको अडानका कारण एकीकृत नेकपा माओवादीको अधोगति शुरू भएको अभिव्यक्ति दिए। त्यसलगत्तै महासचिव ईश्वर पोखरेलले नेता केपी ओलीले माओवादीको उग्रवामपन्थविरुद्ध वैचारिक लडाइँ लडेको दलील पेस गरे । यी दुवै प्रसङ्ग एमालेको यसै साता हुन गइरहेको नवौं महाधिवेशन सन्दर्भका मात्र थिएनन्, एमाले पार्टीमा नेपाल र ओलीको नेतृत्व दौड र त्यसको आवश्यकता पुष्टिका प्रयासहरू थिए। दुवै नेताहरूले आआफ्नो लाइनको नेतृत्व स्थापित गर्ने योजनाअनुरूप सञ्चारमाध्यममा तर्क पस्किरहेका थिए। एमाले लोकतान्त्रिक पद्धतिलाई अँगालेको वामशक्ति हो। लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन र यसको पक्षमा मत बलियो तुल्याउने प्रयत्नहरू अस्वाभाविक हुँदै होइनन्। तर दुवै पक्षबाट नेतृत्वमा आआफ्नो औचित्य प्रमाणित गर्न माओवादीप्रति को कति कडारूपमा प्रस्तुत भयो भन्ने विषयलाई अघि सार्नुलाई भने कदापि स्वाभाविक भन्न मिल्दैन। जतिसक्दो माओवादीको हुर्मत लिनु नै एमाले कमान्डरका लागि अति आवश्यक योग्यता हो त ? के एमाले आफ्ना नीति र एजेन्डाहरूबाट स्खलित हुँदै गएको हो ? महाधिवेशनको मुखमा एमाले नेताहरूमा तीव्र घोचपेच, ध्रुवीकरण र तिक्तताको ग्राफले यही सङकेत गरिराखेको छ।
अहिले एमाले मुलुकको दोस्रो ठूलो राजनीतिक शक्ति हो। राजनीतिक र आर्थिक विकासका अपेक्षाहरूमा यस पार्टीका नीतिगत दृष्टिकोणहरूले दूरगामी प्रभाव पारिराखेको हुन्छ। अत्यासलाग्दो सङ्क्रमणको सकसमा अल्झिएका हामीहरू राजनीतिक शक्तिका मार्गचित्रप्रति बढी नै आशावादी हुनु बाध्यात्मक अवस्था हो। राजनीतिले नै स्थायित्वको बाटो बिराएको परिस्थितिमा जनता तिनै राजनीतिक नेतृत्वको मुख ताकेर बस्नुपर्ने बडो विचित्रको परिदृश्य निर्माण भइराखेको छ। यो अवस्थामा हुन गइरहेको एमालेको नेतृत्व सङ्ग्राममा जीत जोसुकै वरिष्ठको पोल्टामा जाओस् । एमालेको तालाचाबी नेपालले हत्याऊन् वा ओलीको झोलीलाई फलिफाप होस् । यसमा एमालेका नेता तथा कार्यकर्ताको स्वार्थ अनुसारको चासो र चिन्ता होला । तर मुलुकले भोगिरहेको राजनीतिक रिक्तता समाधानमार्फत् विकासको अपेक्षाबाहेक अन्य कुनै विशिष्ट स्वार्थ नपालेको जनतालाई यसका खासै रुचि छैन। यस अर्थमा बल्खु दरबारको चौघेरामा नेपाल रमाऊन् वा ओलीले बोलीको जादू चलाऊन्, यसले आम जनतालाई खासै फरक पार्दैन।
यतिखेरको जनता एमालेले लिने राजनीतिक, आर्थिक र सामाजिक विकासको नीतिप्रति चनाखो छ। किनभने मुलुकको माउ नीति निर्माणको थलोमा एमाले पार्टी आकारको आयतनमा दोस्रो हैसियतमा छ। यस कारण पनि एमालेको आगामी कार्यदिशाले मुलुकको गन्तव्य निर्माणमा प्रभाव पार्नेछ। तर यति नै बेला यो अपेक्षामा एमालेले रत्तिभर न्याय गरिराखेको छैन। नीति र दृष्टिकोणका आधारमा नभएर प्रतिद्वन्द्वी पार्टीलाई कसले कति आकारमा राख्न सक्यो भन्नेमा नेतृत्वको आधार तय गरिराखेको पार्टीबाट हामीले कस्तो निकास र विकासको अपेक्षा राख्ने ? आफ्नो ओज अनुमोदनका निम्ति माओवादीलाई कसी बनाउनेहरूको हैसियतको वैचारिक धरातल के हो ? एमाले नेतृत्वको जवाफदेहिता देश र जनताप्रति हो कि माओवादीलाई पेल्नु नै अन्तिम अभीष्ट हो ? एमाले गणमा प्रकट भएको वैचारिक दरिद्रता र नीति स्खलनले संशयलाई पर्याप्त ठाउँ दिएको छ। एमालेले महाधिवेशनअघि यस्ता विरोधाभाषहरूलाई चिर्नु अपरिहार्य र पहिलो काम हो।
एमालेका नेताहरूले महाधिवेशनलाई नीतिभन्दा पनि नेतृत्वको जोडघटाउमा केन्द्रित गरिराखेका छन्। हिजोआज एमालेका नेता–कार्यकर्तादेखि सञ्चारमाध्यमहरू नेपाल र ओलीका दुई तिहाइको अङकगणितमा व्यस्त मात्र छैनन्, आपसमा तीव्ररूपमा विभाजित छन्। यस्तो लाग्छ कि नेतृत्व हत्याउने होडले उनीहरूलाई नीतिभन्दा नेतृत्वको खिंचातानीमा सङ्कुचित तुल्याइदिएको छ। परिणाम, सङ्गठन र मुलुकको अग्रगामी दिशामा केन्द्रित हुनुपर्ने एमालेको ऊर्जा आकाङ्क्षीहरूलाई खुइल्याउने खेलमा खर्च भइरहेको छ। नेता नेपाल र उनको कोटरीका अगुवाहरू केपी खेमाको तेजोवधमा खनिएका छन्। यतिसम्म कि ओलीको कमजोर स्वास्थ्य अवस्थालाई लिएर उनको सक्षमतामा प्रश्न उठाइएको पनि पाइयो। प्रतिनिधि छनोटको गणित आफ्नो पक्षमा पार्न नेता–कार्यकर्ताहरू बाहुभिडन्तमा उत्रिएका समाचार आएकै हुन्। यो लोकतान्त्रिक मान्यतामा अडिएको एमालेमा आन्तरिक लोकतन्त्रमाथिको गम्भीर चुनौती हो। एमाले र यसका अगुवाहरूले पार्टीपङ्क्तिलाई कस्तो कुसंस्कारमा हुर्काएका रहेछन् भन्ने कुराको एउटा दरिलो प्रमाण हो। अरूलाई लोकतन्त्रको पाठ पढाउनेहरू यसका विधि र प्रक्रियाहरूप्रति आपैंmमा कति अनुदार छन् भनेर अन्य दृष्टान्त खोज्नु आवश्यक परेन ।
एक अर्थमा यो मानसिकता आपैंmमा मानवीय संवेदनाहीनताको परकाष्ठा पनि त हो। केपी ओलीहरू पनि के कम, प्रतिकारमा ‘सद्दे’हरूले नेतृत्वमा रहेर केही गर्न नसकेको भन्दै नेपालमाथि वाकप्रहारमा उत्रिएकै हुन्। यो आरोप–प्रत्यारोप आत्मरतिको माध्यम मात्र हो । यो बुझ्नु जरुरी छ कि नेतृत्वको मानक उसको उमेर र स्वास्थ्यको अवस्था हुँदै होइन। कुनै पनि मानिसको वैचारिक क्रियाशीलताका आधारमा ऊ कति सक्षम र सक्रिय छ भन्ने मापन गर्न सकिने कुरा हो। पार्टीको स·ठनमा रहेर काम गर्दा सक्रिय सबैले अवसर भने पाउनुपर्दछ । यस सन्दर्भमा ओली पक्षको जिकिर केही हदसम्म जायज मान्न सकिएला। तर यही आधार मात्र नेतृत्वका लागि पर्याप्त हुने छैन। विगतको वैचारिक र नीतिगत कार्यान्वयन तथा मूल्याङ्कन आगामी नेतृत्वको एउटा मूल आधार भने हुन सक्छ।
नेपाल र ओली पक्षको तानातानमा पुन: नेतृत्वमा अध्यक्ष झलनाथ खनालले च्याखे थापिरहेका छन्। दुवैजनाको लडाइँको जोडघटाउको परिणाम आफ्नो हातमा आउने आश खनालमा जीवितै छ । र भन्छन्– “सहमतिमा नेतृत्व लिन तयार छु।” यसो भनिरहँदा नेपाल र ओलीबीचको जुहारीप्रति तिखो बिमति राख्नु उनको पदीय बाध्यता हो। दुई नेताबीच विरोधाभाष समाधान होस् र सहमतिबाटै नेतृत्व चयन होस् भन्ने झलनाथको आशय होइन। बरु उनका अभिव्यक्तिहरूमा सहमति आफ्ना सन्दर्भमा मात्र सम्भव हुन सक्ने छनक पाइन्छ। यो अभिभावकीय भूमिका होइन । सङ्गठनका सदस्यलाई भिडाएर आफ्नो दूनो सोझ्याउने अभिप्रायको उद्देश्य पनि विशुद्ध हुनै सक्दैन । एमालेको डाडु–पन्यूँ नेपाल, ओली वा खनाल जोसुकैले समातून्, त्यो मूल प्रश्न होइन । सवाल सक्षम र मुलुकलाई निकास दिन सक्ने सामथ्र्यसहितको नीति र नेतृत्वको हो। तर नेतृत्वमा पुग्न सतहमा देखिएको हिलो छ्यापाछ्यापको स्थितिले त्यो इच्छाशक्ति पतन हुँदै गएको बुझ्न मथिङ्गललाई धेरै कसरत आवश्यक पर्दैन । राजनीतिक परिस्थितिसँग सामान्य परिचित र रुचि राख्ने जोकोहीले सजिलै भेउ पाउने कुरा हो यो। यथार्थमा दृष्टिकोण, कार्यशैली, उसको योगदान र क्षमताजस्ता नेतृत्वका आधारहरूमा खिया लागेको भान भइराखेको छ। हामी दशक लामो हिंसात्मक आन्दोलनको व्यवस्थापन गर्दै मुलुकलाई लोकतान्त्रिक सङ्घीय गणराज्यमा रूपान्तरणको धिमा गतिमा अघि बढिरहेका छौं। पुनर्उत्थान र हिंसाका धङ्धङी यथावतै रहेको अवस्था पनि छ। यहाँनिर यसको उचित व्यवस्थापनमा राजनीतिक नेतृत्वको असफलताको सन्दर्भ उल्लेख गर्नु नयाँ विषय हुने छैन। यो आलोकमा यी सबै विधि र प्रक्रियाहरूको एउटा मुख्य ‘स्टेकहोल्डर’ एमालेको महाधिवेशन हुन गइरहेको छ। यसै बेला राजनीतिक स्थायित्व, विकास र सुशासनको वैधानिक व्यवस्थापनको माध्यम संविधाननिर्माणका लागि हामी दोस्रोपटकको प्रयत्नमैं रहनुलाई संयोग मात्र बुझिनुहुन्न। यस अवस्थामा एमालेले आफ्नो महाधिवेशनबाट दूरगामी परिवर्तन र यसको व्यवस्थापनलाई सम्बोधन गर्ने खालको नीति लिएर अघि बढ्नुपर्दछ। नेतृत्व चयन महाधिवेशनको महत्त्वपूर्ण पक्ष हो। यो लोकतान्त्रिक विधि र प्रक्रियाको उच्चतम अभ्यास
पनि हो। एमालेको सफल, सक्षम नेतृत्व निर्माण सफल होस्। तर नेतृत्वको दक्षतामापन विपक्षीलाई गलाउने क्षमता र स्वास्थ्य रिपोर्टका आधारमा गरिनु विघटनको प्रस्थानबिन्दु हुनेछ। एमाले नेतृत्वकेन्द्रित जालझेलमा मात्र अल्मलिनुहुँदैन। यसले अपेक्षित परिणाम कुनै पनि कोणबाट दिने छैन। नेताले नीति चलाउने होइन, नीतिका आधारमा नेतृत्व सक्रिय हुने हो ।