$type=ticker$count=12$cols=4$cate=0

लोकतान्त्रिक न्याय व्यवस्था

SHARE:

- गोपाल ठाकुर
    हात्ती आयो हात्ती आयो फुस्सा १ संसदीय सुनवाइको त्रासदीको हल्लीखल्ली गल्र्यामगुर्लुम्म तुहियो । सर्वाेच्च अदालतका आठ न्यायाधीश न्याय परिषद्को सिफारिसमा जस्ताको त्यस्तै नियुक्त हुने भए । संसदीय सुनुवाइ समितिमा गम्भीर असहमति र चर्काचर्कर्ी भए पनि प्राविधिकरूपमा त्यसले केही लछारपाटो लगाउन सकेन । न्याय परिषद्को नियुक्तिलाई बदर गर्न संसदीय सुनुवाइमा दुईतिहाई मत त्यसको विपक्षमा हुनुपर्ने प्रावधान छ । भोजपुरीमा एउटा उखान छ: न नौ मन तेल होई न राधे नाची । नेपालीमा पनि भ्यागुतोको धार्नी कहिल्यै पुग्दैन भनिन्छ । न्यायाधीशहरूको नियुक्तिको सुनुवाइ पनि त्यस्तै भयो ।
    राज्यको उत्पत्ति नै एका·ी पक्षपोषणको लागि गरिएको हुन्छ । त्यसैले राज्य सबैको साझा कुनै पनि अवस्थामा हुनै सक्तैन । अब प्रश्न उठ्छ, यदि राज्य एका·ी छ भने त्यसका कुनै पनि अवयवलाई साझा कसरी मान्ने ? वास्तवमा यो हुनै नसक्ने कुरा हो । त्यसैले राज्यका तीन अ·हरूमध्ये एउटा न्यायपालिका साझा, तटस्थ र निष्पक्ष हुनै सक्तैन । यदि त्यसो हुने भए राज्यविरुद्ध समयसमयमा हुने आन्दोलन र विप्लवहरूलाई अदालतकै तटस्थता र निष्पक्षताले रोक्थ्यो होला । तर त्यसो हुँदैन । एउटै न्यायमूर्तिले समेत उही प्रकृतिका मुद्दाहरूमा फरकफरक फैसला दिएको एउटा निहित समुदायको सत्तासीनतामा आँच आउने भएकोले संविधान र कानुनको धज्जी उडाउँदै न्यायमूर्तिहरूले जनविरोधी फैसला दिएको प्रस·लाई गत हप्ता मैले यसै स्तम्भमार्फत् उठाइसकेको छु ।
    जहाँसम्म सर्वाेच्च अदालतका आठजना न्यायाधीशहरूको स्थायी नियुक्तिको ढोका खुलेको प्रस· छ, यसमा त दूधको साक्षी बिरालोभन्दा बढी केही पनि चरितार्थ भएको छैन । वास्तवमा यस सन्दर्भमा पहिले सुनुवाइ र पछि नियुक्तिको प्रावधान सुल्टो दिशा हो । तर ऐन–नियमका प्रावधानहरू ठीक यसको उल्टा छन् । त्यसैगरी जसले नियुक्ति पाउने हो उसले पो सुनुवाइमा दुईतिहाई बहुमत आफ्नो पक्षमा पाउनुपर्ने हो, तर यहाँ विरोध गर्नेहरू वा नियुक्तिको विपक्षमा हुनेहरूले दुईतिहाई पुर्‍याउनुपर्ने प्रावधान राखिएको छ । ठीक त्यस्तै ३५ दिनसम्म सुनुवाइ नहुँदा नियुक्ति बदर हुने प्रावधान राखिनुपर्नेमा त्यसको उल्टो राखिएको छ । अर्थात् ३५ दिनसम्म संसदीय सुनुवाइ भएन भने नियुक्ति स्वत: सदर हुनेछ ।
    हुन पनि हो, भोजपुरीमा भन्ने गरिन्छ: हम चरार्इं सारा दिल्ली, हमरा चरावे गाँव के पिल्ली ? अरूहरू पो न्याय हराए न्यायालय वा न्यायाधीश कहाँ पुग्ने गर्दछन् । न्यायाधीशहरूले त न्याय हराउनैहुन्न । कथंकदाचित हराए पनि बाहिरकाले उनीहरूबारे के न्याय दिने ? कस्तो न्याय दिने ? त्यसैले संसदीय सुनुवाइ समितिको अधिकार क्षेत्रलाई पनि यसरी काइते बनाउने काम गरिएको हो ।
    यहाँ अर्को पनि प्रश्न उठाउने गरिएको छ । त्यो के हो भने विवादित छवि बोक्ने न्यायधीशहरूले कस्तो न्याय देलान् ? उत्तर अति सहज र सरल छ एउटा प्रश्नसँगै । अहिलेसम्म हामीले केकस्तो न्याय पाउन सकेका छौं ? मत्स्य–न्याय । यानी ठूलो माछाले सानो माछालाई खान पाउने किसिमको न्याय । भोलि पनि त्यसैको निरन्तरता नै उपयुक्त हुन्छ । यसमा फेरबदल गर्छु भनेर कसैले केही लफडा गरे पनि के हुन्छ ? केही पनि हुँदैन ।
    लाउडा र चेज एयर भ्रष्टाचारमा न्यायपालिकाले के फैसला दियो ? अर्बौं भ्रष्टाचारीलाई क्लीनचीट दियो । तर पुगनपुग करोडको बिगोमा कोही कसैलाई जेल पनि कोचेको छ । कुनै ठूलो र शक्तिशाली पार्टी मात्रै होइन सत्ताधारी जातिको भएर अदालतको निर्णय उल्लङ्घन गर्दा पनि कोही पार्टी केन्द्रमा बसेको छ भने सानो पार्टी र सत्ताधारी जातिको नहुँदा अपराध प्रमाणित नहुँदै अपराधी घोषित गरिएका छन् । वास्तवमा मत्स्य–न्याय भनेको यही नै हो । हो, यस्ता मत्स्य न्यायमूर्तिहरूको सुनुवाइ पनि जस्तो भएको छ, त्यसभन्दा भिन्न हुन्छ भन्ठान्नु हाम्रै मूर्खता हो ।
    तर विस्तारै राज्यको परम्परागत स्वरूपमा विश्वव्यापीरूपमा परिवर्तन भएर आएको छ । अब यो देशको अनुहारको परावर्तन दिन सक्ने हुनुपर्दछ । होइन भने यसको रूपान्तरणको लागि समकालीन परिस्थिति अनुरूप सम्बन्धित राज्यको जनताले जुनसुकै मूल्य पनि चुकाएर अघि बढेको इतिहास हाम्रो सामु छ । हामी पनि अहिले सङ्क्रमणकालमा छौं । हाम्रो बहुपहिचानको देश शताब्दीयौंदेखि राज्य एकल पहिचानमा अडेको छ । अहिलेको सङ्क्रमण पनि एकल पहिचान आधारित राज्यका पक्षधर र बहुपहिचान आधारित राज्यका पक्षधरबीचको द्वन्द्व व्यवस्थापनको क्रममा लम्बिंदै गएको छ । अहिलेका यी आठ न्यायाधीशको नियुक्ति र संसदीय सुनुवाइको परिणामले यो सङ्क्रमण अझै लम्बिने सड्ढेत गरेको छ । किनभने यस परिणामले राज्यलाई बहुपहिचान पक्षधर नबनाउने निश्चितप्राय: छ ।
    अहिलेको कार्यपालिका अधिकारका मुख्य साझेदार नेपाली काङ्ग्रेस र नेकपा (एमाले) छन् । विपक्षमा एनेकपा (माओवादी) र मधेसवादीहरू छन् । यो संसदीय सुनुवाइको क्रममा नेपाली काङ्ग्रेस एक्लिएको छ । केही साना दलहरू अपवादको रूपमा काङ्ग्ेरसको कित्तामा उभिए पनि एमाले, एमाओवादी र मधेसवादीहरू विपक्षमैं उभिएका छन् । यदि यही परिस्थिति अगाडि बढ्यो भने भोलिको दिनमा अग्रगमनको पक्षमा राम्रै जनमत निर्माण हुन सक्छ । तर एमालेको चरित्र दहीचिउरे भएको प्रमाणित भइसकेको छ । त्यसैले भन्न सकिन्न । तर अन्तिम निर्णयले त अग्रगमन नै ल्याउँछ । आशावाद भनेको यही नै हो ।
    यसैसँग जोडिएका केही अरू प्रस·हरू पनि छन् । त्यो के हो भने कानुन एउटाले बनाउने र त्यसको व्याख्या अर्कोले गर्नु कति तर्कस·त हुन सक्छ ? वास्तवमा न्यायिक दरिद्रता यहींबाट शुरु हुन्छ । संसदीय लोकतन्त्रको विडम्बना यही हो । कानुन बनाउने व्यवस्थापिकाले, त्यसको कार्यान्वयन गर्ने कार्यपालिकाले र यस क्रममा उब्जिने कुनै विवादको समाधान तथा कानुनको व्याख्या गर्ने अधिकार न्यायपालिकाले राख्ने संवैधानिक व्यवस्था लोकतन्त्रले अपनाउँदै आएको छ ।
    अघिल्लो सप्ताहको यसै स्तम्भमा उधृत न्यायमूर्ति स्व विश्वनाथ उपाध्यायले तत्कालीन प्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीले गरेका संसद् विघटनविरुद्ध मुद्दामा फरकफरक फैसला दिएको तथा संविधान र कानुनसम्मत ढ·ले स्थानीय स्तरमा शुरु भएको बहुभाषिकताको अभ्यासविरुद्ध दुईजना न्यायमूर्तिले फैसला दिएको प्रस· शक्ति पृथकीकरणको नाममा देखिएको यसै दोषको परिणाम हो ।
    कानुनको व्याख्या गर्ने अधिकार अदालतसँग भएको हुनाले धेरै गम्भीर प्रकृतिका मुद्दाहरूमा न्यायमूर्तिहरूले यस्ता गम्भीर त्रुटि गर्दै आएका छन् । अहिलेको संसदीय सुनुवाइका क्रममा पनि न्यायमूर्तिहरूले विभिन्न रिट निवेदनमा यी आठजना न्यायमूर्तिहरूलाई सहज हुने गरी फैसला दिएका थिए । संसदीय सुनुवाइमा बसिराखेका बेला पनि आफूमाथि लागेको आरोपको शालीन खण्डन नगरी कतिपय न्यायमूर्तिहरूले प्रश्नकर्तामाथि नै मानहानिको आरोप लाग्न सक्ने धम्की दिएको भनी प्रकाशमा आएको खबर कम गम्भीर छैन ।
    यति हुँदाहुँदै लोकतन्त्र कसैको हकमा सर्वसत्तावादी हुन सक्तैन भन्ने विश्वव्यापी मान्यता छ । त्यसैले लोकतान्त्रिक राज्यका अवयवहरू सर्प, बिच्छी र भ्यागुताजस्तै एकअर्कासँग समन्वयकारी, एकअर्कामाथि नियन्त्रणकारी र एकअर्कासँग पृथक हुने गरी सञ्चालन हुनुपर्दछ । जसरी प्रकृतिमा सक्रिय जीवनको निरन्तरताको लागि सर्प, बिच्छी र भ्यागुता तीनोटैको अस्तित्व अपरिहार्य र सार्वभौम छ, राज्यका पनि तीनोटै अ·हरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका शक्ति पृथकीकरणसँगै एकअर्काको लागि नियन्त्रणकारी र एकअर्कासँग समन्वयकारी हुनु अपरिहार्य देखिन्छ । तसर्थ अहिलेका यी आठ न्यायाधीशहरूको नियुक्ति र संसदीय सुनुवाइको क्रममा जुन त्रुटिहरू बाहिर आएका छन्, भविष्यमा कानुनी, नैतिक र व्यावहारिकरूपले यस्ता त्रुटि हटाएर अघि बढ्ने अपरिहार्यता झन् थपिएको छ । त्यसो हुन नसके हामी राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक–सांस्कृतिक स·ति स्थापित गर्न धेरै पछि पर्ने सम्भावना प्रबल रहन्छ । यसको साथै तत्कालै पनि यसको सकारात्मकभन्दा नकारात्मक प्रभाव हाम्रो द्वन्द्व व्यवस्थापन तथा संविधान निर्माणमा बढी पर्न सक्छ । यसतर्फ समय छँदैं सम्बद्ध सबै राजनीतिक दलको चेतना जागोस् १
वाणस्थली, महादेवस्थान–७, काठमाडौं
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लोकतान्त्रिक न्याय व्यवस्था
लोकतान्त्रिक न्याय व्यवस्था
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh8vmSnehLemxjiYqAilafDB0yNKL42hGRWJWtUTsULF2cMfZTjnR3SLACIIsffkYIsmzY4XiScTGGRymB22OQ2j1Qm7PSISaVE-_xClwvQlZXx5xN_EAoXRa890hgUAU24_zetoWFls1Kf/s1600/gopal+thakur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh8vmSnehLemxjiYqAilafDB0yNKL42hGRWJWtUTsULF2cMfZTjnR3SLACIIsffkYIsmzY4XiScTGGRymB22OQ2j1Qm7PSISaVE-_xClwvQlZXx5xN_EAoXRa890hgUAU24_zetoWFls1Kf/s72-c/gopal+thakur.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/05/blog-post_9536.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/05/blog-post_9536.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy