प्रस, वीरगंज, १५ जेठ/
नेपालका कर्मचारीहरूको तुलनामा शिक्षक वर्षौंदेखि पीडित हुदै आएको कुरा मधेसी जन अधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । मधेसी शिक्षक फोरम नेपालको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै राज्यले हालसम्म शिक्षकहरूको वर्गीकरण गरी फुटको राजनीति गर्दै शिक्षाको स्तर खस्काएको उनले आरोप लगाए ।
विश्वले सबभन्दा बढी शिक्षामा लगानी गर्ने गरेको कारण आज ती मुलुक विकसित हुँदै गइरहेको अध्यक्ष यादवले बताए । नेपालमा शिक्षक नियमावली पुरानो भएको कारण नियम परिमार्जन गरे शिक्षाको स्तर सुध्रिने उनले बताए । प्रिप्राइमरी तथा प्राइमरी शिक्षामा राज्यले सुधार नगरे नेपालको शिक्षाको स्तर नबढ्ने यादवले बताए । राज्यले गुणस्तरीय शिक्षा दिन नचाहेको बताउँदै शिक्षा नयाँ नीति नबनाई पुरानो नीतिमा नै सञ्चालन भइरहेको उनले बताए ।
कार्यक्रममा यादवले नेपालको विकासमा सबभन्दा ठूलो बाधक शासकवर्ग रहेको बताउँदै संविधानसभा चुनावमा मधेसी जनताले मधेसी नेताहरूलाई दिएको मत परिणाम सराहनीय रहेको तर मधेसी नेताहरू विगतको परिणमबाट मात्तिएर आफ्नो औकात बिर्सेकाले जनताले तह लगाएको दाबी गरे ।
संविधानसभाबाट मधेसीले चाहे अनुसार अधिकार नपाउने भएको कारण अधिकारका लागि सडक आन्दोलनबाहेक अन्य विकल्प नरहेको उनले बताए । हालसम्म मधेसीले पाएको अधिकार संविधानले दिएको नभई सडकबाट पाएको हुँदा पहिचानसहितको सङ्घीयता, अधिकारसहितको समग्र मधेस एक प्रदेश पाउन सडक तताउन जरुरी रहेको बताए । शिक्षक भेलामा बोल्दै पार्टीले आन्दोलन गर्ने निर्णय गरेको कारण जनता समक्ष पुगी आन्दोलनको वातावरण बनाउन उनले शिक्षकहरूलाई आग्रह गरेका थिए । नेपाल सरकारको सुस्तताका कारण परिवर्तन विरोधी शक्ति मलौउन थालेको यादवले बताए । परिवर्तन चाहने शक्ति कमजोर रहेको र विरोधी बलियो रहेको कारण आफ्नो हकका लागि मधेसी जनतालाई सडकमा आउन उनले आग्रह गरेका थिए ।
मधेसी शिक्षक फोरमका केन्द्रीय अध्यक्ष विश्वनाथ पटेलको सभापतित्वमा शुरु भएको कार्यक्रममा केन्द्रीय सदस्य वीरेन्द्र यादव, चुलाही यादव, बालकिशोर यादव, बबन सिंह, मौलाना नुरूलहोदा, सञ्जय यादव, पर्सा अध्यक्ष प्रदिप यादव, निमित्त जिल्ला शिक्षा अधिकारी बरखु रजतलगायत विभिन्न पार्टीका शिक्षक स·ठनका श्याम घिमिरे, सुरेन्द्र साह, म.इमामुद्दिन अंसारी, चन्देश चौहानले मन्तव्य व्यक्त गरेका थिए । प्रमिला यादवले स्वागत मन्तव्य तथा बृजमोहन तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए । मधेसका २० जिल्लाबाट ९५ जना शिक्षक प्रतिनिधिहरू सहभागी रहेका महाधिवेशन दुई दिनसम्म चल्नेछ ।