प्रस, वीरगंज, १२ जेठ/
पर्सा जिल्ला बैरियाबिर्ता–१ बस्ने लालबाबू साह सोनार एक किलो सुनसहित काठमाडौंमा पक्राउ परेका छन् । उनलाई सूचनाको आधारमा काठमाडौंको तीनथान गाविसस्थित ढुङे अड्डाबाट पक्राउ गरिएको हो । पक्राउ परेका सोनारबाट नगद रु २४ हजार पनि बरामद भएको छ । जुत्तामा सुन फिट गरेर वीरगंज ल्याउने प्रयासमा रहेका सोनारलाई पक्राउ गरी प्रहरीले आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान विभागमा चलान गरेको बताइएको छ ।
पछिल्लो समयमा चीनको खासाबाट तस्करीको माध्यमबाट सुन आयात बढेपछि वीरगंज नाका हुँदै भारत पुर्याउने क्रम बढेको छ र यसको व्यापारमा अहिले वीरगंजका अधिकांश व्यापारी संलग्न भएका छन । यही कारण हो कि वीरगंजमा यता केही महिनादेखि व्यापकरूपमा सुन समातिंदै छ । तर केही सुन तस्करसँग प्रहरी प्रमुखहरूको मिलोमतो रहेकोले दैनिक २० किलोको हाराहारीमा अवैध सुन भारत पुर्याउने काम पनि जोरशोरले चलिरहेको एकजना कारोबारीले बताउँछन् ।
प्रहरीसँग सहकार्य नरहेकाहरूको मात्र सुन पक्राउ पर्ने गरेको ती व्यवसायीले बताए । वीरगंजमा हालै एकजना मकवानपुरका घुमुवा प्रहरी सहायक निरीक्षक जटाशड्ढर साहले रवि गोयलको दुई किलो सुन लुटेको घटनामा पनि पर्सा प्रहरी विवादमा आएको छ । तत्काल लुटिएको अवस्थामा २ किलो सुन भनेर पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिए पनि पीडित भनिएका गोयलसँग जाहेरी लिंदा १० तोला सुन र ७ लाख रुपियाँ लुटिएको देखाइएकोले प्रहरीको नियतमा खोट देखिएको छ । पर्सा प्रहरीले यो घटनामा केन्द्रीय अनुसन्धान ब्युरोबाट झूटो पत्ता लगाउने पोलिग्राफ मेशिन ल्याएर अभियुक्त प्रसनि साहसँग बयान गराउने भएको छ ।