प्रस, वीरगंज, १४ जेठ/
एकीकृत सम्पत्ति कर सम्बन्धी परामर्श गोष्ठी आज वीरगंजमा सम्पन्न भयो । वीरगंज उपमहानगरपालिकाद्वारा आयोजित पहिलो चरणको गोष्ठीमा करसँग सम्बन्धित क्षेत्रहरू उद्योगी, व्यापारी, कानुन व्यवासायी, चिकित्सक, राजनीतिक दलका प्रतिनीधि, सुरक्षाकर्मी, नगर कर्मचारी, नागरिक अगुवा, वित्तीय संस्थाका प्रतिनीधि एवं सञ्चारकर्मीहरूको सहभागिता थियो ।
गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका मुख्य अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले नगरवासीको प्रत्यक्ष सहभागिता रहे मात्र नगरपालिका राम्रोसँग चल्न सक्ने बताए । “कर तिर्ने कुरामा नगरवासी चुक्नुहुँदैन, नगरवासीको करबाट नै नगरपालिका चल्ने हो”– प्रजिअ बजिमयले जोड दिए ।
नगरपालिकातर्फ मात्र औंला देखाएर दायित्वबाट पन्छने नगरवासीको प्रवृत्ति राम्रो होइन भन्दै प्रजिअ बजिमयले कर तिर्ने दायित्वका अलावा नगरलाई स्वच्छ, सभा र सुन्दर राख्न पनि नगरवासीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
“आफ्नै घरबाट विसर्जित फोहोरसमेत व्यवस्थित किसिमले फ्याँक्न नसक्नु लाजमर्दो कुरा हो”–प्रजिअ बजिमयको कथन थियो ।
वीउमनपाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीको सभापतित्व तथा अधिकृत प्रेम कार्कीको सहजीकरणमा सम्पन्न कार्यक्रममा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकृत तुल्सीराम मरासिनीले एकीकृत सम्पत्ति करको अवधारणा विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
त्यसैगरी एकीकृत सम्पत्ति कर सम्बन्धमा वीउमनपाका प्रशासकीय अधिकृत विजय डंगोलले प्रकाश पारेका थिए भने उक्त कर लागू गर्नका लागि वीउमनापाले हालसम्म गरेका तयारीहरूबारे इन्जिनियर मनोज कर्णले जानकारी गराएका थिए ।
नागरपालिकामा हाल चालू रहेको घरजग्गा करलाई समावेश गरी एकीकृत सम्पत्ति करमा रूपान्तरण गर्दा करको दायरा फराकिलो भई दीर्घकालीनरूपमा नगरपालिकालाई आम्दानी हुने सम्बन्धित अधिकारीहरूले बताएका थिए ।
वीउमनपामा हाल ३५ हजारभन्दा बढी घर रहेको र सोमध्ये ३ हजार ७९६ घरधनीले मात्र घरकर बुझाइरहेको तथ्याड्ढ सार्वजनिक गर्दै नगरका अधिकारीहरूले एकीकृत सम्पत्ति कर लागू भएमा एक व्यक्तिको नाममा रहेको नगरको सम्पूर्ण घर र जग्गा एउटै मात्र धनी प्रमाण पुर्जा बन्ने भएकोले कर सड्ढलन गर्न र तिर्न सहज हुने बताए ।
कार्यक्रमका सहभागीहरूले भने नगरले कर सड्ढलनतर्फ मात्र चासो दिएको तर करदातालाई दिनुपर्ने सेवातर्फ ध्यान नदिएको टिप्पणी गरेका थिए । नगर क्षेत्रको फोहोर मैला व्यवस्थापन सम्बन्धमा नगरपालिकाले जिम्मेवारी वहन नगरेको भन्दै सहभागीहरूले आक्रोश पोखेका थिए ।
करदाताले तिरेको कर कहाँ सदुपयोग भयो सोबारे पारदर्शी जानकारी पाउन सकेमा करदाता जहिले पनि कर तिर्न राजी हुने छलफलमा सहभागीहरूको तर्क थियो ।
छलफलमा नेपाली काङ्ग्रेस पर्साका सभापति तथा सभासद् सुरेन्द्र चौधरी, डा. अशोक दास, पत्रकारहरू जगदीश शर्मा, राजु श्रेष्ठ, प्रताप श्रेष्ठ, वीउमनपाका अधिकृत शम्भु गुप्ता, सुमन श्रेष्ठ, विद्यार्थी नेता राकेश सिंहलगायतले विचार व्यक्त गरेका थिए ।
कार्यक्रम होटल मकालुको सभा कक्षमा सम्पन्न भएको थियो ।