- सञ्जय साह ‘मित्र’
नेपालको चार दिशामध्ये तीनचौथाई भौगोलिक सीमाले बेरेर राखेको शक्तिशाली भारतको लामो समयपछि पूर्ण शक्तिशाली सरकारका प्रधानमन्त्री बनेका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीप्रति भारत, छिमेकी देशहरू साथै विदेशले पनि निकै आशा लगाएको छ । आशा पलाउनुका विभिन्न कारण छन् ।
भारतमा पहिलोपटक कुनै व्यक्तिले चुनावको माध्यमबाट आफूलाई राष्ट्रिय व्यक्तित्वको रूपमा नयाँ शताब्दीमा स्थापित गरेको छ । भारतीय चुनावको लागि पनि यो निकै कम हुने घटनामध्ये हो । सि·ो भारतको आशाको केन्द्रको रूपमा अत्यन्त चर्चाको शिखरमा पुगेर प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका छन् नरेन्द्र मोदी । भारतीय नागरिक र सञ्चारमाध्यम मोदीमय भएको थियो र अहिले पनि रहेको छ । लोकतन्त्रमा एउटा व्यक्तिको महत्त्व कति हुन सक्छ र एउटा व्यक्तिले राम्ररी काम गर्दा कसरी सि·ो देश नै उसको आदर्शलाई सहयोग गर्न पुग्छ भन्ने उदाहरण अहिलेको भारतीय निर्वाचनको परिणामले देखाएको छ ।
मोदीको शपथ ग्रहणको भव्यता जति आकर्षक थियो, समावेशिताको दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण देखिएको थियो । सार्क राष्ट्रका कार्यकारी प्रमुखहरूको उपस्थितिलाई पनि महत्त्वपूर्णरूपमा लिइएको छ । चुनावभन्दा पहिलेसम्म भारत–पाकिस्तान सम्बन्धमा रहेको कटुतालाई केही हदसम्म शपथ ग्रहण समारोहमा पाकिस्तानी प्रधानमन्त्रीको उपस्थितिले कम गरेको अनुभूति भएको छ । हिजोसम्म भारतीय जनता पार्टीलाई हिन्दूवादी पार्टीको रूपमा एकोहोरो चिनाइएको थियो तर सोही पार्टीको प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रममा सार्कका मुस्लिम प्रधानमन्त्री तथा कार्यकारी प्रमुखहरूको उपस्थितिले चिनाइएको कुरा आरोप साबित भएको छ ।
भारतमा लामो समयपछि विकासवादी नेताको रूपमा पूर्वपरिचित राजनेता प्रधानमन्त्रीका रूपमा चुनिएका छन् । भारतीय नागरिकले भारतीय जनता पार्टीभन्दा बढी मोदीलाई भोट दिएको हो । मोदीले लामो समयसम्म मुख्यमन्त्रीको रूपमा भौतिक र आर्थिक विकासको क्षेत्रमा गुजरातमा गरेको प्रगतिलाई भारतीय नागरिकले अनुमोदन गरेको हो । उनको प्रान्तमा भएको सबै किसिमको सुधारको ठूलो छाया भारतीय नागरिकले भारतमा खोजेको हो । भारत र भारतीय जनताका लागि काम गर्न आफूसँग साठी महिना रहेको र हरेक दिन महत्त्वपूर्ण रहेको उनले पहिले नै बताएका छन् । समयको महत्त्वलाई मोदीले राम्ररी पढेका छन् र अबको दिनमा भारतीय नागरिकको आवश्यकता, इच्छा तथा भारतको समृद्धिबारे मोदीले चाल्ने हरेक कदमको व्यग्र प्रतीक्षा रहेको छ । खरो बोल्ने र सफा व्यवहारका धनी मोदीले आम भारतीयको पक्षमा राम्रा कामहरू गर्ने अपेक्षा भारतीय जनताको छ । भारतीय नागरिकको मनोविज्ञान राम्ररी बुझेका मोदीले आफ्नो घोषणापत्रको आधारमा देशलाई समृद्ध बनाउने सपना साकार पार्ने कुरामा विश्वास लिन सकिन्छ ।
विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भारत विश्वको तेस्रो ठूलो आर्थिक शक्ति पनि हो । मोदीको नेतृत्वमा भारतमा नयाँ युगको शुरुआत भएको विश्लेषण गरिएको समयमा भारतप्रति सबैको ध्यानाकर्षण हुनु र मोदीको नेतृत्वमा नै भारतीय जनता पार्टीले पूर्ण बहुमत प्राप्त गर्नुले पनि वैदेशिक सम्बन्धप्रति विश्वको ध्यान जानुलाई स्वाभाविक मान्नुपर्छ । हिजोको दिनसम्म भारतमा मूलधारको राजनीतिक दल र राजनीतिकर्मीहरू आज पछाडि परेका छन् र भारतीय जनता पार्टीलाई सदा प्रतिपक्षीको दृष्टिले हेर्ने बाध्यतामा उलटफेर भएपछि संसारले मोदीको दल र मोदीप्रतिको हेराइमा भिन्नता ल्याउनुपरेको छ । भारतमा प्राय: काङ्ग्रेस आईको नेतृत्वमा सरकार रहेको अवस्थामा भारतको विदेश नीतिमा कति परिवर्तन हुने र अन्य राष्ट्रप्रति भारतको नीति कस्तो हुने भन्ने चासोले पनि मोदीप्रति आकर्षण बढेको हो ।
केही सञ्चारमाध्यमले के लेखेका छन् भने भारत–नेपाल सम्बन्धप्रति मोदी र भारतीय जनता पार्टी त्यत्ति सन्तुष्ट थिएन । पछिल्लो समयमा नेपालमा भारतप्रति सकारात्मक दृष्टिकोण केही कमजोर भएको विश्लेषण थियो रे । नेपाल नआएको भए पनि नेपालबारे राम्रो जानकार रहेका मोदी नेपालसित कस्तो सम्बन्ध राख्न चाहन्छन्, यो अझै केही दिनमा स्पष्ट होला । मोदी मन्त्रिमण्डलमा नेपाल आएका र नेपाललाई राम्ररी चिन्ने मन्त्रीहरूले राम्रा मन्त्रीपद पाएको देखिएको छ । नेपाल र नेपालीलाई चिनेका तथा नेपालीको मनोविज्ञान बुझेकाहरू भारतीय मन्त्रिमण्डलमा रहेकाले भारतीय मन्त्रिमण्डलको जति चर्चा विदेशमा भएको छ, त्योभन्दा बढी नेपालमा भएको छ । भारतीय राज्यहरूको तुलनामा उत्तर प्रदेशले बढी र महत्त्वपूर्ण मन्त्रालय पाएको सन्दर्भलाई नेपालसित जोडेर हेर्ने हो भने यो कुरो अझ प्रस्ट हुन्छ ।
भारत–नेपाल सम्बन्ध कहिले स्थापित भयो भन्ने प्रश्नभन्दा महत्त्वपूर्ण के रहिआएको छ भने नेपाल र भारतका नागरिक दुई देशका नागरिक भएर बसेकै छैनन् । सीमा क्षेत्रका मानिसमा बेटी–रोटीको सम्बन्ध छ । अनेक कुरामा विभेदरहित सम्बन्ध छ । दुई देशका नागरिकजस्तै लाग्दैनन् । यस किसिमको सम्बन्धलाई मोदी सरकारले कसरी परिभाषित गर्छ हेर्न बाँकी छ । मोदी हिन्दूवादी भनी परिचित दलको प्रधानमन्त्री भएकाले बेटीरोटीको सम्बन्धलाई राम्ररी बुझ्ने विश्लेषण गरिएको छ जसले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपिने विश्वास छ ।
मोदीको राज्यमा साना नहेपिएका र सानाले सम्मान पाएका तथा ठूलाले पनि संरक्षण पाएका अनुभूति गरिएकोले यस विषयमा के भन्न सकिन्छ भने नेपाललाई चिन्ने मन्त्रीहरूको सहयोगमा नेपालप्रति भारतीय दृष्टिकोण अझ सकारात्मक हुनेछ । हुनत हिन्दूवादी नेताहरू केही उत्साहित छन्, यो उत्साहमा केही आन्तरिक कारण पनि हुन सक्छ । विश्वभरका हिन्दूलाई आफ्नो ठान्ने र हिन्दू संस्कारमा संस्कृत भएर यसैप्रति आस्था राख्ने मानिस भारतजस्तो विशाल देशको प्रधानमन्त्री हुन पुगेकामा उत्साहित हुनु स्वाभाविकै मान्नुपर्छ । विश्वकै हिन्दूलाई आफन्त मान्ने हुनाले यो उत्साहमा सकारात्मकता देखिन्छ र देखिन्छ विश्वबन्धुत्वको भावना पनि । साथै सारा नेपालीले पनि मोदीले विश्व राजनीतिमा पाएको स्थान तथा एउटा नयाँ आयामको आरम्भकर्ता भएकाले खुशी व्यक्त गरेको छ । नेपालमा एउटा व्यक्ति जो मोदीजस्तो राष्ट्रनेता हुनुपर्ने हो कोही पनि बन्न नसकेको अवस्थामा मोदीको व्यक्तित्वलाई हेरेर नै आत्मसन्तुष्टि पनि लिन पुगेका छन् नेपाली नागरिक ।
भारतमा मोदीको उदयपछि नेपालमा नेपाल–भारत सम्बन्धबारे चर्चा शुरु भएको छ । भारतमा काङ्ग्रेस आईको नेतृत्वमा सरकार रहँदा नेपालमा नेपाली काङ्ग्रेसले आफूलाई सजिलो भएको अनुभूति गर्ने गरेको जनबुझाइ रहेको छ । अहिले नेपालमा काङ्ग्रेसको नेतृत्वमा विभिन्न पार्टीको सरकार छ र भारतमा भारतीय जनता पार्टीको नेतृत्वमा विभिन्न पार्टीको सरकार बनेको छ । यद्यपि भारतको संसद्मा भारतीय जनता पार्टीले पूर्ण बहुमत प्राप्त गरेको छ । पूर्ण बहुमत प्राप्त गरेको अवस्थामा अन्य पार्टीलाई सरकारमा सामेल गराएर भाजपाले आगाामी दिनका लागि राजनैतिक तयारी गरेको विश्लेषण पनि छ । तर हिजोको दिनमा लामो समयसम्म नेपाली काङ्ग्रेस र भारतीय काङ्ग्रेस आईबीच जुन किसिमको सम्बन्ध रहेको जनमानसको बुझाइ थियो, त्योभन्दा पृथक गठबन्धनमा बलियो सरकार बनेपछि नेपालमा कस्तो प्रभाव पर्ने र सरकार तथा संविधान निर्माणमा कस्तो असर पर्ला भन्ने विषयमा पनि चर्चा परिचर्चा शुरु भएको छ ।
विशाल भारतको राजनीतिमा उलटफेर भएपछि पनि के विश्वास गरिन्छ भने भारतको विदेशनीति विद्वान्हरूद्वारा बनाइने हुनाले विदेश नीतिमा खासै प्रभाव पर्दैन । तर भाजपाको घोषणापत्रमा नेपालबारे भनिएको कुरा, नेपालका प्रधानमन्त्रीसँग भेटमा नेपालको भ्रमण छिट्टै गर्ने योजना रहेको कुरालाई विचार गर्दा, विगतमा डेढ दशकदेखि भारतको उच्चस्तरीय भ्रमण नेपालमा हुन नसकेको अवस्था र नेपालबारे राम्रा जानकारहरू भारतीय मन्त्रिमण्डलमा राम्रा स्थानमा रहेका बेला नेपाल–भारत सम्बन्धमा थप नयाँ आयामको शुरुआत हुने र नेपालीले जुन हृदयले मोदीलाई बधाई दिएका छन्, उनीप्रतिको हार्दिकतामा अझ वृद्धि हुने विश्वास गर्न सकिन्छ । अहिलेसम्म जुन सदाशयता सुनिएको छ त्यसको आधारमा मोदी सरकारसित नेपालको सम्बन्ध अझ प्रगाढ र मित्रवत् बन्ने सम्भावनालाई स्वीकार गर्नुपर्ने देखिन्छ ।