गताङ्कको बाँकी
- रितु गुप्ता
“हरे, जगदीश र बहिनीलाई लिएर माथिको कोठामा गएर पाठ बनाऊ, जाऊ यहाँबाट,” दाइको आज्ञा मानेर ती अबोध बालकहरू माथिको कोठामा गएर शान्त भएर तल ठूलाबडाको बीचमा चलिरहेको कुरा सुन्न तम्सिए ।
उता मायाले आँसुमार्फत् आफ्नो पीडा र दु:ख प्रस्ट्याउन र आफ्नो छोरालाई आफूमाथि विश्वास दिलाउन दिल खोलेर रुँदै भन्न थालिन,“यो अधर्मीले मेरो र मेरा बच्चाहरूको जीवन बर्बाद पारिसक्यो । तिमीलाई र जयलाई मैले मामाघरमा यस कारणले राखेकी छु कि तिमीहरूमाथि यस राक्षसको छाया पनि नपरोस् ।”
“कस्तो भाग्य मेरो १ कस्तो न्याय मसित १ बुबाआमा जिउँदै छँदा टुहुरोभैंm जीवन बिताउँदै छु । मेरी आमाले मलाई आफूबाट टाढा राख्ने आँट गर्न सक्छिन् । कस्तो विशाल हृदय उनको । मेरो बुबा हुँदाहुँदै मलाई अनाथभैंm बुबाको छाया पनि खोस्न चाहन्छिन् मेरी आमा । कस्तो अनौठो मातृत्व उनको,” ओमले आफ्नो पीडा पोख्यो ।
“होइन बाबु, तैले मेरो कुरो बुझिनछस् । कुन काठकी हृदय भएकी आमा होली र आफ्नो सन्तानबाट टाढा बस्न चाहने तर तिमै्र भलाइको लागि मन दर्हो पारेकी थिएँ,” मायाले सफाइ दिइन् ।
मुरली भने आफूमाथि लगाइएका आरोपहरू सुनेर आँसु झार्दै, छोराले आफ्नो पर्वाह गरेको सुनेर केही हर्ष र केही पश्चातापको भावमा टाउको हल्लाइरहेका थिए ।
“आमा, तपाईंले बुबालाई त झट्टै दोष लगाउनुभयो । तर आफ्नो गल्तीलाई कहिल्यै औंल्याउनुभएको छ ? आफ्नोलागि मात्रै सोच्नुभयो तपाईंले । स्वार्थी बन्नुभयो । आफ्नो सुख र आफ्नो मात्रै पर्वाह गर्नुभयो तपाईंले । छोराछोरी जन्माएर तपाईंहरू दुवैजनाले हामीहरूलाई बिर्सिनुभयो । दुवैले आफ्नै सुखलाई सुख र दु:खलाई दु:ख ठान्नुभयो । हाम्रो कुनै पर्वाह गर्नुभएन,” ओमले भन्यो ।
“यस्तो आरोप र लाञ्छना नलगाऊ ममाथि । म सहन गर्न सक्दिनँ । मलाई के थाहा थियो र मैले त्यत्रो दु:ख गरेर तिमीलाई हुर्काएपछि तिमीले मलाई मेरो तपस्याको यस्तो फल दिनेछौं भनेर,” मायाले दु:खपूर्वक भनिन् ।
“तपाईंको तपस्या आमा ? तपस्या ? आजसम्म तपाईंले कहिल्यै हरे र लक्ष्मीको बुबाप्रतिको घृणा र तपाईंप्रतिको डरलाई बुझ्न सक्नुभएको छ । असहायका भावले कसैको आफ्नो भन्ने सहारा खोजिरहेका उनीहरूको आँखालाई ध्यान दिएर हेर्नुभएको छ ? तिहार होस् कि होली, तपाईंका आँखाबाट बार्है मास आँसु झरेको देखेर ती अबोध बालकहरूको मनमा कति बेरसम्म खुशी टिक्न सक्छ होला सोच्नुभएको छ ? बच्चा जन्माएर दुई छाक ख्वाएर मात्र तपाईंले आफूलाई महान् आमाको दर्जा दिन सक्नुहुन्न । किन तपाईंले आफ्ना बच्चाहरूको मुख हेरेर, मेरो मुख हेरेर हाँस्न सक्नुभएन त ? किन हामीलाई बुबाको माया पाउन मदत गर्न सक्नुभएन त ? आफ्नो दु:खभन्दा माथि आफ्ना बच्चाहरूको खुशीलाई किन राख्न सक्नुभएन ? किन मेरो बुबाको कल्पिरहेको आत्मालाई क्षमा गर्न सक्नुभएन त ? किन होला आमा ? भन्नोस् न आमा,” ओमले आफ्नी आमामाथि प्रश्नहरूको वर्षा गर्यो ।
मायाको मनमा यति वर्षसम्म मुरलीप्रतिको घृणालाई कम गर्न खोज्दै मायालाई आफू पनि दोषी रहेको महसुस गराउन खोज्दै ओमले नचाहेर पनि यस्ता कठोर वचनहरू आफ्नी जननीको विरुद्धमा गर्नुपर्यो ।
“हो, बाबु, तँ ठीकै भन्दैछस् । मैले कोशिश पनि गरेकै हुँ । यो मान्छेसित पुन: राम्ररी व्यवहार पनि गरिरहेकै हुँ । तर बारम्बार धोकामा परें । गेनहरिया, चन्दा, समा र लीलावतीको कहानी थाहा पाएपछि मैले पर्वाह गर्नै छोडे । भन्न नहुने कुरा आज तँलाई भन्दैछु । ठूलो भइसकिस्, अब त बुझ्नेछौं भन्ने आशा पनि छ । तर वास्तवमा मैले जहिले पनि आफ्नो पतिमाथि किन आफ्नो अधिकार गुमाएँ ? किन उनलाई कहिल्यै कुनै प्रश्न गरिनँ ? मलाई पनि थाहा छैन,” मायाले ओमलाई भनिन् ।
मायालाई यति बेला सबै दोष आफ्नै हो कि जस्तो लागिरहेको थियो । ओमले यो कुरा बुझिसकेको थियो । कताकता मायाको मनमा मुरलीलाई क्षमा गरिदिउँ, आफ्नो पनि उत्तिकै गल्ती छ र आफूले पनि पतिमाथि लगाम कस्न नसकेको जस्तो लाग्न थालेको थियो ।
ओमले बुबातिर हेरेर भन्यो,“बुबा, आज म तपाईंको लागि आफ्नी आमासित बाँझिरहेको छु । उनीसँग आँखा उठाएर कहिल्यै कुरा नगरेकोले उनलाई आज अपशब्द भन्दैछु, प्रश्न गर्दैछु, औंला ठड्याउँदै छु । पक्कै पनि तपाईं खुशी हुनुभएको होला । मैले यो सबै कसको निम्ति गरेको हुँ थाहा छ ? आफ्ना त्यस पिताको लागि जसले मलाई जन्मायो र दु:खको भुमरीमा फाल्यो अनि रक्सीमा मस्त रह्यो,” ओमले मुरलीलाई भन्यो।
मुरलीका आँखा लाज र पश्चातापले उठ्न सकेन । आँखाभरि आँसु लिएर आफ्ना पापहरू धुन खोज्दै थिए, मुरली ।
“मेरो आमाबुबा छँदाछँदै म र मेरा भाइबहिनीहरू टुहुरोभैंm बाँच्दै थियौं र छौं । हाम्रो आमालाई तपाईंले पागलखानासम्म पुर्याउनुभयो त के भयो, त्यसको साटो हामीलाई कयौं सौतेनी आमाको माया ल्याइ दिनुभयो । आफूले माया गरिरहेको छु जस्तो ठान्नुहुन्थ्यो तर आफ्ना बच्चाहरू जसको नसामा तपाईंकै रगत बगिरहेको छ, त्यो रगत तिनको आँखाबाट आँसु बनेर झरेको कुरा किन कहिल्यै पत्ता लगाउन सक्नुभएन ? किन बुझ्न सक्नुभएन त ? बुबा, मलाई गर्व छ, म तपाईंको छोरा हुँ, पितृप्रेमको उदाहरणीय नमुना हुनुहुन्छ, तपाईं । तपाईंलाई त मेरो शत–शत प्रणाम छ,” बुबाको खुट्टामा झुक्दै ओमले आँखाबाट आँसु झार्दै भन्यो ।
“बन्द गर तेरो ताना । यस्तो व्यङ्ग्य म सहन सक्दिनँ । मलाई सजाय नै गर्नु छ भने मलाई पिट्, फाँसी चढाइ दे तर यस्तो शब्द बाणले नतड्पा, घायल नबना । क्षमा गरिदेऊ मलाई माया । क्षमा गरिदेऊ ओम म तिमीहरूको दोषी हुँ, अपराघी हुँ । म सार्है स्वार्थी छु, त्यसैले अब मलाई बाँच्ने कुनै अधिकार छैन,” भन्दै मुरलीले खल्तीबाट चक्कू निकालेर आफ्नो हात काट्ने कोशिश गर्यो ।
माया सार्है डराइन्, ओम पनि डराइसकेको थियो । तर पनि उसले चाहेको थियो कि मायाले मुरलीलाई त्यसो गर्नबाट रोकून् ।
ओमले हृदय पाषाणको बनाइ फेरि भन्न थाल्यो,“होइन, तपाईं कहाँ स्वार्थी हुनुहुन्छ ? स्वार्थी त म छु । तपाईंहरूले यति गर्नुभयो, त्यो के कम छ ? हामीलाई जन्माएर हाम्रो पढाइलेखाइको ख्याल गर्नुभयो । मैले यसरी नै आमाबाबुले माया गर्छन् भनी सुनेको थिएँ ।”
यति सुनेर मुरलीले चक्कू चलाउनै लागेका थिए । क्रमश: