गताङ्कको बाँकी
- रितु गुप्ता
मायाले दौडेर मुरलीको हातबाट चक्कू खोसेर फ्याँकिन्, अलिकति हात काटिएको ठाउँलाई आफ्नो हातले छोप्दै, थिच्दै मायाले मुरलीसँग माफी मागिन् । मुरलीको हात छोडेर, मायाले ओमलाई जोडले बेस्सरी एक थप्पड गालामा हिर्काइन् ।
“तलाई बोल्ने तरिका थाहा छैन । आफ्नो पितासँग तैंले यसरी कुरा गर्ने हो ? यही हो, तेरो संस्कार,” भनेर माया मुरलीसँग माफी माग्न गइन् ।
“मलाई माफ गरिदिनोस् । मैले मेरो मात्र स्वार्थ हेरें । तपाईंको मात्र दोष हेरें । मैले छुट दिएकोले आज हाम्रो छोरो यसरी तपाईंको मुख लाग्न, तपाईंलाई कुशब्द बोल्न सकेको हो । मलाई क्षमा गरिदिनोस्,” भन्दै माया मुरलीको खुट्टा ढोग्न पुगिन् ।
मायाको मनबाट मुरलीका लागि रहेका गुनासाहरू समाप्त भएको देखेर ओम सार्है खुशी भयो । उसको उद्देश्य पूरा भयो । उसले आमाको थप्पडलाई आशीषको रूपमा लियो ।
“होइन माया, गल्ती मेरो मात्र थियो । मैले तिम्रो सोझोपनको कदर गर्न सकिनँ । तिम्रो चाहना, इच्छा र भावनाको कहिल्यै कदर गरिनँ । मलाई क्षमा गरिदेऊ । म मेरा बच्चाहरूको पनि अपराधी हँु । म तिम्रो पनि अपराधी हुँ । म तिम्रो पनि अपराधी हँु, ओम । तिमीलाई मेरो अन्तर्हृदयबाट धन्यवाद छ, छोरा ।
मेरो र मायाबीचको यतिका वर्ष बिग्ेरको सम्बन्धलाई तिमीले सुधार्यौ । हाम्रो कर्तव्यप्रति हामीलाई उत्प्रेरित गर्यौ र हामीबीचको माया र विश्वासलाई अझ प्रगाढ बनायौ । मैले तिम्रो मनसाय बुझिसकेको छु । तिम्रो यस्तो युक्तिको लागि, तिम्रो सराहनीय कामको लागि धन्यवाद छ, छोरा,” मुरलीले भने ।
“होइन बाबा, म तपाईंहरूकै छोरा हुँ । तपाईंहरूको माया र आशीष मात्र चाहिएको छ । तपाईंको ऋण त मेलै आजीवन तपाईंहरूको सेवा गरेर पनि चुक्ता गर्न सक्दिनँ । मेलै बोलेको अपशब्दप्रति आमा र तपाईं दुवैप्रति क्षमाप्रार्थी छु,” ओमले भन्यो ।
“हेर त माया, हाम्रो छोरा कति समझदार भइसकेको छ,” मुरलीले भने ।
सबैको आँखामा खुशीको आँसु र ओठमा मुस्कान थियो । जगुलाई त आफ्नो दाइप्रति सार्है गर्व महसुस भयो ।
त्यसपश्चात् सबैजना खुशी–खुशी बस्न थाले । जय पनि मामाघरबाट घर फक्र्याे । मामा भने माइजूसहित महिनाको दुईपटक अवश्य भेट्न आउँथे ।
केही हदसम्म मामा–माइजूमाथि पनि अन्याय नै भयो । तर ओम र जयले मामा–माइजूलाई मातापितासरह नै सम्मान गर्थे ।
आफ्ना बच्चाहरूको भविष्यप्रति चिन्तित भएर माया र मुरलीले बच्चाहरूलाई पढाइको लागि शहर पठाए । आपैंm गाउँमा खुशी–खुशी बस्दै थिए । मुरलीले पनि रक्सीको सहारा छोडेपछि पत्नी र छोराछोरीहरूको सहारा पाए ।
ओम भने अहिले इन्जिनियरिङको पढाइ गर्न विदेश गएको छ । तर उसले आफ्नो सभ्यता, संस्कृति, मातापिता र भाइबहिनीहरूलाई बिर्सेको छैन । स्वदेश फर्केर देशको सेवा गर्ने उसको विचार छ । बेलाबखतमा फोन गरिरहन्छ र सबभन्दा सहज माध्यम फेसबूकबाट प्रत्यक्ष कुराकानी भइरहन्छ ।
मुरलीले पनि भर्खरै कम्प्युटर किनेर गाउँमा लगेका छन् । कलेजमा केही दिन बिदा भएकोले जयले आमा र बुबालाई कम्प्युटर र फेसबूक चलाउन सिकाउँदै छ । उसको परिवारको सुख, समृद्धि र जीवनको स्तर बढ्दै गइरहेको छ ।
‘जहाँ इच्छा, त्यहाँ उपाय’ भनेभैंm ओमको इच्छाशक्तिले जादू गरेको भन्न सकिन्छ ।