$type=ticker$count=12$cols=4$cate=0

समान अवसर र समानताको खाँचो छ महिला पत्रकारलाई

SHARE:

- सावित्रा सुवेदी
समय परिवर्तनशील छ । समयको गतिजस्तै परिवर्तनशील छ, मानवजीवन । जीवनलाई गतिशील, प्रगतिशील बनाउन परिवर्तन अत्यावश्यक छ । परिवर्तनका लागि सूचना र सञ्चारको भूमिका उल्लेखनीय हुन्छ । सूचना र सञ्चारबिना मानवजीवनको कल्पना पनि गर्न सकिंदैन । सूचना प्रयोग गरेर मानिसको सामाजिक, आर्थिक र भौतिक स्तर उकास्न आमसञ्चारको रूपमा पत्रकारिताले सशक्त भूमिका खेलेको छ ।
    संसार सञ्चारले गर्दा परिवर्तनशील भएको छ । देशविदेशमा घटेका घटना, खबर क्षणभरमैं हेर्न, सुन्न, देख्न र पढ्न पाइन्छ । सञ्चारले गर्दा विश्व गाउँजस्तै बनेको छ । मानिसले आफ्नै घरभित्र बसेर सारा संसार छर्ल·ै हेर्न र नियाल्न पाइरहेका छन् । सञ्चारले गर्दा मान्छेले हरेक क्षणमा नयाँ खोजतलाश, अनुसन्धान तथा सूचना पाइरहेका छन् । सञ्चार क्षेत्रको परिवर्तनसँगै सञ्चारकर्मीमा समेत अत्यधिक मात्रामा परिवर्तन आएको छ । तर पनि सञ्चार क्षेत्रमा लागिपरेका महिलाप्रति लै·िक समानता हुन सकेको छैन ।
    दिन प्रतिदिन सञ्चारको महत्त्व बढ्दै गएको अवस्थामा सञ्चारकर्मीहरूको पेशागत र भौतिक सुरक्षाको अवस्था अझै पनि चिन्ताजनक नै छ । त्यसमा पनि यसको बढी प्रभाव महिला सञ्चारकर्मीमा परेको देखिन्छ । समाजमा जरो गाडेर रहेको पितृ सत्तात्मक मानसिकता र लै·िक विभेदका कारण अहिले पनि पत्रकारितामा महिला टिक्न सकिरहेका छैनन् । महिलाले क्यामरा बोकेर हिंड्नुहुँदैन । यसो गरेमा उत्ताउली, छाडा भई भनेर समाजमा उपेक्षा र हेला गरिन्छ । जसको कारण पत्रकारितामा महिला सहभागिता चाहेभन्दा धेरै नै कम छ । यदि पत्रकारितामा महिला सहभागिता/उपस्थिति भइहाल्यो भने पनि घरपरिवार, समाजदेखि लिएर पेशागत तथा भौतिक असुरक्षासँग सङ्घर्ष गर्नुपर्दछ । अहिले मुलुकमा भएको परिवर्तनसँगै महिला सञ्चारकर्मीमा वृद्धि भएको छ । तर महिला सञ्चारकर्मीको सङ्ख्यामा वृद्धि भएपनि गुणात्मक वृद्धि अझैसम्म हुन सकेको छैन । पत्रकारितालाई आफ्नो पेशा बनाउन महिला पत्रकारलाई सरकारले पर्याप्त मात्रामा सुरक्षा र अवसर नदिएका कारण पत्रकारितामा महिला सहभागिता खासै देखिंदैन । वर्षौदेखि महिलाहरू पत्रकारिता क्षेत्रमा छन् । तर व्यक्तिगत दक्षताको अभाव, पत्रकारितामा लै·िक असमानता र पेशागत असुरक्षाका कारण महिलाहरू पछाडि परिरहेका छन् । फेरि पनि इतिहासलाई हेर्दा महिलाको भूमिका उल्लेखनीय रहेको पाइन्छ ।
    विश्वमा पत्रकारिताको इतिहासलाई हेर्ने हो भने पत्रकारिताको सुरुआतदेखि नै महिलाको सहभागिता रहिआएको छ । यस सन्दर्भमा नेपालमा पनि पेशाकै रूपमा महिला सञ्चारकर्मीको उल्लेखनीय सहभागिता छ । नेपालमा पहिलोपटक २००८ जेठमा कामक्ष देवी र साहना प्रधानको सम्पादनमा निस्किएको महिला पत्रिकालाई ऐतिहासिक सुरुआतको रूपमा लिन सकिन्छ । त्यसपछि २००९ सालमा कुन्ती देवीको सम्पादनमा ‘प्रतिभा’ प्रकाशन भयो । यद्यपि यो पत्रिका पूर्णत: साहित्यिक थियो । त्यसपछि २०१० मा रमादेवी पन्तद्वारा सम्पादित ‘जनविकास’ प्रकाशन भयो, प्रकाशनको केही समयपछि यो पत्रिका बन्द भयो । त्यसपछि शशिकला शर्माको सम्पादनमा ‘स्वास्नी मान्छे’ त्रैमासिक पत्रिका प्रकाशनमा आयो ।
    यसरी इतिहासलाई हेर्दा महिलाहरू पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । हाल जिल्लादेखि राष्ट्रिय तहमा समेत महिलाको सम्पादनमा विभिन्न पत्रिकाहरू प्रकाशन हँुदै आएका छन् । यति हुँदाहुँदै पनि अहिलेको अवस्थालाई हेर्ने हो भने पत्रकारितामा महिलाको सक्रिय भूमिका रहेको भएपनि निर्णायक तहमा महिलाको सक्रिय सहभागिता शून्य बराबर नै छ । नेपालको एक महिला मासिक पत्रिकामा पनि पुरुष नै सम्पादक छन् । किन अवसरबाट वञ्चित गराइन्छ महिला पत्रकारलाई ? किन दिइँदैन महिलालाई सम्पादनको जिम्मेवारी । समाज परिवर्तन गर्न सक्ने महिलाले महिलाकै निम्ति प्रकाशन हुने पत्रिकाको के सम्पादन गर्न सक्दिनन् र ?
    देशमा ऐतिहासिक परिवर्तन भयो । लोकतन्त्र आयो, अझ देश परिवर्तनको दिशामा छ तर पत्रकारिता क्षेत्र अझै चुनौतीपूर्ण बन्दै गएको छ । यस क्षेत्रमा प्रवेश गर्न सजिलो भएपनि व्यावसायिकरूपमा टिक्न सार्‍है गार्‍हो छ । त्यसमा पनि महिला पत्रकारलाई टिक्न निकै नै समस्या छ । पहाडी क्षेत्रमा महिला सञ्चारकर्मी सङ्घर्ष गरेर टिकिहाले पनि तराई क्षेत्रमा महिला सञ्चारकर्मीलाई टिक्न र बाँच्न गार्‍हो छ । जनकपुरकी उमा सिंह र सर्लाहीकी उषा दाहालको हत्याले यसलाई पुष्टि गरेको छ । अहिले तराई क्षेत्रमा महिला पत्रकार औंलामा गन्न सकिन्छ । हुनत एफएम रेडियोको वृद्धिसँगै महिला पत्रकारको सङ्ख्यामा वृद्धि भएको छ । समाचारवाचिका, कार्यक्रम सञ्चालिका तथा मनोरञ्जनात्मक कार्यक्रममा सङ्ख्या अत्यधिक भएपनि समाचार लेख्ने र सम्पादन गर्ने कार्यमा शून्य बराबर उपस्थिति छ । तर तिनीहरूलाई पेशागतरूपमैं परिपक्व बनाउन सम्बन्धित निकाय वा काम गराउने संस्थाले ध्यान पुर्‍याएको देखिंदैन ।
    हाम्रो समुदाय अहिलेको अवस्थामा पनि सङ्कुचितरूपमैं छ । अर्थात् फराकिलोरूपमा आउन सकेको छैन । आफ्ना छोरीचेलीलाई स्वतन्त्ररूपमा काम गर्न दिइएको छैन । त्यसमा पनि पत्रकारिता भनेपछि खासै रुचाइँदैन । यसमा २४ सैं घण्टा चुनौतीपूर्णरूपले काम गर्नुपर्छ । घरपरिवारले यो पेशालाई अपनाउन दिंदैन । घरपरिवारबाट सङ्घर्ष गरी समर्थन पाए पनि समाजले फलानाकी छोरी छि: २४ सैं घण्टा घुम्छे भनेर विभिन्न किसिमका टीकाटिप्पणी गर्छन् । वर्तमान अवस्थामा महिला भएकै कारण विभिन्न किसिमका समस्या भोग्नुपरेको छ । हाम्रो समाजमा महिलालाई पत्रकारिता क्षेत्रमा लागेकोमा राम्रो मानिंदैन ।
    अहिले हाम्रो देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कार्यान्वयनको दिशामा छ । नयाँ संविधान जारी हुने तरखरमा छ । सञ्चारकर्मी महिलाहरूको समान सहभागितासँगै आफ्नै मिडिया हाउसदेखि समाज र राष्ट्रले पत्याउन सक्ने वातावरण बनाउनतिर सम्पूर्ण निकायको ध्यान जानु आवश्यक छ । पत्रकार महिलाहरूलाई आरक्षण नभई समानता र अवसरको खाँचो छ । उचित अवसर दिए मात्र महिला पत्रकार अघि बढ्नेछन् । भर्खरै मात्र सम्पन्न भएको पत्रकार महासङ्घको अधिवेशन उद्घाटन गर्ने क्रममा प्रधानमन्त्रीले भनेका थिए– अब नेपालका पत्रकारले कार चढ्नेछन् । हामी महिला पत्रकारलाई कार हैन, सुरक्षाका
साथै समान अवसर र समानताको खाँचो छ । –सपही–९, बारा
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : समान अवसर र समानताको खाँचो छ महिला पत्रकारलाई
समान अवसर र समानताको खाँचो छ महिला पत्रकारलाई
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/05/blog-post_6591.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/05/blog-post_6591.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy