- निर्भय कर्ण
हाम्रो पृथ्वी निकै राम्रो र सुन्दर छ, जसमा सबै जीवजन्तको आआफ्नो अहम् योगदान र महत्ता छ । हरिया रूखबिरुवा, विभिन्न प्रकारका जीवजन्तु, माटो, पठार, हावा, पानी, नदी, समुद्र, महासागर इत्यादि सबै प्रकृतिका देन हुन्, जुन हाम्रो अस्तित्व तथा विकासका लागि आवश्यक छ । पृथ्वीबाट हामीलाई भोजन मात्र होइन, जिन्दगी जिउनका लागि प्रत्येक चीज प्राप्त हुन्छ । साँच्चै भन्ने हो भने सबै जीव र पारिस्थितिक तन्त्रको विभिन्नता एवं असमानता नै जैव विविधता हो । त्यसैले यो भन्दा अतिशयोक्ति हुने छैन कि जैव विविधताको मानव जीवनको अस्तित्वमा अहम् योगदान छ ।
जैव विविधताबाट जहाँ जीवित प्राणीका लागि भोजन तथा औषधिहरू प्राप्त हुन्छ, त्यहीं उद्योगहरूका लागि कच्चा माल प्राप्त हुन्छ । वैज्ञानिकहरूको कुरामा विश्वास गर्ने हो भने विश्वको २५००० वनस्पति प्रजातिहरूमा ५००० प्रजातिका वनस्पतिको मात्र औषधिको रूपमा प्रयोग भइरहेको छ । यसको एउटा सानो अंशबाट हाम्रो खाद्यान्नको आपूर्ति भइरहेको छ । यीमध्ये लगभग १७०० वनस्पतिलाई खाद्यको रूपमा उब्जाउन सकिन्छ तर ३० देखि ४० वनस्पति फसलबाट मात्र पूरा विश्वलाई भोजन उपलब्ध भइरहेको छ । प्राप्त यस भोजनबाट पनि हामी प्रत्येक वर्ष एकतिहाई तयार भोजन बरबाद गर्दछौं । संयुक्त राष्ट्र सङ्घ एवं कृषि स·ठनको रिपोर्ट अनुसार दुनियाँभरिमा ४ अर्ब टन बर्सेनि खाद्यान्न उत्पादन हुन्छ जसमध्ये करिब १.३२ अर्ब टन खाना बरबाद हुन्छ । यो उपसहारा क्षेत्रमा उत्पन्न हुने कुल अन्नको बराबर हो ।
दुनियाँका १७ महत्त्वपूर्ण जैव विविधता सम्पन्न मुलुकहरूमा भारतको महत्त्वपूर्ण स्थान छ । यस विविधतालाई अक्षुण्ण बनाइराख्नका लागि वन एवं वन्य जीवहरूको रक्षा जरुरी छ । वन–ज·लको कुरा गर्ने हो भने पूर्वानुमानहरूका अनुसार, वन विनाशको वर्तमान रफ्तार यदि यसै गरी जारी रहयो भने सन् २०२० सम्म धरतीबाट लगभग १५ प्रतिशत प्रजाति लुप्त हुनेछ । रूखहरूको चोरी तस्करी तथा अन्यान्य कारणले हुने कटान र साँगुरिंदै गरेको वन्यक्षेत्रले गर्दा भूमि अनुर्वर र मरुभूमिमा परिणत भइरहेको छ । यसले दुनियाँभरिमा खाद्य सड्ढटको खतरा मडारिन थालेको छ । युएनइपीका अनुसार विश्वमा ५०–७० लाख हेक्टर जमिन प्रतिवर्ष अनुर्वर भइरहेको छ, त्यही भारतमा नै कृषियोग्य भूमिको ६० प्रतिशत भाग तथा गैरकृषि भूमिको ७५ प्रतिशत गुणात्मक क्षतिमा परिवर्तित भइरहेको छ । भारतमा पछिल्लो नौ वर्षमा २.७९ लाख हेक्टर वन क्षेत्र विकासको नाउँमा समाप्त भएको छ जबकि यहाँ जम्मा वन्यक्षेत्र ६,९०, ८९९ वर्गकिलोमिटर छ । वनले पृथ्वी र माटोलाई समाउने काम मात्र गर्दैन, बाढी रोक्ने काम पनि गर्दछ र माटोलाई उब्जाउ बनाइराख्छ ।
यस्तोमा खानेपानीको उपलब्धतामा पनि निरन्तर कमी भइरहेको छ । धरतीमा उपलब्ध १.४० अर्ब घन किलोमिटर पानीमध्ये ९७.५ प्रतिशत पानी समुद्रमा छ र यो नुनिलो छ । १.५ प्रतिशत पानी बरफको रूपमा छ । यो १.५ प्रतिशतमध्ये धेरैजसो पानी ध्रुवहरू तथा ग्लेशियर (हिमनदी) मा छ, जुन मानिसको पहुँचभन्दा टाढा छ । बाँकी एक प्रतिशत मात्रै पानी नदी, तलाउ एवं झीलहरूमा छ, जहाँ मानिसको पहुँच छ र खानेयोग्य पनि छ । तर यस पानीको पनि एउटा ठूलो भाग जुन ६०–६५ प्रतिशत हुन्छ, खेती र औद्योगिक क्रियाकलापहरूमा खर्च हुन्छ । संयुक्त राष्ट्र सङ्घको धयचमि धबतभच चभउयचत २०१४ अनुसार २० प्रतिशत भूमिगत पानी समाप्त भइसकेको छ र २०५० सम्म यसको मागमा ५५ प्रतिशतसम्म बढोत्तरी हुने सम्भावना छ । आँकडाहरूमा विश्वास गर्ने हो भने ६० प्रतिशतसम्म पानी प्रयोग हुनुभन्दा पहिले नै नोक्सान हुन्छ ।
वन तथा अन्य थरीका जैव विविधतामा जीवजन्तुहरूको योगदान उल्लेखनीय छ । भिन्नभिन्न प्रकारका जीवजन्तुहरूको प्रजातिमा निरन्तर कमी आइरहेको छ । आफ्नो स्वार्थका कारण मानिसले प्राकृतिक संसाधनहरूको दोहन गर्दा बितेको ४० वर्षमा पशुपक्षीहरूको सङ्ख्या घटेर एकतिहाई मात्र रहन पुगेको छ । आँकडामा ध्यान दिने हो भने हामी पाउने छौं ५२,०१७ प्रजातिहरूमध्ये १८,७८८ प्रजाति लुप्त हुने अवस्थामा पुगेको छ । दुनियाँको ५४९० स्तनधारी प्राणीहरूमध्ये ७८ लुप्त भइसकेका छन् र १८८ भन्दा बढी प्रजाति बढी जोखिमको सूचीमा छ । ५४० प्रजातिको अस्तित्वमाथि खतरा मडारिइरहेको छ र ७९२ अतिसंवेदनशील सूचीमा सामेल छ । मज्जको कुरो के छ भने जब पनि जीवजन्तुको संरक्षणको योजना बन्दछ, बाघ, शेर र हात्तीजस्ता ठूला जनावरहरूको संरक्षणमा मात्र ध्यान दिइन्छ, पक्षीहरूको संरक्षणले अपेक्षित महत्त्व पाइरहेको हुँदैन ।
जैव विविधतालाई क्षति पुर्याउने धेरै कारकहरूमध्ये ग्लोबल वार्मिंग पनि प्रमुख हो । ग्लोबल वार्मिंगले मौसमलाई बढी भयप्रद बनाइदिएको छ र आउँदा वर्षहरूमा मौसममा अहम् परिवर्तन आउने पूरा सम्भावना छ । यसले गर्दा चक्रवात, लू, अतिवृष्टि र सूखाजस्तो आपद् सामान्य बन्नेछ । धरतीमा विद्यमान ग्लेशियरले गर्दा धरतीको तापमान सन्तुलित रहन्छ, तर बदलिंदो परिवेशले यसलाई असन्तुलित बनाइदिएको छ । लगातार तापमानमा वृद्धिले जैव विविधतालाई सड्ढटापन्न बनाइदिएको छ । निरन्तर बढ्दो तापमानले ग्लेशियर पग्लिन थालेको छ र त्यो दिन टाढा छैन जब सम्पूर्ण पृथ्वीलाई जलप्रलयले आफूमा समाहित गर्नेछ । अर्कोतिर हामी आफ्नो परिवेशलाई यति दूषित गर्दै गइरहेका छौं कि बाँच्न मुश्किल भइरहेको छ । यस्तो कुनै तत्त्व शेष छैन, जुन प्रदूषित हुनबाट जोगिएको होस्स त्यो वायु, जल, भूमि होस् वा अन्य ।
हामी सबैलाई के थाहा छ भने पर्यावरण र प्राणी एकअर्काका पूरक हुन् । पर्यावरण र प्रकृतिको पारिस्थितिक तन्त्रमा असन्तुलन भयो भने यसबाट पर्ने दुष्प्रभावबारे हाम्रो आबादीको मस्तिष्कमा चिन्ता उब्जनु स्वाभाविक छ, जसका लागि मानव जगत् नै जिम्मेदार छ । यति हुँदा पनि मानिसले नै प्रकृति संरक्षणको प्रेरणादायी उदाहरण पनि प्रस्तुत गरेको छ, जसले जैव विविधता संरक्षणको प्रयासलाई शक्ति प्राप्त भएको छ । मानवको कर्तव्य हो कि आफ्नो स्वार्थ त्यागेर प्रकृतिसँग निकटता बनाइरखोस् र पृथ्वीलाई प्रदूषित हुनबाट जोगाएर विलुप्त हुँदै गरेका ज·लहरू र त्यहाँ बस्ने पशुपक्षीहरूको सम्पूर्ण सुरक्षाको जिम्मेदारी लेओस् । रूखहरूको सङ्ख्यामा वृद्धि, जैविक खेतीलाई प्रोत्साहन, माइक्रोवेभ प्रदूषणमा कमी गर्ने जस्ता अहम् मुद्दामा काम गर्न विशेष बल दिनुपर्छ । मानिसले आफ्ना गतिविधिहरू सोचीसम्झी चाल्नुपर्छ, जसले गर्दा मानव पुन: प्रकृतिमा समाहित भएर त्यसको संरक्षण गर्न सकोस् अन्यथा त्यो दिन टाढा छैन जब जैव विविधतामाथि मडारिइरहेको यो खतराले भविष्यमा हाम्रो अस्तित्वमाथि नै प्रश्नचिन्ह लगाइदिनेछ ।
–आरजेड–११ पी, साइँबाबा एन्क्लेभ
पश्चिमी दिल्ली–११००४३
ं९१–९९५३६६१५८२