दर्पणझैं लेख
२४ गते प्रतीक मा ‘कार्यक्रम, नेतृत्व र आन्दोलन’ मा गोपाल ठाकुरले नेपालको अहिलेसम्मको राजनीतिलाई दर्पण सरी प्रस्ट पारिदिएका छन् । पुष्पलाललाई गद्दार, संसोधनवादी, संसदवादी मात्र होइन, भारतीय दलाल पनि भनेका छन् उनीहरूले । बिन्तीपत्र मनमोहन मात्र होइन, काङ्ग्रेसको हाथमा सुम्पेको र पछि ज्ञानेन्द्रको बखत माधव नेपालले पनि दिएका छन् । तर पुष्पलाल र पछि रामराजा सिंहको जनवाद पनि माओवादीको प्रचण्ड पथमा आइछाडयो । कार्यक्रम, आन्दोलन र नेतृत्वको कस्तो महत्त्व हुन्छ, त्यो गिरिजाले लेखेको संविधानमा पनि प्रस्ट भएको छ । पञ्चद्वारा भ्रष्ट पारिएका काङ्ग्रेसले गरेको र एमाओवादीको भ्रष्टता कति सच्चिन्छ भन्न सकिंदैन किनकि मधेसवादी पनि पथभ्रष्ट भइसकेका छन् । उता सबैलाई भ्रष्ट पार्नेहरू अखबारमा यिनको मोर्चामा होहल्ला मचाइ नै रहेका छन् । बाबूराम बाहिरिएर तीर्थ भ्रमणमा जाँदैछन् । खनालको उतै हवाई जहाज उडेको छ । हिन्दुस्तानमा जो जिते पनि यथास्थितिवादी नै हुन् । माओवादी अथवा कम्युनिस्टको हरिबिजोग छ । यस्तोमा आशावादमा रुमलिनेबाहेक केही उपाय छैन ।
राष्ट्रियताको गलत व्याख्या भएको लेख
१७ गते प्रतीकमा गोपाल ठाकुरको लेख ‘देशभक्ति र दोहरो नागरिता’ पढें । लालबाबूको लहलहैमा यो लेख पाएँ । आजभोलि नेपालको दुईवटा राष्ट्रियता भएको छ । एउटा असल राष्ट्रियता र अर्को लालबाबू राष्ट्रियता । राष्ट्रियता अराष्ट्रियता र लालबाबू राष्ट्रियता असल राष्ट्रियता बनेको छ । लालबाबूको राष्ट्रियता त्यही राष्ट्रियता हो जुन राजा वा राणाको राष्ट्रियता थियो । राष्ट्रियता कसैको पेवा होइन, लालबाबूको पनि होइन । लेखककै परिभाषा अनुसार देशको भलो चिताउने जोकोही देशभक्त हो । विदेशमा बसेको, पिआर वा ग्रीनकार्ड लिएकाहरू देशको भलो चिताउँदैनन् भन्ने आधार के ? जसले विदेशमा बुद्घको मूर्ति स्थापित गर्छ, जसले विदेशमा मन्दिरको जग बसाल्छ, त्यो कसरी देशद्रोही हुन्छ ? यही हो लालबाबू राष्ट्रियता । पिआर, ग्रीनकार्ड नागरिकता होइन, यो विदेशमा बस्ने बाध्यता हो । यसमा पैसा वा अर्थनीतिको मोह छ, आफ्नो लालाबालाको भविष्य बनाउने मोह छ । देशप्रति द्रोह छैन । मारिससमा इन्डिया पुगेको छ । हामीलाई नेपाल पुर्याउन आपत्ति किन ? यो राष्ट्रियता काम लाग्दैन । देशी वा मधेसीको नागरिकता नमिल्ने कुरा अर्कै हो । पिआर वा ग्रीनकार्डसँग यो प्रस· मिलेन ।
– डा. शिवशङ्कर यादव
छपकैया, वीरगंज नेपाल
क्जष्खकजबलपबच।थबमबखद्धघज्ञ२नmबष्।िअयm