सबै क्षेत्रको आफ्नो मर्यादा र चेन अफ कमान्ड हुन्छ । सेनामा काम गर्नेले आफूभन्दा माथिल्लो तहको अधिकृतले अर्हाएको काममा प्रश्न गर्न पाउँदैन । त्यस्तै केही नियम प्रहरी स·ठनमा पनि हुँदो हो । त्यस्तो नियमको जानकारी एसएसपी पदमा बसेको व्यक्तिलाई नहोला कसरी भन्न सकिन्छ ? डिआइजीबाट एआइजीमा बढुवा हुन नोटले भरेको ब्याग बोकी केही व्यक्ति नेताकहाँ धाउँदै छन् भन्ने कुराले प्रहरी स·ठनमा उच्च अधिकृतहरूको मनोवृत्ति स्वच्छ छैन भन्ने देखाउँछ । यो प्रहरीको लागि लाजमर्दो कुरा हो । त्यस्तो कुराको सार्वजनिकीकरण हुनुपर्छ कि पर्दैन ? प्रहरी स·ठनका लागि यो खुलासा राम्रो होइन । तर प्रहरी आपैंmमा सबैथोक होइन । प्रहरी सरकार तथा नागरिकप्रति जिम्मेवार संस्था हो । यसर्थ नागरिकको हकमा यस्तो कुराको खुलासा हुनैपर्छ । अहिले एसएसपी खरेलको कुराले प्रहरी स·ठन र नागरिक समाजको स्वार्थमा टकराउ ल्याइदिएको देखिन्छ । पदोन्नतिका लागि रकम बोकेर हिंड्नु न स·ठनको हितमा छ, न नागरिककै हितमा । नागरिकको हितमा छैन भने देशको हितमा पनि हुने भएन ।
यो विषय अहिले सर्वत्र चर्चाको विषय बनेको छ । लाग्दछ देश नै यस विषयमा दुई विचारधारामा बाँडिन पुगेको छ । एकथरी रमेश खरेललाई दोषी मान्दै कारबाईको पक्षमा छ भने अर्कोथरी श्याबासी दिने पक्षमा छ । रमेश खरेलले हिजोसम्म समाजबाट अपराध कम गर्न ठोस योगदान दिए । जुन–जुन ठाउँमा उनी कार्यरत रहे, त्यहाँका नागरिकले जति शान्ति र सुरक्षा महसुस गरे, त्यसभन्दा त्रास त्यहाँका अपराधीहरूले भोगे । तर त्यसले समग्र देशवासीलाई भने आश्वस्त तुल्याउन सकेन । किनकि सबै ठाउँमा रमेश खरेल उपस्थित हुन सक्दैनन् । सबै ठाउँको अपराधकर्म नाशियोस् भन्नका लागि विधिसम्मत पाइला चाल्नुपर्छ । रमेश खरेल सुपरम्यान होइनन्, उनले व्यक्तिगत कार्यविधि अपनाएर केही गरेका पनि होइनन् । मात्र विधि अनुसार काम गरे, नचाहिंदो, अवाञ्छित सिफारिस सुनेनन् । त्यसका लागि एक मात्र मन्त्र हो– विधिमा विश्वास र विधिको अनुसरण । विधिपूर्वक सरुवा, बढुवा हुने थीति बसाल्ने हो भने रमेश खरेलले अर्घेलो किन बन्नुपथ्र्यो ? उनीमाथि कारबाई चलाउनुपर्ने अवस्था किन आउँथ्यो ?
यी सबै कुरा उठ्नुको वा रमेश खरेलबारे चर्चा चल्नुको जुन मूल कारण छ त्यसको सत्यतथ्य छानबिन हुनुपर्छ । रमेश खरेलले अहमत्याइँपूर्वक कसैमाथि दोषारोपण गरेका हुन् कि स·ठनमा मौलाइरहेको विस·तिलाई हतोत्साहित गर्न सत्य कुरा सार्वजनिक गरेका हुन् ? किनकि देशमा सत्ता परिवर्तनसँगै असाध्यै नराम्रो जुन प्रवृत्ति विकसित हुन गइरहेको छ त्यो हो–राजनैतिक दलहरूको अवाञ्छित महत्त्वाकाङ्क्षा । एकपटक पहिले पनि प्रहरी स·ठनलाई राजनीतिक दलविशेषको कब्जामा ल्याउने प्रयास गरिएको थियो । ए नेकपा माओवादीको शसनकालमा सेनालाई राजनीतिक प्रभाव क्षेत्रमा ल्याउने प्रयास भएकै हो । पात्रविशेषको भूमिकाले प्रभावकारी परिवर्तन ल्याउँछ भन्ने कुरालाई हेक्का राखेर विचार गर्ने हो भने व्यक्तिभन्दा विचारबाट डराउनुपर्छ । व्यक्ति त आउँछ, जान्छ । व्यक्ति उपस्थित रहँदासम्म उसले अनुकूल वा प्रतिकूल प्रभाव पार्छ तर विचार गलत छ र त्यसले प्रश्रय पायो भने सदाकाल रहिरहन्छ । तसर्थ यस विषयलाई नागरिक हितको दृष्टिले हेर्नुपर्छ ।