हिजो राज्य व्यवस्थापनका विभिन्न अ·हरू जनताको सहयोग पाए देशमा शान्ति सुरक्षा कायम गर्न सकिन्छ भन्थे, आज नेताहरू जनसहभागिताबिना विकास निर्माणका काम पूरा हुन सक्दैन भन्छन् । तर एउटा कुरा दुवै पक्षले कहिले पनि के स्पष्ट पारेन भने जनता, जोसँग न कुनै अधिकार हुन्छ, जसलाई कुनै काममा सहभागी गराइँदैन, उसलाई कुनै कुराको जानकारीसमेत दिइन्न, ऊ कसरी कुनै कामका लागि जिम्मेवार हुन सक्दछ । देशमा राज्य व्यवस्था परिवर्तन भएसँगै सङ्क्रमणकाल आरम्भ भयो, जसले देशमा अराजकता निम्त्यायो । अराजकताको सामना गर्न नसकेपछि प्रहरी, प्रशासनले जनतालाई भुलाउन जनसहभागिताको कुरा उठायो । त्यसैगरी अहिले कालक्रमले सङ्क्रमणकाल समाप्त हुँदै गएको छ, अब तिनलाई जनसहभागिताको खाँचो रहेन, सङ्क्रमणकाल निस्तारको सबै जस आफैंले लिए । अब देशलाई चाहिएको विकास निर्माण हो, त्यसमा जनसहभागिता खोजिंदैछ । हिजो प्रशासनले जुन नारा लगाएर जनतालाई भुलाएको थियो, त्यो नारा अब नेताहरू लगाउन थालेका छन् । किनकि यसबाट विकास निर्माणको जिम्मेवारी जनतामाथि फालेर आफू चोखिन सकून् ।
समयक्रममा नेपाली जनताले सबै काम र दायित्व निर्वाह गरेको छ । नेपालमा भएका सबै क्रान्तिमा जनताले साथ दिएको छ । जनयुद्धकालमा दुवै हतियारधारीको चेपमा परेर अस्तित्व आफैंले जोगाएकै थियो । सङ्क्रमणकालमा आफूलाई जोगाउँदै राष्ट्रिय आवश्यकता परिपूर्तिको काममा जुटेकै थियो । यो अलग कुरा हो, जनताको सहयोग माग्ने जति कसैले पनि जनताको सहयोग लिने प्रयास भने कहिले पनि गरेन । किनकि यसमा उसमा लघुताभास हुने भय थियो । आज नेताहरू जनतालाई विकास निर्माणको काममा सहभागी हुन आह्वान त गरिरहेका छन्, तर त्यो काममा जुन जनताको इच्छाविपरीत उसमाथि लादिएको हुन्छ । आज स्थानीय आवश्यकता पूर्तिका लागि गाउँ परिषद्, जिल्ला परिषद्हरू बस्छन् त्यसमा नागरिकको नाममा कतिजनालाई सहभागी गराइन्छ ? जनताले आफ्नो आवश्यकताको योजना छनोट गर्ने बेलामा राजनीतिक दलका कार्यकर्ताहरू र विकास निर्माण काममा टेन्डर हात पार्ने व्यक्तिहरूको भेला गराएर जनताको काम गरेको ठान्ने र जनतालाई त्यसमा सहभागी हुन आह्वान गर्ने कुरा जनताप्रति गरिएको धोका मात्र हो ।
आज जनता स्वयं पनि कुनै काममा संलग्न हुन खोज्छ । उसको गाउँ–ठाउँमा उसको प्राथमिकताको आधारमा विकास निर्माणका आयोजनाहरू होऊन् भने उसले आफ्नो क्रियाशीलता पनि देखाउँछ तर नाम जनताको र विकास निर्माणको काममा संलग्न भएर अनुदान रकममा भागबन्डा लगाउने काममा ठेकेदार र राजनीतिक दलहरूको चहलपहल हुन थालेपछि जनताले किन सहभागिता जनाउने ? यस्तोमा काममा बिगार भएमा दोषी जनता ठहरिने गरी सहभागिताको अपेक्षा गर्नु नेताहरूको चरम दुष्टयाइँ हो । जनसहभागिता जुटाउनका लागि पहिले जनताबीच गएर उसको आवश्यकता छानबिन गर्नुपर्छ । छानबिन गरेको योजना कुन माध्यमबाट सम्पन्न गर्ने निक्र्योल गर्नुपर्छ । छानबिन गरिएको योजनाबाट जनता प्रत्यक्षरूपमा लाभान्वित हुने देखिनुपर्छ । लादिएको विकास योजनाप्रति जनतामा न रुचि हुन्छ, न उसले कुनै कामप्रति चासो नै राख्छ ।