प्रस, वीरगंज, १७ वैशाख /
पर्साका सभासद् राजेन्द्रबहादुर अमात्यले गोरखापत्र पत्रिकाको विश्वसनीयता अहिले पनि उत्तिकै रहेको बताएका छन् ।
गोरखापत्र संस्थानको वीरगन्जस्थित क्षेत्रीय कार्यालय स्थापनाको आज पाँचौं वाषिर्कोत्सवमा आयोजित गोरखापत्रको साइनो विषय छलफलमा बोल्दै सभासद् अमात्यले गोरखापत्रले सबै खाले परिवर्तनमा सराहनीय भूमिका निर्वाह गरेको बताए । उनले समाचारलगायत कुरामा देशको सबैभन्दा जेठो पत्रिकाको हैसियतले गोरखापत्रले आफ्नो मर्यादा कायम राख्न सक्नु खुशीको कुरा भएको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी कैलाशकुमार बजिमयले गोरखापत्र जनताको मुखपत्र बन्नुपर्ने बताए । उनले स्थापनाकालदेखि अग्रस्थानमा रहेको गोरखापत्रले अहिले पनि विविध भाषामा समाचार पस्कने कुरामा अग्रस्थान कायमै राखेको बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष प्रदीप केडियाले सरकारी क्षेत्रको थुप्रै संस्थानहरू बन्द भएको र भएका पनि घाटामा चलेको अवस्थामा सय वर्षभन्दा बढीको इतिहास रचेको पत्रिका आर्थिकरूपमा सम्पन्न भएर प्रकाशनलाई निरन्तरता दिनु प्रशंसनीय काम भएको बताए ।
क्षेत्रीय कार्यालय प्रमुख कन्हैयालाल केशरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक धीरजप्रताप सिंह, रेडक्रस पर्साका अध्यक्ष फुलमहम्मद मियाँ, राससका नारायणी अञ्चल प्रमुख शीतल महतो, विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार चन्द्रकिशोर झाले गरेका थिए ।