- नीरज गुप्ता
ओरालो लागेको मृगलाई बाछाले पनि लखेट्छ भनेभैंm गरीबलाई ईश्वरले पनि ठग्छ । गरीबको नाममा राजनीति गर्नेहरूको बेवास्ताका कारण गरीबहरूको जीवन अभिशाप बन्न पुगेको छ ।
कुरा फागु पूणर््िामाको एक दिनपूर्वको हो । म फागु मिलन समारोह कार्यक्रममा सहभागी हुन गएको थिएँ । कार्यक्रम समापनपछि खानाको व्यवस्था भएकोले खाना खान गएँ । खाना खुवाउने कार्यमा मैले स्कूलको सहपाठीलाई देखें । मैले उसको हालखबर सोधें र पढाइबारे सोधेपछि उसले घुमाउरो प्रतिउत्तर दियो– “जन्मिनु छ भने सुनको चम्चा लिएर जन्मनु नत्र गधा जस्तै भरिया अर्थात् गरीबको घरमा अभिशप्त जीवन लिएर नजन्मनु ।” यस उत्तरबाट म झस· भएँ र सोच्न बाध्य भएँ ?
उसको भनाइको तात्पर्य थियो– हामी गरीब बिहान–बेलुका गधाजस्तै काम गरे पनि परिवारलाई दुई छाक खाना नपुग्ने, दिनभरि ज्याला मजदुरी गरेबापत दिनको रु. ३ सयबाट ६ जना परिवारको गुजारा चलाउनुपर्ने । प्रत्येक दिन ३ किलो चामलको आवश्यकता पर्छ । सोना मन्सुली चामल रु. ४२ प्रतिकिलो भएकोले ३ किलोको रु. १२६, प्रत्येक दिन ४ किलो दाउरा चाहियो । प्रतिकिलो रु. १५ परेपछि रु. ६०, मरमसालामा रु. ५० खर्च हुन्छ । अब तरकारी, बहिनीको विवाह, आमाको औषधि, भाइबहिनीको पढाइ खर्च बाँकी रहेको रु. ६४ ले धान्न सक्छ ?
यदि कुनै कारणवश कलकारखाना बन्द–हडतालको कारणले काम हुन सकेन भने त्यस दिन भोकै बस्न बाध्य हुन्छन् गरीब परिवार । फागू पूर्णिमामा भेटिएको त्यस मित्रको भनाइ थियो– जब कसैलाई खानसमेत पुग्दैन भने त्यो कसरी खुशी रहन सक्छ किनभने पर्व खुशीको प्रतीक हो । जब मान्छेको पेट भरिएको हुन्छ, तब ऊ खुशी रहन्छ । गरीबहरूका लागि के दशैं, के तिहार, के छठ, के होली यी सबै पर्वहरू हुनेखानेका लागि मात्र हो । हँुदाखानेहरूका लागि कुनै पर्व हँुदैन, तिनीहरू त जीवन जिउन केवल सङ्घर्ष मात्र गर्छन् ।
त्यस मित्रको भनाईको अर्थ धनी र गरीबबीचको असमानता नै थियो । गधालाई सानैदेखि भारी बोक्ने भरियाको नजरले हेरिन्छ र प्रयोग गरिन्छ । जब गधा बूढो हुन्छ, तब त्यसलाई त्यत्तिकै छोडिन्छ । तर मनुष्य गधा होइन, सबैभन्दा सर्वश्रेष्ठ प्राणी भएपनि गरीबहरूलाई जनावर जस्तै धनीमानीहरूले व्यवहार गरेका देख्न पाइन्छन् । गरीबहरू शिक्षाबाट वञ्चित भएपछि उनीहरूलाई दलीय गुन्डा बनाइन्छ वा खाडी देशमा दास बनाउन बाध्य बनाइन्छ ।
जनताको लागि राजनीति गर्ने दल र नेताहरू आफ्नो माग पूरा गराउन विभिन्न किसिमका बन्द, हडताल र आन्दोलन गर्छन् । कलकारखाना बन्द भएपछि गरीबहरूले सास्ती पाउँछन् । बन्द, हडतालको दिन कुनै नेता वा तिनका परिवार भोकै बसेका छन् ? विद्याको मन्दिरलाई दलीय अखडामा परिणत गरी बालबालिकाको भविष्यसँग खेलवाड गर्ने नेताहरूका छोराछोरीहरू भने विदेशमा अध्ययनरत हुन्छन् । त्यसैले हिन्दीमा एउटा उखान नै छ– ‘अमिर कभी झोपडी मे सोया नहीं करते और गरीब कभी ताजमहल बनवाया नहीं करते ।’
वीरगंज–१४