$type=ticker$count=12$cols=4$cate=0

विवादित दलहरूको विभाजित मानसिकता

SHARE:

- सञ्जय साह ‘मित्र’
    नेपाली राजनीतिका खेलाडीहरूले विश्वमा क्रिकेट खेलाडीले जस्तो सम्मान पाउन नसकेको भए पनि आफू चाहिं चर्चामा आइरहन अनेक उपक्रम गरिरहेका हुन्छन् । यही उपक्रमले समयसमयमा नेपाली जनताको सामान्य ज्ञानमा वृद्धि गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको छ । कुन नेताको चरित्र कस्तो छ भन्ने कुरो सामान्यरूपमा सञ्चारमाध्यममा रुचि लिनेले सजिलै बताइदिन सक्छ । नेपाली नागरिकलाई जहिले पनि धोका दिइरहेका र ठगिरहेका हाम्रा नेताहरूप्रति जनताको विश्वास पनि उही शैलीमा रहेको देखिन्छ । वास्तवमा लोकतन्त्रमा जनता बलियो मानिनुको कारण पनि यही नै हो कि जनताले आफूले चाहेको नेतालाई आफूले चाहेको समयसम्म विश्वास गरिरहन सक्छ । नत्र भने कोही पनि ठूलो भनाउँदा नेताको विकल्प जनताले हरेक समय खोजिरहेको हुन्छ ।
    जहिले पनि आफू नै ठूलो र जहिले पनि आफू मात्र ठूलो भन्ने मानसिकता नेताहरूमा हुन्छ । यसैकारण हाम्रा नेताहरू राजनेता बन्न सकेका छैनन् । आफ्नो स्वार्थभन्दा माथि उठेर देश, जनता र पार्टीको स्वार्थका खातिर काम गर्ने इमानदार नेताहरूको कमी रहेको सबैले स्वीकार गरेका छन् । जहाँ नेताहरूमा यस्ता गुणहरूको अभाव हुन्छ, त्यहीं यस्ता समस्याहरू देखिन्छन् । हुन पनि हो, हाम्रा नेताहरूमा जनतासित मिलेर जाने वा आफ्नै दलभित्रका नेताहरूलाई सन्तुष्ट गरेर जाने वा नीति तथा सिद्धान्तप्रति प्रतिबद्ध भएर रहने जस्ता गुणहरूको अभावले गर्दा नै आज हरेकजसो दलभित्र विभाजित मानसिकता रहेको छ । हरेक दलभित्र सत्तापक्ष र प्रतिपक्ष रहेको हुन्छ, जसले गर्दा सार्वजनिकरूपमैं नेताहरूको आलोचना पनि हुने गरेको पाइएको छ ।
    लोकतन्त्रमा अरू दलको नीति तथा कार्यक्रमको आलोचना गर्नु स्वाभाविक मानिन्छ । अरूको आलोचना गर्दा जति धेरै सभ्य र जति धेरै मर्यादित भनाइ राखेर ठाडो आरोप लगाउनुको साटो आफूलाई सही र सक्षम बताएर जनतालाई देखाउन सकिन्छ, उतिकै राम्रो मानिन्छ । तर नेपाली राजनीतिमा चुनावको बेला हामीले देखेका छौं, विपक्षी दलका उम्मेदवारमाथि व्यक्तिगत आक्षेप लगाउनु सामान्य मानिन थालेको छ । सरकारमा गएपछि सरकारमा जान नसकेकाहरूले सोझै पार्टीभित्र प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका हुन्छन् । आफ्नो सबल पक्ष नबताई अरूको दुर्बल पक्षको चर्चा बढी गर्ने, आफ्नो कमजोर पक्षबारे ध्यान नदिने र अरूको बलियो पक्षको चर्चा नै नगरिदिने मानसिकताबाट परिचालित नेपाली नेताहरूको प्रभाव अब गाउँ समाजसम्म सजिलै देख्न थालिएको छ ।
    अहिले हरेक दलभित्र विभाजित मानसिकता देखिएको छ । यो विभाजित मानसिकताले नेताहरूको खोक्रो आदर्शलाई जनतासामु छर्लङ्ग पारिदिएको छ । नेपाली जनता अहिले विभिन्न दलभित्रका दुई दलका नेताहरूको चर्तिकला देखेर यस कारण आश्चर्य मानिरहेको छैन कि नेताहरूको विगत पनि यस्तै क्रियाहरूले भरिएको छ । हिजोका दिनमा दिएका वाचाहरू अहिलेसम्म पूरा गर्न सकेका छैनन् र नयाँनयाँ वाचाहरू दिएर केही महिनापहिले जनताबाट बिदा भएका  छन् । फेरि जनतामा आउने समय सम्भवत: पाँच वर्षपछि नै होला । तर यसबीच विभिन्न कारणले दलभित्र नेताहरूको व्यस्तता बढेको छ । बढ्दो व्यस्तताले नेताहरूको मनोविज्ञानलाई राम्रैसँग प्रस्ट पारेको छ । नेताहरूको चरित्र उदाङ्गो पारेको छ । एउटै दलभित्र पनि नेताहरूको महत्त्वाकाङ्क्षा र स्वार्थले कतिसम्म काम गर्दो रहेछ भन्ने स्पष्ट पारेको छ ।
    देशको दोस्रो ठूलो दलको रूपमा गत निर्वाचनबाट देखिएको नेकपा एमालेभित्रको गुटबन्दीले चरमरूप लिएको देखिएको छ । साठी वर्ष उमेर पूरा भएका दुई नेताले आगामी महाधिवेशनबाट नेतृत्वको दाबी गर्दै कार्यकर्तामाझ आफ्नो सबल पक्षभन्दा प्रतिस्पर्धीको कमजोर पक्षको चर्चा बढी गरिरहेको देखिएको छ । पार्टीको महासचिवको रूपमा एमालेको प्रमुखको भूमिकामा रहेका रौतहटका माधवकुमार नेपाल र सधैं आफ्नो बोलीको गोलीले चर्चामा रहने नेताको रूपमा परिचित खड्गप्रसाद ओलीबीच निकै प्रतिस्पर्धा देखिएको छ । नेपाल र ओली चर्चाको चुलीमा पुग्दा वर्तमान अध्यक्ष झलनाथ खनालमा पनि अध्यक्षको महत्त्वाकाङ्क्षा अझै जीवित रहेको उनको भाषणबाट देखिएको छ । नेपाल र ओलीबीच मेल हुन नसकेमा सर्वसम्मत हुन सकिने आशा खनालमा रहेको देखिन्छ । खनाल पक्षका केही नेताबाट यस्तो विचार सार्वजनिक भइसकेको छ र खनालको पनि यसै किसिमको अभिव्यक्ति केही दिन पहिले सार्वजनिक भएको थियो । अहिले एमालेमा नेतृत्वको होडबाजीले निकै ठूलो सङ्घर्षको रूप लिएको छ ।
    यस्तै प्रवृत्ति केही हदसम्म एमाओवादीभित्र पनि देखिएको छ । लामो समयदेखि एमाओवादीको सुप्रिमोको रूपमा रहेका पुष्पकमल दाहाल प्रचण्ड पक्ष र डा. बाबुराम भट्टराई पक्षबीच एक किसिमको नेतृत्वको होडबाजी हरेक जसो जिल्लामा देखिएको छ । एमाओवादीभित्रको तेस्रो पक्षको रूपमा प्रकाशलाई लिइन्छ । विभिन्न जिल्लामा आफ्नो अस्तित्व देखाउन प्रकाश पक्षले पनि कसरत गरेकै छ । सा·ठनिक अधिवेशन गर्ने समयमा देशको दौडाहामा नेताहरू लागेका छन् र आफ्नो पक्षमा बढीभन्दा बढी प्रतिनिधि ल्याउने प्रयासमा एमाओवादीका नेताहरू लागेका छन् । यसले गर्दा एमाओवादीमा पनि अहिले एमालेको जत्तिकै होडबाजी नदेखिए तापनि घनीभूतरूपमा पक्षविपक्ष छुट्टिएको अवस्था रहेको छ ।
    एमाओवादीबाट छुट्टिएर गएको माओवादीमा पनि नेतृत्वको विवाद देखिएको छ । मोहन वैद्य किरणको नेतृत्वमा रहेको माओवादीभित्र दुई पक्ष देखिएको छ । विभिन्न जिल्लामा अधिवेशनहरू भइरहँदा दुई पक्षबीच व्यापक मतभिन्नता देखिएको सार्वजनिक भएको छ । कतिपय जिल्लामा अधिवेशन नै स्थगितसम्म भएको छ भने कति जिल्लामा समानान्तर जिल्ला कमिटीहरू निर्माण भएका छन् । एमाओवादीभित्र पदको भागबन्डा नमिलेपछि पार्टी फुटाएको हो भन्ने आरोप लगाउनेहरूलाई माओवादीको अहिले भइरहेका अधिवेशनहरूले पुष्टि गरेको आरोपमा सत्यता छैन भने यस्ता कृत्यहरू दोहोरिने अरू कुनै कारण हुनु नपर्ने हो । माओवादीले चुनाव बहिष्कार गरेको अवस्थापछि पदको कुनै लोभ नै नगरेको वा जिल्लास्तरका नेताहरू सबै माओवादको सिद्धान्त अनुसार चलेर जनताको पक्षमा र देशको पक्षमा व्यापक त्याग गरेका छन् भन्ने अनुभूति जनतालाई हुन सकेको छैन । तर पनि दलभित्र व्यापक विवाद रहेको सार्वजनिक भइरहेको छ । यसले पनि पदलोलुपता हावी रहेको विश्लेषण गरिएको छ ।
    मधेसवादी दलभित्रको कथा त सबैलाई घामझैं छर्लङ्ग भएको विषय हो । एउटै विचार वा उद्देश्य लिएर आन्दोलन गरेका कथित मधेसवादी दलहरू भने दर्जनौं टुक्रामा विभाजित छन् । दर्जनौं टुक्रामा विभाजित भएर वास्तवमा जनताले के प्राप्त गर्‍यो भन्ने कुरातिर कहिल्यै सोचेका छैनन् । आखिरमा राजनीति आफ्नो स्वार्थको लागि कि जनताको भलाइ र देशको कल्याणको लागि गरेको हो भन्ने कुरो मधेसवादी नेताहरूले बिर्सिसकेकोजस्तो लागिरहेको छ । यसैकारण अहिले मधेसवादी दलको नाउँमा कतिवटा दल सक्रिय छन् र ती दलहरूका प्रमुख नेताहरू को को हुने भन्ने कुरा सर्वसाधारणलाई थाहा नै रहेन । मधेसमा पनि सजिलै चिन्न सकिने नेताको अभाव भएको छ, टुटफुट र गुटउपगुटले । इतिहास नबनाएका, पहिचान बनाउन मात्र खोजेका नेताहरूको खेती मधेसमा भएकोले अहिले मधेसवादी दल र नेताको सङ्ख्या बढेको देखिएको हो । उद्देश्यबाट विचलित भएपछि दलहरू निरन्तर फुट्छन् नै ।
    नेपाली काङ्ग्रेस तुलनात्मकरूपमा शान्त देखिएको छ । यो शान्तिको क्षण पक्कै होइन, काङ्ग्रेसको लागि । नेकाले आफ्ना कैयौं भ्रातृ स·ठनको राष्ट्रिय सम्मेलनसम्म गराउन सकेको छैन । कैयौं समिति र उपसमितिहरू गठन हुन बाँकी छँदै अर्को महाधिवेशन आउलाजस्तो भएको छ । देउवा पक्षको सम्मानजनक अवस्था नभएको भनी पार्टीभित्र असन्तुष्टि सधैं रहने गरेको यथार्थ हो र रामचन्द्र पौडेललाई कार्यवाहक सभापति दिने कुरो सार्वजनिक भएको थियो तर सरकारको नेतृत्व सम्हालेको यतिका दिन बितिसक्दासमेत यो कुरा सेलाएको हुनाले नेपाली काङ्ग्रेसभित्र पनि विवादको बीउ भुसको आगोजस्तो भित्रभित्रै सल्किएको अनुमान गर्न सकिन्छ । सिटौला र रामचन्द्र पौडेलबीच व्यक्तित्व टक्करले यसको सड्ढेत गरेको अनुमान नेपाली राजनीतिमा गरिन थालेको छ ।
    नेपाली राजनीतिको अन्योल नै सम्पत्ति भएको केहीले व्यङ्ग्यात्मक टिप्पणी गर्न थालेका छन् । हालका दिनमा अन्योलका केही बादल फाटेकाले संविधान बन्ने कुरामा निकै विश्वास गरिएको थियो तर ठूला दलहरूमा आन्तरिक विवादले समग्र राजनीतिलाई प्रभावित नपार्ला भन्न सकिन्न । जनताले नेपाली राजनीतिका खेलाडीहरूको कुरालाई निकै गम्भीरतापूर्वक हेर्न थालेको छ । संविधानको ‘स’ पनि नजान्ने र नबुझ्नेहरूले समेत कहिले लेखिन्छ भनेर प्रश्न गर्न थालेका छन् । नेपाली जनताको अज्ञानताको फाइदा उठाएर नेताहरूले जति झुक्याए पनि महत्त्वपूर्ण विषयमा विस्तारै जनसरोकार बढ्न थालेको देखिन्छ । जनसरोकारको विषयबाट नेताहरू टाढा रहन सक्दैनन् । यस कारण दलहरूको आन्तरिक लोकतन्त्रको अभ्यासलाई जनमानसमा प्रत्यक्ष प्रभाव पार्ने गरी नलैजाँदा नै राम्रो हुन्छ । जनताको आजीविका र विकासको सवालमा नेताहरूले यति धेरै सरोकार राखेको देखिन्न जति आफ्नो पद वा गुटको लागि मरिमेटेको देखिन्छ । नेताहरूले नेतृत्व गर्न पद आवश्यक छ तर आक्षेपहरूको बाढी ल्याएर र आरोपहरूको दीर्घकालीन प्रभावबारे सचेत नभइकन जनतामा सीधै त्यस्ता कुराहरू प्रवाह हुँदा त्यसले अन्तत: नेताहरूप्रति नै नकारात्मक भावना उत्पन्न गर्ने गर्दछ । नेताहरूको वाणी संयमित, सुन्दर र प्रभावोत्पादक भए नेपाली जनतामा पनि यही संस्कार आउँछ, कार्यकर्ता हुँदै ।
    व्यक्ति फरक भएपछि विचारमा विविधता आउँछ । यहाँ दलहरू फरकफरक छन् । दलभित्र नेताहरूको आआफ्नो विचार फरक छ । पार्टीको सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्ने तरिका र शैली पनि भिन्न हुन सक्छ । कार्यकर्ताहरूमाझ यही शैली र व्यवहार, आफ्नो वैयक्तिक सभ्यता अझ उँचो पार्ने गरी, प्रस्तुत हुँदा विपक्षीसमेतको मन हरिन्छ । विपक्षीको मन जितेपछि संसारै जितिन्छ । आफूले चाहेको सिद्धान्त व्यवहारमा उतार्न सकिन्छ । अहिले सिद्धान्त फरक भए पनि, राजनैतिक उद्देश्य फरक भए पनि र राजनीतिक दल फरक भए पनि सबै प्रमुख दलभित्र विभाजित मानसिकता छरपस्ट हुनुलाई संयोग भन्ने कि प्रवृत्ति, नेपाली जनताले छुटयाउन सकेको  छैन ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विवादित दलहरूको विभाजित मानसिकता
विवादित दलहरूको विभाजित मानसिकता
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNQHVCUGFZqbg22P0HJVCkphAp1L0g-3o3vv8gFNob07106V4WD8K0DRpwLetH_MSEMPiDo8K9AYHB6F_-_xk44YVabvJG_juiT_cTkDgK812lrRcNcBr7-qKRAkwDli47DNqsFF2CqxA5/s1600/sanjay+sah+mitra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNQHVCUGFZqbg22P0HJVCkphAp1L0g-3o3vv8gFNob07106V4WD8K0DRpwLetH_MSEMPiDo8K9AYHB6F_-_xk44YVabvJG_juiT_cTkDgK812lrRcNcBr7-qKRAkwDli47DNqsFF2CqxA5/s72-c/sanjay+sah+mitra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/04/blog-post_8897.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/04/blog-post_8897.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy