- यमुना प्रधानाङ्ग ‘मुना’
परिवर्तनशील संसारमा हामी पनि परिवर्तन हँुदै आइरहेका छौं । यदि यसो नहुँदो हो त हामी अहिले पनि ज·ली अवस्थामा नै हुन्थ्यौं । मानिस चेतनशील प्राणी भएकोले आफूलाई परिवर्तन गर्दै आइरहेको छ । हाम्रा पुर्खाले कामधन्धा सुम्पिने क्रममा विभिन्न जातजातिमा बाँडे । धर्म, संस्कृति, मनोरञ्जन आआफ्नै तरिकाले मनाउने रीति एवं प्रथा बनाइयो र त्यसै अनुसार अहिले हामी चल्दै आइरहेका छौं जस्तो लाग्छ । हाम्रा रीतिरिवाज एवं प्रथा राम्रा नराम्रा दुवै छन् । आजका दिनसम्ममा हामीले केही नराम्रा पक्षलाई हटाउन सकेका छौं । अहिले पनि केही नराम्रा पक्षहरू हाम्रो समाजमा विद्यमान छन् । रीतिरिवाजमा वैज्ञानिकीकरण छैन भने त्यस्ता कुरीतिहरूलाई हटाउँदै लानुपर्छ जस्तो लाग्छ । हामीले जातजाति अनुसार आफ्नो भाषा, धर्म, संस्कृतिका साथ पहिचान बोक्दै आइरहेका छौं । संस्कृति जोगाउने नाममा नराम्रा पक्षलाई पनि छाड्न सकिरहेका छैनौं । हामी २१ औं शताब्दीमा आइपुग्दा पनि हामी नारीहरू नराम्रा पक्षलाई अँगाल्दै हिंडिरहेका छौं ।
रीति एवं प्रथाकै कुरा गर्दा नेवार समुदाय (नेवार समुदायमा पनि परम्परा ठाउँ अनुसार फरकफरक छ)मा बच्चा जन्मेको दिनदेखि न्वारन नभएसम्म सुत्केरीलाई नुन नखुवाउने चलन छ । पहिलो सन्तान छोरा वा छोरी जन्मियो भने १० दिनमा न्वारन गरिन्छ । मृत्यु हुँदा भने क्रियापुत्रीबाहेक अरूले दिनमा एक छाक सिँधेनुन खाने चलन छ । अरूले त्यति विघ्न नुन बार्नुपर्दैन किनकि बच्चा जन्मिनेक्रममा आमासँगसँगै बच्चाले पनि दूधको माध्यमबाट नुन बारिसकेको हुन्छ । २०५३ वैशाख १४ गते शुक्रवारका दिन मेरो छोराको शल्यक्रियाद्वारा जन्म भयो । छोरो त प्राप्त भयो तर नुन खान नपाउने प्रथाले मेरो मन खल्लो भइरहेको थियो । शल्यक्रियाको भोलिपल्ट सादा चिया खुवाइयो भने पर्सिपल्टदेखि पातलो जाउलो दिंदा हुन्छ भनी चिकित्सकले भनिरहँदा अनिलो जाउलो कसरी खाने चिन्ताले सताइरहेको थियो । मेरो घरपट्टिको नजिकको आफ्नो मान्छे
(नारी)लाई मेरी आमाले भन्नुभयो,“ठूलो शल्यक्रियाद्वारा बच्चा भएको छ, केही खानुहँुदैन, नुन भएको जाउलो त खान दिनुस् ।” भनी छोरीको मायाले विन्तीभाव गर्दा पनि उहाँ मान्नुभएन । घरबाट मु·को दाल र चामल मिसाइ बनाइएको जाउलो ल्याइ खान दिइयो । नुन नभएको त्यो जाउलो पेटभित्र के जान्थ्यो भित्र जानुको साटो बाहिर पो आउन थाल्यो । पतिलाई अनुरोध गरें, “बाहिर पसलबाट नुन ल्याइदिनुस्, नत्र म खान सक्दिनँ ।” उहाँले कसैले थाहा नपाउने गरी नुन ल्याइ दिनुभयो । त्यो नुन थाहा पाउला भनेर बिरालोले बच्चा सारेजस्तै सारी जाउलो ल्याएपिच्छे त्यसमा राखी खाएँ । मलाई लाग्छ, यो प्रथा जसले चलायो उसका आफन्त सुत्केरी हँुदा सुन्निएको थियो होला । सुन्निएको अवस्थामा नुन नखुवाउँदा राम्रो हुन्छ । सुन्निएको अवस्थामा सुत्केरीलाई नुन खुवाउन छाडेपछि सुन्निएको पनि कम हँुदै गएको हुन सक्छ र त्यसै बेलादेखि सुत्केरीलाई नुन नखुवाउने प्रथा बसेको हुन सक्छ । हाम्रा पुर्खामा नुनको कमीबाट हुने रोगहरूका बारे थाहा भएको भए यो प्रथा अवश्य चलाउने थिएनन् होलाजस्तो लाग्छ ।
म नजिकको आफन्तको छोराको विवाहको शुभ अवसरमा जानुपूर्व जति हर्षित थिएँ, त्यो सबै त्यहाँ रहँदाबस्दा देखेको वातावरणले खल्लो बनायो । त्यहाँ मैले नचाहँदा नचाहँदै पनि लादिएका संस्कारहरू देखें । देखाउने प्रवृत्तिमा अरूको भावनालाई कुल्चिएको पाएँ । भोलिका दिनमा आफन्तहरूका बीचमा फाटो ल्याउन सक्छ भनी माइतीका नातेदारको अलिकति पनि कदर नगरेको देख्दा मुखभरि जवाफ दिन मन लाग्दालाग्दै पनि भन्न सकिनँ । त्यहाँ आएका महिलाहरूमा निकै साँघुरिएको पुराना विचारधाराहरू भएको पाएँ । अनि मैले महसुस गरें, घरपट्टि महिला नजिकको आफन्तहरूका व्यवहारबाट थिचिनु भएको रहेछ । स्वतन्त्ररूपले चल्न पाउनुभएको रहेनछ । आफू नारी भएर नारीबाटै शोषित हुनुभएको रहेछ । अनि त भन्छन्, महिलाले आफ्नो हकअधिकार खोज्दा लोग्नेमानिसहरू भन्छन्,“हामीलाई के भन्नुहुन्छ ? महिलाको शत्रु महिला नै हो । तपाईंहरू परिवर्तन हुनुहोस्, हामी त स्वत: परिवर्तन हुन्छौं ।” यसरी नै पराइ घरबाट आएकी छोरीबुहारीलाई नराम्रो व्यवहार गर्ने, जायज कुरामा स्वतन्त्ररूपले चल्न नदिने हो भने हामीले समाज परिवर्तन गर्न कहाँ सक्छौं ? यो भाषणमा मात्र सीमित रहेनछ ।
महिनावारी हुनु, छुई हुनु, पर सर्नु, नछुनी हुनु, रजस्वला हुनु जे भने पनि यो एउटा महिला भएपछि जम्मजात लिएर आउने प्राकृतिक नियम हो । यसो नहुने हो भने मानव तथा अन्य प्राणीको सृष्टि नै हुँदैन । यति महत्त्वपूर्ण हुँदाहँुदै पनि एउटी महिनावारी भएकी नारीलाई तीन/चार दिनसम्म समाजले निकै घृणित दृष्टिले हेर्ने गरेको पाइन्छ । महिनावारी भएपछि कतै छुन नहुने । घरमा विशेष पूजा तथा शुभ कार्य भइरहेको छ भने घरैमा नै बस्न नहुनेसम्मको कुरीति रहेको छ । महिनावारीमा अलग बस्नु भनेको राम्रो हो । किनकि महिनावारीमा महिलाको शरीरबाट काम नलाग्ने रगत बाहिर आइरहेको बेला हिफाजतका साथ रहनु बस्नुपर्छ । सफासुग्घरको दृष्टिले यसलाई राम्रो पनि मानिन्छ । महिनावारी भएको बेला शरीर कमजोर हुन्छ । त्यसैले कामधन्दाबाट टाढा राख्नु राम्रो पक्ष हो । तर हाम्रो समाजमा घरधन्दाबाट त टाढा राखिन्छ तर बाहिरको काम भने गाह्रोसाह्रो जे जति गर्दा पनि हुन्छ भन्ने मान्यता रहेको पाइन्छ । यो गलत परम्परा हो । यस्तो बेलामा खानपानदेखि लिएर आरामको अति आवश्यकता पर्दछ । महिनावारी भएमा ठाउँ अनुसारको बार्ने फरकफरक परम्परा रहेको पाइन्छ । तराईमा यस्तो बेलामा प्राय:जसोले छुइछाइ त्यति विघ्न बारेको देखिंदैन भने नेपालको पश्चिमका केही जिल्लाहरूमा भने यस्तो बेलामा महिलालाई घरमैं बस्न नदिई छुट्टै साँघुरो छाप्रो वा गोठमा राख्ने चलन छ । जसलाई छाउपडी भनिन्छ । जसले गर्दा यस्तो समयमा महिलाहरूलाई बिच्छी, सर्प आदिले टोकेर मुत्यु हुने गरेको पाइएको छ भने कति त यौनपिपासुको शिकार हुन पुगेका छन् । अहिले आएर यो छाउपडी प्रथा न्यून हुँदै गइरहेको छ ।
जीवनमा विवाहबन्धनमा बाँधिन तथा कुनै पनि कार्यक्रम उत्साहका साथ मनाउन कसलाई मन लाग्दैन होला । तर त्यसलाई आफ्नो क्षमता हेरेर मात्र गर्नुपर्छ । अहिले देखाउने होडबाजीमा विकृतिहरू भित्रिरहेका छन् । अन्तत: पछुताउनुबाहेक केही छैन ।
धर्म, संस्कृति हामीलाई सही मार्ग देखाउने माध्यम हो । त्यसैले हामीले एकअर्काको धर्म, संस्कृतिको सम्मान गर्नुपर्छ । हाम्रो रीतिरिवाज एवं प्रथा हामीलाई बोझ होइन, फूलको थु·ाभैंm सहजताका साथ लिई हिंड्न सकौं । अस्तु ।