नेपाली समाजमा विद्यमान आर्थिक–समाजिक असमानतासहितको विविधता सम्बोधन गर्न सारिएको समानुपातिक प्रतिनिधित्वको अवधारणा सि·ै मुलुकले आत्मसात गरी अन्तरिम संविधानमा समेत लिपिबद्ध गरिसकेको छ । समानुपातिक प्रतिनिधित्वको व्यवस्था राज्यका विभिन्न अ·हरूले क्रमश: लागू गर्दै गएका र अन्य राजनीतिक दलहरू समेतले समानुपातिक प्रतिनिधित्वको अनुपात थोरबहुत भए पनि आत्मसात गरिसकेको अवस्थामा उक्त एजेन्डाको नेतृत्वकर्ता एमाओवादीले किन आफ्नो पार्टी–स·ठनमा लागू नगरेको होला ? आज यो आम जिज्ञासाको विषय मात्र नभएर गम्भीर चासोको विषय बनेको छ । यो युद्धको बेलाको एजेन्डा हो, यो अरूका लागि हो, आप्ूmना लागि होइन जस्ता आरोप र आशड्ढा नरहेको पनि होइन, तर एमाओवादी पार्टीले सकारात्मक सोचबाट नै यसलाई अनुसरण नगरेको हुनुपर्दछ भन्ने जब्बर बुझाइको परिप्ेरक्ष्यमा यसका विभिन्न पक्षबारे बह्स अगाडि बढाउनु जरुरी छ । यस बह्सले पार्टीको ०७१ वैशाखमा हुने राष्ट्रिय सम्मेलनको प्रक्रियासँगै आन्तरिक प्राथमिकता पाए पनि व्यवस्थित भएको छैन । अझ यो विषय समाजको अग्रगामी रूपान्तरणसँग अभिन्नरूपले जोडिएको र यसका लागि हजारौंको रगत बगेको पृष्ठभूमिमा आन्तरिक बह्स मात्र चलाएर पुग्दैन । सार्वजनिक बहसमार्फत् राष्ट्रिय सम्मेलनले टुङ्ग्याउँदा उपयुक्त हुन्छ ।
कम्युनिस्ट पार्टीभित्र समानुपातिक समावेशी प्रतिनिधित्व जरुरी छ कि छैन ? छैन भने के कारणले छैन र छ भने के कारणले छ ? छलफलबिना सही निचोडमा पुग्न सकिंदैन । यस सन्दर्भमा पहिलो तर्क हो, कम्युनिस्ट पार्टी सर्वहारा वर्गको पार्टी भएको हुनाले राज्यमा जस्तै समानुपातिक सहभागिता पार्टीभित्र हुँदैन अर्थात् राज्य समग्र देशको नेतृत्व गर्ने शासनको थलो भएकोले समानुपातिक सहभागिता सम्भव भए पनि कम्युनिस्ट पार्टीमा हुँदैन । किनकि कम्युनिस्ट पार्टी सर्वहारावर्गको पार्टी हो । अब प्रश्न उठ्छ, सर्वहारावर्ग भनेको के हो ? के सर्वहारावर्ग समाजभन्दा अलग वस्तु हो ? यदि समाज विभिन्न जाति/क्षेत्रमा विभाजित हुन्छ भने के सर्वहारा वर्ग विभाजित हुँदैन ? यदि हुन्छ भन्ने यसलाई कसरी बुझ्ने ? मजदुरवर्गलाई मुख्यत: सर्वहारा वर्ग भन्दछौं भने के उत्पीडक समुदायको मजदुरले उत्पीडित समुदायको मजदुरसँग घृणा गर्दैन ? उत्पीडक समुदायको मजदुर र उत्पीडित समुदायको मजदुर समान पेशामा भए पनि के दुवैको आर्थिक अवस्था समान छ ? वा राजनीतिक/सामाजिक स्थिति के दुवै समुदायका मजदुरबीच समान छ ? यदि असमान छ भने यसको सम्बोधन र सामाधानको विधि के ? निश्चितरूपमा यी तमाम प्रश्नमाथि विचार गर्दा एउटा निष्कर्ष निकाल्न सकिन्छ कि सर्वहारावर्ग कुनै एउटा वा सीमित जातीय समुदायको मात्र पेवा होइन । यो सबै जाति/क्षेत्रीय समुदायभित्र स्वाभाविक पैदा हुने विषय हो । कम्येनिस्ट पार्टी पनि समाजभन्दा अलग, अमूर्त वस्तु नभएर समाजमैंै विकास हुने र वर्ग सङ्घर्षको जीवन्त नेतृत्व गर्ने साझा केन्द्र भएकोले यसलाई सबैको सहभागितामा निर्माण गर्न जरुरी हुन्छ । अर्थात् समानुपातिक सहभागिता मार्फत् पार्टी स·ठन निर्माणको विधि नै सही विधि हो ।
त्यस्तै अर्को मत हो, कम्युनिस्ट पार्टी अग्रदस्ताको पार्टी हो । अग्रदस्तामा समानुपातिक सहभागिता गराउनु अग्रदस्ताको मर्मविपरीत हुन्छ । अर्थात् अग्रदस्ताको मान्यतामा गठित स·ठनमा समानुपातिक सहभागिता हुनै सक्दैन । अब प्रश्न उठछ, अग्रदस्ता भनेको के हो ? अग्रदस्ता छनोटको घेरा केलाई बनाउने ? सबभन्दा सचेत वर्गको रूपमा रहेको सर्वहारावर्ग, अन्तर्राष्ट्रिय वर्ग हो । यदि यसलाई सही मान्दछौं भने अन्तर्राष्ट्रिय स्तरबाट अग्रदस्ता छान्नुपर्ने हुन्छ र त्यसको लागि नेपाल कम्युनिस्ट पार्टी हैन, सीधै विश्व पार्टी भन्नुपर्ने हुन्छ । यदि यो होइन, हामी नेपालकै सापेक्षतामा अग्रदस्ता छनोट गर्छौं भने नेपालभित्र रहेका असमान स्तरको चेतनाको सापेक्षतालाई कसरी बुझ्ने ? यसको सही जवाफ दिन जरुरी छ । तपाईं हामी सबैलाई थाहा छ, नेपाल भौगोलिक, भाषिक, सांस्कृतिक, सामाजिक र मुख्यत आर्थिक विविधताले भरिएको अलग–अगल राजनीतिक इतिहास बोकेको असमान समुदायहरूको साझा समाज हो । चेतनाको स्रोत यदि उत्पादनको निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र बैज्ञानिक प्रयोगको बीचबाट हुने कुरा मान्दछौं भने नेपालका सबै जातीय/क्षेत्रीय समुदायको आर्थिक जीवनबीच रहेको असमानत अर्थात् आर्थिक उत्पादनको निम्ति हुने सङ्घर्षमा देखिएका विविधता, विभिन्न जाति/क्षेत्रमा हुने वर्ग सङ्घर्षको स्वरूप र चरित्रमा फरक र त्यसको सञ्चालन वा नेतृत्व सोही सापेक्ष–सचेत भूमिकामार्फत् हुने अवस्थालाई कसरी बुझ्ने ? यो विशेष विचारणीय विषय हो । यस प्रकार विभिन्न समुदायको आफ्नै मौलिकतामा विकास भइरहेको नयाँ विचारसहितको अग्रदस्ताको अस्तित्व स्विकार्ने र सोही अनुरूप अग्रदस्तामापन विधि बनाउने विषय नै महत्त्वपूर्ण छ । तसर्थ अग्रदस्ता अमूर्त विषय मात्र नभएर समाजसापेक्ष वस्तुगत धरातलमा विकास हुने विषय हो । जसको लागि विभिन्न समुदायमा विद्यमान अग्रदस्तामापन गरी देशको साझा अग्रदस्ता निर्माण गर्नु हो । अर्थात् वर्गीय निष्ठा र अग्रदस्ताको मान्यताभित्र रही विभिन्न असमान समुदायबीचबाट सोही अनुपातमा अग्रज प्रतिनिधिको छनोटसहित स·ठन निर्माण गर्नु आजको सही निचोड हो ।
अग्रगामी आन्दोलनको नेतृत्वकर्ता पार्टी–स·ठनलाई मान्दछौं भने अग्रगामी चेतनाको भूमिकाले मात्र पुग्दैन । त्यसमा अरूको सहभागिता अर्थात् सबैको अपनत्व पनि त्यतिकै जरुरी हुन्छ । कुनै पनि समाजको अग्रगामी आन्दोलनको सफलता सबैको सक्रिय सहभागिताबिना संम्भव छैन । सक्रियताको सम्बन्ध समानतासँग पनि जोडिएको हुन्छ, अर्थात् समानताको अनुभूतिबिना सक्रियता सम्भव छैन । यसर्थ स·ठनमा जुन स्तरको समानता र सहभागिता सुनिश्चित हुन्छ, त्यही स्तरको एकता र केन्द्रीयता निर्माण हुने कुरा पक्का छ । त्यसैले सहभागिताको नाउँमा सिर्फ कार्यक्रममा सामेल गर्ने वा पार्टी नेतृत्व चयनमा मतदाताको भूमिकामा मात्र सीमित राख्ने तरिकाले होइन, विचार, स·ठन, योजना र मुख्यत: नेतृत्व तहमैं समान सहभागिता सुनिश्चित गर्ने विधि तय गर्न जरुरी छ । जब हामी राज्यमा समानुपातिक प्रतिनिधित्वको कुरा गर्छौं, आदर्शवादीहरू आपत्ति प्रकट गर्दै भन्छन्–राज्यको नेतृत्व सबैभन्दा सक्षम र योग्य व्यक्तिले पाउनुपर्छ र यसको लागि समानुपातिक सेन्डिकेट होइन, समान अर्थात् खुला प्रतिस्पर्धाको छनोट प्रणाली जरुरी छ अनि मात्र देशको तीव्र विकास सम्भव छ । अर्कोतिर ऐतिहासिक भौतिकवादीको मान्यता छ–हिजो विभिन्न कारणले थिचिएका वा पछाडि पारिएका समुदायलाई समान हैसियतमा एकताबद्ध गर्दै त्यस भित्रका योग्य र सक्षम नेतृत्व छनोट गर्ने प्रणाली अर्थात् समानुपातिक प्रणालीमार्फत् देशलाई अझ एकताबद्ध पार्दै सबैको सक्रिय सहभागितामार्फत तीव्र विकास हुन्छ । यसरी अग्रगामी सक्रिय सहभागिताको प्रश्नलाई पार्टी स·ठनसँग जोडेर बुझ्न जरुरी छ । यदि समानुपातिक प्रतिनिधित्वको सूत्रले समाजमा व्याप्त विभेद घटाउन र अग्रगामी विकास गर्न मदत पुर्याउँदछ भने सोही समाजको जीवन्त नेतृत्व गर्ने पार्टीमा यो सूत्रले फरक नपार्ने कुरै छैन । निश्चितरूपमा नयाँ समाज निर्माणको लागि नयाँ विचार सहितको नयाँ पार्टी आवश्यक हुन्छ । तसर्थ पार्टीमा समानुपातिक प्रतिनिधित्व विधि तुरुन्त लागू गर्न जरुरी छ ।
समानुपातिक सहभागितालाई एमाओवादीले पार्टी भित्र अस्वीकार गरे पनि विशेष व्यवस्थाको नाउँमा महिलाको २५ प्रतिशत प्रतिनिधित्व व्यवस्था गरेको छ । यसलाई कसरी बुझ्ने ? पार्टीभित्र महिलाको अधिकार सुनिश्चित गर्नु सराहनीय हो तर यसको सैद्धान्तिक पुष्टि गर्न जरुरी छ । यदि हालको विशेष व्यवस्थालाई सही मान्दछौ भन्ने के नेपाली समाजमो सबै महिला समान छन् ? यदि सबै महिला समान छैनन् अर्थात् लै·िक रूपमा सबै महिला उत्पीडित हुँदाहुँदै यसमा कोही उत्पीडक जातिका र कोही उत्पीडित जातिका छन् भने त्यसभित्रको प्रतिस्पर्धाले के परिणाम ल्याउँछ । महिलाको नाउँमा उही सीमित समुदायका महिला त आउने होइनन् भन्ने आशड्ढा कसरी टार्ने ? महिलाजस्तै चरम उत्पीडनको शिकार भएका अन्य समुदायलाई पार्टीमा कसरी जोड्ने भन्ने कुराको सही जवाफबिना जारी देशको अग्रगामी रूपान्तरण प्रक्रियालाई पार्टीले सही नेतृत्व दिन सक्दैन ।