- रितु गुप्ता
ओम र जयको पनि खुशीको सीमा थिएन । तर विचरा हरे र लक्ष्मीले ओम र जयलाई त्यति चिन्दैनथे, त्यसैले आमाको पछ्यौरा मात्र समातेर उभिरहे । ओमले हरेलाई र जयले लक्ष्मीलाई बोकेर म्वाइँ खान थाल्यो तर ती दुवै असमञ्जस्यमा थिए ।
“तपाईं को हो ?” लक्ष्मीले सोधेपछि ओमले उसको गाला तान्दै भन्छ,“तिम्रो दादा हुँ नि, अरू को ?”
दाजु र माया कोठाभित्र बसेर कुराकानी गर्दै थिए, बच्चाहरू आँगनमा खेल्दै थिए । त्यही बेला मुरली, रक्सी खाएर मस्त भएर आए । ओमलाई काँखमा लिएर उनले भने,“तँ मसित नरिसाउनू है बाबु । म तेरो बुबा हुँ । मलाई एकपटक बुबा भन न ।”
रक्सीको गन्धले ओम केही डरायो र काँखबाट ओर्लेर पर भाग्यो । मुरलीले एकपटक फेरि आफूलाई एक्लो र मोलहीन भेट्टाए । कोठाभित्र गएर दाजुुलाई नमस्कार भन्दा मुरलीको खुट्टा लड्खडायो । नशामा धुत्त देखेर दाजुले नमस्कार मात्रै भने । मायाले अनुहार अँध्यारो पारिन् । त्यहाँ आफ्नो कुनै औचित्य नरहेको सम्झी मुरली अर्कै कोठामा गए ।
“मुरलीजी जस्तो भलामानसले रक्सी खाएको मलाई पचेन,” दाजुले मायालाई भने । शुरूमा मायाले आफ्नो पीडा र आँसु दुवै लुकाउन खोजिन् तर दाजुले पटकपटक प्रश्न गरेपछि मायाले आफ्नो दु:ख लुकाउन सकिनन् । उनले सारा वृतान्त दाजुलाई सुनाइन् । साथै उनले आफ्ना दाजुलाई अनुरोध गरिन्,“दाजु म अभागिनीको बाँच्ने आधार यी मेरा बच्चाहरू नै हुन् । यिनीहरूकै लागि आज म जिउँदो लास भएर पनि बाँचिरहेको छु । ममाथि एउटा उपकार गर्नुहोला, मेरा ओम र जयलाई मावलीमैं राखेर पढाउनुहोला, शिक्षित बनाउनुहोला । आजको दुनियाँमा हामीजस्ता कम पढेलेखेकाहरूको जीवन जनावरको भन्दा केही कम छैन । मेरा छोराहरूलाई सक्षम र सफल बनाउनुहोला । यहाँ जड्याँहा बाउकहाँ उनीहरू सप्रने छैनन् ।”
यति सुनेर दाजु भावविभोर भए । यता ढोकापछाडि लुकेर ओमले पनि सारा कुरा सुनिसकेको थियो । ओमले झट्टै को ठीक को बेठीक फैसला गर्न सकेन । ऊ दोधारमा पर्यो के गर्ने के नगर्ने जस्तो भयो ।
दाजु आजै फर्किन लागेका थिए । जाने बेलामा मुरलीसँग कुरा गर्न उनले चाहेका थिए तर मुरलीको हालत हेरेर केही पनि बोल्न सकेनन् । दाजुलाई पनि सार्है दु:ख लाग्यो । उनी दोधारमैं थिए । “मुरलीले त्यस्ता गलत काम गर्नै सक्दैनन्,” उनको आत्माले भन्दै थियो भने मायाको आँसु र मुरलीको हालतले विपरीत कुरा दर्शाउँदै थियो । ओम र जयलाई मामासँग जान तयार भए । “आफ्नो ख्याल राख्नु । मन लगाएर पढ्नु र मामाले भनेको मान्नु,” भनेर मायाले आफ्नो आँखाको आँसु पुछिन् । जगुले पनि दादासँगै जान्छु भनी जिद्दी गर्न थाल्यो तर ओमले सम्झाएपछि छिट्टै मान्यो ।
जय परिवारबाट टाढा जानुपरेकोमा दु:खी थियो तर भर्खरै १२ वर्ष पुगेको ओम भने अझ पनि असमञ्जस्यमा थियो । “मसित नरिसाउनू बाबु । म तेरो बुबा हुँ,” भन्दाखेरीको मुरलीको आँखाको आँसु र करुणाजनक स्वरले ओमको मनलाई छोइसकेको थियो । फेरि आमाको कुरा सुनेर उसले कसको दोष छ भन्ने मन्थन गर्दै गर्दा मामाघर पनि आइपुग्यो ।
६ वर्ष बित्यो । ओमले एसएलसीको परीक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण गर्यो । गाउँमा पनि दुवै भाइको लगनशीलताको चर्चा चारैतिर थियो ।
उता बसन्तपुरमा पनि जगु, हरे र लक्ष्मी गाउँकै एउटा बोर्डिङमा पढ्दै थिए । माया अहिले पनि दु:खी छिन् । उनको मन अशान्त छ । मुरली अहिले पनि सबैको माया पाउन तड्पिरहेका छन् । रक्सीको सहारामा बाँचिरहेका छन् ।
ओमले छुट्टीमा बसन्तपुर जान मामालाई अनुरोध गर्यो । जयलाई विद्यालय जानुपर्छ भनी एक्लै बसन्तपुर जाने आज्ञा माग्यो, ओमले । मामालाई ओम र जय प्राणप्रिय थिए । उनको कुनै सन्तान नभएकोले दुवैलाई आफ्नै सन्तानभैंm पालेका थिए ।
आज पनि मायाको मनमा पुराना कुराहरू ताजा छन् । आफ्नो भाइ–बहिनीसित भेट्न र आमाबुबाको बीचमा रहेको मनमुटावलाई हटाउने सोच बनाउँदै ओम बसन्तपुर आइपुग्यो ।
त्यहाँ पुगेर उसले बाटोमा जगु, हरे र लक्ष्मीलाई विद्यालयबाट घर फर्किरहेका देख्यो र टाँढैबाट करायो । जगुलाई आवाज पहिला कतै सुनेको जस्तो लाग्यो र उसले फर्के हेर्दा ओम दाइले बोलाइरहेको देख्यो । “ओम दादा” भनेर जगु दौडियो । हरे र लक्ष्मी पनि पछिपछि लागे ।
“के छ हालखबर बाबु ? सञ्चै छ्यौ लक्ष्मी ?” भनेर ओमले सोध्यो । धेरै समयपछि हरेलाई देखेकोले ओमले हरेलाई चिन्न अलि गार्है भयो । तर हरेले “तपाईं मेरो ओम दाइ ? ठूल्दाइ हो ?” भनेर प्रश्न गरेपछि गहभरि आँसु पारी ओमले ‘हो’ भनेर टाउको हल्लायो ।
चारैजना घर पुगे । आमाले पनि ओम आएको देखेर खुशी व्यक्त गरिन् । मुरली भने दोषीभैंm आँखा झुकाएर मात्र बसिरहे । हरे, लक्ष्मी र जगुले एउटै घरमा बसेर कहिल्यै ‘बुबा’ भनेर बोलाउँदैनथे । ६ वर्षअघि ओमले पनि आफूलाई मन नपराएर केही नबोलेको कुुरा मुरलीलाई अझ पनि सम्झना थियो । तर आफ्नो छोरा ओम ठूलो भइसकेको र कस्तो राम्रो देखिएकोमा मुरली मनमनै खुशी थिए । उनको मनमा ओमलाई दौडेर अँगालोमा लिउँ जस्तो भइरहे पनि उनले हिम्मत भने जुटाउन सकेनन् ।
आफूनिर आँखा उठाएर पनि नरहेको मुरलीतिर ओमले गएर खुट्टा छोएर “बुबा ढोगें” भनेपछि सबैजना छक्क परे । “सञ्चै हुनुुहुन्छ बुबा,” ओमले भनेपछि भावनामा बगेर मुरली ओममाथि घोप्टो परेर रुन थाले । “म तिम्रो बुबा हुँ । तिमी मेरो छोरा । मेरो छातीमा टाँसिउ छोरा । मलाई एकपटक फेरि बुबा भन । मसित घृणा नगर । म तिम्रो प्रेमको भोको छु । मसित नरिसाऊ । मलाई माफी गरिदेऊ बाबु । म पापी हँु । तिमीहरूलाई धेरै दु:ख दिएको छु । मलाई क्षमा गरिदेऊ,” भनेर ओमको खुट्टामा झुक्न पुगे ।
ओमले दुवै हातले बुबालाई उठाएर भन्यो “नरुनुस् बुबा, म आइसकेको छु । सब ठीक गरिदिनेछु ।”
माया भने उभेर मुरली र ओमको मिलनलाई नियाली मात्र रहिन् । मुरलीको दु:ख उनले महसुस गरिन् तर पुराना घाउहरू अझ पुरिएका थिएनन् ।
ओमले आमाको हात समातेर भन्यो, “आमा यसअघि आउँदा मैले तपाईं र मामाबीचको सबै कुरा सुनिसकेको थिएँ । तर त्यति बेला मेरो सोच्ने र बुझ्ने क्षमता नभएकोले मैले ठोस निर्णय लिन सकिनँ । तर आज मैले बुझिसकेको छु, यी सबै घटनाहरू हुनुमा तपाईंहरू दुवैजनाको गल्ती थियो ।”